Thursday, January 15, 2015

नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो

देशले संघीयता धान्न सक्दैन भनेर सुशील कोइराला पनि भन्छ, राम शरण महत पनि भन्छ, केपी ओली महान अर्थविद् Economics मा नोबेल पुरस्कार पाएको मान्छे पनि त्यही भन्छ। यो भन्नुपर्ने भन्दा ठयाक्क उल्टो कुरो हो। नेपाल अफ्रिका महादेशबाहिरको सबैभन्दा गरीब देश। त्यो गरीबीको कारण नै एकात्मक व्यवस्था हो। एकात्मक व्यवस्थाले गरीबी ल्याउँछ, जातीय र लैंगिक विभेदले देशलाई गरीब बनाउँछ। मैले त्यसो भन्नुको प्रमाण के? प्रमाण नेपाल हो। देश गरीब छ। अर्को के प्रमाण खोजेको तपाईंले?

नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो। नेपाललाई धनी देश बनाउनु छ भने संघीयतामा जानै पर्छ। होइन यदि गरीबी कायम राख्ने हो भने एकात्मक व्यवस्था पनि ठीकै हो। संघीयताको खासै आवश्यकता छैन।


No comments: