Wednesday, August 19, 2015

In The News (22)

वारपारको लडाईंका लागि मधेशी मोर्चाको नयाँ रणनीति
‘आन्दोलनमा शहादत प्राप्त गर्नेलाई ५० लाखको अफर’
मोर्चाको नाममा संयुक्त बैक खाता खोल्ने र सबै पार्टीले आन्दोलनका लागि उक्त बैंक खातामा पैसा जम्मा गर्ने र विभिन्न क्षेत्रबाट आन्दोलनका लागि प्राप्त गर्ने सबै सहयोग त्यही खातामा संकलन गर्ने निर्णय गरेको छ । त्यही खाताबाट आन्दोलनको रकम परिचालन गरिने छ । त्यस्तै, आन्दोलनमा घाइते भएकाहरुको उपचारको लागि काठमाडौंमा डाक्टरहरुको समिति पनि गठन गरिने भएको छ । ...... आन्दोलनका क्रममा कसैले सहादत प्राप्त गरेमा मधेश–थरुहट प्रान्तीय सरकारले शहिद परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने शहिद परिवारका एक सदस्यलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था समेत गर्ने भएको छ । आजको बैठकमा संघीय समाजवादी फोरम, नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी तथा तराई मधेश सद्भावना पार्टीका चारै अध्यक्षहरु सहभागी थिए । यसको साथै अशोक राई, लक्ष्मणलाल कर्ण र हृदयेश त्रिपाठी पनि आजको बैठकमा उपस्थित थिए ।
आन्दोलनको नाममा दुई–तीन सय मार्ने योजनाको सूचना आयोःअनन्त
‘आन्दोलनमा बल प्रयोग गरेर भड्काउने काम गर्नु हुँदैन। दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको जानकारी आएको छ। संविधान बन्न नदिने योजना छ। यसमा सचेत हुनुपर्छ। यसमा नेताहरु चुके संविधान बन्न नदिनेले फाईदा लिन्छन्।’ ...... अनन्त भने–‘कर्णाली स्वायत्त क्षेत्र हुन्छ। मगरात र थारुवानको क्लष्टर मिलाईन्छ। अखण्ड सुदुरपश्चिमसँग भएको सहमति पुरा भयो तर थारुहटसँग भएको सहमति पुरा भएन। त्यो पनि पुरा गर्नु पर्छ। जुन ठाँउमा सिद्धान्त हेरिएको छ त्यहाँ आन्दोलन छैन, जहाँ सिद्धान्त मिचिएको छ त्यहाँ आन्दोलन भएको छ। ..... नागरिकतामा कोही पनि विभेदमा नपर्ने गरी सहमति भएको छ। सीमांकनमा सम्झौता हुन्छ। ६ प्रदेशमा सिद्धान्त छ।
आत्मरक्षाका लागि गोली चलाउनु पर्‍यो : गृहमन्त्री
चुनाव लड्न पनि तयार छु ः शेष घले, एनआरएन अध्यक्ष
ओलीको कुरा नसुन्दा देशभरि आन्दोलन
‘संघीयता राजनीतिक मात्र होइन प्राविधिक विषय पनि हो । त्यसैले विज्ञहरू सम्मिलित संघीय आयोगले सीमांकनको टुंगो लगाउनुपर्दछ ।’– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै पहिलेदेखि भन्दै आएको यो विकल्प सर्वस्वीकार्य भए पछि गत २५ जेठमा प्रमुख चार पार्टीबीच १६ बुँदे सहमति भएको थियो । प्रदेशको संख्या ८ हुने तर सीमांकन विज्ञहरूको आयोगले टुंगो लगाउने कुरा जायज थियो । त्यसैले १६ बुँदे सहमतिपछि सडकमा उतिसारो आक्रोश देखिएन । बरु अब संविधान बन्ने भयो भनेर जनता खुशी नै भए । तर जसै सीमांकन टुंग्याउनै पर्ने कांग्रेस र एमाओवादीको दबाबपछि २३ साउनको मध्यरात चार दलबीच सीमांकनसहित ६ प्रदेशमा सहमति भयो, भोलिपल्टै संविधानसभामा मधेसवादी र जनजाति सभासद्ले संवाद समितिको प्रतिवेदन जलाए । त्यो आगो बानेश्वरबाट सल्कँदै सल्कँदै पूर्वदेखि सुदूरपश्चिमसम्मका तराई र मध्य तथा सुदूरपश्चिमका पहाडी/हिमाली जिल्लामा पनि सल्किसकेको छ । सुर्खेतमा तीन जनाले ज्यान गुमाइसकेका छन् । ....... सडक हिंसात्मक बन्दैछ । जनता आक्रान्त बन्न थालेका छन् । ...... कोही ‘अखण्ड सुदूरपश्चिम’को पक्षमा छन् भने कोही कैलाली र कञ्चनपुरलाई समेटेर थरुहट प्रदेश बनाउनुपर्ने माग पनि उत्तिकै सशक्तरूपमा उठेको छ । पूर्वका झापा, मोरङ र सुनसरीको अलग्गै प्रदेश बनाउनुपर्ने, तिनलाई तराईकै अरू जिल्लामा जोड्नुपर्ने र प्रस्ताव गरिएजस्तै पूर्वका पहाडी जिल्लाहरूसँगै राख्नुपर्ने भन्ने विषयमा पनि जनमत उत्तिकै विभाजित छ । पूर्व वा पश्चिममा तराई र पहाडका जिल्लालाई मिलाएर प्रदेश निर्माण गर्नै नहुने अडानमा रहेकाहरू मध्यतराईका जिल्ला मात्र समेटिएको प्रदेशमा पहाडी भूभाग भएन भनेर असन्तुष्टि व्यक्त गर्दैछन् । मध्यतराईका सप्तरीदेखि पर्सासम्मका जिल्लासँग जोडिएका भित्रीमधेस र पहाड भएका जिल्लामा तराईसँग नमिसाइयोस् भन्ने आवाज उठिसकेको छ । ........ कर्णालीलाई अलग्गै राख्नुपर्ने माग र ‘अखण्ड मध्यपश्चिम’को माग पनि परस्परमा बाझिएका छन् । विभाजन गर्ने प्रस्ताव गरिएका बागलुङ, रुकुम र नवलपरासी जिल्लामा पनि असन्तुुष्टि देखापरेको छ । यस्तो अवस्थामा सबैको चित्त बुझाउनु असम्भव प्राय: देखिन्छ । .......

सीमांकनमा चरम असन्तुष्टि देखिएपछि कांग्रेस त्यही बहानामा पुन: संविधान निर्माण पछि धकेल्ने दाउमा देखिएको छ ।

...... सीमांकनदेखि अनेक नाममा सडकमा देखिएको विरोधले सिंगो जनताको अभिमत प्रकट गर्न नसक्ने ओलीको भनाइ छ । उनले भने, ‘संविधानको प्रारम्भिक मस्यौदामाथि लाखौं जनताले सकेसम्म कम प्रदेश र सीमांकनसहित संविधान जारी गर्न सुझाव दिएका थिए, त्यो जनमत हो । अहिले सडकमा निस्किएका केही सयले विरोध गरे भन्दैमा संविधान निर्माणलाई रोक्न सकिँदैन ।’ ....... अध्यक्ष ओलीले संविधानसभाको दोस्रो निर्वाचनका बेला बम बारुदले संविधानसभा रोक्न खोज्नेहरूदेखि जस्तो संविधान बनाए पनि अस्वीकार गर्नेहरूसम्मको मोर्चाबन्दी भएको भन्दै तिनको असन्तोष सम्बोधन गर्न थाल्ने हो भने संविधान जारी नै नहुने जिकिर गरे । ‘सडकमा संविधानसभा नै चाहिँदैन भन्ने माओवादीदेखि फेरि गुरिल्लाको धाक दिनेसम्म छन्,’ अध्यक्ष ओलीले भने, ‘तिनलाई हिजो पनि संविधानसभाबाट संविधान चाहिएको थिएन, आज पनि छैन अनि त्यही बहानामा संविधान निर्माण प्रक्रिया अघि नबढाउने कुरा हुन सक्दैन ।’
किन छट्पटिन थाले कोइराला ?
साउनभित्रै संविधान पाउने जनताको आशा पूरा नहुने अवस्था बन्दै गएपछि सोमबारको बैठकमा अध्यक्ष ओली प्रधानमन्त्री कोइरालाप्रति निक्कै आक्रामक रुपमा प्रस्तुत भए । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा अध्यक्ष ओलीले नेकपा एमाले सीमांकनसहितको संघीयताको पक्षमा सधैं रहेको स्पष्ट पार्दै तर आफ्नो सत्ता लम्ब्याउने स्वार्थ पूरा गर्ने नाममा एमालेलाई बाधक नबनाउन कोइरालालाई सचेत गराए । सीमांकनको टुंगो दलहरूले लगाउन नसकेकै कारण पहिलो संविधानसभा विघटन भएको र दोस्रो संविधानसभाको पहिलो एक वर्षको अवधि पनि सोही विवादको छलफलमै सिद्धिएको चर्चा गर्दर्ै अध्यक्ष ओलीले सोही कारण १६ बुँदे सहमतिमा सीमांकनको विवाद टुंग्याउन विज्ञहरू सम्मिलित आयोग गठन गर्ने कुरा स्पष्ट रुपमा लेखिएको बताएका थिए । प्रधानमन्त्री कोइरालाले एमालेलाई संघीयताको विरोधीजस्तो चित्रण गर्न खोजेकोप्रति पनि अध्यक्ष ओलीले गम्भीर आपत्ति जनाए । ....... कांग्रेसले आफ्नो सरकार लम्ब्याउन मात्र सीमांकनको कुरा गरिरहेको भन्दै प्रचण्डले साँच्चै कांग्रेस सीमांकनको लागि प्रतिबद्ध भए विकल्पहरू पेश गरेर गम्भीर छलफलमा बस्नुपर्ने बताए । उनले छलफलमा प्रधानमन्त्री सहभागी नहुनुले पनि उनीमाथि आशंका गर्ने अवस्था आएको बताए ।


एक मधेस एक स्वायत्त प्रदेशको मागसहित विहारका सांसदले लेखे मोदीलाई पत्र
भारतीय लोकसभाका सांसद पप्पु यादव (राजेश रञ्जन)ले मधेसको समस्या तथा मधेसमा आन्दोलन गर्दै आएका मातृका यादव नेतृ्त्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित जानकारी गराएका छन्। नेपालमा मधेसी उत्पीडनको सम्बन्धमा आजै प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रमा

पहाडी शासकद्वारा मधेस र मधेसी शोषित भएको

उल्लेख गर्दै त्यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरिएको छ। ..... सांसद यादवले मधेशमा आत्मनिर्णयको अधिकारसहित एक मधेस एक स्वायत्त प्रदेश हुनुपर्ने उल्लेख गर्दै नेपाल राज्यको हरेक निकायमा मधेशीको समानुपातिक समावेशी प्रतिनिधत्वको मागसमेत गरेका छन्। मधेस हरेक प्रकारले सम्पन्न र आत्मनिर्भर थियो तर आज त्यही पहाडी शासकद्वारा गरिएको बर्बर, उपेक्षा, उत्पीडन, विभेद र दमनका कारण मधेस बर्बाद भइरहेको पत्रमा भनिएको छ। ......

‘मधेसी विभेदमा पर्नुको एउटै कारण हो, मधेसीहरु भारतीयजस्तो देखिनु,’

सांसद पप्पु यादवले आफ्नो पत्रमा मधेसीको रहनसहन, भाषा, संस्कृति, अनुहार भारतीयजस्तो भएका कारण उनीहरु पहाडी शासकबाट शोषित भएको उल्लेख गरेका छन्। मधेसको समस्या मधेसको मात्र नभएर राष्ट्रको समस्या भएको उल्लेख गर्दै नेपालमा बन्न लागेको सविधानमा पनि मधेसीको अधिकार सुनिश्चित नहुने दाबी उनले सविधानमा मधेसीको अधिकार सुनिश्चित नभए देशमा द्वन्द्व कायम रहनेसमेत सचेत गराएका छन्। उनले मधेसी र पहाडीबीचको विभेद् समाप्त भए यसले भारतलाई पनि फाइदा हुने जिकिर गरेका छन्।
सप्तरीको भारदहमा के भयो - त्याहा पुगेका अधिकर्मी दिपेन्द्र झा भन्छन -

म्याचिकने विहारी

भन्दै मधेशी माथी गोली चलाइयो ।
सडकमा धर्नामा बसेका नेताहरुलाई एक्कासी पछाडी वाट आएर प्रहरीले अन्धाधुन्द कुटपिट गरेको देखिन्छ । ..... प्रहरीले आफनो चौकीको छत माथी गएर गाउले हरु माथी अन्धाधुन्द गोली चलाएको देखिन्छ । राजीव राउत एउटा समान्य किसानको छोरा थियो । उनको छाती मा सिधा गोली प्रहार गरिएको देखिन्छ । उनको दुई ओटा बच्चा छ । एउटा तीन महिनाको र एउटा २ बर्षको । ..... फलामको गोली चलाएको देखिन्छ । गाउमा जताजतै गोलीको छर्राहरु लागेको त्यतीकै देखिन्छ । एउटा गोली त दुई ओटा बास सम्मलाई छिरेर अघि वढेको देखिन्छ । गाउमा रहेको मिलहरुको मिटरमा गोली लागेको देखियो । याहा गाउलेहरु संग कुरा गर्दा प्रहरीहरुले उनीहरुलाई म्याचिकने विहारी भनेर गाली गर्दै कुटपिट गरेका रै छन । ......

प्रहरीले गाउलेहरुलाई म्याचिकने विहारी भन्दै कुटपिट गरेका थिए ।

.....

हिजो देखि नै केही सन्चार माध्यमहरुले प्रर्दशनकारीहरुले प्रहरी चौकी र प्रहरी माथी आक्रमण गरे पछि प्रतिरक्षामा फायर गरेको समाचारहरु प्रकाशित गरेको देखिन्छ । आज कान्तिपुरले समेत त्यही फोटोलाई प्राथमिकतामा राखेर छापेका छन । म यही वाट कान्तिपुर सहित सवै मिडियाहरुलाई चुनौती दिन चाहन्छू र याहा आएर त्यसको पुष्टि गरेर देखाउन च्यालेन्ज गर्न चाहन्छू ।

..... राजीव राउतको वुवा भन्छन -घर वाट निकालेर मलाई पनि निर्घात कुटपिट गरे ..... छोरालाई गोली लागे पछि हामी उनलाई लिएर घर आयौ । त्यतीकै प्रहरीहरु फेरी घर भित्र छिरेर हामीहरु पनि निर्धात कुटपिट गरे । घरवाट वाहिर निकालेर सडकमा लगे अनि त्याहा पनि म संगै अरु याहाका मानिसहरुलाई निर्धात कुटपिट गर्यो । मेरो छोरो घरवाट खेत तिर जानका लागी निस्केका थिए । तर वाटोमा प्रहरीले उनलाई गोली हानेर मार्यो । उनको छातीमा यसरी गोली लाग्यो कि उनी त्यही निर ढल्यो ।

No comments: