Monday, August 10, 2015

नेता लाई नक्शा कोर्न दिनै हुन्न

नेता हरुले मानक सिद्धांत स्थापित गर्ने हो। तर ती मानक सिद्धांत को परिधि मा रहेर नक्शा कोर भनेर विज्ञ हरुलाई खटाउने हो। शल्य क्रिया गर्दा एक जनाको ज्यान को खतरा हुन्छ। सीमांकन गर्दा त हजारों ज्यान को खतरा हुन्छ।

मानक सिद्धांत के हुन सक्छन?
  • संघीयता 
  • ५ + ४ वाला फोर्मुला 
  • पंचायती सीमाना सबै फेरबदल गर्न पाइने, जिल्ला मात्र होइन गाउँ शहर को सीमाना पनि नया हुने --- स्थानीय स्तर मा १,००० मेयर भए काफी हो। ३,००० बढ़ी भो। जनता सरकारी कार्यालय धाउनु पर्ने ९०% बढ़ी ती १,००० इकाइ सम्म पुर्याउने 
  • केंद्र, प्रदेश, विशेष/आरक्षित क्षेत्र, गाउँ/नगर/महानगर, वडा सम्म को सीमांकन 
  • ड्राफ्ट १, ड्राफ्ट २, ड्राफ्ट ३ सम्म लाने रोडमैप। अर्थात ड्राफ्ट १ फ़्लैश गर्यो, जनताको फीडबैक का लागि १ महीना समय दियो, अनि १ महिना लगाएर ड्राफ्ट २ फ़्लैश गर्यो आदि
  • पहिला भएका समझौता को आदर ----- ५६ शहीद भएको मधेसी क्रांति सँग १०-२० हजार को जुलुस निकालेको "आंदोलन" सँग तुलना हुँदैन ----- बिहेमा दाइजो दिएन भन्दै पुर्व पश्चिम राजमार्ग घेर्ने पनि रहेका छन 
नेता लाई नक्शा कोर्न दिनै हुन्न। आयो त छेउ न टुप्पो को नक्शा। मलाई पिकासो को जस्तो पेंटिंग गर भन्यो भने म पनि यस्तै पेंटिंग गरेर देखाई दिन सक्छु।



थारु आन्दोलनलाई बाबुरामको समर्थन, अखण्डको विरोध
डा. बाबुराम भट्टराईले थारु समुदायले गर्ने आन्दोलनमा आफ्नो समर्थन रहने बताएका छन् । तर, अखण्डका नाममा भइरहेको आन्दोलन भने अनुचित भएको डा. भट्टराईले बताएका छन् । ..... भट्टराईले भने-‘कैलाली जहाँ ४ लाख बढी थारुहरु छन्, त्यसलाई बलजफ्ती थारु बाहुल्य क्षेत्रबाट चुँडालेर घाँटी नै काटेर अर्को प्रदेशमा राख्ने भन्ने कुरा सर्वथा अन्यायपूर्ण छ ।’ ...... ‘कैलाली कञ्चनपुरलाई थारु बाहुल्य क्षेत्रबाट चुँडालेर घाँटी नै काटेर अर्को प्रदेशमा राख्ने भन्ने कुरा सर्वथा अन्यायपूर्ण छ ।’ उनले अघि भने-‘यसका निम्ति त्यहाँका जनताले गर्ने आन्दोलनमा हाम्रो पूर्ण साथ हुन्छ ।’ ..... मगरातमा रहनुपर्ने कतिपय क्षेत्र अन्यत्र रहनु पनि गल्ती नै भएको ...... ‘अहिले पनि जनताका जायज मागहरुलाई सुनेर सच्याउने ठाउँ छ । त्यसरी गर्नु नै उपयुक्त हुन्छ ।’ ...... ‘अहिले आएर कतिपय फलानो अञ्चल अखण्ड हुनुपर्छ भनेको पञ्चायती व्यवस्थालाई नै निरन्तरता दिनुपर्छ भने जस्तै हो’ उनले भने-‘यो हास्यापद कुरा भएको छ, यो अनुचित छ ।’ ..... ‘कतिपयले एउटाले अखण्ड भन्यो भनेर लहैलहैमा लागेर पनि भनेका छन् तर, यसका पछाडि अत्यन्त प्रतिक्रान्तिकारी, यथास्थितिवादी उद्देश्य लुकेको छ’ ...... -‘पञ्चायतकालीन प्रशासनिक इकाइहरुलाई अखण्ड मानेर अखण्डताको आन्दोलन देशैभरि चर्काउने र त्यसभित्र धर्मको आगो भित्रभित्रै सल्काउने र कतिपयले पृथकतावादी आगो पनि त्यही झोस्ने प्रयत्न गरिँदैछ । यसतर्फ हामी सचेत हुन जरुरी छ ।’


अखण्डको आन्दोलन : सबै नेपाली पञ्च!
देउवाले कमण्डलु बोक्ने दिन नआओस्
सुदूरपश्चिममा आन्दोलनको आगो सल्किरहेको छ, यता बूढानीलकण्ठमा कांग्रेस नेता शेरबहादुर देउवा निरो जस्तै बेपर्वाह सुतिरहेका छन् । देउवालाई लागिरहेको हुन सक्छ, कैलाली र कर्णालीको आगोले बूढानीलकण्ठलाई छुँदैन । ....... अखण्ड सुदुरपश्चिमको नारामा एमाओवादी नेता लेखनाथ भट्ट, एमाले नेता भीम रावल र शेरबहादुर देउवा एकमुख रहँदै आएका छन् ।

आफ्नो क्षेत्रमा आगो सल्किएसँगै अब देउवा, रावल र भट्टको राजनीति भस्म हुने संकेत देखिँदैछन् ।

...... नवलपरासीलाई पनि पुरानै नक्शा अनुसार अखण्ड राख्नुपर्ने आवाज उठिसकेको छ । ..... पञ्चायतले कोरेको सीमानामा एक इञ्च पनि तलमाथि नगरियोस् भन्ने यो सोचाइ राज्य पुनसंरचनाको वैज्ञानिक मान्यतामा आधारित छैन । ..... एक दृष्टान्त : इलाम जिल्लाको दक्षिणमा चुलाचुली र बाँझो दुईवटा गाविस छन् । यातायातको सुविधा नहुँदा त्यहाँबाट इलाम सदरमुकाम पुग्न दुई दिन हिँड्नुपर्ने हुन्छ । तर, झापाको सदरमुकाम चन्द्रगढी पुग्न चुलाचुलीबाट केही घण्टामात्रै लाग्छ । महेन्द्रकालीन इलाम जिल्लालाई अखण्ड राख्ने हो भने चुलाचुली र बाँझोका जनतालाई ठूलो अन्याय हुन्छ । त्यहाँका दुई गाविसलाई टुक्राएर झापामा गाभियो भने उनीहरुमाथि न्याय हुन्छ । ..... संघीयताको दृष्टिकोणले मात्रै होइन, महेन्द्रकालीन ७५ जिल्लालाई विकास र सुगमताका दृष्टिकोणले पनि पुनर्विभाजन गर्न अपरिहार्य छ । ......

विकासका दृष्टिले हाम्रा जिल्ला र गाविसका इकाइहरु पुनः रेखांकन गरिनैपर्छ ।

...... अहिले सुदुरपश्चिमको

कैलाली कञ्चनपुरका साथै कर्णालीका जिल्लाहरुमासमेत आन्दोलनको आगो सल्किएको छ

। यसरी आगो बल्नुमा सुदुरपश्चिमका नेता भनिएका शेरबहादुर देउवा, एमालेका भीम रावल र एमाओवादीका लेखराज भट्टको अदुरदर्शिता एवं पञ्चायतकालीन मानसिकताले काम गरेको छ । ........ राज्यको नयाँ ढंगले सीमांकन गर्दा कैलालीको थारु बाहुल्य पूर्वी प्रदेशलाई बर्दियातर्फ मिलाउँदा त्यहाँ पहिरो जाँदैनथ्यो । ........

कैलालीका जनताले आफू कुन प्रशासनिक इकाइमा बस्न चाहन्छन्, त्यो नदिएर देउवाले जे भन्यो त्यो हुनुपर्छ भन्नु लोकतन्त्रको उपहास हो ।

...... शेरबहादुर देउवा कैलालीका मान्छे होइनन्, उनको गृहजिल्ला डडेलधुरा हो । उनले कैलालीका ४ लाख थारुलाई कँजाउन खोज्दा यतिबेला कर्णालीका ५ जिल्लाले आफूहरु सुदुरपश्चिममा बस्दैनौं, हामीलाई स्वायत्तता चाहिन्छ भनिरहेका छन् । ........ सुदुरपश्चिम र मध्यपश्चिममा सल्केको आन्दोलनको आगो ...... आन्दोलनकै क्रममा सोमबार सुर्खेतमा गोली लागेर एकजनाको निधन भइसकेको छ । सिंगै सुदुरपश्चिमका जनताले बन्द र हडतालका कारण दुख पाइरहेका छन् । ...... नेपाली कांग्रेसको भावी सभापति हुन लागेका देउवाले सुदुर पश्चिमको आगो निभेन भने राजनीतिबाटै कमण्डलु बोक्ने अवस्था नआउला भन्न सकिँदैन । आफ्नो घरबारीमा आगो सल्काएर निरोबाहेक अरु कोही पनि चैनले सुत्न सक्दैन ।
यसरी फैलियो सुर्खेतमा हिंसा, दुईको मृत्यु (फोटोफिचर)
मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधको क्रममा भएको झडपमा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । .... सुर्खेतमा प्रहरीले चलाएको गोलीबाट वीरेन्द्रनगर– ४ निवासी एमाले कार्यकर्ता टिकाराम गौतमको निधन भएको हो । ...... अखण्ड मध्यपश्चिम र सङ्घीय राजधानी सुर्खेत हुनुपर्ने माग राखी आइतबारदेखि थालिएको आन्दोलनले आज उग्र रुप लिँदा तीन प्रमुख दलका पार्टी कार्यालय र जिल्ला प्रशासनलगायत केही सरकारी कार्यालयमा पनि तोडफोड भएका छन् । ..... आक्रोशित जनताले सुर्खेतस्थित नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादीलगायतका पार्टी कार्यालय तोडफोड गरी पार्टीका कागजपत्रमा आगो लगाइदिएका छन् । ...... सुर्खेतवासीले मध्यपश्चिमलाई सातौं प्रदेशसहित प्रान्तीय राज्यको राजधानी सुर्खेतलाई बनाउनुपर्ने मागसमेत गरेका छन् ।

No comments: