Saturday, December 12, 2015

In The News (21)

बगलामुखीमा पारस (फोटो फिचर)
वीरगन्ज नाकापनि चाँडै खुल्छ: कमल थापा
'वीरगन्ज बाहेकका अन्य नाकाहरु विस्तारै सहज हुँदै गएको अवस्था छ,' उनले भने 'केही दिनमा वीरगन्ज नाकापनि खुल्छ ।' ..... आन्दोलनरत पक्ष्ाको सबै माग सम्बोधन भइसकेको उनको दावी थियो ।
अव मोर्चासँग सरकारले निर्णायक वार्ता गर्छ : मन्त्री राई
नाकाबन्दीका कारण गम्भीर मानवीय संकट नेपाली जनताले भोग्न बाध्य भएपनि राष्ट्रियता, स्वाधिनता, राष्ट्रिय भावना जगाउँने काम गर्दै देश, संविधान र राष्ट्रियतालाई झुक्न र झुकाउन नदिई नेपाली जनताले खबरदारी गरिरहेको बताए । ..... अहिले नेपालीलाई भूकम्पबाट भएको क्षतिले भन्दा नाकाबन्दीको क्षतिले बढी असर पुर्‍याएको उनले बताए ।
सरकार-मोर्चा वार्ता, आजपनि कुरा मिलेन
संविधान संशोधन विधेयक पनि पारित गरौं: सरकार
पुनर्निर्माण विधेयक मात्रै अगाडि बढाऊ: मोर्चा
'हामीले मानवीय संकटका आधारमा पुनर्निर्माण विधेयकलाई मात्रै सघाउन तयार भएका हौं, अरू विषयमा हाम्रो माग सम्बोधन हुन बाँकी नै छ ।' मधेस आन्दोलन चार महिनासम्म लम्बिएको अवस्थामा आफूहरूमाथि मुद्दा सफल पार्ने चुनौती थप बढदै गएको मोर्चा नेताहरूको भनाइ छ । ..... सद्‍भावना महासचिव मनीषकुमार सुमनले कांग्रेस, एमाले र एमाओवादीले पुनर्निर्माण विधेयक पारित गराउन यसअघि आग्रह गरेबमोजिम आफूले सहमति दिए पनि अन्तिम समयमा झुक्याएको आरोप लगाए । 'फेरि कहाँबाट संविधान संशोधनको अपुरो प्रस्ताव अगाडि सारियो,' उनले भने, 'मोर्चाको सदाशयलाई तीन ठूला दलका तर्फबाट कमजोरी ठानियो ।'
मधेसी मोर्चा के चाहन्छ स्पष्ट हुनुपर्छ : गृहमन्त्री बस्नेत
संविधान संशोधनमा समर्थन जुटाउन सिटौलाको पहल
कांग्रेसका केही नेताहरू भने मधेसी मोर्चालाई मनाउन नसकेमा आइतबारको संसदमा प्राधिकरण विधेयक अघि बढाउन दिनुपर्नेमा जोड दिएका छन् । पार्टीका शीर्ष नेतृत्व नै प्राधिकरण विधेयक रोक्दा जनतामा नकारात्मक सन्देश जाने भन्दै आफ्नै पार्टीभित्रका सांसदहरूसँग परामर्शमा छन् । कांग्रेसले मधेसी मोर्चाका नेताहरूलाई मनाउन समय मागेकाले शुक्रबारको संसद बैठक सूचनाबाट स्थगित गरी आइतबारका लागि सारिएको थियो ।
‘९ बुँदे संशोधन भएमात्रै मधेसको मुद्दा सम्बोधन’
नारायणी नदीदेखि पूर्व झापासम्मका मधेसका भूभाग सम्मिलित पूर्वी मधेस प्रदेश र नारायणी नदी पश्चिम कञ्चनपुरसम्म पश्चिमी थरुहट–मधेस प्रदेश गरी तराई–मधेसमा दुई प्रदेश बनाउनुपर्ने, संसदकालागि हुने प्रत्यक्ष निर्वाचन पद्धतीअनुसार संविधानमा पुरै देशको लागि छुटयाईएको १ सय ६५ निर्वाचन क्षेत्रहरु हरेक प्रदेशमा भएको जनसंख्याको समानुपातिक दरले बाँड्नुपर्ने माग छ । ..... यस्तै उपल्लो सदनमा प्रत्येक प्रदेशबाट ८–८ जना सासंदको बयवस्था खारेज गरी प्रत्येक प्रदेशमा न्यूनतम १ सदस्य रहने गरी बाँकी सदस्य जनसंख्याको आधारमा प्रतिनिधित्वको ब्यवस्था गर्नुपर्ने, तल्लो सदन प्रतिनिधि सभाकोलागि छुट्याईएको समानुपातिकतर्फको १ सय १० संख्यालाई प्रत्येक प्रदेशहरुको जनसंख्याको अनुपातमा बाँड्नुपर्ने, २० वर्षको प्रावधान खारेज गरी १० वर्षमै निर्वाचन क्षेत्र समायोजनको ब्यवस्था संविधानमा संशोधन माफ्र्त हुनुपर्ने गठबन्धनको भनाई छ ।
अवरोध कायमै रहे नेपालमा गम्भीर मानवीय संकट आउने राष्ट्रसंघको चेतावनी
खाद्यान्नसहित अत्यावश्यक वस्तुको स्वतन्त्र प्रवाहलाई नरोक्न आग्रह
भारतबाट हुने आयातमा मात्र अत्यधिक भर परेको नेपालका लागि भारतीय सिमानामा भएको पारवहन अवरोधले इन्धनका अतिरित्त: चामल, तेल, दाल, चिनी तथा नुनजस्ता अत्यावश्यक सामानको भाउ ३० प्रतिशत भन्दा बढीले वृद्धि भइसकेको र भाउ अझै बढ्न सक्ने उल्लेख गरिएको छ । .... ‘नेपालमा खाद्यान्नको भाउ काबुभन्दा बाहिर गई आकासिएसँगै सर्वसाधारणले परिवार पाल्नका लागिसमेत संघर्ष गर्नुपरेको छ । भूकम्पलगत्तै आएको यो संकटले नेपालमा भोकमरी र कुपोषण बढाउन सक्छ’
मधेस आन्दोलन आन्तरिक मामिला हो: डा भट्टराई
अहिलेको सीमाङ्कन जग्गाको कित्ताकाट गरेको र काँक्रा चिरेजस्तो भएको टिप्पणी गर्दै ती समुदायलाई नसमेटिएसम्म विवाद साम्य हुन नसक्ने
कस्तो बन्ला नयाँ शक्ति ?
आफूसमेत खटेर निर्माण गरेको पुरानो घर एमाओवादी छाड्दैगर्दा त्यसका ‘आर्किटेक्ट’ बाबुराम भट्टराईको अनुहारमा जुन बेचैनी देखिन्थ्यो, हिजोआज देखिन्न । मंगलबार दिउसो सानेपा निवास पुग्दा उनी प्रफुल्ल मुद्रामा भेटिन्थे । उनलाई भेट्न आउने र भेटेर फर्कनेको लर्को लामै थियो । ...... आध्यात्मिकदेखि भौतिकवादी, साम्यवादीदेखि उदार लोकतन्त्रवादी, आर्यखसदेखि जनजाति–मधेसवादी, धनी उद्योगपतिदेखि गरिब सीमान्तकृत : भट्टराई सबैसँग एकनास सम्पर्कमा छन् । उनले घोषणा गर्ने ‘नयाँ शक्ति’ कस्तो हुनेछ, यसै भन्न सकिन्न, तर उनलाई भेट्न आउनेहरूको सूची हेर्दा भोलिको पूर्वाभास मिल्छ । ..... ‘म अझै पनि छलफलकै चरणमा छु, सबैसँग सल्लाह, परामर्श अघि बढाइरहेको छु,’ सानेपा निवासको माथिल्लो तलास्थित पुस्तकालय कोठामा कान्तिपुरसँग कुरा गर्दै भट्टराईले भने,

‘साँच्चिकै नयाँ शक्ति बनाएर देशलाई समृद्धिको बाटोमा कसरी लैजाने भन्नेमा पढेलेखेका युवाहरूको विशेष चाख देखिन्छ ।

म उनीहरूलाई ध्यानले सुनिरहेको छु । ..... ‘भट्टराई यति साह्रो कहिल्यै व्यस्त हुँदैनथे । बिहानदेखि राति अबेरसम्म उनको बाक्लो भेटघाट र सम्पर्क अटुट छ ।’ ..... तल्लो तलास्थित भेटघाट कक्षको भित्तामा ‘जनयुद्धका नायक प्रचण्ड’ हाँसिरहेका हुन्थे, अब छैनन् । ..... युद्धकालीन सम्झना दिलाउने तस्वीरहरूलाई भट्टराई प्रधानमन्त्री हुँदाका उच्च राजनीतिक–कूटनीतिक भेटका तस्वीरहरूले विस्थापित गरिसकेका छन् । पुस्तकालय कोठाको टेबुलमा श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादले लेखेको धर्मग्रन्थ ‘श्रीमद्भगवद्गीता यथारूप’ र ‘नयाँ शक्ति किन ?’ नामक पुस्तिका छ । दराजमा दर्शन, राजनीति, साहित्य, विज्ञानसम्बन्धी पुस्तक छन् । तीमध्ये ‘पुनर्निर्माण/नवनिर्माण’ भन्ने छुट्टै खण्ड छ । ....... अरू देशको विकास प्रगतिको फड्को अध्ययन गरेर हाम्रो मौलिकतामा विकास गर्ने खालको चिन्तनलाई संस्थागत ढंगले अगाडि बढाउने शक्ति निर्माण गर्ने हो । पुराना दलहरूलाई जोडजाड गरेर नयाँ शक्ति बन्दैन भन्ने मेरो कुरा हो ।’ ..... अहिले उनीहरू डेढ महिने अभियान घोषणा गरेर जिल्ला–जिल्लामा क्रियाशील छन् । भट्टराई निकट स्रोतका अनुसार फागुन महिनामा नयाँ शक्तिको औपचारिक घोषणा हुनेछ, जसमा केही दल, संगठन र स्वतन्त्र व्यक्तिहरूसमेत समेटिनेछन् । ...... मंसिर पहिलो साता यो संवाददाता धनुषा पुग्दा एमाओवादी परित्याग गरी भट्टराईसँग हिँडेका पोलिट्ब्युरो सदस्य रामचन्द्र झा र केन्द्रीय सदस्य रामकुमार शर्मा नयाँ शक्ति अभियानमा जोडतोडले खटिरहेका थिए । ..... संविधान जारी गर्ने हातलाई मधेसमा प्रवेश निषेध भन्ने मधेसी मोर्चाको अवरोध छल्दै भए पनि उनी अरू दलका नेताहरूभन्दा पहिले जनकपुर पुगे । उनी फर्केपछि सभा सञ्चालन भएको मञ्च जलाइयो । पछि फेरि जनकपुर पुगेर उनले नयाँ शक्तिको भेला आयोजना गर्न सफल भए । मधेसमा आफ्नो पक्षमा समर्थन बढेको बुझाइमा रहेका नेताहरू

नयाँ शक्तिको औपचारिक घोषणा जनकपुरकै बाह्रबिघा मैदानमा गर्ने योजनामा छन् ।

...... यसरी बहस छेड्नेमा भट्टराई एक्लो होइनन् । सञ्चारकर्मी रवीन्द्र मिश्र, पूर्व मूख्यसचिव लीलामणि पौडेल, भट्टराईकै सहपाठी उपेन्द्र देवकोटा लगायत छन् । ..... उज्ज्वल थापाले नेतृत्व गर्दै आएको विवेकशील नेपालीले पनि आफूलाई चल्तीका धारको पार्टी नभई नयाँ शक्तिकै रूपमा अघि सार्दै आएको छ । देवकोटाले ‘राष्ट्रवादी धार’को अगुवाइ गर्ने घोषणा गरेका छन् । भट्टराईले मिश्र लगायतसँग सहकार्य हुने बताउँदै आएकामा भट्टराईको नयाँ शक्तिसँग आफूहरू एकीकृत हुने कुनै सम्भावना नरहेको बरु विवेकशील नेपालीसँग एकता हुने मिश्र निकटस्थ एक अभियन्ताले खुलाए । .......... विवेकशीलका अध्यक्ष थापाले भट्टराईसँग जोडिनेबारे कुपन्डोलको होटल समिटमा चरण–चरणका छलफल गरेका थिए । यद्यपि वैचारिक र सांगठनिक संरचनामा मतभेद भएको र भट्टराईको माओवादी वैचारिक पृष्ठभूमिका कारण सहकार्य कठिन रहेको विवेकशील स्रोतले कान्तिपुरलाई बतायो । ....... ‘उहाँहरूसँग कुराकानी भइरहेको छ,’ भट्टराईको नयाँ शक्ति अभियान संगठन विभाग प्रमुख देवेन्द्र पोडेलले भने, ‘वैचारिक सोचहरू अलग—अलग हुनु स्वाभाविक हो, त्यसको प्रभाव छलफलमा पनि परेको छ । तर बृहत् स्तरमा सहकार्य गर्दै जान्छौं ।’ ..... कुनै बेला एमाओवादीप्रति आलोचनात्मक दृष्टि राख्ने काठमाडौंको पढालेखा जमात् र मध्यमवर्ग भट्टराईप्रति भने सहानुभूति राख्थ्यो । कतिसम्म भने

प्रधानमन्त्री छँदा ‘बाबुरामलाई काम गर्न देऊ’ अभियान नै चल्यो ।

.....

उता रवीन्द्र मिश्रले आफू निकटस्थहरूसँग अनौपचारिक गफगाफका क्रममा एक नम्बरको पार्टी बनाउने घोषणासहित नयाँ शक्ति अभियान थाल्नुपर्ने बताउने गरेका छन् । पछिल्ला दिनमा भट्टराईले ‘नयाँ शक्ति’ शब्दलाई ‘क्लिशे’ बनाइसकेको भन्दै मिश्र पार्टीको नयाँ नाम जुराउनुपर्ने पक्षमा छन् ।

तर भट्टराईले संगठन निर्माणकै तहमा अघि बढिसक्दा पनि

मिश्र समूह भने सामाजिक सञ्जालमा मात्रै सीमित रहेको

भन्दै उनी निकटस्थहरू अभियानलाई घोषित रूपमै तीव्रता दिनुपर्ने पक्षमा छन् । ‘रवीन्द्रजीले हतारमा काम नगर्न, पर्याप्त तयारी गर्न भन्दै आउनुभएको छ,’ मिश्रका निकटस्थ बताउँछन्, ‘सुरुमै केही न केही ‘बिग ब्याङ’ सिर्जना गर्न सक्नुपर्छ । नत्र पुरानै पार्टीहरूजस्तो अर्को पार्टी बन्छ भन्नेमा उहाँ बढी सचेत हुनुहुन्छ ।’ ..... मिश्र समूहले नयाँ शक्तिका चार खम्बाका रूपमा ‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता’लाई नाराका रूपमा प्रचार थालेका छन् । यता भट्टराईले भने ‘पाँच स’ अर्थात् ‘स्वाधीनता, समावेशी–समानुपातिक लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र शान्तिका लागि समाजवाद तथा सदाचार’को प्रतिबद्धता अघि सारेका छन् । ...... नयाँ शक्तिको नाममा भट्टराईले संगठन निर्माण अभियानको पहिलो चरण फटाफट अघि बढाइरहेका छन् । जबकि अरू नेताहरूले ‘मासबेस्ड’ राजनीतिलाई आफ्नो आधार बनाउन खोजिरहेको देखिन्छ । कांग्रेस, एमाले, एमाओवादी लगायत पुराना भनिएका पार्टीहरूसँग पहिल्यै संगठित नेता/कार्यकर्ता छन् । जनमतको ठूलो हिस्सालाई उनीहरूले संगठनकै बलमा नियन्त्रण गरिसकेको अवस्थामा विना संगठन फेसबुक, ट्विटरमार्फत प्रभाव जमाउन कठिन हुने स्वयं नयाँ शक्तिकै अभियन्ताबीच पनि चर्चा चल्ने गर्छ ।
लिम्बुवान आन्दोलनमा जाने
संघीय लिम्बुवान पार्टीले झापा, मोरङ, सुनसरीलाई दुई नम्बरमा प्रदेशमा समावेश गर्ने तयारी भएको भन्दै त्यस विरुद्ध आन्दोलन गर्ने जनाएको छ । उक्त पार्टीले शुक्रबार धरानमा पत्रकार सम्मेलन गरेर झापा, मोरङ सुनसरी सहितका अरुण, सप्तकोशी सभाखोला पुर्वका नौ जिल्ला लिम्बुवान भएकाले मधेशी मोर्चा र कांग्रेस, एमाले, एमाओवादीले भन्दैमा नमान्ने जनाएको छ । .... पार्टी अध्यक्ष कुमार लिङ्देनले मधेशी मोर्चा संग गरेको सहकार्य पार्टीमा औपचारिक निर्णय भएर नभएको दावी गरे ।
भारत जाने नेपालीको सीमामा लर्को
केन्द्रमा सरकार–मोर्चा वार्ताको माहोल केही सुध्रिएपछि कार्यकर्ताहरु निकास निस्कनेमा आशावादी भएका छन् । त्यसैलेपनि अघिल्ला दिनहरुको तुलनामा नाकामा उपस्थिति पातलिएको हो । .... रोजगारीका लागि पश्चिमी नाकाबाट भारत जानेको संख्या पनि उल्लेख्य बढेको छ । दैनिक हजारको संख्यामा भारत तिर गइरहेको प्रहरीले जनायो । ...... मध्यपश्चिमका अधिकांश बासिन्दा दसैं–तिहार र हिउँदे खेती लगाएपछि कामका लागि भारत जाने चलन छ । नाकाबन्दीले उनीहरुलाई छोएको छैन् । ‘काम नगरी माम मिल्दैन,’ सल्यान झिम्के ७ का टुल्के बिकले भने, ‘१५–२० वर्षदेखि सिमलामा मजदूरी गरिरहेको छु । उता त्यस्तो अप्ठेरो पनि छैन् ।’


जो फसिरहे सीमामा
साहुसँग ८ हजार रुपैयाँ मागे र अलपत्र अवस्थामा खर्च भएको हरहिसाब चुक्ता गरे । ‘१० हजार (भारु) तलब छ । साहुबाट लिएको ८ हजार पनि तलबमै काटिन्छ,’ उनले दुखेसो पोखे, ‘अब ८ जनाको परिवारलाई महिना भरको खर्च कसरी पुर्‍याउने होला ।’ ...... कम्तीमा ४ दिनदेखि बढीमा १४ दिनसम्म अलपत्र परेका भारतीय चालकहरू फेरि यस्तो दुर्दिन कहिल्यै नआओस् र द्विदेशीय सम्बन्ध चाँडै सुध्रियोस् भनेर कामना गर्छन् । मध्यप्रदेशको ग्वालियर नजिकबाट सोयाबिन ल्याएर आएका अर्का ट्रक चालक अत्तरसिंह यादवले दुवै देशको सम्बन्ध बिग्रिएकाले त्यसको असर मजदुरहरूमा परेको बताए । ‘नेपाल र भारत दुवै छिमेकी देश हुन् । सदीऔं देखिको सम्बन्ध छ,’ उनी भन्छन्, ‘त्यसैले मिलेर अघि बढ्नुपर्छ ।’ ......

सबै मालसामान भारतबाटै आउँछ । नेपाल सरकारले पनि नरम भएर वार्ता गर्नुपर्‍यो । यस्तो अवस्था कायमै रहेमा फेरि यता आइँदैन ।’

...... भारतबाट मात्र होइन, तेस्रो मुलुकबाट आयातित सरसमान पनि भारतीय ट्रान्सपोर्ट कम्पनीमार्फत नेपाली भन्सारसम्म पुग्छन् । त्यसपछि नेपाली गाडीहरूले स्वदेशका गन्तव्यहरूमा पुर्‍याउँछन् । पेट्रोल र डिजेलका ट्यांकरबाहेक अरू सबै मालवाहक गाडी भारतीय चालककै भरमा हुन्छन् । उनीहरूलाई त्यहाँको प्रशासनले पनि ‘सीमामा दंगा, फसाद छ । माहोल बिग्रिएको छ । कुनै बेला केही पनि हुन सक्छ,’ भन्दै तर्साउने गरेको चालकहरूले बताए । ..... उनले भारतीय प्रहरी प्रशासनले त्यता नजाऊ माहोल ठीक छैन भन्दै रोक्दै आएको बताए । ‘गाडी छाड्न मान्दैनन् । पछि झन् पछि लगाऊ भन्दै लठ्ठी देखाएर तर्साउँछन्,’ उनी भन्छन् । तोरी ल्याएर आएका यादवले चार दिनसम्म रुपैडिहामा दु:ख खेप्नुपर्‍यो । सीमित रकम र खानेकुरा लिएर आएका उनको बास गाडीमै भयो । बिहीबार नाका केही खुकुलो भएपछि इन्धन सहितका झन्डै २ सय र शुक्रबार ५२ गाडी नेपाल भित्रिएका छन् ।

No comments: