Sunday, December 13, 2015

In The News (24)



मधेशमा दुई प्रदेश हुँदैमा केही फरक पर्दैन – प्रा.डा. लोकराज बराल (पूर्वराजदूत तथा राजनीतिशास्त्री)
मधेशी नेताहरूलाई अहिलेसम्म भारतले औपचारिक रूपमा बोलाएको थिएन । यसपटक बोलायो । ..... मधेशी मोर्चाले ठूला माग राखेको पनि छैन नि । मधेशका माग सम्बोधन गर्दा आत्तिनुपर्ने कुनै कारण नै छैन । दलहरूले सीमाङ्कनलगायत विषयमा सबैलाई मिलाएर मात्र संविधान ल्याउनुपर्दथ्यो । दलहरूले त्यसो गर्न सकेनन् । ..... यसलाई कसैले हस्तक्षेप भन्छन् । कसैले चासो राखेको भन्छन् । कसैले कुरा मिलाउने प्रयास गरेको भन्छन् । कहिले काहीं भूमिका खोज्नका लागि पनि गरिन्छ । नेपालका विभिन्न परिवर्तनमा हामीले भारतको सहयोग लिएकै छौं । यो कुनै नयाँ कुरा पनि होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलादेखि नै भन्दै आउनुभएको थियो कि सबैलाई मान्य हुने किसिमको संविधान बनोस् । कुनै न कुनै रूपमा भारतको सहानुभूति छ । सबैलाई मिलाएर अघि बढ्नुपर्छ, भनेर भारतले भन्दै आएको छ । नेपालको अशान्तिले भारतमा प्रभाव पार्छ, भन्ने कुरा पनि भारतले भन्दै आएको छ । भारतको चासोलाई सकारात्मक रूपमा लिनुपर्छ । सानो कुरालाई ठूलो बनाउने काम गर्नु हुँदैन । पछिल्लो घटनाक्रमले भारतलाई पनि अप्ठयारो परेको छ । जहाँसम्म मधेश आन्दोलनको कुरा छ । मधेशीप्रति भारतले सहानुभूति राखेकै हो । तर, यो सहानुभूतिलाई नकारात्मक रूप भने लिनु भएन । ........

भारतसँगको जस्तो घनिष्ट र गहिरो सम्बन्ध चीनसँग हुनै सक्दैन ।

...... यहाँ त राष्ट्रियताको परिभाषा नै गलत रूपमा गरिन्छ । जनतालाई कसरी समृद्ध बनाउने, त्यसतर्फ ध्यान दिइँदैन । तर, भारतलाई गाली गरेर राष्ट्रियता बलियो पार्नुपर्छ, भन्ने कुरा सिकाइन्छ । नेपाली जनता बलियो भएपछि राष्ट्रियता पनि बलियो हुन्छ, भन्ने भावना नै छैन । शासकले आफ्नो मुलुकमा केही अप्ठयारो प¥यो भने अर्को मुलुकतर्फ औंला देखाइदिने काम गर्छन् । आफ्नो देशको समस्या समाधान नगर्ने अनि अरूले खान लाग्यो भनेर छिमेकीलाई आरोपित गर्ने शैली पुरानै मानसिकताको उपज हो ।....... पञ्चायतका बेला कांग्रेसलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । भारतले नै पठाएको भनिन्थ्यो । नेपालका थुप्रै नेताहरू भारतमै बसेर राजनीतिमा गरेका थिए । तिनीहरूलाई त नेपालमा भारतीय दलाल नै भनिन्थ्यो । यो पहिलादेखि चलिआएको हो । राजनीतिक दलहरूले पनि आ–आफ्नो सुविधालाई ध्यानमा राखेर कुरा गर्छन् । हामीले पनि त भारतलाई नै बढी निम्त्यायौं । मुलुकमा केही समस्या पर्दा हामीले आफैं भारतसँग गुहार माग्ने, अनि आफूलाई काम नपर्दा राष्ट्रवादी भन्ने ? यो त भएन नि । पहिला घर बलियो बनाउनु प¥यो नि । अब अतिवाद राजनीतिले चल्दैन । छिमेकी मुलुकसँग सहयोगात्मक सम्बन्ध हुनुपर्छ । छिमेकीको अहीत हुने काम हामीले गर्नु हुँदैन । मुख्य कुरा विकासको ढोका खोल्नुप¥यो । मुलुकको विकास भयो भने, हामी आफैं बलियो हुन्छौं नि । ....... मेरो विचारमा १२–१५ वटा प्रान्त बनाए पनि हुन्छ । जति धेरै प्रान्त हुन्छ, उति राम्रो हुन्छ । स–साना प्रान्त भयो भने सञ्चालन गर्न पनि सजिलो हुन्छ । अब पुरानो मानसिकता छ भने त केही भन्न सकिँदैन नि । ...... भारतमा मिल्ने कुरा मधेशीले कहिल्यै सोच्ने सक्दैनन् । मधेश स्वतन्त्र मुलुक बन्नै सक्दैन । ..... पछिल्लो ८ वर्षमा मधेशले आफ्नो पहिचान स्थापित गरिसकेको छ । ........ मधेशीहरू काठमाडौसँग जोडिन खोज्नु त राम्रो हो नि । एउटा कोणबाट हेर्दा मधेश आन्दोलनले पनि एक किसिमले राम्रो काम गरेको छ । आन्दोलनकै कारण पहाडी समुदायले पनि मधेश के हो, भन्ने कुरा बुझ्न पाएको छ । ......

मेरो विचारमा मधेशमा दुई प्रदेश दिँदा केही फरक पर्दैन । बरू नदिँदा मुलुक टुक्रिन सक्छ ।

...... म झापाको मान्छे हुँ । म पहाडबाट झरेको पनि होइन । म वास्तविक झापाली हुँ । सातौ पुस्तादेखि हामी झापामा छौं । म तराईवासी हुँ । ....

म झापाली हुँ, म भनिरहेको छु नि । झापालाई मधेश प्रदेशमा मिसाउन के हुन्छ र । झापालाई मधेश प्रदेशमा मिसाउँदैमा मलाई के हानी हुन्छ र । मेरो कुनै अधिकार त खोसिने होइन नि ।

हेर्नुस्, संघीयता भनेको नै यही हो । यो मुलुकमा संघीयता त आयो । तर, संघीयता के हो, भन्ने कुरा बुझ्न खोजिएन । अविश्वास र असमझदारीले संघीयता चल्दैन । विस्तारै समझदारी बढ्दै जान्छ, भन्ने मेरो विश्वास छ ।
नेपालका नेता किन ब्रिफकेस लिएर दिल्ली आउँछन् ? : एसडी मुनी

संविधानसभाको ९० प्रतिशत मत तथा सहमतिको संविधान भन्नेजस्ता कुरा गरेर तपाईंले कम्तीमा मजस्तालाई मूर्ख बनाउन सक्नुहुन्न ।

किनभने, जुन ९० प्रतिशतको सहभागितामा संविधानको रुपरेखा तयार भएको कुरा तपाईं गर्दै हुनुहुन्छ, त्यो तीन पार्टीका पाँच–पाँचजना मिलेर १५ जनाले तयार गरेका हुन् । जुन निर्णय पछि पार्टीमाथि थोपरिएको छ । पार्टीले जे भन्यो, त्यही गर्नुपर्ने अवस्था रह्यो । केही मानिसहरू थिए, जसले विभिन्न कुरा सुधार गर्न संशोधन पनि हाले, तर उनीहरूको सुनुवाइ भएन । माओवादी जो यस प्रक्रियाको महत्त्वपूर्ण घटक हो, उसले नोट अफ डिसेन्ट लेखेर संविधानलाई पारित गर्यो । अस्ति मात्र प्रचण्डले एउटा ठूलो वक्तव्य दिएर संविधानमा यो खराबी, त्यो खराबी भन्दै बताइरहनुभएको थियो, त्यो किन भयो ? किनकि जम्मै संविधान १० दिनमा पास गरिएको थियो । ...... सात वर्षसम्मको प्रक्रियामा संविधानसभाका सदस्यहरूको सहभागिता थिएन । संविधानसभामा सदस्यहरूसँग कति दिन छलफल भयो ? तर, अन्तमा जम्मै संविधानका धारा १० दिनमा पारित भए । यस्तो पनि कहीँ हुन्छ ? अनि, तपाईं भन्नुहुन्छ यो डमोक्रेटिक संविधान हो ? भोट त पाउनुभयो तर डेमोक्रेटिक सिस्टम भएन, बृहत छलफल भएन । ...... डेमोक्रेसीको अर्थ भोट मात्र हुँदैन, डेमोक्रेसीको अर्थ भनेको पूर्ण समर्थन र सहभागिता हो । तपाईंको संविधानमा त्यो सहभागिता छैन । जसले भोट दिएका छन् उनीहरूको पनि सहभागिता छैन । माओवादीले संविधानमा हुनुपर्ने कुरा नभए पनि ‘नोट अफ डिसेन्ट’ राखेर संविधानलाई पारित गर्न निर्वाचन गर्ने भन्छ, यो कस्तो किसिमको सहभागिता हो र यस्तो पनि कुनै कुरा हुन्छ ? नोटअफ डिसेन्ट पनि र भोट पनि एकै साथ ? .......

जब तपाईं सात वर्ष कुर्न सक्नुहुन्छ भने के अझै १७ दिन कुर्न सक्नुहुन्न ?

..... तपाईंको संविधानमा संघीयतालाई लिएर पाँच कन्डिसन्स राखिएका थिए कि यी सूत्रहरूको आधारमा हामीले संघीयताको निर्माण गर्नेछौँ । प्रचण्ड भनिरहेछन्, ती सूत्रको आधारमा संविधान नै बनेन । उनीहरूले केही जिल्लालाई समाएर बसेका छन्, त्यो कैलाली, कञ्चनपुर होस् अथवा झापा, मोरङ, सुनसरी । अनि, हामीले त्यो सवाल नउठाउने ? हामीले प्रश्न उठाएपछि तपाईंले जवाफ दिनुपर्यो नि ? ९० प्रतिशतले भोट गरे भनेर निकै ठूलो डेमोक्रेटिक ठान्नु भएको छ, के भनेको हो ? ........ तपाईंहरू यहाँ आउने भनेकै कसरी भारतलाई तल पार्न सकिन्छ र नीच देखाउन सकिन्छ भनेर हो । यो मेरो पहिलो अनुभव होइन् .....

एक दिनमा दुई सयभन्दा पनि धेरै धारा पारित गरिदिनुभयो, यस्तो पनि कहीँ हुन्छ ?

...... संविधान बनेको चौथो दिनमै संविधान संशोधन प्रस्ताव दर्ता गरे किन ? संशोधन चार दिनपछि हाल्नुहुन्छ भने चार दिनअघि किन नहालेको के जवाफ छ तपाईंसँग ? ..... तपाईंहरू भारतलाई गाली मात्र गर्नुहुन्छ । तर, जब भारतको आवश्यकता पर्छ, सबै नेताहरू एउटै स्वरमा भारतले हामीलाई सहयोग गरोस् भन्न थाल्छन् ।

आज भारतले अर्को समूह (मधेसी मोर्चा)लाई समर्थन गरिरहेको छ भने तपाईंहरूलाई आकासै खसेजस्तो भएको छ ।

...... चार वर्षसम्म हाम्रा कति लडाकुलाई जागिर खुवाउने भनेर अल्झिनुभयो संविधान त बनाउनुभएन । त्यो कुरा त उनीहरूलाई पो सोध्नुपर्छ, हामीलाई के सोधेको ?

उहाँहरुले जब आफ्नो वाचा पूरा गर्नुभएन, जनताले चुनावमा हराए, त्यसपछि कमजोर हुनुपर्यो । र अहिले भन्दै हुनुहुन्छ हामी त कमजोर भयौँ । कमजोर त तपाईं आफ्नो क्रियाकलापले हुनुभएको हो ।

..... आफूलाई मन नपरेको कुरा भारततर्फ देखाइदिने तपाईंहरूको मानसिकता रहेको छ । तपाईं यही कुरा काठमाडौंमा बसेर गर्नुहुन्न । तपाईंका कुन–कुन पत्रिकाले सुशील कोइरालाले संविधानमा हालेको संशोधन चार दिनपछि नै किन हालेको भनेर लेखे ? मलाई एउटा पनि पत्रिकाको नाम भन्न सक्नुहुन्छ ? र, जुन संविधान संशोधनलाई एमालेले दुई महिनापछि स्विकार्यो, त्यो पहिला किन नस्विकारेको ? कतिजनाले लेखे यो मलाई भन्न सक्नुहुन्छ ? ....... हामीले कुनै पनि विषयमा लेखौँ, नेपालीहरूले हामीलाई गाली नै गर्छन् । ...... आज विश्वमा कहीँ पनि यस्तो अवस्था छैन कि हामीले जे गरे पनि कसैले केही भन्ने छैनन् । यो ग्लोबलाइजेसनको जमाना हो । यो कम्युनिकेसनको जमाना हो । हामीले जे काम गर्नेछौँ, त्यो गलत–सही जे भए पनि तपाईंको सुझाव हुन सक्छ, हाम्रो पनि सुझाव हुन सक्छ । यस्तोमा विश्वका हरेक मानिसको सुझाव हुन सक्छ । ...... ब्रिफकेस लिएर यहाँ आउँदैनन् तपाईंका नेताहरू, त्यतिबेला हस्तक्षेप हुँदैन ? किन आउँछन् ? १२ बुँदे सम्झौता यही गरिएको होइन ? किन आएको भारतमा ? किन गरेको यहाँ सम्झौता ? त्यति बेला हस्तक्षेप भएन ? राणाहरूलाई फाल्नुपर्दा यहाँ राजा आएका थिए कि थिएनन् ? जब महेन्द्रलाई हटाउनु पर्यो बीपी कोइराला आएका थिए कि थिएनन् ? किन आएका थिए ? जब तपाईंहरूको पहिलो जनआन्दोलन भइरहेको थियो, त्यसबेला गणेशमान सिंहले चन्द्रशेखरलाई बोलाएको होइन काठमाडौंमा ? ......

जब हाम्रो आन्दोलन हुन्छ, तपाईंका नेताहरू आएर संघर्ष गर्नुहुन्छ । हामीले भन्दैनौँ यो नेपालको हस्तक्षेप हो भनेर ।

...... नेपालका चारवटै ठूला राजनीतिक घटनामा एउटा पनि त्यस्तो घटना छैन, जसमा भारतको सहभागिता नहोस्, अनि अहिले पनि त सहभागिता हुनुपर्छ । ..........

तपाईंहरुले नेपालमा हस्तक्षेप बन्द गर्नुपर्यो भनेको होइन, तपाईंको भनाइ सोझो छ कि मधेसीलाई छोडेर हामीलाई समर्थन गर्नुस् । नेपालले भनेको हस्तक्षेप हाम्रो पक्षमा हुनुपर्यो भन्ने हो ।

....... भुटानबाट गंगामा पाप धुन भारत आउने गर्दैनन् । हामी भुटानको कुनै पनि मन्दिरमा जाँदैनौँ । ......

भुटानले हामीसँग सन्धिमा हामीलाई यो–यो चाहिन्छ भन्यो, हामीले सन्धि फेरिदियौँ र उनका माग पूरा गरिदियौं । तपाईंहरू सन्धि फेर्ने कुरा गर्नुहुन्छ तर के भनेर सोध्दा केही पनि भन्नुहुन्न । तपाईंहरू स्पष्ट त हुनुस्, सन्धि तोड्न चाहनुहुन्छ भने तोड्नुस् । फेर्न चाहनुहुन्छ, फेर्नुस ।

....... मोदीजी पाकिस्तान, मालदिभ्स त जाँदै गएनन्, तर नेपालमा दुईपटक गए । उनले तपाईंलाई एक बिलियनको सफ्ट ऋण दिए, श्रीलंकालाई त दिएनन् ।

No comments: