Saturday, December 12, 2015

वार्ता नै समस्या हो

  • राजेन्द्र महतो ले शुरू मैं भनेको कुरा सही तर शैली गलत। 
  • हाम्रा यी ११ माग छन, ती पुरा गर, त्यस अनुसार संविधान संसोधन गर होइन भने अब प्रत्येक नाका बंद, पुर्ण रुपले बंद, अनिश्चितकाल का लागि बंद, पिच रोड वाला नाका मात्र होइन कच्ची रोडवाला पनि प्रत्येक नाका बंद, अनि संसद पनि त्यति बेला सम्म पुर्ण स्थगित ------- अस्ति दशैं ब्रेक आए जस्तै अहिले फेरि विंटर ब्रेक (जाड़ो ब्रेक) आइपुगेको अवस्था छ। वीरगंज लाई यथास्थितिमा राखेर बाँकी नाका केही हप्ता का लागि मधेसी मोर्चा ले केही खुकुलो पार्नु पर्ने अवस्था छ, केही हप्ता का लागि। तर त्यस पछि सबै मधेसी नेता ले काठमाण्डु छोडेर मधेस झर्नु पर्ने अवस्था छ। यो आंदोलन हो कि लाइफस्टाइल हो जस्तो भैसक्यो। 
  • वीरगंज मा राजेंद्र ले टायर मा हावा हाल्ने अनि महंथ ले जति पटक सुशील लाई भेट्यो टायर को हावा फुस्काउने काम भएको छ। समस्याका नाम सुशील है। 
  • राजेंद्र ले आफ्ना कुरा मीडिया मार्फ़त हवाई फायर गर्ने होइन कि टैक्टिकल कुरा आतंरिक मीटिंग मा छलफल गरेर पारित गराउन सक्नुपर्छ। 
  • बाबुराम भट्टराई मधेस आंदोलन मा सहभागी छैनन्। मेरो समर्थन छ भन्नु एउटा कुरा हो, सहभागी हुन त मितेरी पुल मा आएर बस्नुपर्छ। 
  • नया शक्ति को कुरा राम्रो हो। तर मधेस आंदोलन को सफल निष्कर्ष अगाडि कुनै मधेसी दल सँग एकीकरण अथवा सबै मधेसी दल सँग मोर्चाबंदी अथवा जनकपुर बारह बिगहा मा पार्टी उद्घाटन --- सब अकल्पनीय कुरा हुन। 
  • चार खसवादी दल ले चेत्ने छाँटकाँट देखिएको छैन। 


No comments: