Friday, December 04, 2015

In The News (8)



मोर्चा नेताहरु आइतबार दिल्ली जाँदै, मोदी र सोनियालाई भेट्ने
तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र राय यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेट गरी मधेसमा १ सय १० दिनदेखि जारी आन्दोलनका बारे छलफल गर्ने
मुम्बई उडे बाबुराम
मुम्बइमा हुने विश्वबैंकको आमन्त्रणमा आयोजना हुने एक कार्यक्रममा सम्बोधन गर्न गएको
मोर्चा नेताहरु अकस्मात् भारतीय दूतावासमा
साढे ५ मा लेनचउर पुगेका मोर्चा नेताहरु करिब डेढ घण्टा दूतावासमा बिताएका थिए । .. दूतावासबाट बाहिरिएपछि मोर्चा नेताहरु बालुवाटार भने गएनन् ।
संविधान संशोधन राष्ट्रिय एजेन्डा : निधी
‘संविधान आउनु ऐतिहासिक कुरा हो । त्यसमा हामीले पनि हस्ताक्षर गरेका छौं । तर त्यहाँ ब्लन्डर भएको छ । त्यसलाई कांग्रेस सरकारको पालामा दर्ता गराएको दुई संसोधन अघि बढाएर सच्च्याउनु पर्छ । संसोधन पछि मात्र संविधानलाई कार्यान्वयन गर्न सकिन्छ ।’ ...... उनले संविधान जारी गरिनु अघि नै प्रमुख तीन दलका शीर्ष नेताबीच समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने कुरा भए पनि पछि नगरेको अरोप लगाए । उनले भने, ‘एमाओवादीले माने पनि एमाले सकारात्मक देखिएन । अब यी दुई संसदमा पेस गरेको संसोधन प्रस्तावसहित सीमांकन बारे टुंगो लगाउनु पर्छ ।’ ...... निधिले ‘अब हिमाल, पहाड, तराई कोही छैन पराई’ भनेर नहुने उल्लेख गर्दै भने, ‘हिमाल, पहाड, तराई सबैको नेपाल, सबैको रजाई(शासन) भन्नु पर्छ ।’ ....

कार्यक्रममा अर्का काग्रेसका सांसद् पद्मनारायण चौधरीले कांग्रेससँग दुई तिहाई बहुमत नभएका कारण संविधान बनाउदा एमालेसँग सम्झौता गर्नु परेको र त्यसैकारण यस्तो समस्या भएको बताए ।

.... सीके लालले ओली र मोदीबीच सम्झौता हुने हल्ला चलेको उल्लेख गर्दै भने, ‘अब उनीहरु बीचको सम्झौताले केही हँुदैन । मधेशी जनतालाई अधिकार नदिएसम्म यो समस्याको समाधान हुँदैन ।’ उनले भने, ‘महेन्द्र र इन्दिरा गान्धीबीच सम्झौता भएको थियो, तर २०४६ सालमा के त्यो सम्बन्ध उस्तै रह्यो त ?’

No comments: