Wednesday, December 02, 2015

फ़ासिस्ट शैली: चरम दमन, चरम भ्रष्टाचार

मधेसी ले गांधी बाट सिकेर जेल भरो आंदोलन गर्छु भनेको फ़ासिस्ट सरकार ले प्रत्येक मधेसी को घर लाई नै जेल बनाई दियो अनिश्चितकालीन कर्फ्यू लगाएर। मधेसी ले सीमा अवरोध र नाकाबंदी गरेको त फ़ासिस्ट सरकार ले सारा देश लाई नै आधिकारिक रुपले नै एउटै ठुलो कालो बाजार बनाई दिएको छ। One big black market. सत्ताधारी गिरोह का लागि नाकाबंदी होइन धनकटनी सीजन आए जस्तो लागिरहेको छ। वार्ता गर्न नचाहेको कारण यो चरम भ्रष्टाचार हो। आम जनता जाए भाँड में। वार्ता सफल गरेर आफ्नो कमाई किन रोक्ने तिनले? आम जनता जागनु पर्छ। कस्ता ले शासन गर्दैछन् भन्ने कुरा बुझ्नु पर्छ। डांका राज छ। गुंडाराज होइन, डकैत राज छ नेपालमा। मधेसी क्रांति ३ को ठुलो उपलब्धि नेपालमा भ्रष्टाचार कुन हद सम्म छ भन्ने कुरा आम नेपाली का लागि उजागर गर्नु।


No comments: