Pages

Sunday, July 12, 2015

प्रदेश को आत्म निर्णय को अधिकार के हो त्यसले राष्ट्रिय एकता कसरी सबल बनाउँछ?

जसरी मानव अधिकार बिनाको लोकतन्त्र को कल्पना गर्न सकिन्न, जसरी वाक स्वतंत्रता बिनाको मानव अधिकार को कल्पना गर्न सकिन्न। र नेपालमा २००६ को अप्रिल क्रान्ति र त्यसपछिको मधेसी क्रान्ति ले लेखेको अंतरिम संविधान को परिधि भित्र नया संविधान लेख्ने बाध्यता छ। Big Bang ले यो ब्रह्माण्ड सम्भव बनायो। २००६  को अप्रिल क्रान्ति ले यो संविधान सभा, यो अन्तरिम संविधान बनायो र ती दुबै को रक्षा को लागि एउटा राष्ट्रपति खड़ा गरेको छ। अन्तिम अस्त्र उस्तै पर्यो भने राष्ट्रपति ले अरु त अरु खुद आफ्नो नेतृत्व मा रहेको सेना सुद्धा सञ्चालन गर्न सक्नेछन् त्यस प्रयोजन का लागि। व्यवहार मा त्यसको जरुरत नपर्ला र नपरोस -- तर त्यो राष्ट्रपति लाई अन्तिम अस्त्र का रुपमा अन्तरिम संविधान ले दिएको कुरा हो। यो राष्ट्रपति शीतल निवास सजाउन राखिएको फर्नीचर होइन।

संविधान सभा ले अन्तरिम संविधान को परिधि मा रहेर नया संविधान लेख्नु पर्ने छ। उसले त्यो लेख्यो कि लेखेन भनेर हेर्ने Examiner सर्वोच्च अदालत हो। सर्वोच्च ले आफ्नो विवेकले काम गर्ने होइन, तर अंतरिम संविधान को परिधि के हो भन्ने कुरा बुझ्ने सर्वोच्च ले नै हो। न्यायधीश हरु ले एउटा जीवन काल लगाएर त्यस का लागि ट्रेनिंग प्राप्त गरेका हुन्छन्। अंतरिम संविधान तिनले लेखेका होइनन् -- लेख्ने नेता हरु हुन। तर परीक्षा मा लेख्ने विद्यार्थी पनि उही, जाँचने शिक्षक पनि उही हुँदैन। अब परीक्षामा लेख्ने बिद्यार्थी संविधान सभा, जाँचने शिक्षक सर्वोच्च, र माथि Examination Board को अध्यक्ष राष्ट्रपति।

र संविधान सभा को लेखन को काम यस अर्थमा सजिलो हो कि त्यहाँ व्हिप भन्ने हुँदैन। संविधान सभा बाहिर को कुन पार्टी को, को पार्टी अध्यक्ष को नअध्यक्ष ---- तर संविधान सभा भित्र न कुनै पार्टी छ न कुनै पार्टी अध्यक्ष छ। संसद मा हुन्छ संविधान सभामा हुँदैन। प्रत्येक सभासद ले आफ्नो विवेकले बोल्ने आफ्नो विवेकले मत हाल्ने भन्ने हुन्छ। र नया संविधान को प्रत्येक धारा उपधारा मा सबैले आफ्नो मत राख्न पाउने भन्ने हुन्छ, त्यसरी राखिएको मत रेकर्ड गर्नु पर्ने हुन्छ, सार्वजनिक गर्नु पर्ने हुन्छ। प्रत्येक धारा उपधारा मा मतदान हुन्छ। संसदमा बहुमत हुन्छ, यहाँ दुई तिहाई चाहिन्छ। त्यस कारणले संविधान सभा ले जाँच पास गर्ने ठुलो संभावना हुन्छ। सर्वोच्च को आदेश ले संविधान सभा को अधिकार क्षेत्र खोसेको होइन --- त्यसको उल्टो हो, झन बलियो बनाएको हो, सर्वोच्च को आदेश ले हनुमान लाई ब्युंताएको। उठ, हेर तिम्रो ताकत भनेको।

त्यस अंतरिम संविधान ले "स्वायत्त मधेस प्रदेश" भनेको छ। त्यो बाध्यात्मक वाक्यांश हो। महिला लाई समानता भनिएको छ। त्यो बाध्यात्मक हो। लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। त्यो बाध्यात्मक हो। त्यो राख्नै पर्ने स्वायत्त भन्ने शब्द के हो? र किन राख्नुपर्ने भएको?

प्रदेश को आत्म निर्णय को अधिकार के हो त्यसले राष्ट्रिय एकता कसरी सबल बनाउँछ? जसरी मानव अधिकार बिनाको लोकतन्त्र को कल्पना गर्न सकिन्न, जसरी वाक स्वतंत्रता बिनाको मानव अधिकार को कल्पना गर्न सकिन्न त्यसरी आत्म निर्णय को अधिकार बिनाको संघीयता को कल्पना गर्न सकिँदैन।

आत्म निर्णय को अधिकार मानव अधिकार को अभिन्न अंग हो। त्यो भनेको कसै लाई उसको इच्छा बिना उमाथि शासन गर्न पाइँदैन। सार्वभौमसत्ता जनता मा छ भनेको पनि त्यही भनेको हो। संघीयता नभएको लोकतान्त्रिक देशमा पनि सार्वभौमसत्ता जनता मा छ भनेको हुन्छ। संघीयता भएको लोकतान्त्रिक देशमा सार्वभौमसत्ता जनता मा छ भन्नु भनेको त्यस संघीय राज्य को प्रत्येक राज्य सँग आत्म निर्णय को अधिकार छ भन्नु नै हो। बरफ, पानी र बाफ एउटै तत्व हो। रूप मात्र फरक।

संघीयता नभएको लोकतान्त्रिक देशमा सार्वभौमसत्ता जनता मा छ भनेको त्यो देशमा राष्ट्रपति होला, प्रधान मंत्री होला तर बॉस त जनता हो भनेको। कंपनी को मालिक जनता, राष्ट्रपति/प्रधान मंत्री/सेना/प्रहरी/कर्मचारी/राजदुत सरकारी तलब खाने जति सबै मालिक जनता ले जागीर खुवाएर राखेका मानिस। आवधिक निर्वाचन को जरुरत त्यसैले परेको। मालिक लाई तिम्रो काम मन परेन भने मालिक ले तिम्रो जागीर खोस्छ। तिमी कर्मचारी हौ भने तिम्रो प्रत्यक्ष बॉस मंत्री को बॉस प्रधान मंत्री को मालिक जनता। जनता को नोकर ले तिम्रो जागीर चट गर्न सक्छ।

त्यसै ले प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति लोकतान्त्रिक हिसाबले एउटा पवित्र सुझाव हो। राष्ट्राध्यक्ष को बॉस जनता हो भने त्यो जनताले त्यो राष्ट्राध्यक्ष सीधा आफैले चुन्ने -- किन नचुन्ने? एक व्यक्ति एक मत का आधारमा चुन्ने।

आत्म निर्णय को अधिकार भनेको त्यसको एउटा मात्र अर्थ छ। संघीय देश को कुनै पनि सदस्य राज्य ले चाहेको खण्डमा जनमत संग्रह को मार्फ़त अलग देश बन्न पाउने। त्यस प्रदेश सभा को बहुमत ले जनमत संग्रह को निर्णय गर्न सक्छ। त्यस जनमत संग्रह मा बहुमत को आधारमा त्यो प्रदेश अलग देश बन्न सक्छ।

भने पछि देश एक राख्न चाहने ले के गर्ने? अलोकतांत्रिक तानाशाही प्रवृति का ले न रहेगा बाँस न बजेगा बाँसुरी भन्ने सोंचछ। आत्म निर्णय को अधिकार खोसे कसो होला भन्छ। संघीयता लाई dilute गर्दिये अथवा चिन्नै नमिल्ने गरी disfigure गर्दिये अथवा समाप्त पारे कसो होला भन्ने सोंचछ। तर त्यहाँ समस्या के पर्यो भन्दा त्यत्रो डंडा लिएर बसेको छ राष्ट्रपति। सर्वोच्च ले आँखा गाडेर हेरेको छ। चीट चोर्ने उपाय छैन। संविधान सभा भित्र नै सभासद हरु सतर्क छन। अलोकतांत्रिक तानाशाही प्रवृति का ले भित्ता मा टाउको बजारे मात्र हो, भित्ता फुट्दैन, आफ्नो टाउको मात्र फुट्छ।

भने पछि देश टुटने नै हो त? त्यसको लोकतान्त्रिक उपाय छैन? कुनै पनि स्वस्थ विवाह मा divorce गर्ने अधिकार हुन्छ र त्यो बिहे गर्नु अगाडि नै राखिएको हुन्छ। कानुन द्वारा सुरक्षित हुन्छ। म तिमी सँग स्वेच्छाले बसेको हुँ बाध्यताले होइन भन्ने सन्देश हुन्छ त्यस स्वस्थ विवाह मा। सम्बन्ध विच्छेद गर्न नपाउने विवाह त विवाह नै होइन, दासता हो।

आत्म निर्णय को अधिकार भनेको सम्बन्ध विच्छेद गर्न पाउने अधिकार हो। त्यस बिना स्वस्थ संघीयता संभव छैन।

भने पछि देश एक राख्न के गर्ने? विवाह एक राख्न के गर्ने? आफ्नो श्रीमान/श्रीमती लाई सशस्त्र लगाएर कुटपिट नगर्ने --- एउटा स्पष्ट कुरा हो। सजिलै बुझ्न सकिने। नेपालको सन्दर्भमा समावेशी जनसंख्या समानुपातिक राज्य (state) को निर्माण ले नै हो देश एक राख्ने।

अलोकतांत्रिक तानाशाही प्रवृति ले मधेसी को नागरिकता खोस्न खोज्छ। न रहेगा बाँस न बजेगा बाँसुरी। उत्तर दक्षिण राज्य हरुको नक्शा कोर्न खोज्छ ताकि मधेसी को आफ्नो राज्य नै नहोस्। न रहेगा बाँस न बजेगा बाँसुरी। मधेसी को आफ्नो राज्य हुँदैन भने के को जनमत संग्रह?

तर कसै लाई लोकतान्त्रिक बन, तानाशाही नबन भनेर आग्रह गर्नु पर्ने अवस्था छैन। भित्ता फुट्दैन, अलोकतांत्रिक तानाशाही टाउको मात्र फुट्छ। शक्ति अहिले लोकतंत्र को हात मा छ।

यी तानाशाही प्रवृति का अलोकतांत्रिक चरित्र का मानिस को हुन, कसका मानिस हुन? महेंद्र/वीरेंद्र/ज्ञानेन्द्र का मानिस हुन? को हुन यी? यी दृश्य अदृश्य के हुन? इनका नाम छन? चेहरा छन?

आजको मितिमा कमल थापा खुद महेंद्र/वीरेंद्र/ज्ञानेन्द्र को मानिस होइन। उसको अलोकतांत्रिक चरित्र राज दरबार र राज परिवार भन्दा स्वतंत्र रहेछ भन्ने प्रमाणित भएको छ। तर लोकतंत्र को चरित्र उदार हुन्छ। तत्यसै कमल थापा ले चुनाव जितेछ भने लोकतंत्र भवानी ले त्यसलाई तलब खुवाएर राख्छ, देश निकाला गर्दैन, जेल हाल्दैन। मानव अधिकार नमान्ने मान्छे अलोकतांत्रिक चरित्र को हो र धार्मिक स्वतंत्रता नमान्ने ले मानव अधिकार नमानेको कुराको प्रमाण हो। त्यस अर्थमा कमल थापा को चरित्र उदांग छ। उ अलोकतांत्रिक हो तर त्यस मानेमा ईमान्दार पनि हो। तर आजको मितिमा कमल थापा समस्या होइन, nuisance हो, समस्या होइन, sideshow हो तगारो होइन।

भने पछि को त? तानाशाही प्रवृति का अलोकतांत्रिक चरित्र का मानिस को जसले अहिले बाधा अड़चन को काम गरेका छन? काम त गरेका छैनन् किनभने संभव छैन, राष्ट्रपति ठुलो डंडा लिएर शीतल निवास मा बसेको छ। तर प्रयास कसले गरेको छ? तिनका नाम छन? अनुहार छन?

ती सब तपाइँ का सामु छन। लुकेर बसेका छैनन् --- किनभने लुक्ने ठाउँ नै छैन। पर्दा पछाडि जान पाए जानथे होला।

तानाशाही प्रवृति का अलोकतांत्रिक चरित्र का मानिस भए पनि यी देशभक्त मान्छे हुन त? देश एक राख्न चाहने देशभक्त!

२००६ को अप्रिल क्रांति ले पैदा गरेको लोकतान्त्रिक देशमा थिचोमिचो गर्ने, आधारभूत अधिकार खोस्न चाहने प्रवृति देशभक्ति को परिभाषा हुन सक्दैन। ती देशभक्त होइनन् --- ती वास्तवमा देशद्रोही हुन। देश भोलि गएर टुट्छ भने तिनका कारणले टुट्छ। शाह वंश समाप्त पार्नु कमल थापा को उद्घोषित लक्ष्य थिएन, तर उसको वचन र व्यवहार ले नै हो शाह वंश समाप्त पारेको।

अंतरिम संविधान भित्ता मा टाउको ठोक्काउने हरु आज का अराष्ट्रिय तत्व हुन, वास्तवमा ती देशद्रोही हुन। जसरी सम्बन्ध विच्छेद को अधिकार बिनाको स्वस्थ विवाह को कल्पना गर्न सकिँदैन त्यसरी नै आत्म निर्णय को अधिकार बिनाको संघीय नेपाल को परिकल्पना गर्न सकिँदैन। २००६ को अप्रिल क्रांति ले गलती गरेन। मधेसी क्रांतिले गलती गरेन। मधेसी नेताले त दैनिक गलती गर्छन ---- तर मधेसी क्रांति पवित्र कुरा। देवी देउता जस्तो मधेसी क्रांति भनेको। २००६ को अप्रिल क्रांति ले त नेपाली जनता ले नेपाली जनता का लागि लड़े। मधेसी क्रांति मा मधेसी जनता ले जनजाति का लागि पनि लड़दिए। कति पवित्र कुरा!

सम्बन्ध विच्छेद को अधिकार भएको विवाह र त्यो अधिकार नभएको विवाह मध्ये कुन बढ़ी स्थायी हुन्छ? त्यो प्रश्न नै वाहियात हो। सम्बन्ध विच्छेद को अधिकार नभएको विवाह त विवाह नै होइन। Can't compare apples and oranges. आत्म निर्णय को अधिकार बिनाको संघीयता संघीयता नै होइन, नेपाल जस्तो विविध देशमा संघीयता बिनाको लोकतंत्र त लोकतंत्र नै होइन र लोकतंत्र बिनाको नेपाल देश नै होइन। सार्वभौमसत्ता जनतामा नरहेको देश सँग सार्वभौमिकता (sovereignty) को अधिकार हुँदैन। अर्थात महेंद्र ले राज गरेको नेपाल भारत ले सैनिक हस्तक्षेप गरेर क्वाप्प खाइ दिए पनि फरक नपर्ने तर अहिले त्यसो गर्न पाउँदैन।

नेपाली जनता मालिक हुन भने र प्रत्येक व्यक्ति बराबर हो एक व्यक्ति एक मत हो भने समावेशी राज्य (state) भनेको त साधारण अंक गणित हो। देशमा ४०% मधेसी हुनु तर नेपाल सेनामा १% पनि नहुनु? अंक गणित मिलेन। मिलाउने। देशमा ४०-४५% मधेसी हुनु (थारु र दलित जोडेर) तर प्रहरी मा ५% कम हुनु? अंक गणित मिलेन। मिलाउने। मालिक को आदेश। जनता मालिक हो। देशमा ४०-४५% मधेसी हुनु तर अहिले सम्म भारत अथवा बेलायत अथवा अमेरिका मा मधेसी राजदुत भएर नजानु? अंक गणित मिलेन। मिलाउने। मालिक को आदेश। देशमा ४०-४५% मधेसी हुनु तर सरकारी तलब खाने कर्मचारी ५% मात्र मधेसी हुनु? अंक गणित मिलेन। मिलाउने। मालिक को आदेश।

बाबुराम भट्टराई को नेतृत्व को माओवादी-मधेसी सरकार ले ५१% खुला प्रतिस्प्रधा ४९% आरक्षण को जुन प्रावधान ल्यायो जनता मालिक ले बाबुराम नोकर लाई आदेश दिएको अनि बाबुराम नोकर ले आदेश मानेको। "मालिक अलि समय चाहिँ लाग्छ तर हुन्छ हजुर" भनेको।

समावेशी राज्य (state) को निर्माण का लागि संघीयता चाहिँदैन, लोकतंत्र र मानव अधिकार भए पुग्छ, सार्वभौमसत्ता जनतामा भए पुग्छ। आदेश त २००६ को अप्रिल क्रान्ति ले नै दिसकेको। मधेसी क्रान्ति भनेको मालिक ले remind गरेको। "दिएको आदेश किन पालन गरिनस? होस् गरेस!" भनेको।

२००६ को अप्रिल क्रान्ति ले महिला लाई बराबर भन्दिया छ। भने पछि पुरुष लाई विवाह/नागरिकता को एक किसिम को कानुन, महिला लाई अर्कै गर्न पाइयेन। ४३ लाख मधेसी लाई मतदाता नामावली बाट फालन पाइयेन। कुनै पनि लोकतान्त्रिक देशले यो देश को मान्छे यो जात को मान्छे सँग विवाह गर भनेर भन्ने सक्दैन। विवाह आफ्नो स्वेच्छाले गर्ने हो, त्यो मानव अधिकार हो। जोसँग मन लाग्यो गर्ने। कुनै करचाप हुनै सक्दैन। अनि कसले कोसँग विवाह गर्यो त्यसको आधारमा भेदभाव गर्ने भन्ने हुँदैन --- त्यो मानव अधिकार सम्मत कुरा होइन।

समावेशी राज्य (state) को विरोध गर्ने हरुको भित्ता ले टाउको फोड्छ। बरु समावेशी राज्य (state) को पक्षमा रहेका दल हरुले, व्यक्ति हरुले यसको राजनीतिक फाइदा लिने हो। कसैले तपाइँ लाई २००६ को अप्रिल क्रांति को credit दिन खोज्छ भने म छु भने दुबै हात ले लिने। भइ सकेको क्रांति, गर्नु पर्ने क्रांति होइन। सफल क्रांति, विश्व इतिहासमा एउटा मिसाल क्रांति। फाइदा नै फाइदा।

कंस सिटौला भनेको मधेसी क्रांति को कमल थापा। कमल थापा ले १९ शहिद को रगत खाएको, कंसेले ५६ शहिद को रगत खाएको। त्यो कंसे लाई नेपाली काँग्रेस ले संघीयता को पहिलो मस्यौदा लेख्न लगाउनु, मधेसी को नागरिकता को मस्यौदा लेख्न लगाउनु ---- त्यसको मधेसी जनताले हिसाबकिताब गर्छ। त्यो पशुपतिनाथ मा गएर कसैले शिवको बसहा माथि मुते जस्तो हो।

२००६ को अप्रिल क्रांति को सम्मान गर्दै, मधेसी क्रांति को सम्मान गर्दै, अंतरिम संविधान को सम्मान गर्दै, सर्वोच्च को कलम र राष्ट्रपति को डंडा को ख्याल गर्दै संघीय, लोकतान्त्रिक संविधान लेख्ने र संविधान जारी भएको ५ वर्ष भित्र समावेशी राज्य (state) अधिकांश काम गरिसक्ने रोडमैप दिने पार्टी अथवा पार्टी हरुले चुनाव जितेर राज गर्ने। संविधान ले औजार मात्र दिने हो। समावेशी राज्य (state) को निर्माण को काम त जनताको मैंडेट लिएर सत्तामा आएर गरिने हो।

समावेशी राज्य (state)  को विरोध मा उभिएका पार्टी सत्तामा जान नचाहेको पार्टी हुन। समावेशी राज्य (state) को निर्माण गर्न चाहेका पार्टी हरु त दंग पर्ने हो। उही हो, जनताको अदालतमा गएर case चाहिं build गर्नु पर्ने हुन्छ। विपक्षी लाई नाङ्गो पार्नु पर्ने हुन्छ। आफ्नो रोडमैप जनता लाई बेच्न सक्नु पर्छ। Job Application को प्रक्रिया मा त खरो उत्रिनु त पर्छ जनता मालिक का लागि काम गर्न चाहनेले।

समावेशी राज्य (state)  को निर्माण नभए देश टूटने हो। समावेशी राज्य (state)  को निर्माण हुन्छ भने देश किन टुट्छ? मधेसी राजा जनक को देश मा कता कता बाट पहाड़ी पृथ्वी नारायण शाह आएर बसेको देश। यो मधेसी को देश।

समावेशी राज्य (state)  को निर्माण नभए देश टूटने हो। समावेशी राज्य (state)  को निर्माण को विरोध मा उभिएका हरु, समावेशी राज्य (state)  को निर्माण को विरुद्ध वचन र व्यवहार भएका हरु, समावेशी राज्य (state)  को निर्माण को रोडमैप नै नभएका हरु, रोडमैप को आवश्यकता महसुस नगरेका हरु ले देश तोड्ने हो। समावेशी राज्य (state)  को निर्माण चाहने हरु देश एक राख्न चाहने हरु हुन।

जनता को अदालत मा चुनाव ताका न्यायधीश को कुर्सी मा जनता बसेको हुन्छ। समावेशी राज्य (state)  को निर्माण को विरुद्ध का शक्ति हरु को वकील पनि हुन्छ त्यहाँ। समावेशी राज्य (state)  को निर्माण को रोडमैप भएका हरु पनि त्यहाँ उपस्थित हुनु पर्यो र न्यायधीश का अगाडि आफ्नो कुरा राख्नु पर्यो। आफ्नो कुरा राख्ने काम राम्रो सँग गर्न सकिएन भने दिग्गज न्यायधीश छ भने पनि केस हार्न सकिन्छ। भने पछि आफ्नो कर्तव्य को पालन गर्ने। जनता को मा जाने र २००६ को अप्रैल क्रांति का दुश्मन हरु लाई नाङ्गो झार गर्ने, मधेसी क्रान्ति का दुश्मन हरु लाई नाङ्गो झार गर्ने, अंतरिम संविधान का दुश्मन हरु लाई नाङ्गो झार गर्ने। लोकतंत्र र संघीयता विरोधी स्वतः आर्थिक क्रांति का पनि दुश्मन, भविषमा जन्म लिने नेपाली का दुश्मन भनेर नाङ्गो झार गर्ने।

नाङ्गो झार गर्ने काम राम्रो सँग गरेको खण्डमा जनता ले समावेशी राज्य (state)  को निर्माण का लागि भारी बहुमत दिन्छ, आर्थिक क्रांति का लागि मैंडेट दिन्छ। अनि दुबै काम गर्ने।

नाङ्गो झार गर्नु पर्ने एक प्रमुख क्यारेक्टर: माधवजी नेपाल। फर्स्ट नेम त उस्तै हो, यो मान्छे को लास्ट नेम चाहिं नसुहाउने। भोली देश टुट्छ भने यो मान्छे को कारण ले टुट्छ, अनि उसै को नाम माधव नेपाल!

देश टुक्र्याउने स्वतन्त्रता दिनहुँदैन: नेपाल
राष्ट्रिय ख्रीष्ट्रियन महासङ्घ नेपालले आइतबार आयोजना गरेको ‘नयाँ संविधानमा धार्मिक निरपेक्षता कार्यान्वयन र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उनले देशमा सार्वभौमिक अखण्डतामा प्रतिकूल असर पार्ने र देश टुक्र्याउने स्वतन्त्रता दिन नहुने बताए। ...... प्रत्येक धर्मको पर्वमा बिदा दिने परम्परा ठीक नभएको र यसले मानिसहरुलाई अल्छी बनाउने र देश विकासमा समेत बाधा पुग्ने धारणा राख्दै नेता नेपालले विश्वका विकसित देशमा सार्वजनिक बिदा दिने चलन एकदम कम रहेको बताए।

माइकल जैकसन पार्टी एकीकरण



  1. महन्थ ठाकुर -- सर्वमान्य नेता र भावी राष्ट्रपति 
  2. उपेन्द्र यादव -- अध्यक्ष 
  3. राजेन्द्र महतो -- सह-अध्यक्ष 
  4. अशोक राई --- वरिष्ठ नेता 
  5. महेंद्र राय यादव --- उपाध्यक्ष 
  6. हृदयेश त्रिपाठी --- उपाध्यक्ष र संसदीय दलको नेता 
  7. ५ जना अरु ---- पोलिटब्युरो सदस्य ---- संभवतः अरु (एकीकृत गर्नु पर्ने) दलका अध्यक्ष हरु 
  8. थप २० जना -- केन्द्रीय समिति सदस्य 
  9. बाँकी केन्द्रीय समिति आकांक्षी लाई काठमाण्डु जिल्ला समिति को साधारण सदस्य 
  10. नाम: नेपाली जनता पार्टी चुनाव चिन्ह: चक्र झंडा: सेतो, हरियो, पहेँलो
अब त पार्टी एकीकरण कसो न होला! यो भन्दा राम्रो पद विभाजन गर्न सक्छ कसैले?  

यति गरे हो होइन भने यिनी हरुले काम गर्छन, फाइदा हुन्छ ग्राउंड मा काँग्रेस लाई।

आजदेखि सुरु भयो मधेशवादीहरुको आन्दोलन

भारत र चीनको पैसाले एमालेभित्र भाँडभैलो
मदन भण्डारी फाउन्डेसनमा यसअघि भारतीय दूतावासबाट ५० करोड रुपैयाँसम्मको प्रोजेक्ट परेको एमाले नेताहरु बताउँछन् । पछिल्लोपटक मधेसमा खानेपानी, शिक्षा, स्वास्थ्य आदिमा खर्च गर्न भनेर चीनबाट ठूलो रकम आएको सूत्रहरुको दाबी छ । स्रोतका अनुसार दुई महिनाअघि एमाले नेता प्रदीप नेपालसहितको पूर्वसञ्चारमन्त्रीहरुको टोली चीन भ्रमणमा गएको थियो । सो भ्रमणमा संलग्न केही सदस्यले मधेसमा चीनले सहायता नगरेको गुनासो गरेका थिए । त्यसको प्रतिवादमा चिनियाँ अधिकारीहरुले मदन भण्डारी फाउन्डेसन र सुजाता कोइराला नेतृत्वको जीपी फाउन्डेसनमार्फत् आफूहरुले मसेसमा लगानी गरेको खुलासा गरेका थिए । तर, चीनले मदन भण्डारी फाउन्डेनलाई कति पैसा दिएको छ भन्ने चाहिँ चिनियाँ अधिकारीहरुले नखुलाएको स्रोत बताउँछ । चीन या भारतले विकास निर्माणका लागि एमालेबाट पेश गरिएको प्रोजेक्टका आधारमा पैसा दिएको बताइन्छ । तर, त्यो पैसाको हिसाब पार्टीमा नराखी मदन भण्डारी फाउन्डेनकै नाममा गुटका लागिमात्रै खर्च गरिएको भन्दै एमालेको केन्द्रीय तहसम्म कुरा उठिरहेको स्रोत बताउँछ । ...... अहिले फेरि मदन भण्डारीजस्तो नेतालाई एनजीओको मागीखाने भाँडो बनाइएको र ओलीले यसैबाट गुट चलाएको माधव नेपाल पक्षले आरोप दोहोर्‍याउन थालेको छ ।

राजनीतिक पार्टी ले पार्टी चलाउन सरकार बाट पैसा पाउने

Anga Raj Timilsina: "......नेपालमा चारैतिर भ्रस्टाचार ब्याप्त छ। छुट्याइएको रकमको धेरै हिस्सा भ्रस्टचारमा जान्छ। तसर्थ, क्यान्सर जस्तो यो रोगको निधान नारा वा सतहीरुपले प्रधानमन्त्री, सरकार वा नेताले उच्चाहरण गरेर मात्र हुदैन। एकातिर अख्तियार र अरु निकायलाई कसरी बलियो बनाउने भन्नेमा ध्यान दिनु पर्ने छ भने अर्कोतिर यी निकायले निस्पक्षरुपले कार्बाही गर्न कसरी जबाबदेही बनाउने भन्ने सोच्न जरुरी छ। तर, पार्टीका मुख्य नेताहरु जबसम्म पार्टी चलाउने पैसा भस्टचारबाट उठाउछन, तबसम्म यो रोगलाई सम्बोधन गर्न गार्हो पर्ने देखिन्छ। नयाँ सम्बिधानमा "थ्रेसहोल्ड" भन्दा माथी जनमत ल्याउने पार्टीलाई सरकारी बजेट बाटै पार्टी चलाउने पैसाको प्राबधान राख्न अत्याबश्यक छ।......."

प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति र यो एउटा गर्न पाए नेपाल अझ दुई चार पुस्ता हेटी भएर बस्दैनथ्यो कि?

प्रत्येक राजनीतिक पार्टी ले पार्टी चलाउन सरकार बाट पैसा पाउने, चुनावमा वोट ल्याएको समानुपातिक, त्यो बाहेक अरु कतै बाट पैसा लिन नपाउने। आय व्यय ऑनलाइन सार्वजनिक गर्नु पर्ने।

यति गर्न सके पार्टी अध्यक्ष को चुनाव मा बढ़ी मान्छे लड़थे कि? किनभने पार्टी चलाउने पैसा त पार्टी को हो भन्ने हुन्थ्यो।


नेपाल भारत बीचको बोर्डर अप्राकृतिक हो

भारत देश होइन महादेश हो

मधेसी परिवारको बोर्डर पारि बिहेबारी हुनु अप्राकृतिक होइन। नेपाल भारत बीचको बोर्डर अप्राकृतिक हो। नागरिकता दुई तीन किसिमको हुँदैन। नागरिकता एक किसिमको मात्र हुन्छ। छिमेकी देशसँग को बिहे देश भित्र को बिहे भन्दा केही फरक नमान्ने हुनुपर्छ नागरिकता कानुन मा। होइन भने यो देश टुट्छ। १० वर्ष पछि होइन अहिले टुट्छ। परिवार भन्दा ठुलो देश होइन, मधेस उपनिवेश भएर बस्दैन। कि मधेसीले समानता पाउँछ कि देश टुट्छ। वार की पार भन्ने बेला आउन लागेको छ। मधेसी अस्मिता सँग खेलबाड़ गर्ने सँग हिसाबकिताब हुन्छ।

वंशज/अंगीकृत वाला फर्स्ट क्लास सिटीजन, सेकंड क्लास सिटीजन वाला सिस्टम
नागरिकता बारे संविधान मा होइन कानुन मा लेख्ने हो
नागरिकता एक किसिमको मात्र हुन सक्छ
The Nuclear Option
१६ बुँदे उर्दुमा पढ्दा ९०% हो, वास्तवमा त्यों ०.०९% हो
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति
एमाले फुट्नु देश को लागि राम्रो
प्रत्येक राज्य को जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्यो
नागरिकता बारे हुनु पर्ने
भारतको बुहारी अथवा जवाईं नभएको एउटा मधेसी परिवार छैन


In The News (7)

अझैंपनि संविधान बन्न नदिने षड्यन्त्र भइरहेको छः ओली
उनले अब साना पार्टीहरुको भविष्य नरहेको दाबी गर्दै सांगठीनक हिसावले देशकै सबैभन्दा ठूलो पार्टीमा आउन आग्रह समेत गरे ।
मधेसी दलले आन्दोलन गर्न आवश्यक छैनः गच्छदार
संविधान जारी गर्ने विषय निर्धारित कार्यतालिकाअनुरुप नै हुने उल्लेख गर्दै उनले कुनै कारणवश ढिलो भएमा बढीमा आगामी साउन २५ गतेभित्रै मुलुकले नयाँ संविधान पाउने विश्वास व्यक्त गरे ।
सशस्त्रलाई पक्राउ गर्ने अधिकार दिनु आपत्तिजनकः भण्डारी
उनले एक विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम मधेश विरोधी रहेको भन्दै त्यसमा सुधार गर्नुपर्ने माग गरेका छन् ।
महिला र मधेसीलाई फाइदा
पहिले बुबाको ठेगान नभएकाले नागरिकता नै पाउँदैनथे, कम्तीमा अब त नेपाली आमा वंशजको नागरिकता लिएकी छन् भने सन्तानले नागरिकता पाउँछन्। यो ठूलो विशेषता हो।
सैनिक भर्ना र नियुक्तिमा लोकसेवाको नियन्त्रण
सेनामा भर्ना तथा बढुवासम्बन्धी लोकसेवा आयोगको नियन्त्रण, निर्देशन तथा अवकाशप्राप्त सैनिक कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार रहने व्यवस्था राखिएपछि उच्च सैनिक अधिकारी असन्तुष्ट बनेका हुन् । ..... भाग ३७ र अनुसूची ७ मा विभाजन गरिएको प्रस्तावित संविधानको भाग २२ मा संघीय लोकसेवा आयोगको व्यवस्था गरिएको छ । जस अनुसार लोकसेवा आयोगको कामकर्तव्य र अधिकार उल्लेख गर्दै भनिएको छ, “निजामती सेवाका अतिरिक्त सैनिक, संघीय प्रहरी वा सशस्त्र प्रहरीको भर्ना तथा बढुवा सम्वन्धि अधिकारक्षेत्रभित्र पर्ने व्यवस्था गरिने छ ।” ....... भाग २० मा अख्तियारलाई समेटेर उसको कामकर्तव्य र अधिकार उल्लेख गर्दै भनिएको छ, “खराब आचरणका आधारमा महाअभियाग प्रस्ताव पारित भई पदमक्त हुन सवधानिक निकायका पदाधिकारी, न्याय परिषदबाट पदमुक्त हुने न्यायाधीश र सैनिक ऐन बमोजिम कारबाही हुनेव्यक्तिका हकमा निज पदमुक्त भइसकेपछि कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सकिनेछ ।” यसअघि सेना र अदालतका कुनैपनि कामकारबाहीमाथी अख्तियारको क्षेत्राधिकार थिएन । ..... प्रधानसेनापति गौरवशमशेर राणा सेनासँग सम्वन्धित मस्यौदाप्रतिअसन्तुष्टि जनाउँदै प्रधानमन्त्री सुशील कोइराला समक्ष लिखित धारणा दिने तयारीमा जुटेका छन् । ...... सैनिक मूख्यालयले पाँच विकास क्षेत्र अन्तर्गतका भूपू सैनिकहरु मार्फत पनि यस विषयमा सभासदहरुको ध्यानाकर्षण गराउन लागि परेको स्रोतले बतायो । ...... एक उपरथीले सैनिक अधिकारीको हरेक बढुवामा लोकसेवाको क्षेत्राधिकारभित्र राखिनु अन्तर्राष्ट्रिय मूल्यमान्यता र विधि विपरित भएको टिप्पणी गरे ।
आदेश उल्ट्याउन आवेदन दिने कि अन्तरिम संविधान फेर्ने : चार दल र सरकार दोधारमा प्रधानमन्त्री ५० निकायका प्रमुख तर, प्रधानमन्त्री कार्यालयलाई नै थाहा छैन
मन्त्रालय, परिषद्, कोष , प्रतिष्ठान, विश्वविद्यालय र विभिन्न समिति गरी प्रधानमन्त्रीको नेतृत्वमा ५० सरकारी निकाय छन् । तर, जिम्मेवारी सम्हालेको १८ महिना बित्दासमेत प्रधानमन्त्री सुशील कोइराला त्यसबारे बेखबर छन् । आफूले नेतृत्व गरेका अधिकांश निकायका कार्यालयमा प्रधानमन्त्रीले पाइलासमेत टेकेका छैनन् । .... ‘प्रधानमन्त्रीको मातहतमा कति निकाय छ भन्ने अपडेट हुँदै छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका चार सचिवमध्येका एक नारायणकुमार मलेगोले भने ।
मस्यौदा पछाडि फर्क्यो
प्रस्तावित संविधान मस्यौदा समानताको मुख्य सिद्धान्त उल्लंघन गरेर तयार पारिएको छ। अन्तरिम संविधान र पहिलो संविधानसभा ताकाको प्रस्तावनामा पितृसत्तात्मक संरचना अन्त्य गर्दै भनेर लेखिएको थियो। त्यो अहिले हटाइयो। प्रस्तावना भनेको संविधानको मुटु हो। नागरिकतामा तीन प्रकारका व्यवस्था गरिएको छ : वंशज, मानार्थ र अंगीकृत। मानार्थमा पुरुष र महिला केही उल्लेख गरिएको त छैन तर अंगीकृत र वंशजको नागरिकतामा भने धेरै विभेद गरेको देखियो। कतिपयलाई लाग्ला, यसले महिला मात्रै अप्ठेरोमा पर्छन्। वास्तवमा मस्यौदाबमोजिम नै संविधान जारी भए यसले पुरुष पनि उत्तिकै अप्ठेरोमा पर्छन्। ...... कुनै व्यक्तिको जन्म हुँदाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने त्यस्तोले मात्रै वंशजको नागरिकता पाउने उल्लेख छ। उसो भए पुरुषकै सवालमा पनि विदेशी केटी बिहे गरी ल्याउँदा एक वर्षभित्रै बच्चा जन्मियो भने आमाको कारण अब ऊ वंशजको नागरिक नहुने भयो। अझ विदेशी केटासँग बिहे गरे नेपाली छोरीको सन्तान वंशज नहुने नै भयो। त्यसका लागि ज्वाइँले १५ वर्ष कुर्नुपर्ने भनिएको छ। ....... महिलालाई सम्पत्तिको अधिकार त मस्यौदामा व्यवस्था गरिएको छ। तर कोसँग बिहे गर्ने भनेर अप्रत्यक्ष रूपमा मस्यौदाले भन्न खोजेको छ। विदेशीसँग बिहे गरेपछि महिलाले नागरिकतासँगै सम्पत्तिको अधिकार गुमाउनुपर्ने अवस्था देखिएको छ। एकातिर हामी महिलालाई आफ्नो इच्छाबमोजिम बिहे गर्ने अधिकार दिइरहेका छौं अर्कातिर उसको सम्पत्तिको अधिकार पनि खोसिरहेका छौं। अनि विदेशी ज्वाइँलाई १५ वर्ष बसेपछि सामाजिक र आर्थिक अधिकार दिन्छौं भनेर उनीहरूको वैवाहिक जीवन पनि अप्ठेरो पार्नेगरी आफैं लेखिरहेका छौं। छोरी भनेको बिहे गरेपछि बाहिर जानुपर्छ भन्ने परम्परागत चलन छ। तर संविधानमै लेख्ने भइसकेपछि नियम एकतर्फी ढंगले बन्नु हँ‘दैन। झन्डै तीन करोड जनसंख्यामा एक लाख नै संख्या भए पनि छोरीहरू बाहिर गए राज्यको नियम तिनका लागि बोझ बन्न जान्छ। ........ विश्वका ठूला लोकतन्त्रहरू अमेरिका र भारत दुवैमा तीनदेखि सात वर्षसम्म बसे व्यक्तिले सामाजिक, आर्थिकसँगै क्रमश: राजनीतिक अधिकारसमेत पाउँदै जान्छ। नेपालमा एकातिर अरू देशभन्दा आधुनिक र उदार हुँदै तेस्रोलिंगीलाई पनि अधिकार दिइसकियो जुन राम्रो पनि हो। अर्कातिर आफ्नै चेलीहरूलाई पहिलेभन्दा झन् कसिलो कानुन लगाउनु राम्रो भएन। ........ प्रजनन स्वास्थ्यबारे पनि यो मस्यौदा अनुदार देखिन्छ। अन्तरिम संविधानमै प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार हुनेछ भनी लेखियो। एघारौं संशोधन हुँदासम्म पनि यो अधिकार सुरक्षित थियो। तर, अहिले यो प्रावधान हटाएर महिलालाई बच्चा पाउने मेसिनका रूपमा मात्रै बुझ्न खोजियो। यसरी नौ वर्षअघि जारी अन्तरिम संविधानभन्दा अहिले पछाडि फर्कने काम भएको छ। ........ यो देशमा पहुँच हुनेले जसरी भए पनि नागरिकता निकालिरहेको छ। कमजोर नागरिकले भने प्रक्रिया पुर्‍याउनै गाह्रो पर्ने देखिन्छ। यस्तोमा वञ्चित नागरिकलाई राज्यले संरक्षण दिनुपर्छ। राज्य भनेको सबै नागरिकहरूको अभिभावक हो, अझ कमजोरहरूको। नेपालका छोरीहरूलाई अप्ठेरो परेको बेलामा राज्यले जोगाउनुपर्छ। नागरिकता भनेको केवल भूराजनीतिको प्रश्न होइन। यो भारतसँग मात्रै जोडेर शंकाको भरमा आफ्नै नागरिकमाथि कठोर हुनुपर्ने मुद्दा होइन। अवश्य पनि गैरनागरिकले नागरिकता नपाओस् भन्नेमा हामी सचेत हुनैपर्छ। त्यसको नियम बनाउने, अनुगमन गर्ने दायित्व राज्यकै हो। तर, भूराजनीतिक संवेदनशीलता छ भनेर त्यसको दण्ड हाम्रा छोरीहरूलाई दिने होइन। उसै त बंगलादेशी र लेवनानीहरू अहिले पनि नेपाली पासपोर्ट बोकेर हिंडिरहेछन्। त्यसलाई कडाइ गर्न नसक्नु राज्यको कमजोरी हो। ...... नागरिकता र महिलाको विषयमा निर्णय गर्ने ठाउँमा महिला नहुनु दुर्भाग्यको कुरा हो। समितिको नेतृत्व तहमा पुरुषहरू नै हुनुहुन्थ्यो। महिलाको संवेदनशीलता महिलाले बुझ्छिन्। प्रतिनिधित्वको सवाल त्यहींनेर छ। अझ प्रतिनिधित्व भएर मात्रै पुग्दैन, उल्लेख्य प्रतिनिधित्व चाहिन्छ। म यति पढेलेखेकी महिलालाई त बोल्न बल्लबल्ल अलि सहज हुन थालेको छ। अरू महिला साथीहरूका लागि झन् कस्तो होला? अरू देश किन विकसित भएका हुन्? किनकि त्यहाँ महिलाको अवस्था माथि छ। अहिलेको मस्यौदाले महिलाको अवस्था झन् तल पार्ने काम गरेको छ।
सशस्त्रलाई दिएको अधिकार खारेज गर्न थर्ड एलायन्सको माग
सशस्त्र प्रहरी बललाई गोली चलाउन दिइएको अधिकार खारेज गर्न तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले माग गरेको छ । सशस्त्र प्रहरी बलको नयाँ नियमावलीले सशस्त्र प्रहरीलाई कार्यक्षेत्रमा आवश्यक परे आफैले निर्णय गरी गोली हान्ने अधिकार सरकारले दिएको हो । सरकारको यस्तो निर्णयप्रति थर्ड एलायन्सले आपत्ति जनाएको छ ।
मस्यौदाको कुनै तुक नै छैन – सीके लाल, विश्लेषक
पहिलो अनुभूति त मलाई के भयो भने, यती राम्रो अवसर हुँदा हँुदै पनि केही भएन, त्यसैले अवसादको । दोस्रो अनुभुती चाही के भयो भने कि द्धन्द फेरि रहि रहने भयो, त्यसैले भय भयो । तेस्रो अनुभुती के भयो भने कि हामी कहिले पनि नसुध्रिने भयौ । एउटा साधारण सवैले मान्ने संविद्याँन हामी बनाउन सकेनौ । फेरी यसलाई च्यातेर फाल्नु पर्छ र अर्को संविद्यान बनाउनु पर्छ जस्तो लाग्यो । २००४ सालको संविद्यानलाई च्यातेर फाले मोहन शमशेर, त्यस पछि काग्रेसको अन्तिरम संविद्यानलाई च्यातेर फाले टंक प्रसाद आचार्य । त्यस पछिको संविद्याँनलाई फेरी काग्रेसले च्याते, २०१५ को लाई राजा महेन्द्रले, राजा महेन्द्रको संविद्याँनलाई उनकै छारा विरेन्द्रले फाले । उनको संविद्याँनको सटा ०४७ आयो जसलाई च्याते माओवादीहरू, त्यस पछि आयो अन्तरिम संविद्याँन त्यसलाई पनि च्यातीयो र आज अन्तरिम संविद्यानको सटामा आउन लागेको लाई सवैले त्यातेर फालीरहेको छ । यसले वडो नरमाईलो लागीरहेको छ कि हामी यही समस्यामा सधै अल्झीरहने भयौ । किनकी अहिले ल्याइएको मस्यौलामा सुधार गर्ने ठाउ भए आशा पनि हुन्थ्यो । तर यो यसरी ल्याइएको छ, त्यसमा केही सुधार गर्ने ठाउ नै छैन । ........ समस्या काहा निर छ भने, जव सम्म वर्चच्वशाली समुदायले यो देशमा अरूको अस्तीत्व स्विकार गर्दैन, तव सम्म यो समस्या रहि रहन्छ । तपाईले यो मस्यौदालाई हेर्न भयो भन्ने प्रष्ट हुन्छ कि यसमा दलीत, जनजाती र नेपालको सवै भन्द्या ठुलो वहिष्कृत समुदाय मधेशीहरूलाई कहि सम्बोधन गर्ने प्रयास छैन । त्यसैले जव सम्म बर्चच्वशाली समुदायले यसलाई सम्बोधन गर्दैन , तव सम्म समस्या रहिरहन्छ । यो पुर्ण रूपमा एकल जातीय सोचले ग्रस्त भएर ल्याएको त्यतीकै बुझिन्छ । ........ ०३६ साल पछि गणेशमानजीलाई केही मानिसहरूले भन्ने गथ्र्यो कि वालिक मताधिकार पनि अव भयो, यसो भयो, उसो भयो तर गणेशमानजीले एउटै कुरा भन्नु भयो कि महिला आधा गर्भवती हुन सक्दैन । कि त पुरा हुन्छ कि त हुदैन । आधा गर्भवतीले बच्चा जन्माउन सक्दैन । त्यसैलै अहिले कसैले मधेशीहरू लाई यो भयो वा त्यो भयो भन्नु मलाई आधा गर्भवतीले पनि बच्चा दिन लाग्यो भने जस्तै हो । त्यसैले यसले केही दिदैन । यो पुरै छलछाम हो । .......... ०४६ साल पछि काग्रेसको औचित्य कम हुदै गए पछि एमाले आयो । एमालेको पनि औचित्य कम हुदै गए पछि माओवादीहरू आयो । जसरी पहाडी पार्टीहरू नया पार्टीहरू अगाडी आउदै गए त्यसरी नै मधेशी पार्टीहरू मा पनि आउछन आउछन । सदभावना ले गर्न नसके पछि उपेन्द्र यादव आयो, उपेन्द्र यादवको पनि औचित्य कम भए पछि महन्थ ठाकुर को तमलोपा आयो । आज यीनीहरू केही गर्न सकिरहेको छैन भनेर म धेरै चिन्तित छैनौ । किनकी जव सम्म राजनितीक कार्यसुचि जिवीत रहन्छ तव सम्म त्यसलाई पुर्ती गर्न कोई न कोई आई हाल्छ । भोली सिके राउत आउन सक्छ , भोली गोईतजी आउन सक्छ, इत्यादी इत्यादी, वा अरू नै कोई नाया आउन सक्छ । यसलाई कसैले रोक्न सक्दैन । ........ हेर्नुस, मलाई इमान्द्यारी पुर्वक भन्नु हुन्छ भन्ने, म सिके राउतको पक्षमा मधेशमा आन्द्योलन उठछ जस्तो देखि रहेका छैनौ । मधेशीहरू उनको पक्षमा खुलेर लाग्नै सक्दैन । किनकी हिडन पनि नसक्ने बच्चालाई दौडनु पर्छ भनरे आन्द्योलनमा आव्हान गरे जस्तै लाग्छ । उनको आफनो विचार छ । त्यसको एउटा लामो कालखण्डमा कुनै प्रभावै नपर्ला त म भन्न सक्दिन । तर यदी उनी एक स्टेप पछाडी भएर आयो भने उसको पक्षमा मधेशको जनमत जान पनि सक्छ । ....... हेर्नुस, हामीले सवैले प्रजातन्त्र जनताका लागी जनता द्धारा भन्ने सिद्धान्त सुनेका त छौ । तर याहा त मधेशीहरू नेपालका जनता नै भएका छैन । त्यसैले नयां संीवद्यानले त पहिला मधेशीहरूलाई जनता बनाउने काम गर्नु पथ्र्यो । अनि त्यस पछि उनीहरूको राष्टियताको सवाल, संघियता, समानुपातिक समावेशी , राज्यको हरेक निकायमा मधेशीको समुचित प्रतिनिधित्व । यी सबै कुराको रोडम्याप कम से कम नयां संविद्यानले दिनु पथ्र्यौ । तर याहा मस्यौदामै गोलमटोल कुरा गरे पछि, त्यसको आधारमा बन्ने संविद्यान झनै गोलमटोल हुन्छ । त्यस पछि अझ वढी गोल मटोल हुन्छ । त्यसैले यसको कुनै तुक नै छैन ।
शहरी विकास मन्त्रीले कार्यकर्तालाई १५ करोड बाँडेको खुलासा
मन्त्री खड्काले शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको विशेष भौतिक पूर्वाधार तथा पूर्वधार क्षेत्र विकास आयोजनामार्फत् १ हजार ५ सय ५० वटा योजनामार्फत पैसा बाँडेको मन्त्रालय स्रोतले बतायो । अझ रोचक त के छ भने ती सबै योजनाका लागि प्रत्येकलाई १–१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की र शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीको मिलेमतोमा मन्त्री खड्काले राज्यकोषको रकम कार्यकर्तालाई बाँडेको स्रोतको दाबी छ
नेताहरू पालैपालो भारततिर
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आउँदो मंगलबार र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा साउन १३ मा जाँदै छन्। दुवै पूर्वप्रधानमन्त्रीलाई भारत सरकारको भ्रमण निम्तो छ। ..... एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि दिल्ली जाने सूचीमा छन्। उनीहरूको भ्रमण साउनभित्रै हुने स्रोतले बतायो। मधेस केन्द्रित दलका केही नेता पनि दिल्लीतर्फ जान लागेका छन्। भ्रमणको व्यवस्थापन काठमाडौंस्थित भारतीय दूतावासमार्फत भइरहेको छ। ...... केही साताअघि कांग्रेस नेता तथा यातायातमन्त्री विमलेन्द्र निधि पनि दिल्ली गएका थिए, जुन भ्रमण आफ्नै मन्त्रालयको क्षेत्राधिकारभित्रका विषयमा मात्र केन्द्रित रहेको उनले बताए। ‘हुलाकी मार्गलगायत सडक विकासबारे मात्रै कुराकानी भएको हो। राजनीतिक कुराकानी भएन। अहिले हुन लागेको भ्रमणसँग मेरो भ्रमणको कुनै सम्बन्ध छैन,’ निधिले कान्तिपुरसित भने। ...... ‘प्रमुख चार दलले जेठ २५ गते गरेको १६ बुँदे सम्झौताप्रति भारत सन्तुष्ट नरहेको बुझाइ छ,’ परराष्ट्र मामिलाका जानकार एक नेताले आशंका व्यक्त गरे, ‘यही बेला नेताहरूलाई भ्रमणको निम्तो दिएर भारतले नयाँ संविधानमा आफ्नो स्वामित्व लिन खोजेको त होइन?’ ...... पूर्वपरराष्ट्रमन्त्री एवं एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेताहरूले छिमेकी मुलुकको भ्रमण गर्दा समय र परिस्थितिलाई ख्याल गर्नु आवश्यक रहेको बताए। उनले संविधान निर्माण अन्तिम चरणमा पुगेका बेला भारत सरकारले नेपालका राजनीतिज्ञलाई भ्रमण निम्तो दिनु आफंैमा विचारणीय रहेको टिप्पणी गरे। ....... ‘निमन्त्रणा पाउँदैमा वा निम्तो मागेर भारत दौडिहाल्नु राम्रो होइन। भारत गएपछि सबथोक हुन्छ भन्दै कुद्ने मानसिकताको अन्त्य हुन जरुरी छ। यस्तो समयमा कसैको कुरा सुनेर, बहकिएर संविधान निर्माणको कार्य पूरा गर्न चुक्नु हुँदैन,’ उनले आफ्नै दलका अध्यक्षले समेत गर्न लागेको भारत भ्रमणप्रति असन्तुष्टि जनाए। ........ ‘मुलक गणतन्त्रमा गइसकेको छ तर नेताहरू दिल्लीलाई नारायणहिटीको स्थान दिन खोज्दैछन्’ ...... स्रोतका अनुसार भारत सरकारले संघीयतालाई मुख्य चासो बनाउँदै आएको छ। सीमांकन पछि गर्ने गरी आठ प्रदेशसहितको संघीय संरचना बनाउने सहमतिसहित १६ बुँदे सम्झौता चार दलले गरेका थिए। भारतले त्यसविपरीत सीमांकनसहितको संविधान जारी हुनुपर्ने पक्षमा नेताहरूलाई निरन्तर सन्देश दिइरहेको उक्त स्रोतले उल्लेख गर्‍यो।
Nepal media wary of press curbs under new Constitution
Nepal’s constitution-making process has entered a “super-fast-track” mode and the country could have a new statute by next month. But certain provisions in the final draft, already endorsed by the constituent assembly, have given rise to fears about curtailment of press freedom........ There is a provision that the freedom of press could be suspended during emergencies. And the phrase “full press freedom” in Nepal’s interim constitution has been replaced by “press freedom” in the draft.......... “Clearly, the main drafters of the new constitution are afraid that free and independent media will put up needless obstacles as they work for the benefit of vested interests,” said an editorial in Republica daily earlier this week....... There is also apprehension on another clause which says the government can formulate laws to regulate media. “This seems to imply that in case the government deems fit, media houses can be shut down or their registrations cancelled,” said The Kathmandu Post in a recent editorial...... Fears on restriction of media freedom were amplified after President Ram Baran Yadav delivered a speech in parliament on Wednesday about the government’s policies for the next fiscal. He announced the government would formulate a mass media policy and amend the code of conduct for media to make it “reliable and dignified”. There was also mention of legal provisions to “regularise” online media.

आरजु राणा देउवा र संविधान मस्यौदा र महिला अधिकार

आरजु राणा देउवा -- सांसद  ---- शायद सबै भन्दा पढेलेखेको सांसद हरु मध्येको एक ---- तीन तीन पटक प्रधान मंत्री भएका व्यक्ति शेर बहादुर देउबा की श्रीमती ------- सुशील सँग उसको कैबिनेट मा आधा हिस्सा पाएका मानिस शेर बहादुर देउबा ---- त्यस आरजु राणा सँग संविधान मस्यौदा मा पहुँच छैन भने यो त ताण्डव नृत्य नै हो। यो देश मा लोकतंत्र नभएको कि नेपाली काँग्रेस भित्र लोकतंत्र नभएको कि देउबा household भित्र लोकतंत्र नभएको कि के हो यो? आम जनता कहाँ जाने? सत्तामा गए पनि नहुने रैछ। नेपालमा कलयुग आएको? हामी कहीं कंस शासनमा त फँसेका छैनौं। नेपालमा कृष्णावतार को खाँचो देखियो।



मस्यौदा पछाडि फर्क्यो
प्रस्तावित संविधान मस्यौदा समानताको मुख्य सिद्धान्त उल्लंघन गरेर तयार पारिएको छ। अन्तरिम संविधान र पहिलो संविधानसभा ताकाको प्रस्तावनामा पितृसत्तात्मक संरचना अन्त्य गर्दै भनेर लेखिएको थियो। त्यो अहिले हटाइयो। प्रस्तावना भनेको संविधानको मुटु हो। नागरिकतामा तीन प्रकारका व्यवस्था गरिएको छ : वंशज, मानार्थ र अंगीकृत। मानार्थमा पुरुष र महिला केही उल्लेख गरिएको त छैन तर अंगीकृत र वंशजको नागरिकतामा भने धेरै विभेद गरेको देखियो। कतिपयलाई लाग्ला, यसले महिला मात्रै अप्ठेरोमा पर्छन्। वास्तवमा मस्यौदाबमोजिम नै संविधान जारी भए यसले पुरुष पनि उत्तिकै अप्ठेरोमा पर्छन्। ...... कुनै व्यक्तिको जन्म हुँदाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने त्यस्तोले मात्रै वंशजको नागरिकता पाउने उल्लेख छ। उसो भए पुरुषकै सवालमा पनि विदेशी केटी बिहे गरी ल्याउँदा एक वर्षभित्रै बच्चा जन्मियो भने आमाको कारण अब ऊ वंशजको नागरिक नहुने भयो। अझ विदेशी केटासँग बिहे गरे नेपाली छोरीको सन्तान वंशज नहुने नै भयो। त्यसका लागि ज्वाइँले १५ वर्ष कुर्नुपर्ने भनिएको छ। ....... महिलालाई सम्पत्तिको अधिकार त मस्यौदामा व्यवस्था गरिएको छ। तर कोसँग बिहे गर्ने भनेर अप्रत्यक्ष रूपमा मस्यौदाले भन्न खोजेको छ। विदेशीसँग बिहे गरेपछि महिलाले नागरिकतासँगै सम्पत्तिको अधिकार गुमाउनुपर्ने अवस्था देखिएको छ। एकातिर हामी महिलालाई आफ्नो इच्छाबमोजिम बिहे गर्ने अधिकार दिइरहेका छौं अर्कातिर उसको सम्पत्तिको अधिकार पनि खोसिरहेका छौं। अनि विदेशी ज्वाइँलाई १५ वर्ष बसेपछि सामाजिक र आर्थिक अधिकार दिन्छौं भनेर उनीहरूको वैवाहिक जीवन पनि अप्ठेरो पार्नेगरी आफैं लेखिरहेका छौं। छोरी भनेको बिहे गरेपछि बाहिर जानुपर्छ भन्ने परम्परागत चलन छ। तर संविधानमै लेख्ने भइसकेपछि नियम एकतर्फी ढंगले बन्नु हँ‘दैन। झन्डै तीन करोड जनसंख्यामा एक लाख नै संख्या भए पनि छोरीहरू बाहिर गए राज्यको नियम तिनका लागि बोझ बन्न जान्छ। ........ विश्वका ठूला लोकतन्त्रहरू अमेरिका र भारत दुवैमा तीनदेखि सात वर्षसम्म बसे व्यक्तिले सामाजिक, आर्थिकसँगै क्रमश: राजनीतिक अधिकारसमेत पाउँदै जान्छ। नेपालमा एकातिर अरू देशभन्दा आधुनिक र उदार हुँदै तेस्रोलिंगीलाई पनि अधिकार दिइसकियो जुन राम्रो पनि हो। अर्कातिर आफ्नै चेलीहरूलाई पहिलेभन्दा झन् कसिलो कानुन लगाउनु राम्रो भएन। ........ प्रजनन स्वास्थ्यबारे पनि यो मस्यौदा अनुदार देखिन्छ। अन्तरिम संविधानमै प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार हुनेछ भनी लेखियो। एघारौं संशोधन हुँदासम्म पनि यो अधिकार सुरक्षित थियो। तर, अहिले यो प्रावधान हटाएर महिलालाई बच्चा पाउने मेसिनका रूपमा मात्रै बुझ्न खोजियो। यसरी नौ वर्षअघि जारी अन्तरिम संविधानभन्दा अहिले पछाडि फर्कने काम भएको छ। ........ यो देशमा पहुँच हुनेले जसरी भए पनि नागरिकता निकालिरहेको छ। कमजोर नागरिकले भने प्रक्रिया पुर्‍याउनै गाह्रो पर्ने देखिन्छ। यस्तोमा वञ्चित नागरिकलाई राज्यले संरक्षण दिनुपर्छ। राज्य भनेको सबै नागरिकहरूको अभिभावक हो, अझ कमजोरहरूको। नेपालका छोरीहरूलाई अप्ठेरो परेको बेलामा राज्यले जोगाउनुपर्छ। नागरिकता भनेको केवल भूराजनीतिको प्रश्न होइन। यो भारतसँग मात्रै जोडेर शंकाको भरमा आफ्नै नागरिकमाथि कठोर हुनुपर्ने मुद्दा होइन। अवश्य पनि गैरनागरिकले नागरिकता नपाओस् भन्नेमा हामी सचेत हुनैपर्छ। त्यसको नियम बनाउने, अनुगमन गर्ने दायित्व राज्यकै हो। तर, भूराजनीतिक संवेदनशीलता छ भनेर त्यसको दण्ड हाम्रा छोरीहरूलाई दिने होइन। उसै त बंगलादेशी र लेवनानीहरू अहिले पनि नेपाली पासपोर्ट बोकेर हिंडिरहेछन्। त्यसलाई कडाइ गर्न नसक्नु राज्यको कमजोरी हो। ...... नागरिकता र महिलाको विषयमा निर्णय गर्ने ठाउँमा महिला नहुनु दुर्भाग्यको कुरा हो। समितिको नेतृत्व तहमा पुरुषहरू नै हुनुहुन्थ्यो। महिलाको संवेदनशीलता महिलाले बुझ्छिन्। प्रतिनिधित्वको सवाल त्यहींनेर छ। अझ प्रतिनिधित्व भएर मात्रै पुग्दैन, उल्लेख्य प्रतिनिधित्व चाहिन्छ। म यति पढेलेखेकी महिलालाई त बोल्न बल्लबल्ल अलि सहज हुन थालेको छ। अरू महिला साथीहरूका लागि झन् कस्तो होला? अरू देश किन विकसित भएका हुन्? किनकि त्यहाँ महिलाको अवस्था माथि छ। अहिलेको मस्यौदाले महिलाको अवस्था झन् तल पार्ने काम गरेको छ।

काँग्रेसले वोट माग्दा यसरी मागेको

Saturday, July 11, 2015

वंशज/अंगीकृत वाला फर्स्ट क्लास सिटीजन, सेकंड क्लास सिटीजन वाला सिस्टम


महेन्द्र को अंचल, वीरेन्द्र को विनास क्षेत्र, महेन्द्र को पंचायती व्यवस्था गायब भएर गैसक्यो ---- तर महेन्द्र को वंशज/अंगीकृत वाला फर्स्ट क्लास सिटीजन, सेकंड क्लास सिटीजन वाला सिस्टम कायम राख्छु भन्ने सोंच को दुस्साहस!



मधेस का जनता द्वारा पहाड़ का जनता लाई एक बिलियन डॉलर
Terrorism, Climate Change And Genuine World Government.
मधेसी जस्तै महिला पनि अदालत जाने हो
नागरिकता बारे संविधान मा होइन कानुन मा लेख्ने हो
नेपाली महिला नागरिक को त ठेगान हुँदैन
कमिला र मौरी: उज्जवल थापा र म
भोक लाग्यो भन्दैमा Fertilizer खाने?
नागरिकता एक किसिमको मात्र हुन सक्छ
मधेसी किल्ला
मधेसले केही मागेकै छैन
भारत देश होइन महादेश हो
बामदेव पागल भएको हो?
बामे को सशस्त्र ले गोली ठोकने कसलाई?
यी चार पार्टी एकीकरण गर्ने हो
सीके राउत लाई मध्यनजर राखेर लेखिएको संविधान मस्यौदा
एमाले को अन्तिम प्रधान मंत्री झलनाथ खनाल
प्रेमप्रकाश थापामगर र महेन्द्रनारायण निधि : व्यक्ति दुई पीड़ा एक
बिमलेन्द्र निधि को कड़ा चेताबनी
ज्ञानेन्द्र र बामे बीच फरक
बामेले देशमा युद्ध को ऐलान गरेको हो?
Dipendra Jha On Citizenship
केपी ओली यो जुनीमा प्रधान मंत्री बन्ने मान्छे होइन
The Nuclear Option
१६ बुँदे उर्दुमा पढ्दा ९०% हो, वास्तवमा त्यों ०.०९% हो
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति
एमाले फुट्नु देश को लागि राम्रो
प्रत्येक राज्य को जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्यो
नागरिकता बारे हुनु पर्ने

मधेस का जनता द्वारा पहाड़ का जनता लाई एक बिलियन डॉलर

विदेशी ले ४ बिलियन डॉलर दिने भनेका छन --- त्यस मध्ये आधा ग्रांट आधा लोन। भने पछि १ बिलियन डॉलर लोन को भार त मधेसी जनताले बोकेको हो। अहिले ब्याज पछि साऊँ तिर्नु पर्ने हुन्छ। 

भुकम्प पीड़ित पहाडका जनता का लागि आफ्नो टाउको माथि एक बिलियन डॉलर को ऋण बोकेको मधेसी जनता को राष्ट्रियता माथि प्रश्न उठाउने दुस्साहस जुन गरेका छन नागरिकता मस्यौदा लेख्ने हरु ले त्यसको हिसाबकिताब हुन्छ। 


Terrorism, Climate Change And Genuine World Government.

Terror, climate change biggest problems for world: PM Narendra Modi
Noting that yoga helps humans to live in sync with nature, Modi said that it was not a physical exercise but a synchronisation of body, mind, soul and intellect. ..... "Yoga also helps humans to live with nature. Yoga is not a physical programme. How much the body bends or legs bend, this is not the objective of yoga.
And a genuine world government is the only solution to both.

मधेसी जस्तै महिला पनि अदालत जाने हो

जुन बाहुन ले गलत कुरा लेख्यो मस्यौदा मा उसै लाई लॉबिंग गर्न जानु किन? उसले त जे भन्नु भनिसक्यो। उसकोमा अनुनय विनय गर्न जानु गल्ती हो। महिला को अधिकार को रक्षा त्यो बाहुन ले गर्ने भए गरिसक्थ्यो। त्यो बाहुन ले महिला को अधिकार खोस्ने हो पाए सम्म। उसको मा अनुनय विनय गर्नु उसलाई ताकत दिनु जस्तो हो। ताकत दिने होइन खोस्ने हो।

संसदमा बहुमत चाहिन्छ, सयकरौं सांसदको साथ चाहिन्छ। अदालतमा एउटा वकील भए पुग्छ। यदि आफु सही हो भने एक जना वकील भए पुग्यो।

महिला ले पाउनु पर्ने समानता अंतरिम संविधान मा आइसकेको कुरा। त्यो सँग बाझ्ने मस्यौदा ल्याएछन् भने अदालत को ढोका ढकढकयाउने हो। मधेसी जस्तै महिला पनि अदालत जाने हो।

अंतरिम संविधान सँग बाझ्ने गरी नया संविधान ल्याउन पाइँदैन। त्यो कुराको गारंटी सर्वोच्च ले र राष्ट्रपतिले लिन्छ र लिनुपर्छ। कमती दुक्खः गरेर गरेको क्रांति थिएन त्यो।

नागरिकता बारे संविधान मा होइन कानुन मा लेख्ने हो

वाणिज्य नीति, नागरिकता नीति --- यस्ता कुरा संविधान मा लेख्ने नै होइन। नागरिकता बारे संविधान मा होइन कानुन मा लेख्ने हो। त्यस बारे कानुन बनाउने हो। बहुमत ले पास हुने बहुमतले पछि सच्याउन मिल्ने।

मस्यौदा मा सबै भन्दा उटपट्याङ्ग कुरो


नेपाली महिला नागरिक को त ठेगान हुँदैन

नेपाली नागरिक पुरुष ले विदेशी महिला बिहे गरेको अवस्थामा त्यो विदेशी महिला ले आजको भोली नेपाली नागरिकता पाउने भन्ने छ। किनभने नेपाली पुरुष भरपर्दा हुन्छन्। देशको सुरक्षा सँग खेलबाड़ गर्ने किसिमले उसले बिहेबारी किन गर्दो हो?

तर नेपाली महिला नागरिक को त ठेगान हुँदैन। उसले अल कायदा को बेकायदा को मान्छे बिहे गर्छ कि ISIS को मान्छे बिहे गर्छ कि LTTE को मान्छे बिहे गर्छ, उसले लव जिहाद पनि गर्न सक्छ। फेरि Al Qaeda देखि ISIS देखि LTTE देखि अमेरिका को KKK सबैले टारगेट गरेको देश पर्यो नेपाल। You can never be too careful.

नेपाली महिलाले बिदेशी पुरुष बिहे गरेको खण्डमा त्यो पुरुष लाई २० वर्ष पहिला quarantine मा राख्ने --- कोही मान्छे Al Qaeda/ISIS/LTTE होइन भन्ने कुरा ठम्याउन २० वर्ष चाहिं प्रयाप्त समय हो, १५ अलि कम भयो कि?


होइन यो कस्तो नबुझेको? महिला र पुरुष कानुन को नजरमा बराबर भन्ने कुरा अंतरिम संविधान ले भनिसकेको कुरा। त्यो सँग बाझ्ने गरी नया संविधान लेख्न पाइयेन।पुरुष लाई एक किसिमको महिला लाई अर्को किसिमको कानुन नलेखौँ भन्ने सुझाव होइन कि लेख्नै पाइँदैन भन्ने बाध्यता हो। 

एक तिहाई महिला लाई आरक्षित निर्वाचन क्षेत्र

यो आईडिया को बारे गफ भएको हो, केही वर्ष अगाडि, पटक पटक --- तर मस्यौदा मा कतै छैन। एक तिहाई महिला लाई आरक्षित निर्वाचन क्षेत्र।

पार्टी सभापति लाई कम ताकतवर बनाउनु पर्ने ठाउँ मा उल्टो हुँदैछ। समानुपातिक निर्वाचन ले दमजम लाई ताकतवर बनाउने काम कम, पार्टी अध्यक्ष हरुलाई ताकतवर बनाउने काम बढ़ी गरेको छ।

बरु निर्वाचन क्षेत्र नै छुट्याउने। महिला लाई छुट्याइएको निर्वाचन क्षेत्रमा जुन सुकै पार्टी को पनि उम्मेदवार महिला मात्र हुन पाउने। अनि त्यसरी निर्वाचित महिला को आत्म विश्वास अर्कै लेवल को हुन्छ। अहिले त समानुपातिक मा परेर आएका हरु पार्टी अध्यक्ष को इशारा कुर्दै बस्ने चलन छ। त्यो कस्तो सशक्तिकरण?

यसमा पनि ५१-४९ नै गरे कसो होला? ५१% खुला प्रतिस्प्रधा अनि ४९% आरक्षित निर्वाचन क्षेत्र। यो ४९% मध्ये दलित, मधेसी, जनजाति लाई छुट्याउने ---- अनि प्रत्येक को आधा महिला लाई। २०% मधेसी, २०% जनजाति, १०% दलित, अनि त्यस मध्ये प्रत्येक मा आधा महिला।

अनि खुला प्रतिस्प्रधा को कोटा बाट अर्को १०% महिला लाई ---- जुन सुकै पृष्ठभूमि को होस्। त्यसरी महिला लाई एक तिहाई मा पुर्याउने।


रोडमैप


  • संघीय आयोग गठन गर्ने, त्यसमा अमरकांत झा लाई राख्ने 
  • सीमांकन को टुङ्गो लगाउने 
  • त्यस अनुसार प्रदेश सभा को चुनाव गर्ने, स्थानीय चुनाव गर्ने 
  • संविधान का अरु कुरा को टुङ्गो लगाउँदै जाने, जस्तो नागरिकता 
  • प्रदेश सभा ले नामांकन गर्ने 
  • नामांकन को टुङ्गो लागे पछि संविधान जारी हुन्छ 
  • संविधान सभा को स्वतः अवसान हुन्छ, नया प्रतिनिधि सभा को चुनाव गर्ने 
  • त्यस पछि नया राष्ट्रपति चुन्ने 



MPs Asking For 5 Crore
आदेश उल्ट्याउन आवेदन दिने कि अन्तरिम संविधान फेर्ने : चार दल र सरकार दोधारमा
प्रमुख चार दलले संघीयताबिनाको संविधान निर्माण गर्न जेठ २५ गते १६ बुँदे सहमति गरे । त्यही सहमतिअनुसार उनीहरुले संविधान निर्माण प्रक्रिया अगाडि बढाए । मधेशका केही अधिकारकर्मीले सर्वोच्च अदालतमा रिट दायर गरे र सर्वोच्चको एकल इजलासले अन्तरिम संविधानको प्रावधानअनुरुपै संघीयतासहितको संविधान निर्माण प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश दियो । ......... तर चार दल, ती दलसम्बद्ध बुद्धिजीवी र कानुन व्यवसायी तथा मिडियाको ठूलो हिस्साले त्यस आदेशको खुलेरै प्रतिवाद गरे । यही बलमा १६ बुँदे सहमतिकै आधारमा संविधानसभामा संविधान निर्माण प्रक्रिया जारी राखियो । कानुनी राज्य र संविधानवादको खिल्ली उडाउँदै ठूला दलले संघीयताबिनाको संविधान निर्माण प्रक्रियालाई निर्वाध रुपमा अगाडि बढाए । केही मधेशी र जनजाति दलका विरोधका बाबजुद संविधानको पहिलो मस्यौदा संविधानसभाबाट पारित गरेर जनमत संकलनका लागि पठाइएको छ । ...........

ठूला दलले सर्वोच्चको अन्तरिम आदेशलाई नटेरेकोजस्तो बाहिरी रुपमा देखिए पनि भित्री रुपमा त्यस्तो अवस्था भने छैन । सर्वोच्चको आदेशले कांग्रेस, एमाले, एमाओवादी र लोकतान्त्रिक फोरमजस्ता निर्णायक दलमाथि ठूलो नैतिक दबाब परेको छ । ती दलका मधेशी, जनजाति र दलित सभासद्हरु मस्यौदाबारे आलोचनात्मक हुन थाल्नुलाई त्यही आदेशको प्रभाव भन्नुपर्दछ । त्यति मात्रै होइन, वचस्र्वशाली खस आर्य समुदायका नेता तथा सभासद्हरुले पनि नामाङ्कन तथा सीमाङ्कन टुङ्ग्याएर नै नयाँ संविधान जारी गर्नुपर्ने सम्बन्धमा पार्टी नेतृत्वलाई दबाब तथा ध्यानाकर्षण गराइरहेको दृश्यले पनि उनीहरुमाथिको दबाबलाई संकेत गरेको छ ।

...... हुन त सहमति गर्ने राजनीतिक पार्टीहरु मात्र होइनन्, अन्तरिम आदेशको सन्दर्भमा के गर्ने भन्ने विषयमा वर्तमान कोइराला सरकारमा पनि ठूलो दबाब छ । दबाब थेग्न नसकेरै सिंहदरबारस्थित कानुन मन्त्रालयमा बिहीबार दिनभरिजसो अन्तरिम आदेशको सन्दर्भमा कस्तो कानुनी उपचार खोज्ने भन्ने गम्भीर छलफल भएको थियो । छलफलमा कानुन मन्त्री नरहरि आचार्यका साथै मन्त्रालयका उच्चस्तरीय पदाधिकारी तथा कांग्रेस र एमालेनिकट वरिष्ठ अधिवक्ताहरु पनि सहभागी थिए । ....... बैठकमा सहभागी स्रोतका अनुसार संविधान संशोधन गरेर संघीयताबिनाको संविधान जारी गर्नका लागि मार्ग प्रशस्त गर्ने कि अन्तरिम आदेश सच्याउनका लागि सर्वोच्च अदालतलाई आग्रह गर्ने भन्ने विषयमा सरकार तथा राजनीतिक पार्टीहरु द्विविधामा छन् । स्रोतले दिएको जानकारीअनुसार न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले दिएको आदेश उल्टाइदिने संकेत सर्वोच्चबाट पाइएमा मात्रै सरकार तथा ठूला राजनीतिक पार्टीहरु त्यस अन्तरिम आदेश उल्टाउनका लागि सर्वोच्चमा आवेदन दिने मनस्थितिमा छन् । ......

यसैबीच नवनियुक्त प्रधानन्यायाशीश कल्याण श्रेष्ठले आफ्ना भनाइ तथा अन्तर्वार्तामार्फत् सार्वजनिक रुपमै अन्तरिम संविधानअनुसार अन्तरिम फैसला दिइएकोले त्यसविरुद्ध जान नसकिने जनाउ दिएपछि सरकार र सरकारमा आबद्ध दलहरुले संविधानको धारा संशोधन नै गरेर जाने हो भन्ने कि भन्ने दिशातर्फ समेत सोच्न थालेका छन् ।

...... अधिवक्ता सुरेन्द्र महतो संविधान संशोधन गरेर संघीयताबिनाको संविधान जारी जारी गर्दा अझ धेरै विरोधको सामना गर्नुपर्ने भएकोले त्यस दिशातर्फ जान प्रमुख दलहरुलाई त्यति सहज नहुने तर्क गर्छन् । संघीयताबिनाको संविधान जारी भइसकेपछि पनि संघीयताबारे छिनोफानो गर्नका लागि केही महिना संविधानसभा जीवितै राख्ने उद्देश्यले प्रमुख दल तथा सरकार अन्तरिम संविधानको धारा १८२ संशोधन गर्नेतर्फ उद्यत हुन सक्ने आँकलन अधिवक्ता महतोको छ ।

धारा १८२ मा संविधानसभाबाट नयाँ संविधान निर्माण भएर घोषणा भएलगत्तै संविधानसभा स्वतः विघटन हुने उल्लेख छ ।

संविधानसभा अध्यक्ष नेम्वाङ पनि राष्ट्रपतिकै लाइनमा नेम्वाङ भन्छन्-प्रदेशको सिमांकन आधा घण्टामै टुंगिन्छ

वडा अध्यक्ष अप्रत्यक्ष चुनिने?

"वडा अध्यक्ष अप्रत्यक्ष चुनिने कुरा ठीक भएन। यसलाई पनि प्रत्यक्ष निर्वाचित नै बनाउनुपर्छ।"

यो के हो? वडा अध्यक्ष अप्रत्यक्ष चुनिने भनेको हो के? कसरी लागु हुन्छ त्यस्तो कुरा?



सुधार आवश्यक मस्यौदा–मन्थन : निर्वाचन प्रणाली
केन्द्र र प्रदेशमा गरी ८ सय ७० जना सांसद हुने भए, धान्न नसकिने आकारको संसद बन्ने भयो। यो निर्वाचन प्रणालीबाट राजनीतिक प्रतिनिधित्वमा असाध्यै पछाडि परेको दलित र सिमान्तकृत समूहले अपेक्षा गरे अनुसारको न्याय नपाउने देखियो। ...... समानुपातिकबाट प्रतिनिधिसभामा १ सय १० जना पुग्ने प्रावधान प्रस्ताव गरिएको छ। समानुपातिक सूचीमा को–को पर्ने भनेर १० वटा समूह छुट्याइएको छ। बन्दसूची हुन्छ भनिएको छ। संविधानसभा–१ र २ को निर्वाचनमा ५ वटा समूह थिए। समानुपातिक सिटको संख्या ३ सय ३५ थियो। त्यसैले प्राविधिक हिसाबमा रूपान्तरण गर्न सहज भएको थियो। तर अब १ सय १० सिट विभिन्न १० वटा समूहलाई बन्दसूची भित्रबाट समूह मिलाएर भाग लगाउन गणितीय हिसाब सम्भव छैन। यो प्रावधान भोलि कार्यान्वयन नै हुँदैन। ...... हिजो समानुपातिकतर्फ ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने थियो । मस्यौदामा, अहिले त्यो प्रावधान आएको छैन। ....... संविधानमा ‘थ्रेसहोल्ड’बारे केही कुरा राख्नुपर्छ। ..... जो बलियो र प्रभावशाली नेता छ, उसकै क्षेत्र र जिल्लामा समानुपातिक सिट पनि गएको अनुभव छ। हिजो समानुपातिकबाट न्याय दिन चुकेका थियौं। त्यसैले अब प्रदेशहरूको सूची बनाउने र त्यहाँ आएको मतकै आधारमा त्यही सूचीबाट सिट दिँदा न्यायोचित हुन्छ। ...... १ सय १४ धारामा विधेयक पारित गर्न प्रतिनिधिसभा र राष्ट्रियसभासको संयुक्त बैठक बस्ने प्रावधान पनि छ। यदि प्रतिनिधिसभामा बहुमत प्राप्त दल र विपक्षीबीच थोरै अन्तर छ र राष्ट्रियसभामा विपक्षीको बहुमत छ भने त्यस्तो अवस्थामा संयुक्त बैठक बस्दा माथिल्लो सभाको बलमा विपक्षीले विधेयक पारित गर्ने अवस्था हुन्छ। ...... प्रदेशमा सदस्य संख्या बढी भयो। ३ सय ३० जना प्रत्यक्षबाट आउने कुरा ठूलो हो। ...... स्थानीय निकायमा पनि असाध्यै ठूलो संख्या भयो। १७ जनाको कार्यसमिति घटाउनुपर्छ।

वडा अध्यक्ष अप्रत्यक्ष चुनिने कुरा ठीक भएन। यसलाई पनि प्रत्यक्ष निर्वाचित नै बनाउनुपर्छ।

..... राष्ट्रपति र गाविस अध्यक्षमा दुई कार्यकालभन्दा बढी उठ्न नपाउने कुरा सकारात्मक छ। संसदमा पनि एउटा चुनावमा एक ठाउँभन्दा बढी निर्वाचन क्षेत्रबाट उठ्न नपाउने व्यवस्था गर्नुपर्छ। संघ र प्रदेशमा हुने ४ सय ९५ निर्वाचित सिटमध्ये एउटै व्यक्ति दुई, तीन ठाउँबाट उठ्ने हो भने मुलुकको काम निर्वाचनमात्रै गराउने हुन्छ। अत्यन्त खर्चिलो भएर धान्न पनि गार्‍हो हुन्छ। त्यसैले प्रदेश र संघ दुबैमा एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उठ्न नपाउने व्यवस्था राख्नुपर्छ। ..... व्यक्तिको लहड र स्वार्थका कारण संसद विघटन गर्दा मुलुक ध्वस्त भयो। यसबाट पाठ सिक्नुपर्छ। अब

निर्वाचित निकाय विघटन गर्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छ

। यसले अस्थिरता कम गर्छ। अमेरिकामा जस्तो निर्वाचन हुने मिति पहिले नै तोकिनुपर्छ। संघ र प्रदेशको सभामुख, उपसभामुखमध्ये महिला र पुरुष हुनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ। यो राम्रो हो। तर स्थानीय निकायमा प्रमुख, उपप्रमुख पनि फरक लिंग र सम्भव भएसम्म फरक समुदायबाट ल्याउने व्यवस्था गर्नु जरुरी छ। यो गर्न सक्दा तल्लो तहबाटै नेतृत्व विकास हुनसक्छ। ......... सुधारिएको संसदीय व्यवस्था भनिएको छ। यो न हाँसको चाल भयो, न कुखुराको। कि पूर्ण राष्ट्रपतीय या संसदीय प्रणालीमा जानुपर्ने थियो। दुई वर्षसम्म प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था छ। यदि कुनै दल फुट्यो र गठबन्धन टुट्यो भने यस्ता समस्यालाई यसले व्यवस्थापन गर्न सक्दैन। दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने भनेको संसदीय व्यवस्थाको मान्यता विपरीत हो। यसले तानाशाह बनाउन पनि सक्छ। .... संसद विघटन गर्न नपाउने व्यवस्था राख्ने हो भने राम्रो हुन्छ। .... संसदीय प्रणालीलाई स्थिरता दिन यो प्रावधान ल्याउनु ‘गणेश’ बनाउन खोज्दा ‘उँट’ बनेजस्तो भयो। यसको हामीले छिट्टै नकारात्मक परिणाम भोग्न सक्छौं।

कमिला र मौरी: उज्जवल थापा र म

Here’s a Visual Guide to the 10 Dimensions of Reality



Ujjwal Thapa is a political Flatlander, as seen in this piece of writing. मौरीले जे देख्छ त्यो कमिला ले देख्दैन।



संविधानसभालाई खुला पत्र : गाँठो फुकाउने खाका
एउटा विश्वविद्यालय बनाउन वा अस्पताल बनाउन पनि संघहरुले केन्द्रको अगाडि हात जोड्नु पर्यो भने जस्तोसुकै अधिकार र नियम संविधानमा उल्लेख गरे पनि यथार्थमा तुहिन्छ । ...... एकचोटि सोच्नुहोस् त बाटो, पानी तथा हाम्रो बसाइँ सराइँ जहिले पनि उत्तर-दक्षिण नै भैराखेको छ । फेरि विश्वकै ठूला बजारहरु भारत र चीनलाई पनि यस्तै आकारका प्रदेशले छुनेछ । हाम्रा विशषेज्ञहरुले अनुसन्धान गरेर प्रस्ताव गरेका प्रदेशले कम्तीमा राष्ट्रको कुल गार्हस्थ उत्पादनमा २ खरबभन्दा बढीको योगदान गरिरहेका छन् भने यो अाफ्नो खुट्टामा उभिन सक्छ । अनि आउँने दिनहरुमा ती प्रदेश र अन्तर्गतका अञ्चलहरु पनि अत्यन्त सबल बन्ने सुनिश्चित छ जसले गर्दा केन्द्रमा भर पर्नुपर्दैन। त्यसैले मुलुकमा उत्तर र दक्षिण छुने ३ “सक्षम” प्रदेशहरु बनाउँदा कसो होला ? ...... सन २०११ को जनगणना तथ्यांक अनुसार नेपालमा १२५ विभिन्न जात जाति तथा १२३ विभिन्न मातृभाषा छन् । यदि सबै जात जातिलाई अा-अाफ्नो जातीय पहिचान स्थापित गर्ने भनेर प्रदेश खडा गर्ने हो भने त हामीलाई १०० वटा राज्य-प्रदेशले पनि पुग्दैन रहेछ । त्यसैले के यस्तो सम्भव छ? ....... अहिले काठमाडौं राजधानी देशका बाँकी भूभागको तुलनामा असाध्यै बलियो छ । त्यसैले हामीले प्रस्ताव गरेका छौं कि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई छुट्टै संघीय राजधानी क्षेत्र घोषित गरी अरु प्रदेशलाई अाफ्नै राजधानी बनाउन मिल्ने प्रावधान राखे सबै ठाउँका नेपालीहरु पनि काठमाडौंतिर अोइरिनुपर्ने बाध्यता धेरै हदसम्म कम हुने थियो । नेपाल काठमाडौंमा निर्भर हुनुपर्दैन थियो । साथै काठमाडौंबासी पनि आफ्नै किसिमले दीगो रणनीतिका साथ विश्वकै सुन्दर शहर बनाउने सपनामा लाग्न पाउने थिए । ........ हामीले प्रस्ताव गरेको संविधानमा जनताले प्रत्यक्ष रुपमा प्रधानमन्त्री चुन्नेछन् र प्रधानमन्त्रीले नै तोकेको मन्त्रीपरिषद हुनेछ जसले देशलाई द्रूत विकासतिर लम्काउन सकून् । प्रदेशमा मुख्यमन्त्रीको चयनको पनि यही प्रकिया हुनेछ । ........ पहुँचवालालाई होइन, साँच्चिकै पिछडिएका विपन्नलाई समावेश गरिएको छ यो संविधानमा। जातमा होइन, आर्थिक वर्गमा आधारित समावेशिता हुनेछ।
संविधानको मस्यौदाले नयाँ युद्ध निम्त्यायोः राई भुकम्पपछि भ्रम छर्न खोजिएको दाबी
उनले संघियता ,धर्मनिरपेक्षता ,शासकीय स्वरुप र न्यायप्रणली जस्ता बिषयमा गम्भीर नभई स्वार्थपुर्ण रुपमा मस्यौदा तयार गरिएको आरोप लगाए । ..... एमाले कांग्रेसले अहिले भुकम्पपछि जनतालाई भ्रम गर्न खोजेको दाबी गर्दै संघियता र पहिचानलाई पछाडि छाडि नाम मात्रको संघिय लोकतान्त्रीक संबिधानको नाटक मञ्चन गरीरहेको उनको आरोप थियो । ...... नेपाल भारत सिमाका जनताले भोगेको समस्या राज्य सञ्चालन गरीरहेकाहरुले बुझ्न नसक्दा त्यहाका जनता नागरिकता बिहिन भईरहेको भन्दै अबको संबिधानले पनि ती जनताको अधिकार सुनिश्चित गर्न नसक्ने बताए । ..... दानबहादुर बिश्वकर्माले अहिलेको मस्यौदामा दलित शब्द राखेर सिधै अपमान गरेको भन्दै त्यसको सट्टा सिल्पी समुदाय भनेर सम्बोधन गर्नुपर्ने बताए ।


सर्वोच्चलाई सम्मान गर: राष्ट्रपति
हालै सम्पन्‍न संविधानसभाको वैधानिकतामा प्रश्‍न उठ्ने गरी राष्ट्रपति डा. रामवरण यादवले सर्वोच्च अदालतको सम्मान गर्न प्रधानमन्त्रीलगायत १६ बुँदेका हस्ताक्षरकर्ता नेताहरूसँग आग्रह गरेका छन्। .... राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार चार प्रमुख दलका शीर्ष नेतासँग भेटी सीधै मस्यौदा पारित गर्न बोलाइएको संविधानसभाको वैधानिकताबारे प्रश्न नउठाए पनि सर्वोच्च अदालतलाई सम्मान गर्न आग्रह गरेर उनले संविधानसभाको सञ्चालनप्रति आफ्नो अप्रसन्नता व्यक्त गरे। ...... राजनीतिक रूपमा मधेस केन्द्रित दलहरू, मन्त्री विमलेन्द्र निधिलगायत कांग्रेस सांसद सुरेन्द्र चौधरी, प्रदीप गिरी, अमरेशकुमार सिंहलगायत राजनीतिक धारसँग राष्ट्रपतिले आफूलाई जोडेका छन्। ..... राष्ट्रपतिद्वारा बोलाइएको नास्तामा प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका नेता विजय गच्छदार सामेल थिए। ........ राष्ट्रपतिका विविध अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको सन्देशका साथ नास्ता बैठक समाप्त भए पनि राष्ट्रपति यादव एकातिर र कार्यकारी–विधायिकाका बीच गहिरो मतभेदको खाडल भने स्पष्ट देखिएको छ। ...... संविधानलाई असहमतिको दस्तावेज नबनाउन तथा संघीयताको पूर्ण खाकाबिना संविधान जारी नगर्न सर्वोच्च अदालतले गरेको आदेशको सम्मान गर्न उनले नेताहरूसँग आग्रह गरेका थिए। ....... राष्ट्रपति डा. यादवले नेताहरूसँग भने, ‘अदालतको फैसलाप्रति असहमति भए विधि र प्रक्रियाबाट सच्याऔं। अदालतको फैसला इन्कार गर्न मिल्दैन।' ...... तपाईंहरूले भन्नुहुन्छ भने अहिल्यै पद छोड्न तयार छु। तपाईंहरूलाई शंका लाग्छ भने सादा पानामा लेखेर ल्याउनुहोस्, म सही गर्न तयार छु। ..... 'उनले प्रेस स्वतन्त्रता नै लोकतन्त्रको अक्सिजन भएको उल्लेख गर्दै संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नसमेत शीर्ष नेताहरूसँग आग्रह गरे। ....... मोहन वैद्य नेतृत्वको नेकपा—माओवादीलाई समाहित गर्न र यसका लागि जनताले देख्ने गरी प्रयास गर्न शीर्ष नेताहरूलाई उनको सुझाव थियो। ....... 'संविधानको मस्यौदा सहमतिको दस्ताबेज हुनुपर्नेमा असहमतिहरूको दस्ताबेजजस्तो छ भन्‍ने विज्ञको आलोचना छ', उनले भने, 'राजनीतिक नेतृत्वको दूरदर्शिता तथा स्टेट्सम्यानसिप देखाउनुपर्‍यो।' ....... कसैलाई समय पाइनँ भन्ने गुनासो संविधानप्रति आउन नदिन चार दलका शीर्ष नेतासँग राष्ट्रपतिले आग्रह गरेका थिए। ... उनले भने, ‘कसैले समय पाइनँ भन्ने गुनासो नआओस्। केही दिनको ढिलोचाँडोले असन्तुष्टि नदेखियोस्।' ...

सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले असार ४ गते अन्तरिम संविधानको धारा १३८ अनुसार सीमा, संख्या, नाम, संरचनालगायत राज्यको अग्रगामी पुनर्संरचना नगरी संविधान जारी नगर्न अन्तरिम आदेश गरेको थियो। तर सोही साँझ चार प्रमुख दलले १६ बुँदे सहमति कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेश सार्वभौम संविधानसभाको विशेषाधिकारविपरीत भएको भन्दै अवज्ञा गर्ने निर्णय गरेका थिए।

...... राष्ट्रपतिले ५ गते आफूसँग भेट गर्न आएका प्रमुख प्रतिपक्षी एमाओवादीका अध्यक्ष दाहालसँग प्रमुख तीन अंगबीचको विवाद लोकतन्त्रका लागि अभिशाप हुने बताएका थिए। ..... राष्ट्रपतिले मधेसवादी चार दल संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीका अध्यक्षसँगको भेटमा सर्वोच्चको फैसलालाई सम्मान गर्न र मधेस आन्दोलनका समयमा भएको सहमति कार्यान्वयनका लागि प्रमुख चार दलसँग वार्ता गर्ने जानकारी दिएका थिए। ...... नयाँ संविधानले जनताको सार्वभौमसत्ता, लोकतन्त्र, गणतन्त्र, संघीयता र कानुनको शासन बलियो होस् भन्ने आग्रह गर्दै राष्ट्रपतिले त्यसका लागि लोकतन्त्र, गणतन्त्र र संघीयता असंशोधनीय प्रावधानका रूपमा रहोस् भन्ने सुझाव चार दलका नेताहरूसँग शुक्रबार बिहानको भेटमा दिए। ..... उनले मधेस आन्दोलनका क्रममा भएको आठबुँदे सहमतिको कार्यान्वयन यसै संविधानसभाबाट गर्न उपयुक्त हुने सुझाव पनि नेताहरूलाई दिए। ...... 'भरसक आम सहमति जुटाउनु राम्रो हुन्छ भन्ने सुझाव राष्ट्रपतिबाट आयो', उनले भने। प्रदेशको नामांकन र सीमांकनसहितको पूर्ण संविधान जारी गर्न राष्ट्रपतिले आफूहरूसँग आग्रह गरेको जानकारीसमेत गच्छदारले दिए।


भोक लाग्यो भन्दैमा Fertilizer खाने?

यो फ़ास्ट ट्रैक मा ल्याउन खोजिएको संविधान ------ सात वर्ष पर्ख्यौं अब अति भो भनेर हतार हतार मा ल्याउन खोजेको? यति ख़राब छ यो मस्यौदा ----- यो त भुकम्प पीड़ित को उपहास हो ---- यो त पृथ्वी नारायण शाह ले इंद्र जात्रा को मौका छोपेर काठमाण्डु माथि आक्रमण गरे जस्तो हो। भुकम्प पीड़ित भएका बेला जनताले विरोध गर्दैनन् यही हो मौका भनेर ल्याएको ड्राफ्ट जस्तो छ यो।

भोक लाग्यो भन्दैमा Fertilizer खाने?


Draft Constitution Feedback Portal

बीपी कोइराला, प्रचण्ड र नेपालको राष्ट्रियता

प्रचण्ड ले भारत को इशारामा, भारत को भुमि बाट नेपालमा गृह युद्ध गर्यो भन्ने आक्षेप लगाउने पर्याप्त नेपाली छन। ती मध्ये धेरै काँग्रेसी छन। त्यो प्रश्न को जवाफ के हो? प्रचण्ड ले भारत को इशारामा, भारत को भुमि बाट नेपालमा गृह युद्ध गरेका हुन त? प्रचण्ड को जवाफ के हो? 

र त्यो प्रश्न गर्ने काँग्रेसी हरु लाई म सोध्न चाहन्छु, बीपी कोइराला ले पहिला राणा हरुका विरुद्ध र पछि शाह राजा का विरुद्ध भारत को भुमि बाट राजनीतिक क्रियाकलाप गरे त्यो कसको इशारामा गरे? भारतको इशरामा गरे? 

१२ बुँदे सम्झौता जुन भयो माओवादी र सात पार्टी का बीच --- त्यो भारतले गराई दिएको हो त? त्यो १२ बुँदे जसका बिना २००६ को अप्रिल क्रांति संभव नै थिएन। 

राष्ट्रियता र Racism एउटै कुरा हो भने त्यस राष्ट्रियता को कुनै बैधता बाँकी रहँदैन। अहिले नागरिकता र संघीयता को सवालमा जुन Racism देखाईंदैछ, त्यो नै यिनी हरुको "राष्ट्रियता" हो त?



नागरिकता एक किसिमको मात्र हुन सक्छ



वंशज र अंगीकृत भनेको के? A Class Citizenship, B Class Citizenship? जो नागरिक हो त्यो नागरिक हो --- कुरा सकियो। दुई तहको नागरिकता मानव अधिकार सँग बाझ्ने कुरा हो र २००६ को अप्रिल क्रान्ति को अपमान हो। पंचायती विनास क्षेत्र र अंचल गायब भए जस्तै अब यो वंशज र अंगीकृत वाला नौटंकी पनि पुर्ण रुपले गायव गर्नु पर्छ। कि मधेसीले समानता पाउँछ कि देश टुट्छ .

त्यो त भयो कानुनी कुरा ---- अब ground reality को कुरा गरौं। जुन देश संसार कै सबै भन्दा कंगाल देश हो ----- जुन देश बाट दैनिक २,००० मानिस विदेश उड्छन काम का लागि ---- जुन देश को जनसंख्या तीन करोड़ मध्ये एक करोड़ मान्छे भारतमा गएर बसेको छ जीविकोपार्जन का लागि ---- जुन देश फॉरेन ऐड मा चलेको देश ---- भारत माथि २००% निर्भर देश ------- त्यस देशले लौ न लौ मेक्सिको बाट अमेरिका छिरे जस्तै भारत बाट मानिस नेपाल छिर्न लागे भन्ने सोंच का साथ नागरिकता कानुन लेख्न चाहनु कहाँ सम्म तार्किक कुरा हो?

नागरिकता बारे हुनु पर्ने
भारतको बुहारी अथवा जवाईं नभएको एउटा मधेसी परिवार छैन

नेपाल र भारत बीचको खुला सीमाना को इतिहास के हो? के हो भन्दा खेरी, we are one people on both sides of the border ------ मधेस मा मात्र होइन दार्चुला/धारचुला मा पनि त्यही हो, इलाम मा पनि त्यही हो। त्यो धरातलीय यथार्थ बाट सोंच विचार थाल्ने। होइन भने देश टुट्छ, १० वर्ष पछि होइन अहिले टुट्छ।

नागरिकता मस्यौदा ल्याउने माधरचोद हरु
राम सीता को विवाह र नेपालमा नागरिकता को सवाल
द्वैध नागरिकता को सवाल
NRN लाई दोस्रो दर्जाको नागरिकता
नागरिकता र जातीयता: बर्मा, असम र मधेस
को हुन ती ४३ लाख नागरिकता पत्र बिनाका मधेसी?
दोहोरो नागरिकता

नागरिकता किन र कसरी? by भीम रावल
वास्तविक नेपालीले सजिलै नेपालको नागरिकता पाउनुपर्छ र विदेशीले सहजै नागरिकता पाउनुहुन्न भन्ने धारणा कुनै पनि देशभक्त नेपालीमा हुनु स्वाभाविक हो। ...... नेपालमा नागरिकतासम्बन्धी कानुन ६० वर्षअघि मात्र सुरु भएको हो। ....... नेपालले वंशज, जन्म र अंगीकरण तीनै आधारमा नागरिकता दिने नीति लिएको छ। तर सबै देशमा यस्तो व्यवस्था छैन। कतिपय देशले वंशज वा रगतको नाता र कतिपय देशले जन्म वा भूमिको अधिकारको आधारमा नागरिकता दिने गरेका छन्। बाबुबाट मात्र नागरिकता दिने र बाबु–आमा दुवै नागरिक नभएसम्म बालबालिकाले नागरिकता नै नपाउने व्यवस्था भएको देश (भुटान) पनि देखिन्छ। ........ जन्मको आधारमा नागरिकता दिने सिद्धान्त अमेरिकी महादेशमा छ। ..... आफ्नो देशका पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने व्यवस्था संसारका झन्डै चार दर्जन देशमा छ। दुई दर्जनभन्दा बढी देशले आफ्नो देशकी महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई अंगिकृत नागरिकता दिने व्यवस्था गरेको पाइन्छ। यस्तो व्यवस्था गर्ने देशले त्यस्ता विदेशी पुरुषले दुईदेखि पाँच वर्ष देशमा बसोबास गरेको हुनुपर्ने सर्त पनि राखेको पाइन्छ। छिमेकी चीनको कुरा गर्दा विदेशी पति/पत्नी नियमित वासिन्दा हुुनुपर्ने व्यवस्था गरेको छ। दक्षिण एसियाका श्रीलंकाले १ वर्ष, बंगलादेशले दुई वर्ष, भारतले ७ वर्ष बसोबासको मापदण्ड निर्धारित गरेको छ। अमेरिका र क्यानाडाजस्ता देशहरूले पनि ३ वर्ष बसोबासको अवधि निर्धारण गरेका छन्। सिंगापुरले २ वर्ष र लिथुआनियाले ७ वर्ष निर्धारण गरेका छन्। ....... नेपालमा हालसम्म विदेशी महिलाले विवाह गरेर आउनासाथ नागरिकता प्राप्त गर्ने व्यवस्था रहेको छ। माथि उल्लेख गरिएका आर्थिक रूपले समृद्ध, राजनीतिक रूपले सुदृढ तथा सामरिक रूपले सुरक्षित देशहरूले समेत वैवाहिक आधारमा नागरिकता दिनुपर्दा समयावधि तोकेका छन् भने नेपालजस्तो आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा समस्याग्रस्त र सामरिक रूपमा दुर्बल देशले कुनै सर्तबिना विदेशीलाई नागरिकता बाँड्नुपर्छ भन्ने मान्यता कसरी औचित्यपूर्ण हुनसक्छ? ...... नेपाल कुनै पनि व्यक्ति राज्यविहीन हुनुहुँदैन भन्ने मान्यतामा उभिएको छ। ..... कतिपय देशले दोहोरो नागरिकता मानेका पनि छन्। तर दक्षिण एसियामा नेपाल तथा यसका दुबै छिमेकी भारत र चीनले दोहोरो नागरिकताको प्रणालीलाई स्वीकार गरेका छैनन्। ..... अहिलेसम्म उठाइने गरिएका विषयहरू हुन्– नागरिकता आमा वा बाबु दुबैको नामबाट पाउने वा नपाउने, मातृत्व र पितृत्वको ठेगान नभएको व्यक्तिले वंशजको आधारमा नागरिकता पाउने वा नपाउने, बाबुको ठेगान नभएको अवस्थामा आमाको नामबाट वंशजको आधारमा नागरिकता पाउने कि नपाउने, विदेशी नागरिकसंँग विवाह गर्ने नेपाली नागरिकका सन्तानले नागरिकता पाउने कि नपाउने र कस्तो नागरिकता पाउने। ......... नेपाली नागरिकसंँग विवाह गर्ने विदेशी नागरिक (महिला र पुरुष दुबैका लागि) का लागि समान व्यवस्था गर्न सबै दल वा सम्बन्धित समुदाय तयार हुने कि नहुने? नेपाली नागरिकसँंग विवाह गर्ने विदेशी नागरिकले तोकिएको समयमा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्न तयार हुने कि नहुने? विदेशी नागरिकसँंग विवाह गर्ने नेपाली नागरिकले विवाह गर्दाका बखत कुन देशमा बसोबास गर्ने हो वा कुन देशको नागरिकता लिने हो भन्ने कुरा स्पष्ट गर्न तयार हुने कि नहुने? राष्ट्रिय परिचयपत्रको व्यवस्था अन्तर्गत विदेशीहरूले समेत अनिवार्य रूपमा परिचयपत्र लिने व्यवस्था गर्ने कि नगर्ने? संवैधनिक अंगका पदमा जान वंशको आधारमा तथा सबै राजनीतिक रूपमा निर्वाचित हुनुपर्ने निकाय, संवैधानिक अंग र सुरक्षा निकायमा निश्चित समयावधि पुरा नगरी उम्मेदवार हुन वा नियुक्ति हुन नपाइने व्यवस्था गर्ने कि नगर्ने? विदेशीहरूले नेपालमा काम गर्नुपर्दा श्रम अनुमतिपत्र लिनुपर्ने व्यवस्थाका लागि तयार हुने कि नहुने? ............ अंगिकृत नागरिकताका सम्बन्धमा धारा १३ को (१) मा नेपाली महिलासँंग विवाह गर्ने विदेशी पुरुषले नेपाली नागकिता लिन चाहेमा १५ वर्ष नेपालमा स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था छ र उपधारा (२) मा नेपाली नागरिकसंँग विवाह गर्ने महिलाले विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएपछि नेपालको अंगिकृत नागरिकता पाउने व्यवस्था छ। उपधारा (३) मा विदेशी नागरिकसंँग विवाह भएको नेपाली नागरिकबाट जन्म भई नेपालमा स्थायी बसोबास गरेको व्यक्तिले विदेशी नागरिकता नलिएको स्वयं घोषणा गरेमा त्यस्तो व्यक्तिले समेत नेपाली नागरिकता पाउने लचिलो व्यवस्था छ। उपधारा (४) मा नेपालको आर्थिक र सामाजिक उन्नतिमा योगदान पुर्‍याउने विदेशीलाई केही सर्तको आधारमा नेपालको अंगिकृत नागरिकता दिन सकिने व्यवस्था छ। धारा १५ मा आमा वा बाबुको वंशको आधारमा लैङ्गिक पहिचानसहितको नागरिकता दिने व्यवस्था छ। धारा १९ मा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता दिन सकिने व्यवस्था रहेको छ। यसरी मस्यौदा संविधानले नेपालको अन्तरिम संविधानको भन्दा नागरिकतासम्बन्धी अझ विस्तृत र लचिलो व्यवस्था गरेको छ। ....... नेपाली नागरिकका सन्तानले आमा वा बाबुका नामबाट नागरिकता प्राप्त गर्न सक्नेमा कुनै द्विविधा छैन। बाबु वा आमामध्ये कुनै एक विदेशी रहेछ भने सन्तानले वंशजको आधारमा नागरिकता पाउने वा अंगिकृत पाउने भन्ने कुरामात्र हो। अंगिकृत पाउनेमा कुनै विवाद रहेन। सन्तान जन्मदा र त्यसपछिको अवस्थामा आमाबाबु नेपालमै स्थायी बसोबास गरिरहेको भए निजका सन्तान बालिग भई नागरिकता प्राप्त गर्ने उमेरमा पुग्दा विदेशी नागरिक रहेको बाबु वा आमाले नेपालको अंगिकृत नागरिकता पाइसक्ने स्थिति हुन्छ। यसरी नागरिकता पाइसकेको विदेशी आमा वा बाबु भएको सन्तानले समेत वंशजको आधारमा नागरिकता पाउने व्यवस्था मस्यौदा संविधानमा गरिएको छ। यस्तो व्यवस्था हुँदाहुँदै आमा वा बाबुका नामबाट सन्तानले नागरिकता नपाउने भए भनी हल्ला मच्चाउनुको तात्पर्य के होला? विदेशी नागरिकसँंग विवाह गर्ने नेपाली नागरिक विवाह भएको विदेशी नागरिककै देशमा बस्ने र त्यही जन्मिएको सन्तानलाई नेपालमा वंशजको आधारमा नेपाली नागरिकता दिनुपर्छ भन्ने कोणबाट कसैले तर्क गरेको हो भने त्यो कुरा कुनै पनि दृष्टिबाट उचित हुनसक्दैन। ........ नेपाली नागरिकसंँग विवाह गर्ने विदेशी महिला र पुरुष दुबैले समानताको आाधारमा अंगिकृत नागरिकता पाउनुपर्छ भन्ने तर्क गर्ने हो भने नेपालीसंँग विवाह गर्ने विदेशी महिलाले पनि तुरुन्त नागरिकता नपाउने र निश्चित समयावधि (उदाहरणका लागि ७ वर्ष) पर्खिनुपर्ने कुरा मान्नुपर्‍यो। समानताको तर्क गर्नेहरू त्यसो गर्न तयार छन्? अन्तर्राष्ट्रिय कानुन र प्रचलनका कुरा गरेर वंशजको आधारमा नेपाली नागरिकता विदेशीका लागि खुला राखिनुपर्छ भन्नेहरूले के नेपालको सिमाना र आप्रवासनसम्बन्धी व्यवस्था पनि अन्तर्राष्ट्रिय कानुन र प्रचलनअनुसार हुनुपर्छ भन्ने कुराको समर्थनमा तर्क गर्ने नैतिक साहस देखाउन सक्छन्? अन्तर्राष्ट्रिय कानुन र प्रचलन एउटा कुरामा लागू हुने अर्को कुरामा लागू नहुने हुनसक्छ र? भारत र अमेरिकाजस्ता शक्तिशाली देशहरूले समेत आफ्नो देशभित्र नजन्मेको व्यक्तिले राज्यका सर्वोच्च तहको पदमा जान नसक्ने कुरा गर्छन् भने नेपालले त्यस्तो पद र देशको राजनीति विदेशीहरूका लागि खुला राख्नुपर्छ भन्ने तर्क के उचित हुन्छ? नेपालको राजनीतिमा विदेशी हस्तक्षेप हुने गरेको भन्ने आमचर्चाका बीचमा नागरिकताजस्तो देशको दीर्घकालीन हित र अस्तित्वको विषयलाई नेपालको हित कसरी हुन्छ भन्ने आधारमा छलफलमा ल्याउनुभन्दा विदेशीलाई छिटो, त्यो पनि वंशजको आधारमा, नागरिकता कसरी दिन सकिन्छ भन्ने चिन्ताका साथ कतिपयले बहस चलाउनु खोज्नु विडम्बना नै हो। ....... संविधान देशको स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता, एकता, समृद्धि, हित तथा जनताका अधिकारको सुनिश्चितता र सुरक्षाका लागि हो। यस्ता कुराहरू नै खतरामा पर्ने कुनै पनि प्रावधान संविधानमा राख्न मिल्दैन, राखिनु हुन्न। ....... नेपालको भारतसँंग तीनतिर सिमाना खुला रहेको, कुनै अन्तर्राष्ट्रिय कानुन लागू नरहेको, भारतका विभिन्न भागहरूमा नेपालीभाषीहरूको समेत उल्लेखनीय जनसंख्या रहेको, भारत बाहेकका दक्षिण एसियाली देशहरूबाट समेत मानिसहरू अनधिकृत रूपमा नेपाल आउने गरेका, भुटानबाट ठूलो संख्यामा शरणार्थीहरूसमेत आएका, चीनको तिब्बतबाट निरन्तर अनधिकृत रूपमा मानिसहरू नेपाल प्रवेश गर्ने गरेका र केही समययता अफ्रिकी देशहरूबाट समेत मानिसहरू नेपाल प्रवेश गर्न थालेको कुराले नेपालको जनसांख्यिक अवस्थालाई झनै संवेदनशील बनाएको छ। यस्तो अवस्थामा वास्तविक नेपालीहरूको रोजगारी लगायत सुरक्षाको विषयमा संवेदनशील नहुने हो भने देशभक्ति भन्ने कुरा केवल खोक्रो गन्थन बन्न जान्छ।
भीम रावललाई खुलापत्र : नागरिकतामा अंकुश लगाउने कि सिमानामा ?
तपाईंले बुबा वा आमामध्ये एक जना विदेशी भए पनि वंशजको आधारमा नेपाली नागरिकता पाउन सक्ने भनी मस्यौदाले व्यवस्था गरेको कुरा उल्लेख गर्नुभएको छ । तर त्यसका लागि मस्यौदाको धारा १२(१ख) एक पटक पल्टाएर अनि जुधाएर पढ्न नभुल्नु होला । त्यसमा यहाँहरुले राख्नुभएको प्रावधान हो, त्यस अधिकार प्राप्तिका लागि बच्चा नेपालमै जन्मेको हुनुपर्ने अंकुश छ । यहाँहरुले यस्तो अंकुशे प्रावधान राख्दा मधेशमा सिमावारिपारिको गहिरो सम्बन्धलाई किन भुल्नुभयो ? ......... रगतको आधारमा बच्चा जहाँ जन्मे पनि र जहाँसुकै अस्थायी बसोवास गरेको भए पनि वंशजको नागरिकता दिइने अहिलेसम्मको प्रचलनलाई तपाईंहरुले हटाउने अधिकार कहाँबाट पाउनुभयो ? ....... मधेशमा खास गरेर माइतीमै पहिलो बच्चा जन्माउने चलन छ, यसलाई बेवास्ता गर्न मिल्छ ? फेरि कोही त भारतलगायत विदेशमा काम गरिरहेको अवस्थामा पनि बच्चा जन्मिन सक्छ, होइन र ? भनेपछि अब छिमेकी देशका मामाघर वा देशबाहिर जहासुकै जन्म हुँदा पनि ऊचाहिँ अंगीकृत नागरिक हुने भयो, हैन त संविधान निर्माताज्यू ? .......

रगतलाई वा माटोलाई एउटा आधार मानिसकेपछि रगतमा माटो मिसाउनुको कारण के हो ? यसको पछाडि रहेको तर्क के हो ?

......... यसरी नागरिकतासम्बन्धी प्रावधानहरु एक आपसमा बाझिने र भोलि व्याख्या गर्न नसकिनेगरी किन लेख्नुभयो ? ....... सिडियो साहेबहरुलाई नागरिकता नबेच्न भन्नुस्, तर आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने बर्लिनको पर्खाल नठड्याउनुस । आफ्नो मानसिक डरकै कारण आफ्नै देशका नागरिकलाई दण्डित गर्ने र राज्यविहीन बनाउने नागरिकताका प्रावधानहरु नलेख्नुस्, जसले मधेशी समुदायको सीमापारिसँग रहेको रोटीबेटीको सम्बन्ध समाप्त गरुन् । ....... आजको २१ औँ शताब्दीमा पनि नेपाली राष्ट्रियताको सङ्कुचित परिभाषा गर्न मिल्छ ? त्यस्तै सङ्कुचित परिभाषाका आधारमा महिलाहरुका अधिकार कुण्ठित गर्न पाइन्छ ? अब पनि आफ्नै छोरीहरूलाई विदेशीसँग विवाह नगर, विवाह गरे पनि बच्चा जन्माउने (डेलिभरी) काम नेपालमै गर, नत्र तिम्रा सन्तानहरू अंगीकृत नागरिक हुन्छन्, कुनै ठूला पदमा जान पाउँदैनन् भन्नु युग सुहाउँदो कुरा हो र रावलजी ? ........ हात्तीलाई कुट्ने निहुँमा सारा जङ्गलका जनावरलाई दण्डित गरेझैं सिमापारि विवाह गर्ने सबै मधेशीलाई दण्डित गर्न खोज्नु कत्तिको जायज हो ? ....... भारतमा विवाह गर्ने समुदायमा मधेशीहरूको सङ्ख्या बढी होला, तर यहाँका शाह, राणासँगै बाहुन क्षेत्रीहरूको पनि विवाह भारतमा हुने गरेको छ, जसले ती समुदायका र उनीहरुले बिहेबारी गर्ने महिलाहरुको नागरिक हैसियतलाई खसाउँछ । अब त युरोप, अमेरिका र अस्ट्रेलियामा बसोबास गर्ने पहाडी समुदायका युवतीहरूबाट जन्मिएका आफ्ना सन्तानहरु पनि नेपालमा तेस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने हुन्छ । ........ धारा १९ ले नेपाली मूलको गैरआवासीय नागरिकलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको उपभोग गर्न नपाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने प्रावधान राखेको छ । यो नेपाली मूल भनेको के हो, खस नेपाली भाषाभाषी नेपाली हुन् कि पहाडमा बस्ने नेपाली मूलका हुन्, यसको परिभाषा गरिदिनुस् न रावलजी ? भारतकै दार्जिलिङ, सिक्किम र आसाममा बस्ने गोरखालीलाई नेपाली मूल भन्न खोजेको हो कि ? हामी मधेशीहरु यो नेपाली मूलमा पर्छन् कि पर्दैनन्, त्यो पनि बताइदिनुस् त आदरणीय नेता भीम रावलजी ? ......

आफूलाई नेपालका शासक ठानेर लेख्ने क्रममा मस्यौदाका नागरिकतासम्बन्धी धाराहरु नागरिकता दिनेभन्दा पनि नदिने मानसिकताबाट बढी प्रेरित छन् ।

...... धारा २८२ मा “उपधारा (१) राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनु पर्ने प्रावधान कत्तिको जायज छ ? .......

अब त पुरानै पितृसतात्मक राज्य र समाजको दुर्गन्ध आउने र पहाडी राष्ट्रवाद झल्किने नागरिकताका प्रावधानहरु नबनाउनुस् ।

..... नागरिकतासम्बन्धी यहाँका विचार र यहाँहरुले कोर्नुभएको मस्यौदा पढ्दा यसबारे सार्वजनिक बहसको जरुरत देखिएको छ । त्यसैले म तपाईंसँग यो विषयमा खुला बहस गर्न चाहन्छु । मेरो आग्रह छ, बहसमा सँगै बसौं, तपाईंका कुरा पनि राख्नुस् र हाम्रा कुरा पनि सुन्नुस् । यसले नागरिकता सम्बन्धमा संविधानका धारालाई परिमार्जन गर्न र देशलाई भावनात्मक रुपमा जोड्न सजिलो बनाउँछ कि ?
म त यो निष्कर्ष मा पुगेको छु कि वास्तविक समाधान यो पो हो कि: भारत देश होइन महादेश हो


एमाले कार्यकर्ताले सुसाइट नोटमा लेखे भीम रावललाई कारबाही होस रावलको घरमा मोटरबाटो पुराउँदा घरबार बिहिन भएपछि आत्महत्या
सांसद बिकास कोषको रकमबाट रावलको घरसम्म मोटरबाटो पुराइएको हो । प्राविधिकहरुले मीनबहादुरको खेतबारी बचाएर लैजान नक्सा बनाएका थिए । सांसद बिकास कोषको ७ लाख र स्थानीय १ लाख ९७ हजार रकम मोटरबाटो निर्माणमा प्रयोग गरिएको छ । आफू एमाले कार्यकर्ता भएकाले भाइ मीनबहादुरको आरोप खप्न नसकेको नोटमा लेखेका छन । मीनबहादुरले दाजु जोगिसिंहलाई तैले मेरो खेतबारी खत्तम पारिदिइस भनेका थिए । जिल्ला प्रहरी कार्यालय अछाममा रहेको कडाराको सुसाइटनोटमा ‘‘जनताको बहुदलिय जनवाद जिन्दावाद, नेकपा एमाले जिन्दावाद । अछामका चोर नेतालाई पार्टीले कारबाही गर । ’’ समेत लेखिएको छ ।

मधेसी किल्ला




In The News (6)

मस्यौदाका गम्भीर त्रुटिहरू
छोटाछरिता संविधानहरू लेख्ने अमेरिका (७ धारा) ...... दलित, जनजाति, महिला, मधेसी वा अन्य उत्पीडित समुदायका हितका लागि संविधान लामो हुनगएको तर्क गर्ने हो भने पनि यो मस्यौदाबाट कुनै पनि समुदाय खुसी भएको देखिँदैन। ...... प्रस्तावित सबै मौलिक हकहरूको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्ने उल्लेख छ। यो प्रावधानले समग्र मौलिक हकको अवस्थालाई नै कमजोर बनाएको छ। तत्काल प्रदत्त अधिकारमात्र मौलिक अधिकार मानिने सामान्य सिद्धान्तको प्रतिकूल तीनवर्षे कार्यान्वयन योजनाले मौलिक हकको सबै अवधारणालाई समाप्त गरेको छ। ..... २०४७ सालको संवैधानिक व्यवस्थाविरुद्ध निकै ठूलो छलाङ, अग्रगमन आदिको उत्पात चर्चा गरिएको भए पनि २०४७ सालकै संविधानले अवलम्बन गरेको शासकीय स्वरुपको हुबहु ढाँचा संघीय कार्यपालिकाको रूपमा प्रस्ताव गरिएको छ। जस अनुसार मन्त्रिपरिषदको गठन गर्दा पहिलो विकल्पको रूपमा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने, प्रतिनिधिसभामा कुनै पनि दलको बहुमत नरहेमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्ने, संयुक्त दलको सरकार गठन हुन नसकेमा प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ। संसदीय शासन प्रणालीलाई नै निरन्तरता दिन आवश्यक भए त्यसमा थुप्रै सुधारका गुञ्जायस थिए। बेलायती पद्धतिको विकल्पमा वेस्टर्न युरोपले अवलम्बन गरेको पद्धति पनि अनुकरणीय हुनसक्थ्यो। सरकार र संसदलाई नितान्त पृथकीकरण गरी संसद सदस्यहरूलाई सरकारमा लान नसक्ने व्यवस्थाबाट पनि राजनीतिक स्थायित्व प्रत्याभूत गर्न सकिन्थ्यो। ....... निश्चय नै फरक पृष्ठभूमिका राजनीतिक दल, स्वार्थ समूहहरू, आम सरोकारवालाहरू, संविधानका विज्ञ, बाह्य शक्तिहरू सबैलाई सन्तुष्टि पार्ने संविधानको मस्यौदा सम्भव छैन। तर यसको अर्थ कोही पनि खुसी र सन्तुष्ट हुन नसक्ने संविधान पनि संविधानसभाबाट अपेक्षा गरिएको होइन।
‘पहाड–मधेस जोड्नुपर्छ’
‘तराई र पहाड नङ–मासु हुन् । यिनलाई अलग बनाइयो भने त्यसबाट उत्पन्न हुने विद्रोहलाई थेग्न कठिन हुन्छ,’ उनले भने, ‘त्यसो गरियो भने प्राकृतिक स्रोत, साधनको उपयोगमा समेत विवाद हुन्छ । प्राकृतिक स्रोतको बाँडफाँड अधिकार केन्द्रसँग रहनुपर्छ ।’ ..... सीमांकन संविधानसभाले नै गर्नुपर्छ । ‘शासकीय स्वरूपबारे तल्लो तहसम्म छलफलसमेत हुन सकेको छैन्,’ उनले भने ‘यो धेरै ठूलो कुरा हो । हामीले केन्द्रको अधिकार संघीय राज्यलाई दिन खोजेका पटक्कै होइनौं । अधिकार जनताको घरसम्म पुग्नुपर्छ ।’ ..... मोरङ बार एसोसिएसनका अध्यक्ष विनयराज पन्त संविधानको मस्यौदामाथि १५ दिनभित्रै जनताबीच छलफल गर्न कठिन हुने बताउँछन् । ‘मस्यौदा जनतामाझ ल्याएर गहन छलफल गराई जनमतका आधारमा दलहरू अघि बढ्दा राम्रो हुन्छ, उनले भने । संघहरूको सीमांकन गर्दा उत्तर–दक्षिण गर्‍यो भने मात्र प्राकृतिक स्रोत साधनको बाँडफाँडमा समस्या नहुने पन्तको बुझाइ छ । .... नामांकन र सीमांकनसहितको संविधानसभाबाट संविधान घोषणा हुनुपर्ने महिला अधिकारकर्मी नीरा भगत बताउँछिन् । ‘संविधान आउनासाथ एकथरीले जलाउने अवस्था सिर्जना भयो भने त्यसको कार्यान्वयनमा कठिनाइ हुन्छ,’ उनले भनिन्, ‘सहमतिका लागि अझै प्रयास गर्नपर्छ ।’ संविधानका धेरै कुरा द्वीअर्थी छन् । यसले कार्यान्वयनमा अर्को समस्या ल्याउन सक्छ । प्राकृतिक सम्पदाको वाँडफाँड भोलि संघहरूबीच कलहको बीउ हुन सक्ने भएकाले सबैको ध्यान जानु आवश्यक छ ।
राष्ट्रपतिले शीर्ष नेतालाई भने: प्रदेशको सिमांकनसहित संविधान जारी गर्नुस्
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई शुक्रबार शीतल निवास बोलाएर राष्ट्रपति यादवले संविधानसभाबाट नै सबै समस्या समाधान खोज्न सुझाएका हुन। ..... ‘अदालतको फैसला इन्कार गर्न मिल्दैन,’ राष्ट्रपतिले ..... विधि विधान र कानुन भन्दा बाहिर गएर तत्कालीन सेनापति रुकमाङ्गत कटवाललाई हटाउँदाको प्रसंग समेत उनले नेताहरुलाई स्मरण गराएका थिए। ....... ‘संविधानभित्र र बाहिरी रहेका असन्तुष्टहरुलाई समेत सकेसम्म समेट्ने प्रयास हुँदा राम्रो हुने थियो। र प्रयास जनताले देखिने गरी हुनुपर्योा,’ उनले भने ....... संविधानको मस्यौदा माथि राम्रो छलफल गर्न सुझाउँदै राष्ट्रपति भने,’छलफल राम्रै हुन पाओस्, कसैले ‘समय’ पाइन भन्ने गुनासो नआओस्, केही दिनको ढिलो चाँडोले असन्तुष्टि नदेखियोस्।’ ...... एकीकृत माओवादी अध्यक्ष दाहाल र फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले बाँकी समयलाई अधिकताम उपयोग गरेर सिमांकनको काम पनि टुंग्याएर जानु पर्ने तर्क गरेका थिए। ‘अझै हामीसँग १५/२० दिनको समय छ,’ दुबै नेताले राष्ट्रपतिसँगको भेटमा भने, ‘यसलाई सम्बोधन गर्ने प्रयासमा छौ।’ ........ तर, एमाले अध्यक्ष ओलीले सिमांकनको टुंगो लगाएर तत्काल संविधान जारी गर्न सम्भव नरहेको बताउँदै रुपान्तरीत संसदले नै सिमांकनलाई टुंगो लगाउने धारणा राखेका थिए। सिमांकनको कुराले समय लिने भन्दै ओलीले भने, ‘अब ढिला गर्नु हुन्न सिमांकन थाती राखेर नै संविधान जारी गर्नु पर्छ।’ ....... अदालतले संविधानसभाको क्षेत्राधिकार मिचेको आरोप ओलीले लगाएका थिए। तर,अन्य नेताहरुले कुनैपनि संस्थाको मानर्मदन गर्ने दलहरुको नियत नभएको स्पष्ट परेका थिए। संबैधानीक व्यवस्थालाई समेत ख्याल गरेर संविधान जारी गर्ने राष्ट्रपतिलाई आश्वासन दिएका थिए। ‘भूकम्पले देशलाई त्राहिमाम बनाएको छ, त्योभन्दा बढि संविधान नबन्दा देश अस्थीर बनेको छ,’ राष्ट्रपतिसँगको भेटमा फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले भनेका थिए, ‘देशको माटो र जनताको भविष्य सम्झेर अहिलेको निर्णयमा पुगेका हौ।’ ....... संविधान जारीगरेपछि पनि संविधानसभालाई निरन्तरता दिने विषय उठेपनि आफुहरु त्यसको पक्षमा नरहेको ओली र दाहालले राष्ट्रपतिलाई जानकारी गराएका थिए। कांग्रेस सभापति कोइरालाले मधेस केन्द्रीत केही दलहरु नागरिकताको विषयलाई लिएर असन्तुष्टी जनाएको बताउँदै सहमतिका लागि प्रयास भइरहेको बताए।
क्षेत्रीय शक्तिसन्तुलन गर्न राष्ट्रपतीय प्रणाली
संयुक्त राज्य अमेरिका बेलायतको उपनिवेश भए पनि त्यस देशका नेताहरूले बेलायती मोडलको व्यवस्था अँगालेनन् । स्वतन्त्र भारत भने आफ्नै सन्दर्भ सुहाउँदो संसदीय पद्धति अपनाई आज लोकतन्त्रलाई स्थायित्व दिन सफल भएको छ । ...... अब पहिचानको राजनीतिलाई सम्हाल्न सकिएन भने हामीले चाहेको राजनीति त असम्भवै हुन्छ । यसले लोकतन्त्र र देश दुवै धराशयी हुने खतरा बढी हुन्छ । नेपालमा राजनीतिक दल छन्, तर दलीय राजनीतिको अभ्यास भने हुन सकेको छैन । नेपाली कांग्रेसका एक सभासद्ले हालसालै के भनेका छन् भने पार्टी बनिसकेको रहेनछ । पहिले व्यक्ति, परिवार, पैसा र गुटपछि मात्र पाँचौं स्थानमा पार्टी पर्दोरहेछ ....... नेपालको सन् १९९० का दशकको संसदीय अभ्यास र आज पनि सरकार चलाइने शैली र निरीहताले के प्रस्ट पारेको छ भने आजको रूपको संसदीय व्यवस्थाले राजनीतिक जटिलता मात्र बढाउने र देश सधैं बन्धक हुने वातावरण मात्र बनाउने छ । ....... अरू देशमा संविधानसभाको सम्पूर्ण शक्ति संविधान बनाउन खर्च हुन्छ, तर नेपालमा भने संविधानसभालाई नै पुरानैखाले पौडी खेल्ने धमिलो आहाल बनाइएको छ । ...... संक्षेपमा के भन्न सकिन्छ भने अबको नेपालमा परम्परावादी संसदीय व्यवस्था सम्भव छैन, किनभने यसले त स्थायित्व दिनसक्छ, नत सरकारी प्रभावकारिता नै । आज सरकार बनेको एक वर्ष बितिसक्दा पनि सरकारले राजदूत नियुक्त गर्न सकेको छैन । देशको आवश्यकताभन्दा पनि सरकारमा बस्ने दलका आआफ्ना स्वार्थ र प्राथमिकतामा नियमित रूपमा गरिने यस्ता काम पनि रोकिएका छन् । भारतका प्रधानमन्त्रीले दुईपल्ट नेपाल भ्रमण गरिसक्दा पनि भारतजस्तो अति नजिक र महत्व राख्ने देशमा तीन–चार वर्षदेखि राजदूत नियुक्त हुन सकेको छैन । दक्षिण एसियाली सहयोग संगठन (सार्क)को नेतृत्व नेपालले लिँदासम्म पनि सरकारमा बस्ने दलहरूलाई यस्ता राष्ट्रिय महत्वका विषयभन्दा दलीय भागबण्डा नमिल्दा अल्झिन मन लाग्छ । के अब यस्ता रबैयाले मुलुक चल्नसक्छ ? के जनताले सधैं यस्तै रमिता हेरिरहन सक्छन् ? ........ राष्ट्रपति सोझै जनताले छान्ने र ऊ व्यवस्थापिकाप्रति उत्तरदायी नहुने परिपाटी छ । स्थायित्व र प्रभावकारिताका लागि राष्ट्रपति राष्ट्रप्रमुख र सरकारप्रमुख दुवै हुन्छ । ....... अमेरिकी राष्ट्रपति प्रणालीमा राष्ट्रपतिले आफैले मन्त्रिपरिषद् बनाउँछ । सबै मन्त्री व्यवस्थापिकाबाहिरबाट नियुक्त हुन्छन् । तर व्यवस्थापिकाको माथिल्लो सदन (सिनेट)ले सबै महत्वपूर्ण नियुक्तिको अनुमोदन गर्नुपर्छ । कुनै व्यक्ति अनुमोदित हुन असफल भए ऊ सो पदमा नियुक्त हुनसक्दैन । अमेरिकामा शक्तिको पृथकीकरणको सिद्धान्तअनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका चल्दछन् । राष्ट्रपति अलग्गै भए पनि कंग्रेसका दुवै सदनबाट उसका महत्वपूर्ण नीति र विधेयक पारित हुनैपर्छ । यसका लागि राष्ट्रपति सधैं सक्रिय र चनाखो हुनुपर्छ । भनसुन अर्थात् ‘लबिङ’ नगरी, प्रत्येक सदस्यलाई विश्वास नदिइ महत्वपूर्ण विधेयक पारित हुन असम्भव हुन्छ । ....... राजा महेन्द्रले सेना लगाएर सत्ता आफ्ना हातमा लिँदा नेपाली कांग्रेसको दुईतिहाइ बहुमत थियो । त्यस्तै ज्ञानेन्द्रले सत्ता लिँदा पनि संसदीय व्यवस्था नै थियो ।

संविधान मस्यौदा

Friday, July 10, 2015

मधेसले केही मागेकै छैन

मधेसले कमाउनु पर्ने जति कमाइ सकेको छ, तिजोरी (अंतरिम संविधान) मा आफ्नो कमाइ हालिसकेको छ। त्यस तिजोरी को रक्षा को लागि राष्ट्रपति तैनात छ, सर्वोच्च तैनात छ, प्रत्येक पार्टीमा सभासद तैनात छन, भारत तैनात छ, विश्व तैनात छ। गाउँ गाउँ मा लाठी लाई तेल पिलाउँदै मधेसी तैनात छन।

मधेसले केही मागेकै छैन। माग्नु पर्ने धर्तीमा को छ र? राजनीतिक अधिकार का मुद्दा जति सब उहिले तय भैसके। त्यसलाई अक्षर मा ढालने मात्र हो, त्यो पनि लगभग सबै अंतरिम ले गरिसकेको कुरा।

नया मुद्दा अब आर्थिक क्रान्ति मात्र हो।


The President Looks Much Better In The eSamata Report



राष्ट्रपति को मानसिक दासता

“अहिल्यै छोड्न तयार छु तर मधेश र पहाडलाई मिलाउन सक्ने संविधान ल्याउनुस्”
राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माण प्रक्रियाको बारेमा सर्वोच्च अदालतले गरेको फैसलाको उचित सम्मान हुनुपर्ने बताएका छन् । शुक्रबार विहान आफ्नै निवासमा प्रमुख चार दलका शीर्ष नेताहरुलाई बोलाएर राष्ट्रपतिले ‘फैसलाको सम्मान गर्न’ आग्रह गरेका हुन् । ...... ‘सर्वोच्च अदालतले गरेको फैसलाको उचित सम्मान गरौं । असहमति भए विधि र प्रक्रियाबाट सच्याऔं’, नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (एमाओवादी) र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षहरुसँगको कुराकानीमा उनले भने, ‘किनभने

अदालतको फैसला इन्कार गर्न मिल्दैन

। कानुनविद्हरुसँग उचित सल्लाह गरी यसको विधिसम्मत निरुपण गर्न मेरो यहाँहरुसँग विनम्र आग्रह छ ।’ ....... (क) छलफल राम्रै हुन पाओस्, कसैले ‘समय’ पाइनँ भन्ने गुनासो नआओस् । केही दिनको ढिलोचाँडोले असन्तुष्टि नदेखियोस् । ..... मेरो लागि संविधान जारी गर्ने दिन जस्तो खुशी जिन्दगीमा कहिल्यै हुने छैन । ..... (ख) यो संविधानबाट जनताको सार्वभौमसत्ता, लोकतन्त्र, गणतन्त्र, संघीयता र कानुनको शासन बलियो होस्, संघीयता (मधेशको घटना सुनाउँदै, यही संविधानसभाबाट नै समाधान गर्न उपयुक्त हुने) लोकतन्त्र, गणतन्त्र र संघीयता असंशोधनीय प्रावधानका रुपमा रहोस् भन्ने मेरो सुझाव छ । ...... ओबामा र (आफूले मधेश आन्दोलनमा पहाडी र मधेशी एक भई मिल्नुपर्छ भन्ने प्रसंग उल्लेख गर्दै) मेरो ७ वर्षको अनुभव छ । भोलिको राष्ट्रपति तपार्इंहरु नै हो । त्यसैले संविधान निर्माणमा केही कुरा ध्यान दिनुहुनेछ भन्ने मेरो विश्वास छ र

मैले पनि मेरो अफिसलाई विस्तृत रुपमा गृहकार्य गर्न लगाएको छु

। केही कुरा पाएँ भने म तपाईंहरुलाई सल्लाहको रुपमा सुझाव दिने छु । यसलाई स्वीकार्ने वा नस्विकार्ने तपाईंहरुको काम हो । ...... (१) राष्ट्रिय अखण्डता र अक्षुण्णताको संरक्षणको विषय । (२) गणतन्त्र, लोकतन्त्र र संघीयता संस्थागतको विषय ।(३) स्वतन्त्र न्यायपालिका, संवैधानिक अंगहरु र सुरक्षा निकाय (विशेषतः नेपाली सेनाको) नागरिक नियन्त्रण स्वतन्त्रता र व्यवसायिकतालाई उचित ध्यान दिँदा राम्रो हुने थियो । साथै ती संस्थाहरुको शक्तिसन्तुलन र उत्तरदायित्वलाई पनि ध्यान दिँदा राम्रो हुन्छ । (४) जनता सार्वभौम हुन् र उनीहरुको हकअधिकारको उचित ग्यारेन्टी र संरक्षणको व्यवस्था होस् । (५) विधिको शासन मजबुत होस् । (६) विवादका विषयमा अब थाती नराखौं, समाधान गरौं । (७) प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी होस् (प्रेस स्वतन्त्रता विगतभन्दा कमजोर छ भन्ने सुनेको छु । राम्रो भएन । उत्तरदायी बनाउने नाममा नियन्त्रण हुनु भएन । मेरोबारेमा पनि कहिलेकाहीं गलत सूचना सम्प्रेषण गरेको पाउँछु तर प्रेस स्वतन्त्रतालाई कतै Compromise नगर्नुहोला । उत्तरदायीको नाममा प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगरौं । प्रेसको स्वतन्त्रता नै लोकतन्त्रको अक्सिजन हो । एकजना Nobel Prize विजेता Amartya Sen ले भनेका थिए रे, ‘जहाँ प्रेस स्वतन्त्रता हुन्छ, मान्छे भोकै मर्दैन ।’) ...... – सर्वोच्च अदालतको फैसलाको उचित सम्मान र असहमति भए विधि र प्रक्रियाबाट सच्याऔं । किनभने अदालतको फैसला इन्कार गर्न मिल्दैन । कानुनविद्हरुसँग उचित सल्लाह गरी यसको विधिसम्मत निरुपण गर्न मेरो यहाँहरुसँग विनम्र आग्रह छ । (कटवाल प्रकरणमा अदालतको सम्मान सुनाउने) । ..... – संविधानभित्र र बाहिरी रहेका असन्तुष्टिहरुलाई समेत सकेसम्म समेट्ने प्रयास हुँदा राम्रो हुने थियो । (वैद्य समूह ल्याउन आफूले गरेको प्रयास सुनाउने) र प्रयास जनताले देखिने गरी हुनुपर्‍यो । .... –

संविधानको मस्यौदा सहमतिको दस्तावेज हुनुपर्नेमा असहमतिहरुको दस्तावेज जस्तो छ भन्ने विज्ञको आलोचना छ । यसमा राजनीतिक नेतृत्वले दूरदर्शिता तथा Statesmanship देखाउनुपर्‍यो ।

साथै विज्ञहरुको सहयोग लिई विश्वमा गर्व गर्ने संविधान आओस् भन्ने मेरो शुभकामना छ । म तपाईंको साथ छु । यो संविधानले सुन्दर नेपाल बनाउने बाटो दिओस् ।