Thursday, September 10, 2015

गच्छेदार आंदोलन मा त आयो, तर उसको एजेंडा के हो?

गच्छेदार आंदोलन मा त आयो, तर उसको एजेंडा के हो? झापा केपी ओली लाई दिने, कंचनपुर देउबा लाई दिने --- त्यो गच्छेदार को व्यक्तिगत एजेंडा हो। क्रांति को एजेंडा त्यो होइन। यो चार हप्ता अगाडि शुरू भएको क्रांति, गच्छेदार को घर मा बल्ल अख़बार आइपुगेको हो? ए, क्रांति त शुरू पो भएछ भन्ने समाचार पाएको हो? ट्यूबलाइट।



गच्छदारले यसरी सुरुवातगरे तराई मधेशको कमान्डिङ, मधेशमा गच्छदारको दमदार वापसी
आफ्नै पार्टी र मधेश केन्द्रित राजनीतिक दलहरूको चर्को दवाव खेप्दै आउनुभएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले तराई मधेशको आन्दोलनको नेतृत्व आफूले सम्हाल्ने तयारी गर्नुभएको छ । ..... संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौति दिँदै शरतसिंह भण्डारी र राजकिशोर यादवको पार्टीसँगको सहकार्यमा हालै नयाँ मोर्चा गठन गर्नुभएका गच्छदारले सोमबार गृह जिल्ला सुनसरीदेखि आन्दोलनको घोषणा गर्नुभएको छ । ..... गच्छदारले इटहरीमा सोमबार भएको विशाल जनसभालाई सम्बोधन गरेर तराई मधेशको आन्दोलनको कमान्डिङको संकेत दिनुभएको हो । विरोध सभाको मञ्चमा बस्नु भएका गच्छदारको उपस्थिति नै दमदार थियो । उहाँका छेउछाउमा बसेका अन्य नेताहरू साधारण देखिएका थिए । गच्छदार विशाल विरोध सभामा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । यो नै तराई मधेशको कमान्डिङ आफूले लिएको संकेत सबैलाई दिन चाहनुहुन्थ्यो । ..... त्यति मात्रै होइन गच्छदारले आफ्ना दलका सभासद र केन्द्रीय नेताहरूलाई आआफ्ना जिल्लामा गएर आन्दोलनको बागडोर सम्हाल्न निर्देशन दिनुभएको छ । ..... फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीका अनुसार सभासद र केन्द्रीय नेताहरूलाई जिल्लामा गएर मोर्चा सम्हाल्न अध्यक्ष गच्छदारले निर्देशन दिनुभएको छ । ...... ‘आफ्ना अधिकारका लागि मधेश र थारुको आन्दोलनलाई हामीले नेतृत्व दिनुपर्छ’, चौधरीले भन्नुभयो, ‘सकिन्छ भने संयुक्त व्यानरमा होइन भने फोरम लोकतान्त्रिकको झण्डा र व्यानरमा आन्दोलन हुन्छ । पूरा योजना बनाएका छौं । आन्दोलन शान्तिपूर्ण र व्यवस्थित हुन्छ ।’ ...... राजनीतिका माहिर खेलाडी गच्छदार पूरा योजना र शक्तिका साथ तराई र मधेशको अनियन्त्रित आन्दोलनलाई नियन्त्रणमा लिइ दिशा दिनुहुनेछ भन्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ । ...... तराई र मधेशको आन्दोलन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थारु संयुक्त संघर्ष समितिको नियन्त्रण बाहिर गएको आरोप लाग्दै आएको छ ।

No comments: