Tuesday, September 08, 2015

देशमा राजतन्त्र फर्कने संभावना शुन्य छ

कुनै पनि मधेसी लाई देशको राजा बन्नु छैन, एक जना लाई पनि इच्छा छैन, त्यसैले भन्दैछु, देशमा राजतन्त्र फर्कने संभावना शुन्य छ।

गणतंत्र मधेस ले देश लाई दिएको उपहार हो। हामी फिर्ता लिँदैनौं। लोकतंत्र मधेस ले देश लाई दिएको उपहार हो। हामी फिर्ता लिँदैनौं। संघीयता मधेस ले देश लाई दिएको उपहार हो। हामी त्यसको रक्षा गर्छौं। समावेशीता मधेस ले देश लाई दिएको उपहार हो। हामी त्यसको रक्षा गर्छौं।

प्रचंड ढुक्क भएर रिटायर भए हुन्छ। उमेर पनि ढल्क्यो।



संविधान नबने राजतन्त्र फर्कन सक्छः दाहाल
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमा संविधान निमार्ण कार्य टुंग्याउन नसकिए राजतन्त्र फर्कने खतरा बढेको बताएका छन्। पार्टी निकट मधेसी नेताहरुसँगको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले राजतन्त्र फर्काउने खेल सुरु भएकाले आफूले संविधान निमार्णमा ढिलाई गर्न नचाहेको प्रस्टिकरण दिएका हुन्। ..... 'संविधान निमार्ण जति ढिलो हुन्छ, त्यति राजतन्त्र फर्काउन खोज्नेहरुको शक्ति बढ्दै जान्छ, त्यसैले गणतन्त्रको रक्षा गर्न पनि संविधान निमार्ण चाँडो गर्न खोजिएको अध्यक्षले बताउनुभयो,' शर्माले नागरिकन्युजसँग भने। उनका अनुसार भेटघाटमा अध्यक्ष दाहालले राजतन्त्र फर्काउनका लागि बिभिन्न शक्ति केन्द्र लागि परेको र त्यो शक्ति बलियो गएको सुनाएका थिए। राजावादी शक्ति हावी हुँदै गएपछि माओवादीले लचकता अपनाएर संविधान निमार्णमा लागि परेको दाहालले सुनाएका थिए। ..... दाहाललाई आन्दोलनमा जानका लागि जोड गर्न मधेसी नेता पुगेका थिए।




No comments: