Friday, August 07, 2015

In The News (8)

संघीयताको विवाद नमिले नयाँ प्रस्ताव ल्याउने एमालेको तयारी
बैठकमा एमालेले १६ बुँदे सहमति अनुसार प्रदेशको टुंगो पछि लगाउने गरी प्रस्ताव राख्ने तयारी गरेको छ । वरिष्ठ नेता झलनाथ खनालका अनुसार-अनुसुचीमा राख्दा हुने विषयलाई लिएर संविधान जारी गर्न रोक्न उपयुक्त हुँदैन ।
चरी मारिनुमा मन्त्री महेश बस्नेतको यस्तो बयान
त्यो दिन मैले चरीलाई भनें, त्यसरी हत्या गर्ने त संगठनको नीति छैन, हातखुट्टसम्म भाँच्न सकिन्छ । ...... चरीले भन्यो, ‘यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन दाइ, म एक्लै काफी छु ।’ त्यसपछि उ उत्साहित हुँदै गयो । ...... चरी आफैं पनि माओवादी पीडित रहेछ । .... एकाध मान्छे चरीका पृष्ठभूमिका नभएसम्म वाइसियलले पेलिरहने निश्चित थियो । ....... चरीलाई ल्याउनुको कारण नै वाइसियललाई पछाडि धकेल्नु थियो। ..... एमालेको बुटवलमा महाधिवेशन चलिरहेको बेला मोबाइलमा चरीको फोन आयो । उसले भन्यो, ‘दाई हामीले हान्दिउ त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ । छातीमै गोली लागेको छ । ...... मैले कुनै प्रतिक्रिया जनाउन सकिन । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भनी सोचेको पनि थिइन् । हदैसम्म भए जोग भाइको खुट्टा काट्नेको खुट्ट भाँचिदेला, सुशीलको हात काट्नेको हात भाँचिदेला भन्ने मात्रै ठानेको थिएँ । युथफोर्स युवा संघका त्यस अघिका कारवाहीहरुमा त्यस्तो हतियारको प्रयोग भएको थिएन । तर, चरीले गर्नु गरेको थियो । त्यसले मलाई ठूलो समस्यामा पार्यो । चरीले पार्टी प्रवेश गर्दिन भनेर काम गरेको थियो । ......... उसको काम क्षम्य थिएन । तर, माओवादीविरुद्ध गरेको आक्रमण भए पनि त्यो मेरो पनि एउटा गल्ती थियो । तर, त्यसले वाइसियललाई अलि साइजमा ल्याइदियो । त्यो घटनापछि युथफोर्सलाई थ्रेट आउन छा्ड्यो । ....... तर, उसका दुष्कर्महरु बारम्बार दोहोरिएका थिए । सम्झाउदा पनि उसका अपराधिक कार्य घटेको थिएन। गधालाई धोएर गाई बनाउन नसकिनेभएपछि म टाढिंदै गएँ । त्यति हुँदा पनि उसलाई अप्ठ्यारो परेको बेलमा मलाई फोन गर्न छाडेको थिएन । .......

एकपटक दशैंताका प्रहरीले उसलाई गिरफ्तार गरेछ । सहयोगका लागि अनुनय विनय गरेपछि दशैको बेला भनेर मैले प्रहरीलाई हुनेसम्म सहुलियत दिन भनेपछि उसले सुध्रिन्छु भन्यो र प्रहरीले छोडिदियो ।

..... पछि एसपी रमेश खरेलसँग सल्लाह गरेरै उसलाई चार पाँच महिना थुनामा राखियो सुध्रिन्छ की भनेर । ...... चरी २०७१ साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यसभन्दा केही अगाडि प्रहरीले उसलाई पक्राउ गर्न खोजिरहेको छ भन्ने मलाई थाहा थियो । उसलाई पक्राउ गरियोस् र केही समय थुनामा राखियोस् भन्ने मेरो चाहना थियो । त्यो गर्दा उसमा सुधार आउँछ की भन्ने सोचेको थिँए ।
अहिलेको अवस्थामा कांग्रेसको महाधिवेशन हुनै सक्दैनः सुजाता
‘महाधिवेशनको कुनै पनि तयारी नभएकाले महाधिवेशन गर्न सम्भव छैन ।’ .... पार्टीका सबै नेताहरु संविधान निर्माणमा जुटेका बेला महाधिवेशन सार्दा फरक नपर्ने उनको भनाइ छ । कांग्रेसको महाधिवेशन पटक पटक सर्दै आएको छ । विधान अनुसार अव कांग्रेसको महाधिवेशन सार्ने ठाउँ नै छैन । ...... कोइरालाले पार्टीको १३ औँ महाधिवेशनमा सभापति पदमा लड्ने इच्छा समेत व्यक्त गरिन ।
सिराहाका सिडिओ भन्छन्ः म आफैं छुवाछुत पीडित हुँ
'मेरा भान्से बाहुन थिए, भात पकाउन मानेनन्'
मैले सामाजिक समावेशीकरण विषयमा पीएचडी पनि गरेको हुँ र तराईका विभिन्न जिल्लामा छुवाछुत सम्वन्धी अन्वेषणमा पनि संलग्न छु । त्यसैले जातीय छुवाछुतका सामाजिक-सांस्कृतिक आयामहरुलाई गहिरोसँग बुझेको छु । ...... गाउँको परिवेश हेर्दा त्यहाँका मानिसहरुमा छुवाछुतसम्वन्धी परम्परागत सोचले जरो गाढेको पाइयो । यद्यपि हामीसितको छलफलमा गाउँलेहरुले जातीय कारणले पानी छुन नदिएको स्वीकार्नुभएन । ‘जातीय कारणले हो भने त मुसहर परिवारलाई पनि त दिने थिएनौं नि’ भन्ने तर्क राख्नुभयो । ..... मैले पछिल्लो समयमा प्रत्यक्षभन्दा बढी अप्रत्यक्ष छुवाछुतको सामना गरिरहेको हुन्छु । मेरो ओहदाका कारणले गर्दा प्रत्यक्ष छुवाछुत गर्न चाहिँ हिम्मत गरिहाल्दैनन् ...... दलित समुदायमाथि छुवाछुत कानूनबाट उन्मुलन भए पनि व्यवाहारिक रुपमा अझै छ्याप्छ्याप्ति छ । म आफैं पनि भुक्तभोगी हुँ । पाल्पाको दुर्गम गाउँमा जन्मेको हुनाले गाउँदेखि विद्यालयसम्म आफूमाथि गरिएका हेलाहोचोका घटनाहरु मन मस्तिष्कमा ताजै छन् । ...... मेरो जस्तो स्टाटसमा रहेको व्यक्तिले समेत प्रत्यक्ष वा परोक्षरुपमा ठाउँठाउँमा भेदभावको सामना गर्नुपरेको छ । ...... म पहिलोचोटि कार्यालय प्रमुख हुँदा मेरो भान्से बाहुन थिए । सुरुमा उनले मलाई खाना पकाउन इन्कार गरेका थिए । मैले उनलाई भनें, ‘मैले तपाईंलाई कुनै फाल्तु काम लगाएको छैन । पहिले गर्नुभएै काम हो । जागिर खानु छ भने आफ्नो काम गर्नुस ।’ उनले जागिर छाड्न सक्ने कुरा थिएन, त्यसैले वाध्य भएर काम गरे । ...... छुवाछुत दुई प्रकारका हुन्छन् : प्रत्यक्ष र अप्रत्यक्ष । प्रत्यक्ष छुवाछुत नांगो आँखाले देख्न सकिन्छ । तर,

अप्रत्यक्ष छुवाछुत मनोवैज्ञानिक प्रकारको हुन्छ । यो बाहिरबाट देखिँदैन तर असर उत्तिकै हुन्छ ।

........... यसको दिगो समाधान भनेको त जनचेतना नै हो । जातीय छुवाछुतविरुद्धको जनचेतनालाई अभियानकै रुपमा गाउँ गाउँसम्म पुर्‍याउनुपर्छ ।
नयाँ संविधानको लडाइँ

No comments: