Monday, December 07, 2015

In The News (13)

५–७ दिनमा नेपाल–भारत तनाव अन्त्य हुने भारतीय विदेशमन्त्रीको संकेत
नेपाल बहसमा कांग्रेस, समाजवादी दल, जनता दल लगायतका १४ सांसद्ले उठाएका प्रश्नहरुको जवाफ दिँदै स्वराजले आफूहरुले मधेसीले न्याय पाउन् र नेपाली जनताले दुख नपाउन् भन्ने चाहेको बताइन् । उनले अन्तरिम संविधानले दिएको अधिकारलाई पनि कटौती गरिएकाले मधेसमा आन्दोलन भएको बताउँदै नाकाबन्दी भने भारतले नगरेको पटक-पटक दोहोर्‍याइन् । ...... करण सिंह ..... उनले अन्तरिम संविधानले दिएको भन्दा पनि कम अधिकार अहिलेको संविधानमा मधेसीलाई दिइएको भन्दै मधेसीले ‘एक मधेस एक प्रदेश’ मागेकोमा मधेसलाई कमजोर बनाउने गरी अहिले सीमांकन गरिएको पनि बताए । उनले

नेपालको समस्या आन्तरिक भए पनि भारतले हल गर्न सघाउनु पर्ने पनि बताए ।

..... उनले काठमाडौं र अन्य भागमा चिसो सुरु भइसकेको बताउँदै भूकम्पका कारण भएको विनासले मानवीय संकट उत्पन्न भइसकेको बताए । ‘औषधि र अन्य आवश्यक चिजको कमीले नेपालमा मानवीय संकट उत्पन्न भएको छ, भारत सरकारले सैनिक विमानबाट भए पनि औषधि पठाउन सक्छ,’ उनले भने । ..... भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा ठूलो वाहवाही पाएको तर अहिले त्यो गायब भएको पनि उनले स्मरण गराए । ‘काठमाडौंबाट निस्किने सबैजसो पत्रिकामा भारतविरोधी समाचारले भरिने गरेका छन्,’ उनले भने । ..... भारतीय सेनामा ५० हजार गोर्खा जवान रहेको उल्लेख गर्दै उनले दुई देशको सम्बन्धलाई विशेष ढंगले हेर्नुपर्ने उल्लेख गरे । ..... राज्यसभामा बोल्दै जनता दलका अध्यक्ष शरद यादवले नेपालमा अहिले सरकार र मधेसीको मतभेद आन्तरिक मामला भए पनि दुई पक्षबीच वार्ता गरी समाधान निकाल्ने प्रयासमा भारतले सहयोग गर्नुपर्ने बताए । .....उनले पनि नेपालमा मानवीय संकट उत्पन्न भएको उल्लेख गर्दै अहिलेको जटिल परिस्थितिमा कुनै दल वा नेताले आफ्नो फाइदा हेरेर काम गर्न खोजेमा ठूलो गल्ती हुने पनि बताए । ..... उनले भारतको अन्य देशसँग भन्दा नेपालसँग बेग्लै सम्बन्ध भएको बताए । ‘भारतमा समस्या परेका बेला नेपालले जहिले पनि सहयोग गरेको छ । जयप्रकाश नारायण, राममनोहर लोहियादेखि कर्पुरी ठाकुर र जर्ज फर्नान्डिसजस्ता नेताले अप्ठ्यारो पर्दा नेपालमा सहारा लिएका थिए,’ उनले भने । ....... उत्तर प्रदेशका समाजवादी पार्टीबाट सांसद रविप्रकाश शर्माले नेपालमा भारत विरोधी अभियान चलाउन कतै अन्य मुलुकले त भूमिका खेलिरहेको छैन भनेर आशंका व्यक्त गर्दै ..... उनले

नेपालको समस्या समाधानमा भारत सरकारले सहयोगी भूमिका खेलोस भनेर पूरा सदन र पूरा हिन्दुस्तान आशभरी नजरले सरकार तिर हेरिरहेको

उल्लेख गरे । ....... उनले नेपालका मधेसील नै सीमामा गरेको 'ब्लकेड' लाई भारतले गरेको भनि विश्वमा प्रचार गरिएकामा त्यसको खण्डन सरकारबाट हुनुपर्नेमा जोड दिए । उनले मधेसको आन्दोलन यथार्थ मुद्दाका लागि भइरहेको भन्दै त्यसको सम्बोधनमा जोड दिए । मधेसी र नेपाल सरकारबीच छिटो भन्दा छिटो वार्तामा भारत सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । ....... उत्तरप्रदेशबाट बीएसपीका सांसद सलिम अन्सारीले भारत आजाद भएको ६५ वर्षमा पहिलोपटक नेपालसँगको मित्रता संकटमा परेको भन्दै त्यसलाई छिटो भन्दा छिटो सहज अवस्थामा ल्याउनुपर्नेमा जोड दिए । उनले मधेसी र नेपाल सरकारबीच मध्यस्थता गरी भारतले समस्या समाधानमा सघाउनुपर्ने विचार राखेका छन् । उनले नेपाललाई भारतसँग टाढा बनाउन चीनले भूमिका खेलिरहेको तर्फ भारत सरकार सजग हुनुपर्ने उल्लेख गरे ।


दिल्ली आएर नेपालको समस्या सुल्झिन्न : त्रिपाठी
उपचारका लागि दिल्ली आएका त्रिपाठीले सीमांकनसहितको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताए । ....... ‘हामीलाई दिल्लीले केही दिने होइन’, उनले भने,‘मधेस आन्दोलनबारे रहेको भ्रम हटाउन आएका हौं ।’ ....... मुम्बईमा आयोजित कार्यक्रममा सहभागी भएर उनी हिजो दिल्ली पुगेका हुन् । उनले मधेसी मोर्चाका नेता बसेको होटल ताजमानसिंह पुगेर अन्य नेताहरुसँग भेटघाट गरेका थिए ।


जिल्लामा आन्दोलनकारी लचिलो बन्दै
यतिखेर जिल्लामा मोर्चा निकै लचिलो हुँदै बजार खोल्न जनजीवन सहज बन्दै गएको छ । गौरका बजारहरु खुलेपछि यहाँ चहलपहल पनि बढेको छ । ..... लामो समयखिको जारी बन्द हडतालले सुनसान सदरमुकाम गौर अहिले निकै चहलपहल देखिएको छ । बिहान बेलुका बजारका पसलहरु खुलेका छन् । साइकल मोटरसाइकल समेत चलेका छन् । जनताले राहतको महसुस गरेका छन् । ........ मोर्चाले दजगजा क्षेत्रमा रिले अनशन भने जारी राखेको छ । ‘आफ्नो माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहन्छ,’ मोर्चाका नेता अजय गुप्ताले भने, ‘बन्द हडताल लम्बिदा जनजीवन निकै कष्टकर बनेकोले हदै लचिलो भएका हौं ।’ बजार बन्दले उपभोक्तामा परेको असहजलाई खुकुलो बनाउन बिहान बेलुका पशल खोल्न दिएका छौ, गुप्ताले भने, ।
मोर्चाका नेताले भेटे पूर्वभारतीय राजदूतहरु
मधेशी बिद्यार्थीद्वारा दूतावाससामु बिरोध प्रदर्शन
दिल्ली दौडाहामा रहेका मधेस मोर्चासम्बद्ध नेताहरुले सोमबार बिहान इन्डिया इन्टरनेसनल सेन्टरमा नेपालका लागि पूर्वभारतीय राजदूतको समूहसँग भेटवार्ता गरेका छन् । भेटमा पूर्व राजदूत एवं रक्षा अध्यन मामला केन्द्र (आइडीएसए)का प्रमुख जयन्तप्रसाद, देव मुखर्जी, शिवशंकर मुखर्जी, श्यामशरणलगायतको उपस्थिति थियो । ..... मधेशी मोर्चाका नेताहरुले सोमबार अपरान्ह भारतीय जनता पार्टीका शीर्षस्थ नेताहरुसँग भेटवार्ता गर्नेछन्


तराईका २२ जिल्लाका एमाले अध्यक्ष चितवनमा
आजबाट एमाले केन्द्रिय भेला
अख्तियारले ठीक काम गरेन : एमाले नेता नेपाल
नेता नेपालले आन्तरिक समस्यालाई लिएर मधेसवादी दलका नेताहरु भारत जानु गलत भएको बताए । ‘ यो तरिका गलत हो ,’ उनले भने,‘ सरकारी प्रतिनिधि मण्डल जान्छन्, जान नहुने भन्ने होइन, नेपालको आन्तरिक विषयमा सरकारका प्रतिनिधिले छलफल गर्ने कुरा उचित होइन ।’ ....... उनले यहाँ बसेर वार्ताको माध्यमबाट समस्या हल गर्नुको साटो दिल्ली गएर समाधान खोज्नु तरिका राम्रो नभएको उल्लेख गरे । तराइमा लामो समयदेखि भइरहेको आन्दोलनले सबैभन्दा बढी समस्या तराइमा नै सिर्जना भएको बताउँदै उनले आन्दोलनका कारण विद्यार्थीको भविष्य चौपट भएको, ज्यालादारीमा काम गर्ने, उद्यमी, विरामीहरुलाई सबैभन्दा बढी मर्कामा परेको बताए । ..... उनले नेपाल तर्फका अरु नाकाहरु सहज भएपनि भारतले जानाजानी ढुवानीमा अवरोध गरेर अघोषित नाकाबन्दी गरेको र त्यसले सबैभन्दा बढी भारतकै सीमावर्ती शहरहरुको व्यापारीहरुलाई समस्या भएको उल्लेख गरे । नेता नेपाल सहित केन्द्रीय कमिटीका नेताहरु मधेसमा जारी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव बारे छलफल गर्न चितवनको सौराहा आएका छन् ।

No comments: