Showing posts with label chakra. Show all posts
Showing posts with label chakra. Show all posts

Saturday, November 21, 2015

बाबुराम को झंडा: एक सुझाव

 हरियो: पहाड़मा ७०% फारेस्ट कवर को लक्ष्य को उद्घोष
नीलो: जलबिद्युत को बलमा नेपाललाई फर्स्ट वर्ल्ड कंट्री बनाउने उद्घोष, बुद्ध र शांति पनि जनाउने
पहेँलो: तराई र समग्र देशमा कृषि क्रांति, फलेको धान को प्रतीक
रातो: समग्र आर्थिक क्रांति, औद्योगिक क्रांति, सर्विस सेक्टर क्रांति, सुर्यको रातो
सेतो: हिमाल, देश मा भ्रष्टाचार न्युन पार्ने उद्घोष, पर्यटन, चन्द्रमा को सेतो

बीच मा ढयाप्प चक्र। चुनाव चिन्ह। पहेँलो, रातो र सेतो छुने गरी।

 यो एंगल मा रंग हरु राखे अरु पार्टी को भन्दा फरक पनि देखिने।


Friday, November 20, 2015

बाबुराम को चुनाव चिन्ह: चक्र (एक सुझाव)

बाबुराम को पार्टी को नाम: नवनिर्माण (एक सुझाव)

बाबुराम को चुनाव चिन्ह: चक्र (एक सुझाव) -- चक्र अर्थात व्हील। पहिया। चक्का। पाङ्ग्रो।

१००% आर्थिक क्रांति मा लेजर फोकस गर्न चाहेको पार्टी का लागि त्यो भन्दा राम्रो चुनाव चिन्ह अर्को हुन सक्दैन। औद्योगिक क्रांति को मात्र होइन, दुई हजार वर्ष अगाडि प्रविधि को प्रादुर्भाव कै प्रतीक चक्र। कृषि र उद्योग मा मात्र होइन, सर्विस सेक्टर मा पनि चक्का हुन्छ। गाड़ी को चक्का। कंप्यूटर भित्र पंखा को चक्का। प्राविधि (टेक्नोलॉजी) को प्रतिक व्हील। गतिशील अर्थतंत्र को प्रतिक व्हील। ओली ले चलाएको अर्थतंत्र हिलो मा फँसेको पहिया। डबल डिजिट ग्रोथ रेट को प्रतीक व्हील।



भैरहवामा कालोबजारीको अर्को पर्दाफास : निगमपछि एम्बुलेन्स पनि तेल कालोबजारीमा
कांग्रेस वार्तामा नबस्ने निर्णयले मोर्चासँगको वार्ता थप जटिल
मधेश समस्या समाधान गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग, संयन्त्रको वार्तामा नबस्ने



नयाँ शक्तिको नारा र चिन्ह बनाउन बाबुरामलाई डेढ सयको सुझाव
अभियान सकिएपछि पार्टीको नामका लागि पनि यस्तै सार्वजनिक आव्हान गर्ने बाबुरामको योजना रहेको स्रोतको भनाई छ । ...... नयाँ शक्ति अभियानको लागि देशव्यापी अभियान चलाउने उदेश्यसहित डा.भट्टराईले आइतवार र सोमवार प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम गर्दैछन् । राजधानीमा हुने यो कार्यक्रममा सवै जिल्लाबाट सहभागी हुने नयाँ शक्ति अभियानका लागि भन्दै एकीकृत माअ‍ोवादीलाई असन्तुष्टी पत्र बुझाएर हिडेका नेता देवेन्द्र पौडेलले बताए । उनका अनुसार यो प्रशिक्षणात्मक अन्तरक्रियाले तीन महिने नयाँ शक्ति अभियानको कार्यक्रम बनाएर कार्यन्वयन जाने बताए ।


प्रधानमन्त्री ओलीलाई पत्र लेखेर एमालेका अञ्चल कमिटीका नेता बाबुरामको नयाँ शक्तिमा हाम फाले
बाबुराम भट्टराईको नयाँ शक्तिको समर्थन गर्दै एमालेका बागमति अञ्चल कमिटी दिपक पुन मगरले राजीनामा गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीलाई पत्र लेखेर पुनले पार्टीको साधरण सदस्यताबाट समेत राजीनामा गरेको उल्लेख गरेका छन् । ‘मेरो बाँकी जीवनका उर्वरा शक्तिलाई नयाँ शक्ति निर्माण अभियानमा सामेल गर्दै मुलुक र जनताको निस्वार्थ सेवा गर्ने दृद संकल्प गरेको छु । ’ उनले आफ्नो राजीनामा पत्रमा भनेका छन् । ......

‘नेकपा (एमाले) देश र जनताको पक्षधरता बाट धेरै कोष टाढा पुगिसकेको पछिल्लो मण्डले परम्परावादी पश्चगमनकारी शक्ति र विस्तारवादी भारतपरस्त उग्रवादी शक्तिको सहयोगको जगमा पार्टी भित्रको दक्षिणपन्थी प्रतिगामी तत्वले शिर उठाइरहेकोले म जस्तो आधारभूत वर्ग क्षेत्र मूल्य, मान्यता र नैतिक आचरणयुक्त राजनीतिक कर्मीले त्यसको समर्थन सहयोग एवम यात्रामा निरन्तरता दिन नसक्ने भएकोले निम्न असहमतीका साथ पार्टीको सम्पूर्ण जिम्मेवारी, दायित्व र पार्टी सदस्यता समेत नरहने गरी आजकै मिति देखि राजिनामा पेश गर्दछु । ’

वीरगंज बजार पुर्ण रुपमा ठप्प
मधेशी दलहरुले छठ पर्ब सकिए लगत्तै आन्दोलनलाई चर्काएका छन् ।

Sunday, July 12, 2015

माइकल जैकसन पार्टी एकीकरण



  1. महन्थ ठाकुर -- सर्वमान्य नेता र भावी राष्ट्रपति 
  2. उपेन्द्र यादव -- अध्यक्ष 
  3. राजेन्द्र महतो -- सह-अध्यक्ष 
  4. अशोक राई --- वरिष्ठ नेता 
  5. महेंद्र राय यादव --- उपाध्यक्ष 
  6. हृदयेश त्रिपाठी --- उपाध्यक्ष र संसदीय दलको नेता 
  7. ५ जना अरु ---- पोलिटब्युरो सदस्य ---- संभवतः अरु (एकीकृत गर्नु पर्ने) दलका अध्यक्ष हरु 
  8. थप २० जना -- केन्द्रीय समिति सदस्य 
  9. बाँकी केन्द्रीय समिति आकांक्षी लाई काठमाण्डु जिल्ला समिति को साधारण सदस्य 
  10. नाम: नेपाली जनता पार्टी चुनाव चिन्ह: चक्र झंडा: सेतो, हरियो, पहेँलो
अब त पार्टी एकीकरण कसो न होला! यो भन्दा राम्रो पद विभाजन गर्न सक्छ कसैले?  

यति गरे हो होइन भने यिनी हरुले काम गर्छन, फाइदा हुन्छ ग्राउंड मा काँग्रेस लाई।

आजदेखि सुरु भयो मधेशवादीहरुको आन्दोलन

भारत र चीनको पैसाले एमालेभित्र भाँडभैलो
मदन भण्डारी फाउन्डेसनमा यसअघि भारतीय दूतावासबाट ५० करोड रुपैयाँसम्मको प्रोजेक्ट परेको एमाले नेताहरु बताउँछन् । पछिल्लोपटक मधेसमा खानेपानी, शिक्षा, स्वास्थ्य आदिमा खर्च गर्न भनेर चीनबाट ठूलो रकम आएको सूत्रहरुको दाबी छ । स्रोतका अनुसार दुई महिनाअघि एमाले नेता प्रदीप नेपालसहितको पूर्वसञ्चारमन्त्रीहरुको टोली चीन भ्रमणमा गएको थियो । सो भ्रमणमा संलग्न केही सदस्यले मधेसमा चीनले सहायता नगरेको गुनासो गरेका थिए । त्यसको प्रतिवादमा चिनियाँ अधिकारीहरुले मदन भण्डारी फाउन्डेसन र सुजाता कोइराला नेतृत्वको जीपी फाउन्डेसनमार्फत् आफूहरुले मसेसमा लगानी गरेको खुलासा गरेका थिए । तर, चीनले मदन भण्डारी फाउन्डेनलाई कति पैसा दिएको छ भन्ने चाहिँ चिनियाँ अधिकारीहरुले नखुलाएको स्रोत बताउँछ । चीन या भारतले विकास निर्माणका लागि एमालेबाट पेश गरिएको प्रोजेक्टका आधारमा पैसा दिएको बताइन्छ । तर, त्यो पैसाको हिसाब पार्टीमा नराखी मदन भण्डारी फाउन्डेनकै नाममा गुटका लागिमात्रै खर्च गरिएको भन्दै एमालेको केन्द्रीय तहसम्म कुरा उठिरहेको स्रोत बताउँछ । ...... अहिले फेरि मदन भण्डारीजस्तो नेतालाई एनजीओको मागीखाने भाँडो बनाइएको र ओलीले यसैबाट गुट चलाएको माधव नेपाल पक्षले आरोप दोहोर्‍याउन थालेको छ ।