Sunday, September 13, 2015

देश नतोड़ि ओली प्रधान मंत्री हुने सजिलो बाटो

असोज ५ देशमा नेपाली काँग्रेस नामको पार्टी रहन्न। प्रतिबंधित त हुँदैन तर निर्वाचन आयोग मा त्यो पार्टी रहँदैन। भने पछि संविधान सभा भित्र का सबै काँग्रेसी हरु स्वतंत्र हुन्छन्। काँग्रेस को संसदीय दल हुँदैन। भने पछि सुशील कुनै संसदीय दल को नेता होइन। उसको प्रधान मंत्री पद स्वतः खारेज हुन्छ। अनि संविधान सभा ले नया प्रधान मंत्री चुन्नु पर्ने हुन्छ। ओली, प्रचंड र गच्छेदार मिलेर ओली लाई प्रधान मंत्री बनाउने बाटो खुल्छ। काँग्रेस का मधेसी थारु ले तराई काँग्रेस नाम मा नया पार्टी दर्ता गराउने मार्ग प्रशस्त हुन्छ। चुनाव चिन्ह गैंडा। 

ओली लाई प्रधान मंत्री बनाउन देश लाई गलत संविधान किन दिनुपर्यो? यो बाटो गए हुँदैन? आखिर गच्छेदार लाई चाहिएको एक दुई वटा मंत्रालय। सत्ता बिनाको प्रचंड पानी बिनाको माछा। छटपट छटपट। बाबुराम लाई चाहिएको प्राधिकरण। ओली ले आफ्नो सुटुक्क बाबुराम लाई दिएको वाचा पुरा गर्ने बाटो खुल्छ। 



No comments: