Thursday, December 03, 2015

भाड़ा मा उपलब्ध भारतीय बाबा जी प्रयोग गर्ने हरु भाड़ा मा उपलब्ध भारतीय गुंडा प्रयोग गर्दैछन्

भाड़ा मा उपलब्ध भारतीय बाबा जी प्रयोग गर्ने हरु भाड़ा मा उपलब्ध भारतीय गुंडा प्रयोग गर्दैछन्।


प्रहरीको मिलेमतोमा आन्दोलनकारीमाथि तस्करहरुको आक्रमण
बुधबार वीरगंज नाकामा धर्ना दिएर बसिरहेका मधेशी मोर्चाका कार्यकर्ताहरुमाथि तस्कर र भिजिलान्तेहरुको समूहले आक्रमण गरेको छ । बुधबार राति करिब ७ः३० बजे वीरगंज नाकाको मैत्री पुलस्थित धर्नास्थलमा आन्दोलनकारीको संख्या कम भएको मौका छोपी १५/२० जनाको समूहले आन्दोलनकारीमाथि आक्रमण गरेको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले हुलाकी न्यूजलाई बताएका छन् । ..... प्रहरीकै मिलेमतोमा तस्करहरुले आन्दोलनकारीमाथि आक्रमण गरेको नेता यादवको आरोप छ । धर्ना स्थलबाट करिब दुई किलोमिटरको दुरीमा रहेको वीरगंजस्थित महाविर धर्मशालामा मधेशी मोर्चाको आन्तरिक बैठक चलिरहेको बेला नाकामा कार्यकर्ताहरुको संख्या कम भएपछि प्रहरीको मिलेमतोमा तस्करहरुले आन्दोलनकारीमाथि आक्रमण गरेका हुन् । ...... धर्ना स्थलमा प्रहरी र भिजिलान्तेहरुले आक्रमण गरेको जानकारी पाउनसाथ आफूहरु बैठक छाडेर नाकामा पुगेको नेता यादवले बताए । नेताहरु धर्नास्थल पुग्ने बित्तिकै आक्रमणकारी फरार भएका थिए । ..... मधेशी आन्दोलनकारीमाथि आक्रमण गरेका भिजिलान्तेहरुको समूहलाई पछाडिबाट प्रहरीले सहयोग र समर्थन गरेको नेता यादवले आरोप लगाए । उनले आक्रमणकारीभन्दा करिब दुई सय मिटर पर मात्र प्रहरी उभिएको बताए । ..... आक्रमणकारीहरुको पहिचान भईरहेको बताउँदै नेता यादवले केहीको पहिचान भईसकेको जानकारी पनि दिएका छन् । बिहिबार बिहान अनुहार पहिचान भईसकेका केही आक्रमणकारीलाई मधेशी मोर्चाका कार्यकर्ताले कुटपिट पनि गरेको नेता यादवले बताए । उनले अन्यको पहिचान भएसँगै तिनीहरुलाई पनि नछाड्ने चेतावनी दिए । ..... नेता यादवले आन्दोलन तुहाउन र आपस मै झगडा गराउन प्रहरीले अहिले माफिया र तस्करहरुको सहायता लिईरहेको आरोप लगाए ।

No comments: