Monday, September 14, 2015

In The News (79)

नेपालमा जारी आन्दोलन र हिंसा प्रति चासो व्यक्त गर्दै बिबेकशील नेपाली दल द्वारा काठमाडौँमा आज भदौ २८ गते गरिएको नागरिक दवाव रयालीका केहि तस्वीरहरु | (रीयाज जी मार्फत)

Posted by Madhesi Community on Monday, September 14, 2015

काठमाडौं मा आन्दोलन हुँदा पानी को फोहोरा तर मधेश मा आन्दोलन हुँदा सिधा गोली चलाउछ ॥

Posted by Chandan K. Yadav on Monday, September 14, 2015

आखीर कार मधेसी सपूत ने देखया अपना रूप नेपाल देस के महामहिम रास्ट्र्पती डाकटर राम बारन यादब ने दिए तमाम पहाडी नेता को धम...

Posted by Condition of Janakpur Dham on Monday, September 14, 2015

काठमाडौँमा गुन्जायमान मधेशी आवाज, भाद्र २७video sent by Krishnakant Pandey Ji

Posted by Madhesi Community on Sunday, September 13, 2015

जसरी संविधान निर्माणको कार्य अघि बढीरहेको छ त्यसबाट राष्ट्रपति किन बेखुश? राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहाललाई अहिले पौने ९ बजे बीबीसीको प्रश्न।

Posted by BBC Nepali on Monday, September 14, 2015




राजविराजमा बृहत लाठी जुलुस प्रदर्शन
The President
उपेन्द्र यादवको प्रश्न : बिहेको कार्ड पठाएर दुनियाँमा कहाँ वार्ता भएको छ ?
'हामी तयारै छौं, सरकार वार्ता चाहँदैन, दमन चाहन्छ'
‘तर, सरकार वार्ताका लागि सिरियस छैन, ऊ वार्ता चाहँदैन, दमन गरेर शासन चलाउन चाहन्छ ।’
‘मधेस आन्दोलनका कारण बिहारमा नेपाली शरणार्थीको शिविर’
‘कांग्रेस एमालेलाई नै भोट दिएर जिताउने मधेसी समुदाय गोली खाएर शहीद बनेका छन्,’ नयाँ पत्रिकासँगको कुराकानीमा यादवले भनेका छन्, ‘प्रहरी आतंकले घर छाडेर नेपालीहरु विहारतिर भागेका छन् ।’ ...... राज्यको ज्यादतीले मधेसीमा ठूलो त्रास रहेको भन्दै उनले विहारका ठाउँ ठाउँमा नेपाली शरणार्थीको शिविर खडा हुन थालेको बताएका छन् । ..... विहारको मधवापुर र सुरसन्दमा खडा भएका शिविरमा नेपाली बसिसकेको नेपाली बसिसकेको पनि यादवले बताएका छन् । नेपालीहरु विस्थापित भएर छिमेकी मुलुकमा शरणार्थी हुनुपरेको विषय अन्तर्राष्ट्रिय मुद्दा हुन्छ कि हुँदैन भनी यादव प्रश्न गर्छन् । उनले यसको जिम्मा सरकारले लिनुपर्ने बताउँछन् ।
एक लाख मधेशी र थारु काठमाडौं उतार्ने तयारी, मोर्चा नयाँ रणनिती बनाउन छलफलमा
तीन शिर्ष दलले मधेशी, आदिवासी जनजाती, मुश्लिम, महिला, दलितको मुद्धालाई नजर अन्दाज गर्दै एकलोटी रुपमा सेना परिचालन गरी ल्याउन लागिएको संविधानको विरुद्धमा आन्दोलीत मधेशीदल र थरुहट संयुक्त संघष समितिले काठमाडौंको सडकमा एक लाख मधेशी, थारु, आदिवासी जनजातिलाई सडकमा उतार्ने तयारी गरेका छन् । श्रोतका अनुसार

काठमाडौं उपत्याका भित्र विभिन्न पेशामा आबद्ध भएका थारु, मधेशी आदिवासी जनजातीहरुको संख्या लगभग १०—१५ लाखको हाराहारी भएको हुँदा

विस्तारै सबै मधेशी र थारुहरुलाई सडकमा आफ्नो अधिकारका लागि एकताबद्ध भए शान्तिपुर्ण आन्दोलनमा होमिन आन्तरिक गृह कार्य भई रहेको आन्दोलनरत मधेशी मोर्चाका एक नेताले जानकारी दिए । त्यस्तै, अहिले मधेशका नागरिक अगुवाहरुको नेतृत्वमा भई रहेको दैनिक ४ बजे पछिको विरोध कार्यक्रमलाई विस्तारै वृहत रुपमा सबै उत्पीडित, अधिकार विहीन मधेशी, महिला, मुश्लिम आदिवासी जनजातीको अधिकारको आन्दोलनलाई अधिकार प्राप्तीको आन्दोलनको नाममा अगाडि बढाउने तयारी भएको मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले बताए । उनले शिर्ष तिन दलको रवैयाले जनता भित्र भित्रै निकै आक्रोषित र आन्दोलित भै सकेको अवस्थामा अब एकै पटक काठमाडौंको सडकमा १ लाखको संख्यामा जनता उतार्ने तयारी भएको बताए । उनले भने, सरकार मधेशको गाँउ गाउँमा प्रहरी र सेना प्रयोग गरी निहत्था जनतामाथि दमन गरी रहेको हुँदा काठमाडौंमा हुने दमन यहाँका संप्रदायिक मिडिया, नागरिक समाज, मानव अधिकारकर्मी कसरी प्रस्तुत हुने र अन्तराष्ट्रिय जगतले पनि प्रत्यक्ष अवलोकन गर्ने बताए । सरकारले जनताको टाउको र छातिमा सिधा गोली हानेर रगतको होली खेलेको उनको भनाई थियो । मोर्चाका नेताहरु अब कसरी अगाडि बढ्ने बारे नयाँ रणनिती पनि तयार गर्न छलफलमा जुटेको जानकारी दिए । उनले भने, मधेशमा आन्दोलनरत सबै समुहलाई एकजुट गरेर एकिकृत रुपमा आन्दोलनलाई अझै शसक्त रुपमा अगाडि बढाउनुको विकल्प छैन मोर्चा सामुने , अब सबै समुह सँग एकताबद्ध भएर एकै ठाँउमा उभिएर शान्तिपुर्ण सशक्त आन्दोलन गर्ने बताए ।
महोत्तरीमा आन्दोलनकारीको शव अस्पतालमा गन्हाउन थाले
‘आफुलाई ‘नेपाली’ र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न सकिन्दैंन’
'राजनीतिक समस्यालाई फौजी दमनले हल गरेको इतिहास कतै छैन'
मैले संविधानसभा बहिष्कार गरेको छुः कांग्रेस सभासद चौधरी
पर्साबाट निर्वाचित नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरीले आफू संविधानसभा नफर्केको र बहिष्कार कायमै राखेको जनाएका छन्। सेतोपाटीसँग कुरा गर्दै उनले भने,‘हिजोदेखिनै मैले संविधानसभा बहिष्कार गरेको छु, फर्केको छैन।’ चौधरीसहित सात सभासद संविधानसभामा फर्किएको कांग्रेसका सभासद राम अयोध्या यादवले सेतोपाटीलाई जानकारी गराएका थिए। ...... मुलुकको आधी जनसंख्या अहिलेको संविधानको मस्यौदाको विरोधमा सडकमा रहेकाले आफूले पनि संविधानसभामा मतदान प्रकृया बहिष्कार गरेको उनले बताए। ...... ‘संविधानले शान्ति ल्याउनु पर्‍यो, विकास ल्याउनु पर्‍यो,’ उनले भने,‘ तर यो संविधानले द्वन्द्व बढाउने भयो। त्यसैले मैले संविधानसभामा रहेर समर्थन गर्न सकिनँ।’

No comments: