Friday, August 14, 2015

मगरात को जायज माग: पहिचान बिनाको संघीयता नागरिक बिनाको लोकतंत्र जस्तो

पहिचान बिनाको संघीयता नागरिक बिनाको लोकतंत्र जस्तो हो। मगरात को माग जायज छ।



मगरात प्राप्तिका लागि मगरहरु जाग्ने (संघर्षको कार्यक्रम सार्वजनिक)
मगर बाहुल्य भएका पाल्पा, गुल्मी लगायत वरपरका जिल्लालाई अलग्गै मगरात प्रदेशको माग गर्दै मगरात संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । ...... मगरात भूमि र सामाजिक संरचनालाई टुक्राटुक्रा परी क्षतविक्षत पारी नयाँ नेपाल निर्माण हुन नसक्ने निष्कर्ससहित स्वायत्त मगरात प्रदेश स्थापनाको माग गर्दै आन्दोलन घोषण गरेको हो । ...... साउन २९ गते केन्द्रमा प्रधानमन्त्री, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति, एमाले अध्यक्ष, एमाओवादी अध्यक्ष, फोरम लोकतान्त्रिकका अध्यक्षलाई र मगरातका १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने रहेको छ । ......

पहिलो चरणको आन्दोलनबाट पनि आफ्ना माग सम्बोधन नभए दोस्रो चरणमा अनिश्चितकालिन आमहडताल गर्ने रहेको छ ।

.... मगर राष्ट्रिय मुक्ति मोर्चाका नेता लिलबहादुर मगर, नेपाल मगर संघका महेन्द्र थापा, जनमुक्ति पार्टीका डिके सूर्यवंशी, लोकतान्त्रिक मगर संघका भोजविक्रम बुढा मगर, अधिकारकर्मी बमकुमारी बुढामगर, समितिका महासचिव नवीन रोक्कालगायतकाले अधिकार र क्षतिपूर्तिसहितको

स्वायत्त मगर प्रदेश नभए नयाँ संविधान च्यात्ने चेतावनी दिँदै मगरहरु एकीकृत भएर उठे शासक वर्ग भाग्ने

बताए ।

No comments: