Tuesday, October 28, 2014

वीपी कोइराला र नेपालमा हिन्दी भाषा


वीपी कोइरालाको शासनकालमा नेपालमा हिन्दी भाषाको जे स्थान थियो मैले अहिले नेपालमा हिन्दी भाषाको त्यही स्थान खोजेको हो। म काँग्रेसी होइन। म कट्टर anti काँग्रेसी हो। मेरो जीवन कालमा मधेसी समुदायको समानताको संघर्षमा प्रमुख स्थानीय र राष्ट्रिय शत्रु नै नेपाली काँग्रेस रहि आएको छ। र लोकतन्त्रको सबक मैले काँग्रेसबाट सिकेको होइन। मैले जाने बुझेको नेपालको काँग्रेस देश, सेना र पार्टीको लोकतांत्रिकरणमा सहायक होइन तगारो हो।

तर वीपी कोइरालाको महानता, मदन भण्डारीको महानता पार्टी राजनीति भन्दा माथि हो। अहिले देशको नम्बर एक प्रतिक्रांतिकारी शक्ति एमाले हो, त्यसको दोष म मदन भण्डारीलाई दिन्न।

वीपी कोइरालाको शासनकालमा नेपालमा हिन्दी भाषाको स्थान नेपाली भाषाको बराबरमा थियो। त्यो झुक्किएर भएको होइन होला। त्यो नेपाली भाषाको विकास नहुन्जेल कायम मुकायम आधारमा होइन होला। महेन्द्रले वीपीलाई तानाशाही तवरमा जेलमा मात्र कोचेनन् देशमा एक भाषा एक भेष एक धर्म पनि स्थापना गरे। (हिन्दी भाषा र नेपाल)

अहिले सम्विधान निर्माणको क्रममा महेंद्र र वीपी मध्ये एकलाई रोज्ने बेला हो। मैले देखे बुझेको काँग्रेसी र एमाले वाला हरु सबै महेन्द्रपथमा कुदिरहेका छन। किन होला? यहाँ भुमिगत गिरोह त सक्रिय भएको होइन? सेनाले चुनावमा धाँधली गर्दिने अनि बदलामा एमाले काँग्रेसले सेनालाई संसदभन्दा माथि मान्दिने वर्तमानको भुमिगत गिरोह हो। देशमा संघीयता मात्र होइन लोकतन्त्र नै खतरामा छ।


No comments: