Thursday, September 03, 2015

In The News (10)



राजविराजमा गधा जुलुस
प्रमुख दलका चार नेताहरुलाई गधाको संज्ञा दिदै मधेसी मोर्चा आबद्ध युवा विद्यार्थीहरुले राजविराजमा आज गधा जुलुस निकालेका छन् । ..... शिर्षस्थ चार दलका नेताहरुको फोटो झुण्ड्याइएको गधालाई अघि लगाई निकालिएको जुलुस नगरपरिक्रमा पश्चात शहिद दशनचोकमा विरोध सभामा परिणत भएको थियो ।


महन्थ ठाकुर र उपेन्द्र यादव कुटनितिज्ञ/राजनितीक भेटघाटमा व्यवस्त
मधेशमा आन्द्योलन चर्कीरहदा काठमाडौमा आएका मधेशी मोर्चाको प्रमुख दुई नेताहरु नेपाल स्थित विभिन्न कुटनितिज्ञ देखि सतारुढ दलहरु संग छलफलमा गर्न भ्याएका छन । हिजो मात्रै पुर्वी मधेशका सवै जिल्लहरुमा सम्बोधन गरेर तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष यादव काठमाडौ आएका थिए । भोली फेरी यी दुवै नेताहरु मधेश झर्दै छन । १९ गते सिरहाको मिर्चैयामा मधेशी मोर्चाले आयोजना गर्न लागेको बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रमका लागी ठाकुर र यादव काठमाडौ वाट जनकपुर हुदै त्याहा पुग्ने योजना छ । ...... हिजो मंगलवार फोरम नेपालका अध्यक्ष यादवले नेपाल स्थित युरोपियन युनियन तथा अमेरिकन राजदुतसंग छुटा छुटै बैठकहरु गरेका छन । त्यसैगरी तमलोपा अध्यक्ष ठाकुरले पनि काठमाडौ स्थित केही प्रभावशाली विदेशी राजदुतहरु संग छलफल गरेको ..... हिजो काठमाडौ आए पश्चात तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष यादव दुवैले छुटा छुटै माओवादी अध्यक्ष प्रचण्ड संग भेटेर कुराकानी गरेको बुझिइएको छ । त्यसैगरी ठाकुर र प्रधानमन्त्री सुशिल कोईराला विच समेत आज भेटघाट भएको बुझिएको छ ।
जेपी गुप्ताको प्रश्न– ‘के कैलाश, विनोद र रामेश्वर अन्धा भएकै हुन् ?’
२०४८ सालमा कान्तिपुर पत्रिकालाई प्रकाशनको स्किृति दिन महत्वपुर्ण भुमिका खेलेका जयप्रकाश (जेपी) गुप्ता अहिले मधेस आन्दोलनमा लागेका छन् । ..... आज कान्तिपुर, नागरिक र अन्नपुर्ण पोष्टमा विभाजित कान्तिपुरका सञ्चालकहरुले मधेस र मधेस आन्दोलन नदेखेको भन्दै उनै गुप्ताले सामाजिक सञ्जाल मार्फत् रोष प्रकट गरेका छन् । ..... श्याम गोयन्का मूलतः व्यापारी थिए । उनि भारतका चर्चित अंग्रेजी दैनिक दी इंडियन एक्सप्रेसका मालिक रामनाथ गोयन्काका नातामा भानिज पर्थे । तर, हाम्रो जनकपुरका बासी थिए । ....... इंडियन एक्सप्रेसका मालिक रामनाथ गोयन्काले भानिज श्यामलार्इ उनको कबाडी भैसकेको एउटा सिंगल कलरको वेभ अफसेट प्रेस मेशिन सितैमा दिएको थियो । यो मेशिन बीरगंज भन्सारमा आइपुगेको थियो, छापाखानाको मञ्जुरी नभएकोले उहीं थन्किबसेको थियो । ..... अहिले कैलाश सिरोहियाले कांतिपुर, विनोद ज्ञवालीले नागरिक र क्याप्टन रामेश्वर थापाले अन्नपूर्ण पोष्ट चलार्इ रहनु भएको छ । ..... त्यो शब्द प्रजातन्त्र भित्र, जनता भित्र पहाड–मधेस सबै पर्नु पर्ने हो । भन्नु पर्दा दुःख लाग्छ, हामी मधेसकाहरू पर्न सकेनौं । अहिले मधेसमा के भैरहेको छ ? राज्य निहत्था जनता उपर के गर्दैछ ? यहांहरूले अक्षरहरू मात्र दिर्इरहनु भएको छ । अक्षरका आँखाहरू हुदैनन् । आँखा त यहाँहरूसंग न छ । कृपया हेरि दिनोस् ।


विरगंजको तस्वीर - कसरी भडक्यो विरगंज?
आइतवार वेलुकि सम्म शान्त प्रर्दशनमा रहेको विरगंज एक्कासी सोमवार विहान देखि उग्र देखिए । प्रहरी र प्रर्दशनकारी विचको झडपमा हिजो र आज गरी ५ जनाको मृत्यु पर्सामा र १ जनाको वारामा भईसकेको छ । ४० जना वढी धाईते भएका छन । झण्डै आधा दर्जनलाई उपचारका लागी काठमाडौ ल्याइएको छ । गएको तीन साता देखि विरगंजमा शान्त रुपमा आन्द्योलन चल्दै थियो । यती सम्मको कोई धाईते समेत भएका थिएन । तर एक्कासी सोमवार देखि अत्यद्यीक तनावमा देखिए । मंगलवार दिउसो सरकारले विरगंजलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको छ । तर विरगंजका बासीहरु चार दिन अघि देखि नै सेनाको परेडहरु विहान विहानै देख्न थालेका थिए । ..... चार ओटा मधेशी पार्टीहरु फोरम नेपाल, तमलोपा, सदभावना र तमसपा सम्मलीत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाईमा मधेशमा प्रर्दशनहरु आन्द्योलन सुरु भए यता हुदै आएको थियो । विचमै सम्भवतह आन्द्योलनमा आफुहरुको कम सहभागीताको अनुभुती गरेका अनिल झा, मातृका यादव सहितको छुटै संघिय मधेशी मोर्चाको घोषणा भयो । जुन मोर्चाको अगुवाईमा विरगंजमा दे्खिए शिव पटेल, शशी मिया कपुर जस्ता पहिलो मधेश विद्रोहका अगुवाहरु । आन्दोलनमा आफुहरु अघि हुनु पर्छ भन्ने होडवाजीका कारण उनीहरुले मधेशी मोर्चा भन्द्या भिन्न तर कडा समानान्तर कार्यक्रमहरु विरगंज क्षेत्रहरुमा गर्न थाले । दुवै पक्षमा कसको आन्द्योलानको चर्को भन्ने होडवाजी नै सुरु भएको विरगंजका केही स्थानिय अगुवाहरु वताउछन । यता प्रहरीले राती राती स्र्किटगं गरेर तेल तथा मालवाहक गाडीहरु पठाई नै रहेका थिए । ....... तर दुइ पक्षमा आन्द्योलनको होडवाजी चले पछि प्रहरीले निषेध आज्ञा जारी गर्न पुगे । अघिल्लो हप्ता मालवाहक गाडी राती रोक्नका लागी ५० दे्खि ६० जनाको भिडले वाटो छेक्दै केही तोडफोडको प्रयास गरे । त्यही राती प्रर्दशनकारीको दुगांमुढावाट विरगंजका एसपी समान्य धाइते भए । जसलाई प्रर्दशनकारीहरुको तर्फवाट स्थानिय स्तरमा व्यापक मिडियावाजी गराइयो । जसले स्थानिय प्रहरी प्रशासन तीव्र आक्रमक बन्न पुगे । गएको आइतवार मधेशी मोर्चाको शिर्ष नेताहरु को वाराको कलैयामा सामुहिक सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसैलाई चाल पाएर अर्को मोर्चाका नेताहरु विरगंजमा आफुहरुको शक्ति प्रर्दशन देखाउन नगवा वाईपासमा वेलुकी टेन्ट नै हालेल वाटो छेक्न कोसीस गरे । पछि प्रहरी संगको भनाभन पछि दुवै पक्ष आ आफनो वाटो लागे । ...... तर त्यही नगवाका क्षेत्रका स्थानियहरुको घरहरुमा राती हेटैडावाट विरगंज गएको सशस्त्रको एउटा टोलीले घर घरको मुल दोकाहरुमा खुटाले हिर्काउने देखि वाहिर भेटनेलाई कुटपिट गरे । नगवा पहिलो मधेश आन्द्योलनमा पनि व्यापक हिंसं्रक रुपमा प्रसतुत भएको विरगंजको इलाका हो । राती सशस्त्र प्रहरीवाट अनावश्यक दबाब खेपेका नगरवावासीहरु सोमवार विहानै देखि विरगंजमा उग्र प्रर्दशनमा उत्रे । यता सोमवार मधेशी मोर्चाका शिर्ष नेताको पनि विरगंजमा कार्यक्रम थियो तर विहानै देखि प्रर्दशन यती चर्कोयो कि मो्र्चाको शिर्ष नेताहरुको कार्यक्रम नै हुन सकेन । शिर्ष नेताहरु होटलमा थुनिए । ...... यता नगवा क्षेत्रमा आन्द्योलन जसरी चर्कोयो दुवै मोर्चाले त्यसलाई नेतृत्व गर्न खोज्न जुहारी गरे । विरगंजका स्थ्ति केही अगुवाहरुको बुझाईमा नगवा क्षेत्रमा संघिय मोर्चाले नेतृत्व लिन थाले पछि वजारमा मधेशी मोर्चा छुटै तथा कडा प्रतिरोधात्म्क प्रर्दशनहरु हुन थाल्यो । प्रहरी र प्रर्दशाकारीहरु विचमा विरगंजको ठाउमा झडप हुदै त्याहा अवस्था पुरै अनियन्त्रीत बन्न पुग्यो । उता विहानै सशस्त्र प्रहरीले वजारमा पनि केही मानिसहरु संग नराम्ररी दुव्र्यवहार गरेका थिए । जसका कारण वजार क्षेत्रमा पनि आक्रोश वढदै गईरहेको थियो । ..... अवस्था पुरै अनियन्त्रीत भए पछि सोमवार दिउसो प्रहरीले क्फूर्य लगाएको घोषणा गरे । तर त्यस पछि थप तनावहरु सिर्जना भयो जुन अवेर राती सम्म चलीरह्यो । प्रर्दशनकारीहरुले प्रहरी चोकी, सरकारी कार्य कार्यलय, एमाले पार्टी कार्यलय सहित प्रहरी प्रशासनको केही केही गाडीहरुमा राती अवेर सम्म आगजनी गर्न थाले । मंगलवार विहानै देखि अवस्था थप उग्र हुन गएको प्रर्दशाकारी र प्रहरी विच दिउसो सम्म झडपहरु भईरहेको थियो । प्रहरीको गोलीवाट दर्जनौ धाईते भए । दिउसो चार वजे देखि विरगंजको मात्रै प्रर्दशनहरु रोकिएका छन । सरकारले दिउसो मात्रै दंगाग्रस्त क्षेत्र घोषणा गरे पनि आज विहानै वाट त्याहा सेना उपस्थिती भईसकेको थियो ।


‘गर्भ भित्रैबाट मर्ने संविधान जारी गर्न किन हतार’
मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) नेपालका अध्यक्ष विष्णुपुकार श्रेष्ठले कैलाली लगायतका क्षेत्रमा भइरहेको घटनाक्रममा मानवअधिकारको स्थिति खस्कदै गएको बताए । उनले भने, ‘यहाँ जनताको कुरा सुन्ने राज्य र राज्यको कुरा मान्य जनताको सम्बन्ध स्थापित कसरी गर्ने भन्ने बेला आई सक्यो ।’


बीरगंज बिद्रोह- अलग राष्ट्र के रूप में मधेश में जमीनी तैयारी शुरू : मुरलीमनोहर तिवारी
मधेश बिद्रोह १ में, जन प्रदर्शन में प्रहरी द्वारा गोली चलाई गई और शहादत हुई। जबकि मधेश बिद्रोह ३ में, प्रहरी के दमन के खिलाफ लड़ते, संघर्ष करते हुए शहादत हुई। दोनों हालात पर गौर करने से, पता चलता है, की मधेश में कितना आक्रोश है।

मधेश अब ज्यादा निडर और परिपक्व हो गया है।

..... अब बिरोध का स्वरुप जहा पंहुचा है, वहा मधेशी दल गौण हो चुके है।

ऐसा लग रहा है मधेशी जनता आंदोलन का सञ्चालन स्वयं कर रही है।

पर्सा के पोखरिया नगरपालिका में एक आंदोलनकारी खुद को, मधेशी दल के कार्यकर्त्ता के रूप में परिचय देने पर, पूरा जनसैलाब उससे भीड़ गया। सब का एक ही नारा था, यहाँ किसी दल के नहीं सिर्फ और सिर्फ मधेश (मधेशी) से परिचय दो। एक ही दिन में पर्सा के आधे से ज्यादा शस्त्र और जनपद की चौकिया खाली हो गई या जला दी गई। ........ बिरगंज नारायणी अस्पताल के भीतर बिना किसी हंगामे के प्रहरी ने गोली चला दी, जिसमे प्रहरी और डॉक्टर को भी लगी।

गोली चलाने वाला प्रहरी नशे में था। बंद के दौरान प्रहरी को पूरा नशा कराकर गोली चलवाने की बात भी सामने आई है।

...... अस्पताल में ही अंतर्राष्ट्रीय मानवाधिकार वादी संगठन के एक प्रतिनिधि ने बताया की आंदोलनकारी को जो गोली, बुलेट, और छारा लगी है वो नेपाल सरकार के आधिकारिक बैलेस्टिक से नहीं मिलाता। उसका तर्क था कि या तो अंतर्राष्ट्रीय जगत में दमन साबित ना हो इसलिए प्राइवेट गोलिया प्रशासन प्रयोग कर रहा है। या प्रहरी खुद में ही घुसपैठ करा कर मधेशी की हत्या करा रहा है। ...... रौतहट और पर्सा में एमाले का पार्टी कार्यालय जलाया गया। पर्सा से एमाले सभासद जयप्रकाश थारु का घर तोड़ फोड़ हुआ। ..... आंदोलन से पहले कांग्रेस के मधेशी नेता जो भी मधेश के समर्थन में बोलते दिखते थे सब बेनकाब होकर बिल में छुप गए है। माओवादी कभी हां कभी ना के चक्रव्यूह से निकल नहीं पाया। ...... पुरे आंदोलन में तराई मधेश राष्ट्रीय अभियान किसी मंच पर नहीं दिखा। परंतु आंदोलन के हरेक कार्यक्रम में उसकी अगुवाई देखी गई। चाहे जनकपुर में मधेशानंद का आमरण अनशन हो। चाहे मोरंग में सलीम अंसारी, जफ़र जमाली का आंदोलन हो। चाहे युवा नेता ललित का दिल्ली के जंतर मंतर में प्रदर्शन हो। चाहे आंदोलन में सीता चौधरी, सुरेन्द्र सह, शिवनाथ पटेल की सक्रियता हो। चाहे रौतहट, बारा, पर्सा या पश्चिम मधेश हो। हर जगह जमीनी संघर्ष में अभियान को देखा गया। इसका मूल कारण ये रहा की अभियान के स्थापना के समय से ही इसमें आंदोलनकारी को ही रखा और प्रशिक्षित किया गया। ...... जिस प्रकार सरकार , प्रशासन का पकड़ मधेश के सदर मुकाम में ही सिमित होते जा रहा है। राजा शासन में यही सेना, प्रहरी ने नेपाली जनता पर गोली चलाने से इंकार किया था, अब मधेशी पर गोली चलाने में इनके हाथ क्यों नहीं काँपते है रु इनकी गोली भी कमर के निचे नहीं, सीधे जान लेने के नियत से सिर में गोली चलाते है। इसका माक़ूल जबाब मिलेगा।

अगर ये आंदोलन कुछ दिन और चला तो सरकार, प्रशासन का पकड़ सदर मुकाम से भी ख़त्म हो सकता है। इसमें कोई आश्चर्य नहीं होगा तब आंदोलन अलग राष्ट्र का रूप अख्तियार कर ले।

इसके लिए मधेश में जमीनी तैयारी शुरू हो चुकी है।
घाइतेको उपचारमा आन्दोलनकारी नेताको अनुकरणीय काम
दैनिक ५ सय जनाको हराहारीमा कुरुवा तथा बिरामीले खाना खाइरहेको सङ्घीय समावेशी मधेसी मोर्चाका नेता राजेशमान सिंहले जानकारी दिए ।


मधेस थरुहट अर्को क्राइमिया बन्न सक्छ
पहिला ‘मधेस’ शब्दसँग एलर्जी थियो। हामी थारु र तराई आदिवासीका अधिकारका लागि लेख्ने बोल्ने अभियन्ताहरु नेपाल सरहदभित्र ‘मधेस’ भन्ने भुभाग नरहेको भन्ने तर्क र तथ्य सयकडौं कार्यक्रमहरुमा पेस गर्यौं। अन्तरिम संविधानमा लिपिबद्ध ‘मधेस’ शब्दलाई सच्याउन थारुका ठूल्ठूला आन्दोलनहरु भए। तर शासक समुदायका रौंसम्म हल्लिएन। हेर्दै जाँदा के थाहा पाइयो भने यो शब्द शासक समुदायमैत्री शब्द नै हो रहेछ। उनीहरुको औपनिवेशिक र विर्तावाल मनोविज्ञानलाई तुष्ट गर्ने यो भन्दा स्वादिलो शब्द अर्को कुनै नहुँदो रहेछ। सीमान्त क्षेत्रमाथि कब्जा गरेको वा त्यसलाई आर्जन गरेको भन्ने भाव दिने भएकोले ‘मधेस’ शब्द स्वंय मधेशीलाई भन्दा पनि पहाडी शासक समुदायलाई प्यारो भयो। .......... अर्कोतिर मधेसी समुदायले पनि के स्वीकार गरेको देखियो भने ‘मधेस’ र ‘मधसी’ शब्द उनीहरुको आफ्नै आविष्कार हैन, अपितु पहाडी शासक वर्गले थोपरिदिएको पहिचान हो। शासक समुदायले पनि के दाबी गरेको देखियो भने ‘मधेस’ शब्द उनीहरुको आफ्नै आविष्कार हो। शेर्पा र नेवार समुदायका शब्दकोषवाट आयातित यो शब्द खस भाषाको गहना बन्न पुग्यो। त्यसैले

तराई थरुहटका बासिन्दा राजकुमार लेखी र धनीराम चौधरीले ‘थारु मधेसी हैन’ भनेर जति ईन्कार गरे पनि काठमाडौंका शासक समुदायले उनीहरुलाई ‘मधेसी’ नै भने र माने।

माफ गर्नुस, मैले आफैंले पनि आफुलाई ‘गैर मधेसी’ सावित गर्न सकिनँ। मेरा आदरनीयदेखि माननीयसम्म सबै पहाडी समुदायकाले मलाई ‘मधेसी’ नै देखे र ‘मधेस’कै बासिन्दा भने। मैले बोल्ने भाषा र मेरो रंगमा शासक समुदायहरुले शायद ‘परायापन’ देखे। अतः काठमाडौंमा एउटा सामान्य ‘मधेसी’ले पाउने अपमान, दुर्व्यवहार, व्यंग्य, सम्मान, प्रशंसा, आलोचना सबैको भागीदार म पनि भएँ भन्दा फरक नपर्ला। ......... आज जब थारुहरुको आन्दोलन २०७२ श्रावणको अन्तिम हप्तावाट सुरु भएर २१औं दिनमा प्रवेश गर्दैछ, एउटा भ्रमको अन्त्य भएको छ।

म ‘मधेसी’ हुँ भन्ने सत्य बल्ल थाहा पाएँ।

राजकुमार लेखी र धनीराम चौधरीहरु पनि ‘मधेसी’ नै रहेछन् भन्ने बोध भयो। टीकापुरमा जस जसका घर जलाइए, जो जो समातिए, जस जसमाथि राज्यसत्ताको बुट बजारियो, ती सबै मधेसी नै रहेछन्। थारु, दनुवार, राजवंशी, ताजपुरीया, राजीहरु सबै सबै मधेसी नै रहेछन्।

शासकका भाषा र शब्द निक्षेपण कति जब्बर रहेछन् भने त्यसबाट तथाकथित मधेसीहरु उम्कन पाएनन् भने तराईका आदिवासी जनजाति भनाउँदाहरुको के चल्थ्यो र? आखिर पहाडी समुदायको उपनिवेशमा बस्ने पहाडी इत्तरका सबै मधेसी नै हुनेभए। .......... मधेशी, थारु, आदिवासी जनजाति, दलित लगायतका ७० प्रतिशत जनसंख्या प्रस्तावित संविधानको विरोधमा छ। ..... प्रस्तावित सात प्रदेशमध्ये छ प्रदेशको सीमांकन पहाडी बाहुन क्षेत्रीको बाहूल्यता हुनेगरी गरिएको भन्ने आरोप पनि छँदैछ। थारु र मगरका जनसांख्यिक कलस्टरलाई छिन्नभिन्न पारिएकोमा त्यसको आक्रोश पनि छताछुल्ल भएको छ। मधेसीहरुलाई हात खुट्टा काटेर अपाङ्ग प्रदेश प्रस्तावित गरिएको छ। मधेस थरुहट भूभागलाई विर्ता झैं बाँडफाँड गरिएको छ। ........ खस आर्यहरुले प्रायोजित आन्दोलन थाल्दा तुरुन्त सुनुवाई हुने, छैठौंवाट सातौं प्रदेश बन्ने। तर मधेस थरुहटका सवाल्टर्नहरुले विद्रोह गर्दा राज्यबाट दमन हुने, नरसंहार मच्चाउने, यो कस्तो फासिस्ट शैली हो भन्ने प्रश्न पनि उठ्छ। तर सबै प्रश्नहरुको उत्तर तीन दलका मठाधीशहरु र राज्यले सैनिक परिचालन गरेर दिइसकेको देखिन्छ।

एउटा व्यक्तिको प्रधानमन्त्री बन्ने सनकका अगाडि पूरा देश नतमस्तक छ र संविधानसभाको प्रकृया बेलगाम घोडा जस्तो दगुर्दो छ।

यता मधेस तराई बलिरहेछ, उता शासकहरु वार्ताको कलाहीन नाटक गर्नमा रमाइरहेको देखिन्छ। ........ नेपाली सेनाका का.मु. प्रधान सेनापतिले थरुहटको माग सम्बोधन नगरे मधेस थरुहटको अवस्था नियन्त्रण बाहिर जानसक्ने भन्ने सुझाव दलहरु समक्ष राखेको ....

भारतीय राजदूत गृहमन्त्रीको कार्यकक्षमा गएर सीधै गृहमन्त्रीलाई हकार्छन्।

..... शासक समुदायको मुर्खता बन्द नहुने हो भने थरुहट मधेसलाई अर्को क्राइमिया बन्नबाट कसैले रोक्न सक्दैन। ...... मधेसीवादको विरुद्धमा आगो ओकल्ने एक समयमा खस आर्यहरुका हीरो राजकुमार लेखीहरु त्यसपछि स्वतः अर्को सीके राउतमा तब्दील हुनेछ। ..... भुकम्प, खेतीपाती र चाडवाडको समयमा कुनै पनि हालतमा आन्दोलन उठ्न सक्तैन भनेर यही खस आर्य बुद्धिजिवी, नेता र राज्यका अंगहरुले विश्लेषण गरेका हैनन् र? आन्दोलन उठे पनि राज्य बलियो छ, दबाउन सकिन्छ भनेर विश्लेषण गरिएको हैन र? तर के भयो? ...... हिजोसम्म केही गुट समूहहरु अलगावको पक्षमा थिए। तर अलगावको पक्षमा सामूहिक मनोविज्ञान तयार भयो भने त्यसलाई क्राइमियामा जस्तै सिंगो अमेरिका र युरोपले पनि रोक्न सक्दैन। मधेस थरुहटको मनोविज्ञानमा भारत र सीमावर्ती सम्बन्ध एउटा फ्याक्टरको रुपमा रहिआएको छ। हलेदो भन्दा भन्दै नेपाली शासकहरु किन त्यसलाई कोट्याएको होला? कतै नेपाली शासकहरु नै मधेस थरुहटलाई क्राइमिया बनाउन उद्धत त छैन? ...... प्रथम संविधान सभाका एउटा महत्वपूर्ण समितिका सभापतिले एकचोटि आक्रोशित मुद्रामा भनेका थिए रे, ‘बरु मधेस स्वतन्त्र राष्ट्र भयो भने अन्ततः हामी स्वीकार्न सक्छौं, तर पहाडमा कुनै पनि हालतमा जातीय राज्य स्वीकार्न सकिन्न।’ ...... राष्ट्रभाषाः नेपाली, राष्ट्रिय पोशाकः दाउरा सुरुवाल, राष्ट्रिय जनावरः गाई, राष्ट्रिय धर्मः हिन्दु, राज्यको प्रकारः एकात्मक, राज्यको ऐनः मुलुकी ऐन, राष्ट्रिय एकताको प्रतीकः संवैधानिक राजा, राज्यको शासन प्रशासनः बाहुनवादद्वारा अनुप्राणित, जनताको कर्तव्यः राजा र नेपाली (पहाडी) राष्ट्रवादप्रति बफादार ...... नेपाली खस आर्य राष्ट्रवादको मूल भूमी उहाँले पहाडलाई देख्नु भो ...... नेपालका खस आर्यलाई एउटा इजराइल चाहिएको छ जो पहाडी राष्ट्रवादको पवित्र भूमी होस्। जहाँ उनीहरुले अनकण्टक शासन गर्न पाऊन्। महेन्द्रीय राष्ट्रवादको स्वर्णिम इतिहास दोहोर्याउन पाऊन्। त्यसैले नेपाली बनाइदिने ‘मेल्टिंग पट’बाट निकाल्दा पनि धोती, लुंगी, मैथिली, भोजपुरी, थारु, ढकिया, ढिक्री छोड्न नसकेकाहरुलाई नै छाडिदिने मनसाय त हैन नेपाली शासक वर्गको, प्रश्न यहाँनेर छ। र, प्रश्न जहाँ छ, उत्तर पनि त्यहीँ छ।

No comments: