Sunday, September 13, 2015

काँग्रेस को रजिस्ट्रेशन समाप्त हुन लाग्यो

म चिन्तित छु। काँग्रेस को रजिस्ट्रेशन समाप्त हुन लाग्यो। यस समस्या को समाधान के त?

बाहुन दल १, बाहुन दल २, बाहुन दल ३ को मर्जर गरेर नेपाल बाहुन समाज भनेर नया एकीकृत दल खोल्ने। होइन भने बाहुन हरुको शक्ति नया परिवेश मा क्षय हुने देखियो।

सुशील कोइराला सर्वमान्य नेता (नाम मात्र को, उसलाई कसैले टेरने होइन), केपी ओली अध्यक्ष (आखिर अहिले तीन बाहुन को de facto अध्यक्ष उ छँदैछ), प्रचण्ड प्रवक्ता (प्र प्र मिल्ने भएकोले) ------ केन्द्रीय समिति मा ५०१ जना हुने भो। आखिर एक से एक क्वालिफाइड बाहुन छन देशमा। कसलाई बाहिर राख्ने?

आइडियोलॉजी ठयाक्क मिल्ने दल तीन दल भएर बस्नु ठीक होइन। सुशील ले काँग्रेस को रजिस्ट्रेशन समाप्त पार्नु मा उसको ग्रैंड डिज़ाइन छ। यो बाँकी दुई बाहुनले बुझ्नु पर्छ।


No comments: