Friday, August 07, 2015

संघीयता मा "सहमति" नहुनु को कारण

सिमाकंनमा आज पनि सहमति जुटेन

नेताहरुबीच एकसाता यता दिन दिनै बैठक बसेपनि सिमाकंनको विवाद यथावत छ ।

.......नेताहरुबीच कुरा नमिलेकाले शुक्रबार बोलाईको संविधानसभा बैठकपनि स्थगित गरी भोलि(शनिबार) ३ बजेलाई बोलाइएको छ । .... समिति सभापति बाबुराम भट्टराईले संघीयता जस्तो जटिल विषयमा छलफलका लागि थप समय आवश्यक भइरहेको बताए । .... यसअघि पूर्वी जिल्लाहरु झापा, मोरङ र सुनसरी विवादका विषय रहेकोमा अहिले सिरहा र सप्तरीलाई कता राख्ने भनेर दलहरुबीच विवाद देखिएको छ ।
पहिचान नै समाप्त गर्न खोजियो : मधेसी दल
त्यसका विरुद्ध आन्दोलनको तयारीमा जुटेको उनीहरूको दाबी छ । ‘पहिलो संविधानसभामा गरिएका सहमति एवं अन्तरिम संविधानमा समेटिएको संघीयतालाई समाप्त पार्ने षड्यन्त्र हुँदै छ । ..... नयाँ संविधानमा नागरिकतासम्बन्धी अनावश्यक प्रावधानहरू ल्याएर मधेसी समुदायको पहिचान नै समाप्त पार्ने प्रयास भइरहेको छ ..... ‘मधेसी समुदायलाई फेरि पनि गैरनागरिक बनाउने प्रयास भइरहेको छ । त्यो हामीलाई स्वीकार्य हुने छैन ।’ ..... संविधानको मस्यौदामा नेपाली नागरिकतासम्बन्धी नयाँ व्यवस्थाले मधेसी नेताहरूलाई आक्रोशित बनाएको छ । वर्षांैदेखि नेपालमै बस्दै आएका मधेसीलाई अंगीकृत नागरिकताको प्रावधान थोपार्ने खोजेको उनीहरूको आरोप छ । ‘मधेसीहरू आफ्नो भाषा छोडेर नेपाली बोल्ने सिके । दौरासुरुवाल लगाए । तर अहिले गैरनागरिक बनाउने षडयन्त्र सुरु भएको छ’ ........ बाँकेमा मधेसी समुदायको बाक्लो बासोबास छ ।


एकात्मक व्यवस्था नामको पायजामा मा संघीयता नामको खुट्टा छिराउन खोजे यस्तै हुन्छ। ७ अंचल अथवा ६ अंचल, ती पेश गरिएका नक्शा एकात्मक नक्शा नै हुन।

एकात्मक व्यवस्था भनेको दुई dimension मा रहेको यथार्थ। संघीयता भनेको तीन dimension मा रहेको यथार्थ। काँग्रेस एमाले का संघीयता विरोधी बाहुन हरु दुई dimension मा उठापटक गर्न माहिर कमिला हरु हुन। संघीयता संघीयता भनेका मधेसी जनजाति आदिवासी तीन dimension मा उड़िरहेका मौरी हरु हुन। The left hand does not know what the right hand is doing. धरातल नै फरक। Paradigm नै फरक।

आर्थिक क्रांति का लागि भने चार dimension चाहिने हुन्छ। दुई dimension मा उठापटक गर्न माहिर कमिला हरु सबै लाई रिटायर गर्नु पर्ने हुन्छ। 



नेपालको संविधान र ज्यामिति
झन् जटिल बन्दै सीमांकन : तीन दलका मधेशी नेताहरुले यसरी तेर्साए आफ्ना मागहरु
काँग्रेस, एमाले, एमाओवादीका मधेशी नेताहरु विभिन्न असहमति जनाउन शुरु गरेका छन् । काँग्रेस र एमालेका मधेशी नेता तथा सभासद्हरुले प्रदेशहरुप्रति असहमति जनाउँदै छुट्टा छुट्टै ज्ञापनपत्र बुझाएका छन् भने एमाओवादीका मधेशी नेता तथा सभासद्हरुले पत्रकार सम्मेलन गरेर नै त्यसको विरोध गरेका छन् । ...... डा.अमरेशकुमार सिहसहित काँग्रेसका २८ जना मधेसी सभासदले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएर प्रस्तावित ६ प्रदेशको विरोध गरेका छन् । त्यस्तै एमालेका मधेशी सभासद्हरु पनि ती प्रदेशको विरोध गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । ....... कोइरालालाई बुझाएको ज्ञापनपत्र उनीहरुले देशमा आठ प्रदेश भए मधेशमा ४ बनाउनु पर्ने र ६ प्रदेश बनाउनुपर्ने माग गरेका छन् । ती प्रदेशहरुमा मधेशका जिल्ला मात्र रहनुपर्ने उल्लेख गरेका छन् । उनीहरुको धारणा भनेको मधेशको जिल्लालाई पहाडमा मिलाउनु हुँदैन । ...... समानुपातिक र समावेशी भन्ने शब्दावली मौलिक हकमा राख्नु पर्ने र जनसंख्याको आधारमा प्रतिनित्धित्वको सुनिश्चितता हुनुपर्ने पनि माग गर्दै अन्तरिक संविधानको व्यवस्था अनुरुप नै अब बन्ने संविधानमा नागरिकताको व्यवस्था हुनुपर्ने माग राखेका छन् । ...... सप्तरी र सिराहका सभासदहरुले संवाद समितिका सभापति बाबुरामलाई भेटेर झापा, मोरङ, सुनसरी, सप्तरी, सिराह र उदयपुर जिल्लाई मिलाएर एउटा प्रदेश बनाउनुपर्ने सुझाव दिएको स्रोतले जनाएको छ । एमालेका सभासद्हरुले सप्तरीदेखि पर्सासम्मको जिल्लालाई समेटेर एउटा प्रदेश बनाउन माग गरेका छन् ....... एक नेताका अनुसार यो मागप्रति एमाले अध्यक्ष ओली पनि सहमत देखिएका छन् । एमाले नेता सत्यनारायण मण्डलले सप्तरी र सिराहालाई पूर्वकै प्रदेशमा राख्नुपर्ने जिकिर गरेका छन् । ...... एमाओवादीका मधेसी नेताहरुले झापा, मोरङ र सुनसरीलाई मधेसमा बन्ने प्रदेशमै राख्न माग गरेका छन् । नभए त्यसविरुद्ध हुने आन्दोलन गर्ने चेतावनी दिएका छन् । ...... झापा, मोरगं र सुनसरीका लागि ओली, सिटौलालगायतका नेतालाई त्यतिकै माया छ भने छुट्टै प्रदेश बनाउँदा हुन्छ । त्यसलगायत मधेशमा तीन प्रदेशसम्म स्वीकार गर्न सकिन्छ तर मधेशका जिल्लालाई पूर्वी पहाडमा मिसाउन दिइँदैन ।


ज्ञापनपत्र बोकेर सिंहदरवार पसे राउटे (फोटो फिचरसहित)
अझैपनि आफूहरू जङ्गल छाडेर जाने इच्छा नभएकाले आफ्नो भाषा, संस्कृति, वेशभूषा र धर्म लोप हुन नदिन भावी संविधानमा किटानीका साथ उल्लेख गर्न राउटेहरुले माग गरेका छन् । उनीहरूले कानुनीरूपले लोपोन्मुख राउटे आदिवासी जनजाति उल्लेख हुनुपर्ने, आफूहरू रहेकै स्थानका प्रदेश, सङ्घ र स्थानीय निकायमा राउटेबाट पनि प्रतिनिधित्व गराइनुपर्ने माग राखेका छन् । ...... आत्मसम्मानपूर्वक बाँच्न पाउने सुनिश्चितता गरिनुपर्ने, आरक्षणअन्तर्गत सरकारी सेवा र शिक्षा क्षेत्रमा आफूहरूका लागि सिट सङ्ख्या तोकिनुपर्ने, आफ्नो संस्कृति जोगाउन सङ्ग्रहालय स्थापना गरिनुपर्ने, सुलभ तरिकाले नागरिकता प्रदान गरिनुपर्ने, समावेशी आयोगमा आफूहरूबाट एकजना सदस्य राखिनुपर्नेजस्ता माग ज्ञापनपत्रमा उल्लेख गरेका छन् । ...... भेटमा राउटे समुदायका तर्फबाट अध्यक्ष नेम्वाङलाई काठको बाकस प्रदान गरिएको थियो भने अध्यक्ष नेम्वाङले उनीहरुलाई भादगाउँले टोपी र कछाड प्रदान गरेका थिए ।


अधिकार माग्दै सडकमै सुते महिला (फोटोफिचर)
जुलुस निषेधित क्षेत्र हुँदै संविधानसभा भवनतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि उनीहरुले सडकमै सुतेर विरोध जनाएका थिए ।


सहमतिका लागि लचकता अपनाउने एमाओवादीको निर्णय
एकीकृत नेकपा (माओवादी)ले कसैको निर्वाचन क्षेत्र कहाँ पर्छ र कहाँ स्थान सुरक्षित हुन्छ भन्ने मान्यता नराखी सङ्घीय राज्यको सीमाङ्कन गर्ने निर्णय गरेको छ । ......

सुदूरपश्चिमलाई अखण्ड राखिनुपर्ने र लुम्बिनी, गण्डकी अञ्चल अखण्ड हुनुपर्ने माग सङ्घीयताको प्रावधान र मान्यता विपरीत रहेको

भन्दै पार्टीले सबैको चाहना र भावनालाई सम्मान गर्नुपर्ने बताएको छ ।
अखण्ड सुदुरपश्चिममा हिन्दुराष्ट्रको माग जोडियो (फोटोफिचर)
बन्दले सुदुपश्चिम ठप्प
कैलाली जिल्लालाई टुक्राउन प्रमुख चार दलका शीर्ष नेताहरुबीच सहमति हुन लागेको चर्चा आएपछि अखण्ड सुदूरपश्चिम संघर्ष समितिले अनिश्चितकालिन आमहडतालको घोषणा गरेको छ । ..... अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिका प्रवक्ता हरि रेग्मी ...... ब्यानर चोक चोकमा झुण्डाएको छ । ..... बन्दका कारण कैलाली जिल्लाका यातायातका साधन,उद्योग कलकारखाना, बजार बन्द भएका छन् । छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्, भने भारतबाट काम गरी फर्केकाहरु बीचबाटोमै अलपत्र परेका छन् । भारतबाट काम गरेर घर जान भनी धनगढी बसपार्क पुगेका दीवाकर ठकुल्लाले दुखेसो पोख्दै भने, हामीलाई साह्रै अप्ठ्यारो भयो । गाडी नचल्दा अलपत्र पर्यौं । कैलालीका थारू समुदायसम्वद्ध संघसंस्था तथा राजनीतिक दलहरूलकैलाली–कञ्चनपुरलाई सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट अलग्याउनुपर्ने माग गरेका छन् । ........ थारू कल्याणकारिणी सभा लगायत कैलालीका विभिन्न संघसंस्था र राजनीतिक दलहरूले संघीय प्रदेश विभाजनको क्रममा कैलाली–कञ्चनपुरलाई मौजुदा सुदूरपश्चिम विकास क्षेत्रबाट अलग राख्न माग गरेका छन् । थरूहट तराई पार्टी नेपालका कैलाली इञ्चार्ज माधव चौधरीले कैलाली कञ्चनपुर सहित पूर्व नवलपारासीसम्म थरूहट प्रदेश हुनु पर्ने बताए । थारूकल्याणकारिणाी सभा कैलाली लगायत थरूहट पक्षधरहरूले जिल्लाप्रशासन कार्यालय कैलालीमाफर्त सभामुख सुभासचन्द्र नेमवाङलाई ज्ञापन पत्र पठाएका छन् ।
बल्खुबाट एमाले हेडक्वाटर धुम्बाराहीतिर (एमालेको नयाँ पार्टी कार्यलयको फोटो फिचर)
यसको तयारी र रंगरोगनका लागि एक करोडभन्दा बढी खर्च भएको बताइएको छ ।
अमिताभले नयाँ टेलिभिजन कार्यक्रम चलाउने

No comments: