Sunday, July 12, 2015

राजनीतिक पार्टी ले पार्टी चलाउन सरकार बाट पैसा पाउने

Anga Raj Timilsina: "......नेपालमा चारैतिर भ्रस्टाचार ब्याप्त छ। छुट्याइएको रकमको धेरै हिस्सा भ्रस्टचारमा जान्छ। तसर्थ, क्यान्सर जस्तो यो रोगको निधान नारा वा सतहीरुपले प्रधानमन्त्री, सरकार वा नेताले उच्चाहरण गरेर मात्र हुदैन। एकातिर अख्तियार र अरु निकायलाई कसरी बलियो बनाउने भन्नेमा ध्यान दिनु पर्ने छ भने अर्कोतिर यी निकायले निस्पक्षरुपले कार्बाही गर्न कसरी जबाबदेही बनाउने भन्ने सोच्न जरुरी छ। तर, पार्टीका मुख्य नेताहरु जबसम्म पार्टी चलाउने पैसा भस्टचारबाट उठाउछन, तबसम्म यो रोगलाई सम्बोधन गर्न गार्हो पर्ने देखिन्छ। नयाँ सम्बिधानमा "थ्रेसहोल्ड" भन्दा माथी जनमत ल्याउने पार्टीलाई सरकारी बजेट बाटै पार्टी चलाउने पैसाको प्राबधान राख्न अत्याबश्यक छ।......."

प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति र यो एउटा गर्न पाए नेपाल अझ दुई चार पुस्ता हेटी भएर बस्दैनथ्यो कि?

प्रत्येक राजनीतिक पार्टी ले पार्टी चलाउन सरकार बाट पैसा पाउने, चुनावमा वोट ल्याएको समानुपातिक, त्यो बाहेक अरु कतै बाट पैसा लिन नपाउने। आय व्यय ऑनलाइन सार्वजनिक गर्नु पर्ने।

यति गर्न सके पार्टी अध्यक्ष को चुनाव मा बढ़ी मान्छे लड़थे कि? किनभने पार्टी चलाउने पैसा त पार्टी को हो भन्ने हुन्थ्यो।


No comments: