Thursday, July 09, 2015

यी चार पार्टी एकीकरण गर्ने हो


और विरोध सभा के भाषण का वीडियो यूट्यूब पे डालिए --- हम लोग भी देखें जरा।

पार्टी एकीकरण करो। देश में तख्तापलट करो।

कता जाँदैछन् मधेशी दल ? यसरी हुँदैछ मधेशमा आन्दोलनको तयारी
१६ बुँदे सम्झौतालाई टेकेर संविधानको मस्यौदा आएपछि मधेश आन्दोलित हुँदै गएको छ । मस्यौदाको विरुद्धमा मधेशी दलहरुले विभिन्न कार्यक्रम गर्नुको साथै त्यसको तयारीमा समेत लागेका छन् । मधेशका दल तथा युवाहरु जुन रुपले तयारीमा लागेका छन् मानौं ठूलै युद्धको तयारी भइरहेको भान भइरहेको छ ...... असार २२ गते जनकपुरमा युवाहरुको एउटा संगठनले शंख बजाएर आन्दोलनको घोषणा पनि गरिसकेका छन् भने यता काठमाडौमा पनि विभिन्न कार्यक्रम गरी जनमत तयार गर्ने काम भइरहेको छ । सविधानसभामा रहेको चार मधेशवादी दलले विगत पाँच दिनदेखि मस्यौदा आएको विरोधमा सविधानसभा बहिष्कार गरिरहेका छन् भने मधेशसँग विभिन्न संघ संगठनले दिन दिनै कुनै नकुनै कार्यक्रमहरु गरिरहेका छन् । कसैले खुल्ला कार्यक्रम गरिरहेका छन् भने कसैले बन्द कोठामा पनि कार्यक्रम गरिरहेका छन् । ........ २ र ३ गते मधेशका प्रत्येक निर्वाचन क्षेत्रमा जुलुस प्रर्दशन ...... साउन ५ गते विराटनगरमा जनसभाको कार्यक्रम आयोजना गरिनेछ र त्यहाँको सम्पूर्ण जिम्मेवारी संघीय समाजवादी फोरम नेपाललाई तोकिएको छ । ६ गते जनकपुरमा हुने जनसभाको तयारीका लागि तराई मधेश लोकतान्त्रिक पार्टीलाई जिम्मेवारी तोकिएको छ भने ७ गते वीरगंजमा हुने जनसभाको तयारीका लागि तराई मधेश सद्भावना पार्टीलाई जिम्मेवारी दिएको छ । त्यस्तै आठ गते भैरहवामा हुने जनसभाको तयारीको लागि सद्भावना पार्टीलाई जिम्मेवारी दिएको छ । ....... अहिले तत्काल बृहत मोर्चा गठन नगर्ने भनिए पछि मातृका र जयप्रकाश गुप्तालाई मोर्चामा ल्याउन अन्योल देखिएको हो । ....... १६ बुँदे सम्झौता आएपछि मधेशका विभिन्न संघ संगठन तथा दलहरुले नियमित विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । कार्यक्रम हुन थालेपछि अहिले मधेशका बुद्धिजिवि, पत्रकार, कानुन व्यवसायी तथा नेताहरुलाई भ्याई नभ्याई छ । ....... ओम गुरुगं, बुद्ध छिरिगं, सुरेन्द्र महतो, विजयकान्त कर्ण, डा. शिवजी यादव, डा.रामकेवल साह ....... असार २० गते यही मस्यौदाको विषयमा विभिन्न मधेशवादी दलका युवा तथा विद्यार्थी तथा केही स्वतन्त्र युवाहरुले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा पत्रकारहरुलाई बोलाइएको थिएन र जसलाई युवा नेताहरुले गोप्य राख्ने प्रयास गरेको थियो । ........ महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाहेक आफ्नो छुट्टै संघर्षका कार्यक्रम तय गरेको छ। मधेशका प्रत्येक निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट अपिल बाँड्ने छ । जुन १६ बुँदे सम्झौतादेखि लिएर मस्यौदा आउँदासम्मको अवस्था बारेमा वर्णन हुने बताइएको छ । ........ सविधानको मस्यौदा आएपछि असार १८ गते भारतीय दूतावास गएर एक चर्चामा आएका मधेशवादी दल दिल्ली जाने तयारी पनि गरिरहेका छन् । असार २९ गते भारत भ्रमणको तयारीमा रहेका प्रचण्डकै साथमा पनि यी मधेशवादी दलका नेताहरु जान सक्छन् वा त्यसअघि पनि जानसक्छन् । तर यसबीचमा मधेशका प्रमुख चार दलका नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्र यादवको दिल्ली जाने कार्यक्रमको तयारी तीब्र रुपमा भइरहेको दूतावास स्रोतले जनाएको छ । त्यसको तयारीका लागि तमलोपाका केन्दीय सदस्य बीपी यादव एक हप्तादेखि दिल्लीमा बसिरहेका छन् । यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेपालका लागि अमेरिकी राजदूतले भेटघाट गरेका थिए ।

No comments: