Wednesday, August 19, 2015

कार्यान्वयन मा चुकेको सरकार लाई दफा गरौं

माग्नु पर्ने केही छैन। सबै पाइसकिएको छ। सबै कुरा अंतरिम संविधान, पहिलो संविधान सभा का समझौता, दोस्रो संविधान सभा  समझौता मा छन। यो सुशील बामे सरकार कार्यान्वयन मा चुकेको छ। यसलाई हटाएर मधेसी जनजाति दलित सरकार बनाउने अनि सही ढंगले कार्यान्वयन गरेर जनता लाई इम्प्रेस गर्ने। संघीय गठबंधन ले सरकार को बागडोर आफ्नो हातमा लिनुपर्ने भो।



केन्द्रलाई घेर्ने मधेशको नयाँ रणनीति : भन्सारका गाडी रोक्न बाटोमै खाना, बाटोमै बास (फोटोफिचर)
बिगत ६ दिनको बन्दले भैरहवाको जनजीवन अस्तब्यस्त बनेको छ । बन्दकर्ता र प्रहरीको संयमताको कारण भैरहवामा अहिलेसम्म कुनै दुर्घटना भने भएको छैन । बन्दकर्ताहरुले दिनभरि बन्द गर्ने तर रातीमा प्रहरीले स्कर्टिङ्ग गरि भन्सारमा रोकिएका सवारीसाधन अन्यत्र पठाउने गरेपछि अहिले त्यसलाई रोक्न आन्दोलनकारी बाटोमै खाना पकाई खाने गरेका छन् । ...... मंगलबार साझ भैरहवामा यस्तै दृश्य देखियो । बन्दकर्ताहरु बाटोमै टेन्ट लगाएर आन्दोलन गर्ने सुरसार गरेपछि प्रहरीलाई राती सवारीसाधन कसरी निकाल्ने भनि चिन्ता थपिएको छ । ....... आन्दोलनकारीहरुले बाटोमै खाना पकाए, खाने थाल नभएर अखबार बिछयाएर त्यसैमाथि पनि खाना खाए ।

“हामी अहिले आफ्ना सन्ततिका लागी लड्दै छौँ, केही दिन दुःख गरेर अखबारमै खाए पनि केही हुन्न,” आन्दोलनका लागी धकधईबाट आएका बिद्या यादवले भने ।

....... अहिलेको आन्दोलन

केन्द्र घेर्ने

रणनितिमा रहेको आन्दोलनकारीले बताए । प्रहरीले राती–राती सुरक्षा दिएर केन्द्रतिर सामाग्री पठाइरहेको र त्यो रोक्न जे गर्न पनि तयार रहेको आन्दोलनकारीले बताए । “ज्यान जाला तर बाटो छोडदैनौ” भन्दै आन्दोलनकारी अहिले बाटोमै टेन्ट राखी सुत्ने गरेका छन् । ......... मंगलबार सद्भावना पार्टीले संविधान सभा छोडने उदघोष गरे पछि मधेशी आन्दोलनकारीहरु हौसिएका देखिन्थे । आन्दोलनलाई उत्कर्षमा पुर्याउन भनि मर्चवार, सुर्यपुरा र धकधई क्षेत्रबाट हजारौ प्रर्दशनकारी अहिले भैरहवा ओइरिएका छन् । ..... आन्दोलनका संयोजक संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादवले बताए । ....... बन्दको कारण भैरहवा अस्त ब्यस्त भएको छ । भैरहवाका ब्यापारिक स्थानहरु ठप्प रहेका छन् भने औद्योगिक कोरीडोर पनि बन्द हुदा उद्योगीहरु मारमा परेका छन् । यता बन्दकर्ताहरु बाटोमै पकाएर खाए पनि बेलहियामा रोकिएर रहेको करिब ३ सय सवारी साधन प्रहरीले राती १२ बजे सुरक्षा दिएर काठमाडौं पठाइएको छ ।

No comments: