Tuesday, December 01, 2015

यो हार जित को खेल होइन

देशमा लोकतंत्र बहाली भएर सारा देश जित्यो। कोही हारेन। गणतंत्र ले पनि सारा देश लाई नै जिताएको हो। संघीयता र समावेशीता को आंदोलन त्यस्तै हार जित को खेल होइन। आंदोलन सफल भए सारा देश को जित हुन्छ। अनि सारा देश नै आर्थिक क्रांति मा केन्द्रित हुने बाटो खुल्छ। त्यसैले एक मधेस दो प्रदेश मा आम सहमति गर्न ढिलाई गर्नु हुन्न। जनता लाई जाड़ो याम मा अनावश्यक मर्का पार्नु ठीक होइन। राजनीतिक नेतृत्व ले कदम चाल्नु पर्छ। देश ले जित्छ कोही हार्दैन। त्यस किसिमले हेर्नु पर्यो। आंदोलन कारी ले पनि पछि त्यसै किसिमको घोषणा गर्नु पर्छ। यो प्रतिशोध को भावना ले गरिएको आंदोलन होइन। देशको राजनीतिक चेतना लाई उँभो लान गरिएको आंदोलन हो।




No comments: