Monday, August 24, 2015

पृथ्वी नारायण शाह स्टाइल मा काठमाण्डु नाकाबंदी



Source

राजधानीमा कति दिन पुग्ने के छ?
तराईको आन्दोलन जारी रहे उपत्यकामा खाना पकाउने एलपी ग्यासको ठूलो अभाव हुने देखिएको छ । सामान्य अवस्थामा दैनिक २० हजार सिलिन्डर आपूर्ति हुने उपत्यकामा अहिले आठ हजार सिलिन्डर मात्रै आपूर्ति हुँदै छ । ....... तराई बन्दका कारण ग्यास बोकेका दुई सय ५० बुलेट तराईका भन्सार नाका पार गर्न नसकी भारतपट्टि नै रोकिएका छन् । त्यस्तै उद्योगमा ग्यास खन्याएर भारत जान लागेका डेढ सय बुलेट पनि नेपालपट्टिको भन्सारमै रोकिएका छन् । भन्सारपारि रोकिएका बुलेटलाई चाँडै उद्योगसम्म आउने वातावरण नबने उपत्यकामा ग्यासको हाहाकार हुने उनले बताए । ....... उपत्यकाका खाद्यान्न गोदाममा करिब १५ दिन पुग्ने खाद्यान्न भण्डारण छ । तराईमा जारी बन्द र आन्दोलन लम्बिँदै जाँदा उपत्यकामा हुने खाद्य अभावलाई मध्यनजर गर्दै अत्यावश्यकीय खाद्यान्न प्रहरी स्कर्टिङमा ढुवानी भइरहेको छ । तर, आन्दोलनको स्वरूपअनुसार ढुवानीमा सहजता वा अप्ठ्यारो बढ्दै जानेछ । ........ आइतबार साँझसम्म थानकोट डिपोमा ७२ लाख ६१ हजार सात सय लिटर पेट्रोलियम पदार्थ मौज्दात छ । यो परिमाणले उपत्यकामा पेट्रोल पाँच दिन र डिजेल १५ दिनसम्म धान्छ । तराईको आन्दोलन चर्कियो र आपूर्ति घटे पेट्रोलियम पदार्थको पनि अभाव हुनेछ । ...... उपत्यकामा खपत हुने तरकारी धादिङ, काभ्रे, मकवानपुर र नुवाकोटबाट आउने गर्छ । कालिमाटी तरकारी बजारमा एक हप्तालाई पुग्ने प्याज र आलु भण्डारण छ । प्रहरी स्कर्टिङमा भारतबाट आउने तरकारी पनि अहिलेसम्म ढुवानी हुन रोकिएको छैन । ...... तराईमा जारी आन्दोलनका कारण उपत्यका आउने–जाने सवारीसाधन २० प्रतिशत मात्र चलेका छन् । शनिबार ७३१५ सवारीसाधन काठमाडौं भित्रिए भने ७७०८ बाहिरिए । आइतबार १३२२ सवारीसाधन भित्रिए भने १५२२ सवारीसाधन बाहिरिएका छन् । ..... भूकम्पपछि चीनसँगको नाका ठप्प छ । तराईको आन्दोलनले भारतसँगका नाका पनि अस्तव्यस्त बनेका छन् । .......

अहिले रातिको समयमा स्कर्टिङ गरेर खाद्यान्नलगायतका सामग्री उपत्यकामा आयात गरिरहेका छौँ

...... आन्दोलनका कारण काठमाडौंलगायत लामो दूरीका सवारीसाधन राति ८ बजेपछि प्रहरी स्कर्टिङमा कर्णाली कटाइन्छन् । ..... बर्दियामा आन्दोलन जारी छ । आन्दोलनकारीले

कञ्चनपुरदेखि चितवनसम्मको भूभाग थारुवान प्रदेश

भएको पोस्टर टाँसिरहेका छन् । ..... पूर्वबाट काठमाडौंसहित पश्चिमका लागि चल्ने दैनिक चार सय सार्वजनिक सवारीलाई ३ सय सशस्त्र प्रहरीले राति स्कर्टिङ गरेर सीमा कटाउने गरेको छ । ......

लगातारको बन्दले सप्तरीमा मात्रै दैनिक दुई लाख राजस्व घाटा भएको छ ।

राजविराज भन्सार कार्यालय बन्द छ । गत वर्ष यो भन्सार कार्यालयले पाँच करोडभन्दा बढी राजस्व संकलन गरेको थियो । ......... बन्दले भैरहवा भन्सारबाट संकलन हुने राजस्व पनि कम भएको छ । दैनिक सवा आठ करोडसम्म राजस्व संकलन हुनेमा अहिले बढीमा एक करोडसम्म मात्रै संकलन हुने गरेको छ । ....... हाल उपत्यकालाई आवश्यक पर्ने खाद्यान्न मौज्दात समग्रमा १५ दिनलाई पुग्ने छ । ‘उपत्यकाका गोदाममा एक महिनालाई पुग्ने चामल छ,’ खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘तत्काललाई आत्तिहाल्नुपर्ने अवस्था छैन । अन्य खाद्यान्न पनि १५ दिनजतिलाई पुग्छ ।’ ....... तराईको तनावले उपत्यकामा तरकारी आपूर्तिमा भने ठूलो समस्या देखिएको छैन । धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोकको तरकारी आपूर्ति भइरहेको र उपत्यकाको माग धानिरहेको उनको भनाइ छ । ..... सामान्य अवस्थामा दैनिक सात सय टन तरकारी आपूर्ति हुने भए पनि हाल पाँच सयदेखि ६ सय टनसम्म उपत्यका भित्रिएको अधिकृत श्रेष्ठले जानकारी दिए । भारतबाट दैनिक करिब डेढ सय टन आलु र प्याज आयात हुने गरेको छ । हाल उपत्यकालाई एक सातासम्म पुग्ने आलु र प्याज मौज्दात रहेको ...... उपत्यकालाई पाँच दिन पुग्ने पेट्रोल र १५ दिन पुग्ने डिजेल छ । उपत्यकामा तेल आपूर्ति गर्ने थानकोट डिपोमा हाल ७२ लाख ६१ हजार सात सय लिटर इन्धन छ । ...... उपत्यकामा दैनिक करिब चार लाख लिटर दूध खपत हुने गरेको छ । ...... ‘तराईमा अवरोध भए पनि उपत्यकासहित छिमेकी जिल्ला काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र धादिङबाट दूध आपूर्ति गरी उपत्यकामा वितरण गरिरहेका छौँ ।’ ...... लामो समय तराई बन्द भए ठूलो असर पर्ने देखिन्छ । ...... भैरहवाबाट चल्ने लामो दूरीका सवारीसाधन चलेनन् । नवलपरासी हुँदै चितवनतर्फको सवारीसाधन भने चल्न नसकेको रूपन्देही प्रहरीले जनाएको छ । रूपन्देहीको धकधई वसन्तपुर, नवलपरासीको बासालगायतका स्थानमा अवरोधका कारण गाडीहरू चल्न नसकेको हो । सो स्थानमा प्रहरीले गरेको स्कर्टिङको गाडी पनि केही दिनअगाडि जलेपछि यातायात व्यवसायीले जोखिम मोल्न सकेका छैनन् । ....... सीमापारि सुनौली क्षेत्रमा तीन–चार किलोमिटर लामो सडकमा गाडी जाम लागेर बसेका छन् । ...... पूर्वमा लिम्बुवान, थारू र मधेसी मोर्चाको बन्द छ । आइतबार र सोमबार आदिवासी जनजातिको बन्द पनि थपिएको थियो । ....... जिल्ला प्रशासन कार्यालयको बोर्ड हटाई

कञ्चनपुरदेखि चितवनसम्म थरुहट–थारुवान स्वायत्त प्रदेश

घोषणा लेखिएको पोस्टर टाँग्न लाग्दा आइतबार बर्दियामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । ........ मृतक राजीव राउतलाई सहिद घोषणा, २० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारको भरणपोषण, घाइतेको उपचार खर्च तथा अपांग हुने परिवारको भरणपोषण, स्वायत्त मधेस प्रदेशसहितका नौ सूत्रीय माग पूरा नभए मृतकको शव अन्त्येष्टि नगर्ने भारदहवासी र मधेसी मोर्चाको अडान छ । ...... बन्दले हालसम्म समस्या नआएको ढकालले बताए ।

‘अहिले हामीले रातको समयमा स्कर्टिङ गरेर सामानहरू आयात गरिरहेका छौँ,’

उनले भने, ‘तराईको बन्दले सामान आयातमा समस्या छैन, तर मान्छेहरूको आवतजावतमा भने ठूलो असर पारेको छ ।’ .........

१२ वैशाखको भूकम्पपछि चीनसँगका दुवै नाका सुचारु हुन सकेका छैनन् । चीनसँगको नाका पनि बन्द हुनु र भारतसँगका सबै नाकामा अवरोध हुँदा केही दिनपछि उपत्यकालगायतका सहरमा खाद्यान्नलगायत सामान अभाव हुने गृह मन्त्रालयको आँकलन छ ।

....... राजमार्गमा हुने अवरोधले दिउँसोको समयमा मालबाहक ट्रकहरू सञ्चालन हुन सकेका छैनन् । तर, बेलुका आफूहरूले स्कर्टिङ गरेर सामानहरू विभिन्न जिल्लामा पुर्‍याउँदै आएको उनले बताए । तर, बेलुकाको समयमा भन्सार पास नहुने भएकाले समस्या भएको छ । ...... तराईका जिल्लामा जाने सवारीसाधन २० प्रतिशत मात्र चलेको

No comments: