क्रान्तिको सफलता, प्रतिक्रान्तिको संभावना, अंतरिम संविधान, सर्वोच्च अदालत र राष्ट्रपति

२००६ को अप्रैल क्रान्ति ले लोकतन्त्र, मानव अधिकार, गणतन्त्र र धर्म निरपेक्षता स्थापित गर्यो। मधेसी क्रांति १ र मधेसी क्रांति २ ले संघीयता, जनसंख्या समानुपातिक प्रतिनिधित्व र मधेसीको नागरिकता र समावेशीता स्थापित गर्यो। त्यसले जनजाति लाई पनि समेट्यो। केही जनजाति आन्दोलन पनि भए। त्यस पछि ४९% आरक्षण को व्यवस्था भएको हो। दमजम का लागि।

ती सबैको कमाइ अन्तरिम संविधानमा संस्थागत भइसकेको छ। त्यो अंतरिम संविधान साहुको तमसुक जस्तो।

सफल क्रान्ति पछि प्रतिक्रान्तिको संभावना रहने गर्छ -- त्यो राजनीति को एउटा सिद्धान्त जस्तै हो। किनभने क्रान्ति अगाडि लामो समय सम्म सत्ता मा रहेका हरु एक्कासी फालिये पनि त्यहीँ हुन्छन्। नया सत्तामा आएका हरु सँग सत्ता सञ्चालन को लामो अनुभव हुँदैन। स्थायी सरकारमा पुरानो सत्ताका मानिसको पकड़ कायम रहन्छ, अघोषित रुपमा।

त्यसै कारणले सफल क्रांतिले आफ्नो उपलब्धि जोगाउन का लागि अंतरिम संविधान लेख्छ। त्यस पछि बन्ने संविधान सभा ले अंतरिम संविधान माथि थप्न पाऊँछ, घटाउन पाउँदैन। त्यो अंतरिम संविधान को रक्षा गर्न राष्ट्रपति राखेको हुन्छ। संविधान को रक्षा को काम अदालत को हुन्छ।

अंतरिम ले धर्म निरपेक्ष भनेको छ अर्को संविधान मा हिन्दु राज्य भन्न पाइएन। दुई तिहाई ले पनि पाइएन। अंतरिम ले गणतंत्र भनेको छ भने अर्को संविधान मा बेबी किंग भन्न पाइएन। दुई तिहाई ले पनि पाइएन। अंतरिम ले संघीयता भनेको छ भने अर्को संविधान मा ५ विनास क्षेत्र ७ अंचल भन्न पाइएन। दुई तिहाई ले पनि पाइएन। अंतरिम ले "स्वायत्त" भनेको छ भने अर्को संविधान मा आत्म निर्णयको अधिकार हटाउन पाइएन। दुई तिहाई ले पनि पाइएन। आत्म निर्णयको अधिकार त मानव अधिकार हो जुन कि २००६ अप्रिल क्रांतिले नै स्थापित गरेको हो। अंतरिम ले "मधेस प्रदेश" भनेको छ भने झापा देखि चितवन हुंदै कंचनपुर सम्म को continuity कायम राख्नु पर्ने भो। त्यो एक होइन दुई राज्य पनि हुन सक्छ तर continuity break नगर्ने गरी। You can build upon the interim constitution, but you can not take away from it.

अंतरिम संविधान को उल्लंघन गर्ने व्यग्र इच्छा भएका हरुका सामु एउटा होइन दुई दुई वटा आयरन गेट छन ---- एउटा अदालत अर्को राष्ट्रपति। राष्ट्रपतिले सही नगरेसम्म अर्को संविधान जारी हुँदैन। र अंतरिम संविधान सँग बाझ्ने संविधान जारी गर्ने अधिकार राष्ट्रपति सँग छैन।

त्यो त भयो टेक्निकल कुरो ---- राजनीतिक प्रश्न चाहिं के आयो भन्दा खेरी काँग्रेस र एमालेमा प्रतिक्रान्ति हरु छिरे कसरी, कि तिनी हरु त्यहाँ पहिले देखि नै थिए?

What Does It Mean To Defy The Supreme Court?
अंतरिम संविधान सँग बाझ्ने गरी अर्को संविधान बनाउन मिल्दैन


Comments