Saturday, September 12, 2015

In The News (58)

'I Am In Nepal Now,' Says New Tourist Campaign, But Nepal Is In Chaos
In mid-August, the British ambassador to Nepal was photographed on a trail on the Annapurna trekking circuit holding a poster that declared: "I am in Nepal Now." More than four months after a devastating magnitude 7.8 earthquake, this was part of a campaign to revitalize tourism, a main foreign exchange earner. Before the quake about 800,000 a year visited Nepal.

For many in Nepal, the message seemed disconnected from realities on the ground.

....... Even four months on, government-led reconstruction has yet to start and hundreds of thousands remain homeless. The frigid winter is just over a month away. ...... But Nepal's present state of chaos is not only heartbreaking, it is deeply disturbing. ....

For more than three weeks now, over half of Nepal — its west, east and southern districts bordering India — has been paralyzed by indefinite strikes, called Bandh or "closures."

....... More than 30 people have been killed and hundreds injured. The main roads are blocked by violent strikers, towns are under curfew, vehicles and buildings have been vandalized. ..... Nepal is in the last stages of writing a new constitution, nine years in the making. Many of the country's marginalized and indigenous communities argue their government discriminates against them by delineating new boundaries and new states that split them up, weakening their political strength. The wave of violence was sparked by the declaration of a seven-state federal structure .......

I will readily admit that it would take me decades to grasp the deeply buried cultural and political undercurrents that shape this tiny nation of 27 million sandwiched between India and China, two antagonistic regional superpowers that jockey for influence here.

Nepal's government is weak and barely functional on a good day. Each political party has violent enforcers who take to the streets to achieve their goals........ "We muddle through," a Nepali friend said, describing how his government manages to function and deal with crises. "We are the Muddle Kingdom, except we're not a kingdom anymore — though the monarchy (the king abdicated in 2008) would love to be reinstated." ........ the strikes have closed all border crossings with India for more than 24 days. At Birgunj, the border town that funnels all the container trucks ferrying goods from the port at Calcutta, more than 3,000 trucks are lining the roads for miles in a massive traffic jam.

Armed Indian gangs have begun targeting the stuck trucks, stealing batteries, diesel and the drivers' phones and cash.

....... In addition, hundreds of trucks are now waylaid in Calcutta. Indian farmers in Bihar, the main exporters of onions and beans to Nepal, are watching their crops rot. ....... Meanwhile, the earthquake has left 3 million homeless, and they're in dire straits, too. Just this week, the government let expire the 60-day ordinance that allowed the National Reconstruction Authority, the agency in charge of earthquake relief, to disburse funds. ...... Hiking ambassadors, angry protesters, motionless trucks, homeless people — if 'I am in Nepal Now" as the tourism slogan declares, which Nepal am I in?
प्रक्रिया स्थगन गराउन भारतीय राजदूतको दौडाहा
मुख्य तीन दलका शीर्ष नेतालाई भेटेर राजदूत रेले एउटै सन्देश दिएका छन्– संविधान निर्माण प्रक्रिया राेक्ने। ..... झन्डै २५ मिनेट ओली निवासमा बिताएका रे त्यस लगत्तै काठमाडौंतर्फ हुइँकिए। उनी सिधै लाजिम्पाट स्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास पुगे जतिबेला दाहाल प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको बैठकमा थिए। घरमा भारतीय राजदूत आएको खबर आएपछि प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक स्थलमा रहेका अध्यक्ष दाहाल बाहिर निस्किए। उनी सँगै बरिष्ठ नेता बाबुराम भट्टराई पनि बैठकस्थलबाट बाहिरिए। अाफ्नै घरमा कुरेर बसिरहेका राजदूतले भारत सरकारको अाधिकारिक सन्देश भन्दै सबैलाइ समेटेर अघि बढ्नुपर्ने सन्देश सुनाएका थिए। केही दिनका लागि भए पनि संविधान सभा प्रक्रिया स्थगित गरेर सहमतिको प्रयास गर्नुपर्ने भारतीय सरकारको सन्देश सुनाए। ..... अाजै बिहान भारतीय राजदूत रेले प्रधानमन्त्री सुशील कोइरालालाई समेत भेटेर यस्तै सन्देश सुनाएका थिए। ....... अध्यक्ष दाहाललाई भट्टराई र भारतीय राजदूतले एकै स्वरमा संविधान सभा प्रक्रिया रोक्न अाग्रह गरेका थिए। 'भट्टराई र वर्षमान पुनले पार्टीभित्र प्रक्रिया स्थगन गर्न दवाब बढाएको निष्कर्षमा अध्यक्ष पुग्नुभएको छ', स्रोतले नागरिकन्युजसँग भन्यो, 'पत्रिकाबाट प्ले गराएर अनि राजदूतको सहारामा पार्टीबाट नगरिएको निर्णय लाद्ने प्रयास भएकोमा उहाँ भट्टराईसँग रिसाउनु भयो।' ..... एमाओवादीभित्र प्रक्रिया रोक्ने पक्षमा नेता भट्टराई रहेका छन्। अध्यक्ष दाहाल संविधान सभाको प्रक्रिायालाई स्थिगित गर्दा संकट आउने भन्दै त्यसलाई अघि बढाउने पक्षमा देखिएका छन्। बिहीबार बेलुकासम्म प्रक्रिया स्थगन गर्ने एमाअाेवादीले संस्थागत निर्णय गरेको छैन।

शुक्रबार बिहान केही पत्रिकाका समाचार हेरेपछि दाहाल छक्क परेका थिए।

......... संविधान सभा प्रक्रिया रोक्न एकाएक विदेशी दवाब बढेपछि त्यसबारेमा निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक बसिरहेको छ।
एमाओवादीले संविधान लेखनको प्रक्रिया रोकेर अघि बढ्ने प्रस्ताव राखेपछि तीन दलको बैठक भाडियो



के भारतले संविधान निर्माण प्रक्रिया रोक्ने हिम्मत गर्न सक्छ ?

कतै भारतले अन्तिम क्षणमा आएर संविधान रोक्न ठूलै पहल त गर्ने होइन भन्ने आशंका अहिले पनि नेपाली राजनैतिक र कुटनैतिक क्षेत्रमा व्याप्त देखिन्छ ।

..... धेरै नेताहरुलाई अब मधेशवादी नेताहरु सहमतिमा आउँछन् भन्ने विश्वास देखिन्न । त्यसैले उनीहरु प्रकृया अघि वढाउने पक्षमा छन् । ..... अहिले भारतले नाकाबन्दी गर्‍यो भने रामै्र हुनेछ । ... यसले भारतको विकल्पमा आत्मनिर्भर हुने अनेक बाटो खोज्न नेपालीहरुलाई अवसर प्रदान गर्नेछ ।...... दुबै पक्षलाई आफ्नो ‘समर्थन जारी राख्ने’ कुटनीतिको प्रयोग अहिले भारतीय पक्षले प्रयोग गर्दैछ । सबैतिर दलाल बनाउ र जो आएपनि आफ्नै दलाल आओस भन्ने नीति—कुटनीतिमा सफल सूत्र मानिन्छ । नेपालका धुरन्धर राजनैतिक पण्डितहरु भने यो नबुझेर कुहिरोका काग भएका छन् । ......

संविधान पनि बन्ने र संविधान पनि जल्ने अर्थात संघर्ष पनि आ आफ्नो बल बुता अनुसार चर्किने ।



को हुन् लेखेटी लखेटी मारिएका सशस्त्रका असई
अफिसको काम विशेषले बाराको पथलैयास्थित सशस्त्र प्रहरीको कार्यालयमा आएका उनी मधेस बन्द क्रममा मोटरसाइकलमा लिफ्ट मागेर महोत्तरी पुगेका थिए। मोटरसाइकलमा जलेश्वरबाबा चोकमा पुगेका उनीमाथी प्रर्दशनकारीले आक्रमण गरेका थिए । ..... रेडक्रसको एम्बुलेन्समा दिउँसो उनलाई एक जना सशस्त्र प्रहरीको साथ लगाएर जनकपुर ल्याउँदै गर्दा बाटोमा प्रर्दशनकारीले अवरोध गरेका थिए।...... त्यसपछि चालकले एम्बुलेन्स बटियातर्फ गाउँको बाटो जनकपुर ल्याउने भन्दै त्यता मोडेका थिए। महोत्तरी गाविस बटिया ३ मा एम्बुलेन्स सडकमा फस्न पुग्यो। पछ्याउदै गएका आन्दोलनकारीले उनलाई एम्बुलेन्सबाट निकाले र खेदीखेदी मारेको प्रहरीले जनाएको छ।


विहारका मुख्य मन्त्रीलाई भेटे मधेशी नेताहरु, दमन प्रति चिन्ता व्यक्त
नेपाली प्रतिनिधी मण्डल टोलीको तर्फबाट नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले केहि दिन अगाडी मात्र नेपालमा आएको भुकम्प बाट पिडित नेपालीहरुलाई बिहार सरकारको तर्फबाट गरिएको सहयोगका लागि धन्यावाद दिदै मुख्य मन्त्री नितिश कुमार संग नेपालमा निर्माण भईरहेको संबिधानमा मधेसमा बसोवास गर्ने मधेसी ,आदिवासी र जनजातीहरुलाई अधिकार बिहिन बनाउने राज्य पक्षद्वारा खेल भईरहेकोले नेपाललाई सदैव स्वच्छ दृष्टिकोणले हेर्ने भारत सरकारले पनि शोषित पिडितको पक्षमा सकारात्मक भुमिका खेलदिनहुन आग्रह गरेका थिए । ..... भेटकै क्रममा मुख्य मन्त्री कुमारले नेपाल संग खास गरी भारतको बिहार र युपिका जनताहरुको प्रत्यक्ष सम्बन्ध रहेकोले मधेसमा भईरहेको आन्दोलन प्रति हाम्रो चिन्ता बढनु स्वभाबिक रहेको र सकारात्मक पहलको लागि आफु अबिलम्ब केन्द्र सरकार संग समन्वय गर्ने बताउनुभयो । ...... भेटकै क्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष दानबहादुर चौधरीले वर्तमान संबिधान निर्माणको प्रक्रियामा नागरिकता सम्बन्धि ल्याईएको प्रस्ताव बर्षौ देखि चलिआएको नेपाल भारत वीचको प्रगाढ सम्बन्धमा पनि असर पर्न सक्ने चर्चा गरेका थिए । त्यसैगरि टोलीमा सहभागि तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य एवं सभासद रमेश प्रसाद कुर्मीले नेपालको हित चाहने भारतको केन्द्र सरकार भन्दा पनि सिमा जोडिएको युपि र बिहार सरकारले त्याहाको समस्या लाई नजिकबाट हेर्नु पर्ने तर्क राखेका थिए । ..... टोलीमा नेपालका पुर्व वरिष्ठ प्रहरी उपरिक्षक एवम् मधेशी नेता सदानन्दन प्रसाद कुर्मी र मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलको सहभागिता रहेको थियो । यसैगरी नेपाली टोली आज बिहान बिहार बिद्यान सभाका प्रमुख सचेतक संजय गान्धी एवं जनता दल युनाईटेडका महासचिव रामचन्द्र प्रसाद सिंह संग पनि भेट गरेको थियो ।


क्षतविक्षत क्यामेरा अङ्गालेर धेरै बेर रोएँ
मेरो नजिक आएपछि दुई प्रहरी जवानले आँखा तर्दै भने, 'हाम्रो मात्र फोटो खिच्ने होइन है, प्रदर्शनकारीको समेत फोटो खिच।' म आफू सुरक्षित हुन एक औषधी पसलमा पुगेँ र त्यहीँ बसेँ। त्यस लगतै लगभग १०० मिटर पर पुगेको प्रहरी र सशस्त्र प्रहीको टोलीले औषधी पसल भित्रै पसेर प्रर्दशनकारी भन्दै कुटपीट गर्न थाले। लगत्तै म बाहिर निक्लेर फोटो मात्र के खिच्न लागेको थिएँ, एक हुल म भएकोतिर कुदेर आए। म सुरक्षित हुन पसलमा छिरेँ। एक जना प्रहरीले पछाडिबाट तानेर लौरोले हिर्कायो, हातले छेकेँ। फेरि अर्को प्रहरीले तँ फोटो खिच्ने हैन भन्दै लौरो बजारे। म फेरि पसल भित्र छिर्न खोजेँ तर उनीहरुले पछाडिबाट क्यामेरा ब्याग ताने। अनि अर्को प्रहरीले बन्दुकको कुन्दाले टाउकोमा प्रहार गरे। .......

झननन भयो, म भुइँमा ढलेँ। त्यसबेला मैले प्रेस-प्रेस भनेर चिच्याएँ। त्यो औषधी पसलको दाइ र अन्य छेउमा भएको केही पसलहरुले समेत पत्रकारलाई कुट्यो कुट्यो भन्दै चिच्याए तर कुट्न छाडेनन् , भुईमा लछारपछार पारे , जे पायो त्यहीले हिर्काए। म ढलेपछि क्यामेरा खोसे र भुईँमा पछारे।

........ त्यसपछि क्यामेरालाई बन्दुकको कुन्दा र लौराले हानेर फुटाइदिए। पसलवालाहरुले प्रेसलाई कुट्यो कुट्यो भन्दै हल्ला गर्न थालेपछि प्रहरी र सशस्त्र प्रहरीले छोडेर भागे। ...... प्रहरीले ताकेर कुटे, त्यति दुःख लागेन। भुईँमा लछारपछार गरे, सहेँ। तर क्यामेरा झिकेर भुँईमा बजार्दा चैँ मुटुको चाल नै बन्द भएको जस्तै भयो। पछि गोजीबाट झरेको मोबाइलबाट साथीलाई फोन गर्न थालेँ। त्यही समयमा पसलका एक दाइ आएर उठाए। फुटेको क्यामेराको क्षतविक्षत भएका भागहरु एक-एक गरी उठाउँदै, अङ्गालो हाल्दै घोप्टो परेर रुन थालेँ। ..... ५ वर्ष पेट काटेर क्यामेरा किनेको थिएँ, त्यो पनि अब यादमात्रै बाँकी रह्यो। उठेर अलि पर आएँ। कुटपिटको पीडाले होला थचक्कै भुइँमा बसेँ। हिँड्न, चलमलाउन सकिनँ। त्यति बेलासम्म वरीपरी स्थानीयले घेरेर अवस्थाबारे सोध्दै थिए। पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, बीबीसीका पत्रकार बृजकुमार यादव दाइहरु आइपुग्नु भयो। ......

प्रेस-प्रेस भन्दै आधा रातमा उठेछु।

संविधान निर्माण प्रक्रिया २ दिन स्थगित गर्ने तयारीः भारतीय राजदुतको दौडाहा
यस अघि एकीकृत माओवादीले राखेको संविधान निर्माणको प्रक्रिया केही दिन स्थगित गरेर असन्तुष्ट दलहरुसँग वार्ता गर्नु पर्ने प्रस्ताव कांग्रेस एमालेले अस्वीकार गरेका थिए । तर भारतीय राजदुतले नेताहरुसँग भेटेपछि माहौल बदलिएको छ । ..... भारतीय राजदुतले मधेश लगायतका शक्तिलाई बाहिर राखेर संविधान जारी गर्न सकिन्छ ? भनेर प्रश्न गरेको बताइएको छ । ....

संविधान जारी गर्न हतार गर्दा मधेशमा देखिएको तनावले कुन रुप लिन्छ भनेर भारतीय राजदुतले चासो राखेका थिए ।



‘बन्दुक देखाएर मान्छे मार्नेसँग वार्ता हुँदैन’

भुक्तानी नहुने ‘चेक’ हामीलाई चाहिँदैन अब नगदमा कारोवार हुन्छ । मधेसका जनता दास होइनन् । २१अाैँ शताव्दीका जनतालाई एकाङ्की राष्ट्रवाद पनि चाहिएको छैन ।

..... हामीले विगतमा गरेका सम्झौता कार्यान्वयन गर मात्र हामीले भनेका हौँ । मधेससँग विगतमा गरेका सम्झौता कार्यान्वयन नहुने अवस्थासम्म वार्ता गर्नुको कुनै औचित्य छैन । ...... अब यहाँ भन्दा कति देश जल्नु । देश जल्न के बाँकी छ र ? एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री वामदेव गौतम, प्रधानमन्त्री सुशील कोइराला सबै अहिले मधेसको अागाे निभाउँने भन्दा पनि अझ आगोमा ध्यू थप्ने काम गरिरहेका छन् । ...... सेना परिचालन आन्दोलनकारीले गरेको होइन । प्रहरीलाई गोली हान्ने आदेश पनि आन्दोलनकारीले दिएको होइन । प्रहरीले भीड नियन्त्रण गर्ने विभिन्न उपाय हुनसक्छन् । लाठी प्रयोग गर्ने, रवरको गोली प्रयोग गर्ने, पानीको फोहोरा प्रयोग गर्नेलगायत । कुनै उपाय नभएपछि मात्र गोली प्रयोग गर्ने हो । तर, मधेसमा प्रहरीले निर्मम ढंगले गोली प्रयोग गरेर जनता मारेपछि प्रतिकार गर्नु जनताको दायित्व हो । यसलाई अस्वाभाविक मान्दिन् । ...... अहिले मधेसमा कांग्रेस, एमाले र एमाओवादीका जनता पनि अधिकारका लगि उठेका छन् । उनीहरुले मत अधिकार जहाँ प्रयोग गरेपनि अहिले आन्दोलनमा हामीलाई समर्थन गरेका छन् । यसो हुनु भनेको ती दल असफल हुनु हो । यो कुरा ती दलले नबुझ्नु सबै भन्दा ठूलो दुर्भाग्य हो । उहाँहरुले यो बुझनु भएन भने देशले निकै ठूलो दुर्घटना व्यहोर्नु पर्ने हुन्छ । ......

उहाँहरुले हामीसँग गरेको तमुसक नै च्यातेपछि कसरी सँगसँगै अघि बढ्न सकिन्छ ?

...... उदारो होइन अब नगदमा कारोवार हुन्छ । विगतमा भएको मधेश आन्दोलबाट हामीले भुक्तानी नहुने ‘चेक’ पायौँ । अब त्यस्तो चेक लिनेवाला छैनौँ । ...... पटक–पटक हामीले हाम्रा माग सुनुवाई गर्न सम्माननीय संविधानसभाको ध्यानकर्षण गरायौँ । तर, हाम्रा कुनै पनि मागको सुनवाई भएन् । हामीसँग हाम्रा माग स्थापित गराउने सीट संख्या पनि थिएन । राज्यले उत्पीडितको घाँटी रेटिरहने हामी त्यसको साक्षी भैरहने संभव भएन । त्यसैले जनताको साथमा आन्दोलन गर्ने भनेर संविधानसभाबाट राजिनामा दिएर सडकमा आएका हौँ । अधिकार प्राप्ति नहुञ्जेल हामी जनतासँगै रहने छौँ । गणितको खेलमा हामीलाई अल्झिनु छैन । राज्य अहिले पनि एकाङ्की राष्ट्रवादको पक्षमा छ । २१ शताव्दीका जनतालाई एकाङ्की राष्ट्रवाद मान्य हुँदैन । ....... राष्ट्रपति, उपराष्ट्रपति मधेसको हुनुहुन्छ । सबै भन्दा बढी धान फल्ने भूमि तराईमा छ । सरकारी अस्पतालका सिनियर डाक्टर तराईका छन् । पचहत्तरै जिल्लाका सरकारी विद्यालयमा गणित र विज्ञान पढाउने अधिकांश शिक्षक तराईँकै हुन्छन् । सरकारी उच्च होहदामा पनि मधेसी जनता पुगेकै छन् । तपाईँहरुले भन्ने गरेको अधिकार केका लागि ? ...... राष्ट्रपति र उपराष्ट्रपति पद आलंकारिक पद हो । अहिलेसम्म नेपालमा प्रधानमन्त्री तराईको भएको देख्नु भएको छ ? सेना, शसस्त्र र जनपथको प्रमुख तराईको भएको प्रमाण कतै छ । न्यायपालिका, कार्यकालिका र व्यवस्थापिका जस्ता राज्यका महत्वपूर्ण अंगमा तराईका मानिसले अहिलेसम्म ठाउँ भएका छैनन् । त्यसैले हामीले राज्यका हरेक अंगमा समानुपातिक, समावेशिक सहभागिताको कुरा गरेको हो ।


सुरक्षा खतरा सामना गर्न सेना तयार : प्रधानसेनापति
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार देशभरका सबै युनिटलाई सम्बोधन गर्दै परिवर्तित परिस्थितिमा थपिएको सुरक्षा चुनौती सामना गर्न एकजुट भएर काम गर्न निर्देशन दिएका छन् । प्रधानसेनापतिले संविधान जारी भएपछि राजनीतिक स्थिरता आउनेसमेत अपेक्षा गरेका छन् । ..... सैनिक मञ्च टुँडिखेलबाट सेनाका पृतना, बाहिनी, गण, गुल्म तथा शिक्षालयलगायत एक सय ३६ स्थानमा एकैसाथ लाइभ मल्टिकास्ट गरिएको सम्बोधनमा क्षेत्रीले बाह्य र आन्तरिक सुरक्षा वातावरण अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट रहेको र यसका प्रभाव नेपालको राष्ट्रिय सुरक्षामा समेत परिरहेको भन्दै सेना यसको सामना गर्न तयार रहेको बताएका हुन् । उनले संविधानद्वारा निर्दिष्ट महत्त्वपूर्ण राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक र बाह्य सुरक्षा खतरा तथा चुनौतीको प्रभावकारी ढंगले सामना गर्न सेना तयार रहेको बताएका थिए ।


सिराहमा गोली चल्यो, दुईजना घाइते
प्रहरीले गोलबजारमा रहेका तीनवटा ट्रान्सफरमर गोली हानेर फुटाइदिएको छ । प्रदर्शनकारीले राति गतिविधि नगरुन् भनेर अध्याँरो बनाउन ट्रान्सफरमर पड्काइएको बताइएको छ।
आइतबारबाट मतदानमा जाने निर्णय
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानदेखि भएको तीन दलको शीर्ष बैठकले संविधान निर्माणको प्रक्रियालार्इ दुर्इ दिन रोकेर आन्दोलनकारीसँग वार्ता गर्ने निर्णय गरेका हुन्। वार्ता भए पनि नभए पनि आइतबारबाट मतदान प्रकिया नरोकिने निर्णय दलहरुले गरेका छन्। ...... संविधानसभाको कार्यसूची अनुसार संविधानको परिमार्जित विधेयक, २०७२ माथि शुक्रबार दफाबार छलफल सकेर मतदान गर्ने कार्यक्रम थियो ।


कागे्रसका नेताहरु द्धारा मोर्चाको आन्दोलनमा सर्मथन
नेपाली काग्रेसका जिल्ला स्तरिय नेताहरु बिहीबार संयुक्त मधेशी मोर्चाले जारी गरेको आन्दोलन प्रति सर्मथन जनाउदै एक्केबद्धता जाहेर गरेका छन । नेताहरु काग्रेस र एमालेमा पनि केही प्रगामी तत्वहरुको बाहुल्य रहेको बताउदै राजतन्त्र र राण सासन जस्तो चरित्र नदेखाउने माग समेत गरेका थिए । .... मधेशको अधिकारका लागि जिल्ला तहमा काग्रेसकै कार्यकर्ताहरुको माझमा अन्तरक्रिया गरी आन्दोलमा सहभागिता बढाउने प्रयास गर्ने महासमिती सदस्य हरिशंकर यादवले बताउनु भयो । बर्ताको बतावरण बनाउन पनि काग््रेस नेतृत्वमा लाई आग्रह गर्नु भयो । ..... रिपोर्टस कल्व बाराको आयोजनामा भएको पत्रकार सम्मेलनमा काग्रेसका ,महाअधिबेशन प्रतिनिधी मनोज भट ,नेता तेजनारायण साह ,जिल्ला सदस्यहरु प्रभुनाथ पटेल ,बिनोद पाल ,दुर्गा पटेल रहेका छन । ..... त्यसै गरी मदन सिह ,राजेश प्रसाद यादव ,रमाएकवाल यादव ,प्रमोद यादव ,लगाएत ले सर्मथन गरिनु भयो । यो भन्दा अगाडी केन्द्रिय सदस्य उमाकान्त चौधरी ,पुर्व सभासद शोभाकर पराजुली , जिल्ला सदस्यहरु जंगबहादुर यादव ,राजेश रौनियार ,तरुणदलका पुर्व अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आन्दोलन प्रति सर्मथन जनाईसक्नु भएका छन । .....

काग्रेस नेतृत्व पंक्तिलाई मधेशीहरुको आन्दोलनकमा उडाएको माग सम्बोधन गर्न माग समेत गरिदै माग सुनवाई नभए हामी पनि आन्दोलमा होमिन बाध्य हुनेछौ नेताहरुको भनाई रहेका छन । .. मधेशीहरु संग भएको सबै सम्झैताहरु पुरा गर्न समेत पत्रकार सम्मेलनमा भनिएको थियो ।

..... यसै गरी नेपाली कागे्सका केही ब्यक्तिहरुले बैठक गरी निर्वाचन क्षेत्र न १ का सभासद रामअयोध्या प्रसाद यादवलाई बिगतमा भएको सबे सम्झैतालाई लागु गराउन पार्टीमा दवाव दिन आग्रह गरेका छन । महासमिती सदस्य शोभीलाल मन्डलको अध्यक्षतामा कोतवालीमा भएको सो बैठकले समानुपाती ,समावेशी र जनसंख्याको अधारमा प्रतिनिधित्व सहित मधेशको जायज मागलाई सम्बोधन गराउन ततपरता देखाउन सभासद यादवलाई चिठी मार्फत पत्रचार गर्ने निर्णय भएको बिनोद यादवले जानकारी दिए ।

ततपारता देखाउन नसके संविधान सभा छोडेर मधेशको आन्दोलनमा आउन आग्रह समेत गरेका छन ।



एमाले नेताकै अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रीको पुतला जलाईयो
सत्तारुढ दलका घटक नेकपा एमालेका गाउँ कमिटिका अध्यक्षकै नेतृत्वमा सोही दलका गृहमन्त्री एवं पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका बामदेव गौतमको पुतला जलाईएको छ । .... तराई मधेशमा जारी मधेश आन्दोलनमा नेपाल सरकारले दमन गरी मधेशीहरुलाई ताकिताकि छातीमा गोलि प्रहार गरेको बिरोधमा बाराको धर्मनगरका बालबालिकाहरुले शुक्रबार गृहमन्त्री गौतमको पुतला जलाएका हुन् जसको नेतृत्व सोही पार्टीका गाउँ कमिटि अध्यक्ष रहेका योगेन्द्र साह बनियाले गरिहेका थिए । सो कार्यक्रममा आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्तासंगै सत्तारुढ नेपाली काँग्रेस, एमालेका स्थानीय तहका नेताहरुको समेत सहभागिता रहेको थियो । ..... अधिकारका लागि आन्दोलन गर्दा जनतालाई गोलि हानी बोलि दबाउँन खोजेको भन्दै उनीहरुले गृहमन्त्रीको पुतला बनाई गाउँ परिक्रमा गर्दै स्थानीय बजारमा जलाएका थिए । सयौको संख्यामा रहेका बालबालिकाहरुले मधेशी एकता जिन्दाबाद, गृहमन्त्री राजिनामा दे लगायतका नारा समेत लगाएका थिए । आफ्नो गाउँ, समाज, एवं समुदायको बिकाशको लागि एमाले पार्टीमा लागेपनि सोही पार्टीले आफ्नै गाउँ, समाज, एवं समुदायको मान्छेको हत्या गर्न थालेपछि आफुहरु दुखित भएको बनियाले बताए । सो कार्यक्रममा काँग्रेसका जग साह, माओबादीका नेता प्रभु यादव लगायतको सहभागिता रहेको थियो ।


गाउँ गाउँमा मधेशी मोर्चाको जागरण अभियान शुरु मधेश र मधेशीको अधिकारको लागि संघर्ष गर्नुपर्नेमा जोड
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराले आन्दोलनलाई अझै शसक्त बनाउँन जिल्ला भरी मधेश जागरण अभियान शुरु गरेको छ । अभियान अन्तरगत शुक्रबार बृहत मोटरसाईकल रयाली निकालेको छ । सदरमुकाम कलैयाबाट शुरु भएको सो मोटरसाईकल र्यालीमा पाँच सय भन्दा बढी मोटरसाईकलमा एक हजार भन्दा बढीको सहभागिता रहेको थियो । .....

र्याली कलैयाबाट शितलपुर, धर्मनगर, बलिरामपुर, बसतपुर, पिपडारी, बेनौलि, कवहीगोठ, बगही, हर्दिया, पशुरामपुर, मझरीया, तेलकुवा, महागढीमाई नगरपालिका बरियारपुर हुदै कलैयाको भरत चौकमा समापन

भएको थियो । गाउँ गाउँमा पुगेको र्यालीमा सम्मिलित मोर्चाका नेताहरुले सम्बोधन पनि गरेका थिए । ...... र्यालीलाई संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य प्रमोदप्रसाद गुप्ता, रामकिशोर यादव, बच्चा यादव, जिल्ला अध्यक्ष रामबाबु कुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जितेन्द्र सिंह, श्याम गुप्ता, जिल्ला अध्यक्ष नवलकिशोर सिंह, सदभावना पार्टीका जिल्ला अध्यक्ष महमद सफिक अंसारी, तराई मधेश सदभावना पार्टीका केन्द्रीय सदस्य रमेश यादव लगायतको सहभागिता रहेको थियो । यसैगरी र्यालीमा राष्ट्रिय मधेस समाजबादी पार्टीका केन्द्रीय सचिव पारसप्रसाद साह, एमाओबादी निकटका मधेशी राष्ट्रिय मुक्ति मोर्चाका भोजपुरा संयोजक शुशिल यादव, हसनजान अंसारी, महमद समिर, मुकेश साह, तराई मधेश राष्ट्रिय अभियानका शिवनाथ पटेल, पप्पु सिंह, बृजकिशोर चौधरी, लगायतको सहभागिता रहेको थियो । र्यालीले २७ गते कलैयामा हुने श्रद्धाञ्जली सभामा सहभागि हुन आग्रह गरेको छ । प्रहरीको गोलि लागि कलैयाका हेफाजत मियाँ अंसारीको मृत्यु भएको थियो ।


यादवलाई प्रहरीले नियन्त्रणमा लिई टाउकोमा गोली हाने
धनुषा जमुनियाका अन्दाजी १५ वर्षीय नितु यादवलाई प्रहरीले नियन्त्रणमा लिइ गोली हानेको प्रदर्शनकारीहरुले बताएका छन् । .... मिल्स एरियामा प्रहरीले अन्दाधुन्ध गोली चलाएपछि प्रदर्शनकारीहरु भागेका थिए । भाग्ने क्रममा लडेका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर टाउकोमा तीनभन्दा बढी गोली हानेको प्रदर्शनकारीहरुले बताएका छन् ।
झडपमा सशस्त्र प्रहरीका असईको मृत्यु, घर–घरमा प्रवेश गरी प्रहरीद्धारा कुटपिट
झडप पछि व्यापकरुपमा परिचालन गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले त्यसक्षेत्रको गाउँघरमा प्रवेश गरी कुटपिट सुरु गरेका छन् । उनका अनुसार अहिले त्यस क्षेत्रबाट मानिसहरु भागभाग गर्दैछन् ।


‘हिजो पहाडे मर्दा रोएँ, आज मधेशी मर्दा सहानुभूति त देखाई देउ’
आजसम्म मधेशमा मात्रै २० जनाको मृत्यु भईसकेको छ । के त्यो सही हो त ? आज सामान्य आन्दोलनमा बल प्रयोग गर्दा अपनाउनु पर्ने कुरामा ध्यान दिएको छ त सरकारले ? सबैलाई टाउको र छातीमा गोलि ठोकिएको छ । ..... सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा लाग्छ, हिजो महाभूकम्प जाँदा मधेशका हामीले गरेको सहयोगलाई नेपालीले गरेको सहयोग ठानियो तर आज हामीले गरेको आन्दोलनलाई साम्प्रदायिक आँखाले हेरिएको छ । यो कतिको जायज हो त साथीहरु ? ..... यो आन्दोलन कुनै समुदायसँगको आन्दोलन होइन । पहाडिया र मधेशीबीचको आन्दोलन पनि होइन । अधिकारको लडाई हो । हिजो महाभूकम्प जाँदा, मधेशका सबैले मिलेर सहयोग गरेकै हो । मैले आफैले पनि जिउज्यानको परवाह नगरी, पहाड–मधेश नसोचिक सके जति सहयोग गरेकै हो । .....

मित्र निशान्त श्रेष्ठको कमेन्टमा थियो, ‘हामीसंगै पढ्यौं, त्यती बेला त तिमि यस्तो कुरा गरेनौ’

...... मेरो सानैदेखिको साथीसँगी मधेशी मूलकोभन्दा पहाडी मुलका छन् । .... मलाई कतिय मेरा मित्रले भन्छन्, ‘राष्ट्रपति मधेशी, उपराष्ट्रपति मधेशी, मन्त्री त कति कति भयो । तर पनि तिमीहरुलाई के चाहियो अव ? ..... म भन्छु, ‘यो देश तिमीहरुको मात्र हो र, तिमीहरु चाँही सधै हुने ? र, हामी एक चोटी भयो भन्दैमा सबै मधेशीले अधिकार पायो त ? ..... .अर्का केहीको तर्क हुन्छ, तिमीहरुको समुदायको मान्छेले मिहिनेत नै गर्दैनन् त्यसैले लोकसेवामा नाम निकाल्न सक्दैन । ...... म भन्छु, हाम्रो आफ्नो भाषामा लिइएर हेर न त लोकसेवाको परीक्षा, अनी थाहा हुन्छ कसको नाम निस्किन्छ । ......

हिजो पहाडमा भूकम्प जाँदा कुनै पनि मधेशीले भनेका छैनन् कि राम्रो भयो, सब पहाडिया मरे । तर आज समाजिक सञ्जालमा हेर्दा लाग्छ, धेरै साथीहरु खुसी हुनुहुन्छ मधेशी मर्दैछ भनेर ।

...... तपाईलाई एउटा कोठा भित्र बन्द गरेर यदि सबैले कुट्न थाल्यो र बाहिर निस्किन दिएन भने के गर्नु हुन्छ ? ........ आज मधेशको हालत त्यस्तै छ । यसरी नै सरकार मधेशमा प्रस्तुत भई रह्यो भने आगामी दिनमा म जस्ता मधेशी युवा, जो मध्यमार्गी छन् उनीहरु अर्को बाटोमा नलाग्ला भन्न सकिन्न । म विदेशबाट फर्केर यहाँ दोस्रो दर्जाको नागरिक बनेर बस्न आएको होइन । एक चोटी सोच्नुस न, यो देशको आधा जानसंख्या भएको मधेशले आउने संविधानमा आफ्नो अपनत्व महसुस गर्न जरुरी छ कि छैन ? म फेरि पनि भन्छु, यो समुदाय–समुदायबीचको लडाई होइन । यो अधिकारको लडाई हो । ...... हामीलाई यहि देश भित्र अधिकार चाहियको छ । यो देश जतिअरुको छ, त्यती नै हाम्रो पनि हो ।


के ब्राह्मणवादीहरु अरुका विचार बुझ्नै चाहँदैनन् ?
एकातिर जारी हुनै लागेको संविधानको प्रक्रिया, यसले समेटेका विषय, अधिकार क्षेत्रभित्रका व्यवस्था र प्रदेश सीमांकनविरुद्ध सडकमा अनगिन्ती शक्तिले निरन्तर आन्दोलन गरिरहेका छन् । यी सबका बाबजुद कांग्रेस, एमाले र एमाओवादीले संविधान निर्माणको प्रक्रियालाई नरोकी त्यसलाई लगातार बढाइरहेका छन् । ..... यही स्थितिमा संविधान जारी भए के त्यो कार्यान्वयन हुन सक्छ ? दोस्रो प्रश्न, मधेशी, थारु, आदिवासी जनजाति, लिम्बुवान, मगरात र दलितको आवाजको सुनुवाइ नभएमा आन्दोलनको मोड कतातिर जान्छ ? यस्तै अन्य प्रश्न छन्— के सबैका माग पूरा गर्न सकिन्छ ? के सबैलाई सन्तुष्ट पार्न सकिन्छ ? द्वन्द्वको बिउ रोपेर किन यति हतारमा संविधान जारी गर्न खोजिँदैछ ? संविधान निर्माण प्रक्रियामा विगतमा राज्य तथा सरकारले विभिन्न दल तथा समाजिक समूहरुसँग गरेका सम्झौता लागू गर्ने कि नगर्ने भनेर दोस्रो संविधानसभाको निर्वाचन भएको हो या संविधानसभाको समयावधि सकिएर दोस्रो निर्वाचन गर्नु परेको हो ? के विगतका आन्दोलन, द्वन्द्व, जनयुद्ध, कलह वा अस्थिरता संविधान नभएर भएको थियो ? के अहिले जारी गर्ने ब्राह्मणवादी जातिवादी संविधानले अस्थिरता, द्वन्द्व र कलहको कारणलाई समाधान गर्दछ ? यस्तो ब्राह्मणवादी जातिवादी संविधान रोक्नै हुँदैन ? के ब्राह्मणवादी जातिवादीहरुले मधेशी, आदिवासी जनजाति तथा थारुले चाहेको कुरा बुझेका छैनन् ? सरकारी तथा गैरसकारी सबै क्षेत्रमा योग्यताभित्र समानुपातिक समावेशी हो कि योग्यताबाहिर समानुपातिक समावेशीको कुरा हो या योग्यताको मात्र कुरा हो ? आन्दोलनरत पक्षले चाहेको प्रदेश बनाएर गरेर देखाउन दिने या एउटा छुट्याएर त्यहाँ गरेर देखाऊ अनि अरु दिने कुरा हो ? ........ मधेशी, थारु, आदिवासी जनजाति, लिम्बुवान, मगरात र दलितको आवाजको सुनुवाइ नभएमा आन्दोलनको मोड दीर्घकालीन आन्दोलनमा बदलिन्छ, जसको रुप अहिल्यै भन्न सकिने स्थिति छैन । .....

ब्राह्मणवादीहरुले सोच्ने तरिकै अलग छ

..... उनीहरुको अन्तरहृदय र दिमागलाई गहिरो गरी मार्गनिर्देश गर्ने र जीवन दर्शनको रुपमा रहने मूल्यमान्यताका रुपमा कुँदिएका छन ..... यसैले उनीहरु भन्दैछन्, सबैका माग पूरा गर्न सकिन्न र सबैलाई सन्तुष्ठ हुने संविधान बनाउन पनि सकिन्न । यसैगरी उनीहरुको तर्क छ, राज्य तथा राज्य सरकारले संविधान निर्माणसँग सम्बन्धित विषयमा विभिन्न दल तथा सामाजिक समूहसँग गरेका सम्झौता कार्यान्वयन गर्ने भए दोस्रो संविधानसभाको निर्वाचन गर्नुपर्ने थिएन । अहिलेका द्वन्द्व संविधान नभएर भएको हो र त्यसका लागि संविधान चाँडै घोषणा गरिहाल्नु पर्दछ । .......... यस्तै तर्क जाँच्न नै न्याय र समानतालाई ठिक बेठिक छुट्याउने आधार बनाइएको हो । यहाँ कसैले माग र आग्रह गरेका छैनन् । यहाँ मधेशी, थारु, आदिवासी जनजाति, लिम्बुवान, मगरात र दलितले न्याय र समानता खोजेका छन् । इतिहासको लामो कालखण्डदेखि आजसम्म यिनीहरुलाई अन्याय, उत्पीडन, विभेद र असमानता भएको तथ्य नमान्नेहरु ब्राह्मणवादीहरु हुन् ।

उनीहरुले आफूलाई शासकको तहमा राखेर न्याय, समानता र विभेदको अन्त्य नचाहनु र आफूहरु ‘दिने’ र अरु ‘लिने’ हिसाबले कुरा गर्नु स्वाभाविकै हो ।

उनीहरुको हित हुने भए मागै भए पनि पूरा गरिहाल्ने र कुनै आवाजचाहिँ आफ्नो अहित गर्ने भए ‘सबैका माग पूरा गर्न सकिन्न’ भन्ने प्रवृत्ति त जातिवादी विचार हो । यो नै उनीहरुले सोच्ने तरिका हो, सोच्ने तरिकाको आधार हो । ........... ती सम्झौता कार्यान्वयन गर्ने कि नगर्ने भनेर निर्वाचन भएको थिएन । त्यो त पहिलो संविधानसभाको समयावधि सकिएर संविधान निर्माण गर्न भएको हो । त्यो पनि

पहिलो संविधानसभामा आदिवासी जनजाति, मधेशी, दलित आदिको संख्या उल्लेख्य भएको र त्यसले ब्राह्मणवादी शासन र सत्तालाई संविधानमार्फत ध्यस्त गर्ने भएकोले त्यसलाई ग्र्याण्ड डिजाइनअनुसार तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीमार्फत भंग गरिएको हो ।

........ ती सम्झौताहरु संविधान निर्माण नहुँदासम्म वैध हुन्छन् भन्ने कुरा जसलाई पनि थाहा छ । .... उनीहरुको अर्को तर्क हो, अहिले संविधान नभएर द्वन्द्व भएकोले चाँडै संविधान घोषणा गरिहाल्नु पर्दछ । देशमा २००७ देखि २०४७ सालसम्म संविधान थिएन र ? दशवर्षे युद्धकालमा संविधान थिएन र ? संविधान हुने नहुने कुराले फरक पार्ने होइन । संविधानले द्वन्द्व पैदा गरिरहने कारकतत्वहरुको सम्बोधन गर्छ कि गर्दैन भन्ने कुरा मूल मुद्दा हो । अहिले झन् जातीय द्वन्द्व हुने अवस्थामा हतार हतारमा जातिवादी संविधान घोषणा गरिहाल्नु पर्दछ भन्नु थप द्वन्द्व चर्काउनु हो ।

ब्राह्मणवादको रक्षा गरे बापत पुरस्कारस्वरुप एउटा कुमाई बाहुनलाई प्रधानमन्त्री बनाउन देशलाई नै दाउमा राख्ने यो कस्तो सोच हो ?

उनीहरु आफ्नो स्वार्थका लागि कति हदसम्म गिर्छन्, यसले देखाउँछ । ......... उनीहरु भन्दैछन्, मधेशी, आदिवासी जनजाति, थारुले … के खोजेका हुन्, बुझ्न सकिएको छैन । खोजेको कुरा एकदमै स्पष्ट छ ः शासन, सत्ता र श्रोतमा एकल जातिवादी हालीमुहालीको अन्त्य, त्यसका लागि न्यायपूर्ण रुपमा राज्यको पुनःसंरचना, संविधानमा उनीहरुको अधिकारको सुनिश्चितता । यी कुरा त अन्तरिम संविधानले सुनिश्चित गर्न निर्देश गरिसकेको छ । यिनै कुरा ब्राह्मणवादीहरु बुझ्दैनन अथवा बुझ्न चाहँदैनन्,

भ्रम फिजाउन बुझ्न नसकिएको बताउँछन् ।

...... १२ कक्षा पास गरेको ब्राह्मणवादीले समेत अर्को समुदायको पिएचडी गरेको भए पनि उसलाई योग्य देख्दैन । उनीहरु बाहुनबाहेक अरु समुदायका राम्रो, कुशल र योग्य मानिसहरु हुन्छन् भन्ने मान्न तयार छैनन् । ........ अहिलेको माग तिनै योग्यहरुबीच समानुपातिक समावेशी प्रणाली लागू गर्न कुरा हो । सेनामा पनि फिजीकल्ली र मेन्टल्ली फिट भएकाहरुबीच समानुपातिक समावेशीको कुरा हो, राई, मगर या गुरुङ भएर मात्र पाउने भन्ने कुरा होइन । समानुपातिक समावेशीलाई यसरी उडाउने र यसबारे अनेक भ्रम फैलाउने काम किन गरिँदैछ ? ....... उनीहरुको अर्को एउटा अनौठो विचार देखियो— गरेर देखाउने कुरा ।

मधेशीहरुका लागि प्रदेश नं. २ छ त्यहाँ गरेर देखाए भइहाल्यो नि ! किन अरु प्रदेशको कुरा गर्ने ?

यसले आन्दोलनरत पक्षहरुले चाहेको प्रदेश बनाएर गरेर देखाउन दिने या एउटा छुट्याएर त्यहाँ गरेर देखाऊ अनि अरु दिने भन्ने विचार देखियो ।

ब्राह्मणवादीहरु दिने र अरुले लिने मानसिक्ताको उपज हो यो ।

सबै मिलेर सहमतिमा सबैलाई मान्य हुने संविधान बनाऔं भन्ने सोचको अभाव हो यो । ........ पहिलो संविधानसभामा आदिवासी जनजाति, मधेशी, दलित आदिको संख्या उल्लेख्य थियो र पहिचानसहितको संघियताको पक्षमा ४२२ अर्थात दुई तिहाइ बहुमतभन्दा बढी थियो । तर ब्राह्मणवादीहरुकै षडयन्त्रका कारण त्यसबेलाका मस्यौदा प्रतिबेदनहरुलाई संविधानसभाभित्र छिराउनै दिइएन भने दोस्रो संविधानसभामा नियमावलीले नदिँदा नदिँदै संविधानसभाभित्र जबर्जस्ती छिराइयो ।

यसमा संविधानसभाका अध्यक्षले आफ्ना मालिकको हप्काइ थेग्न नसकेको स्पष्ट छ । मालिकले हप्काए पछि संविधानसभाको नियमावली मिच्न पनि गाह्रो नहुने रहेछ ।

........ विधेयक मस्यौदालाई छिटो पास गर्ने उपाय खोजिँदैछ । सके ध्वनि मतले, नभए हात उठाएर अभिमत लिने उपाय खोजिदैछ । मत विभाजन गरेर, हस्ताक्षर गरी रेकर्ड गर्ने उपाय अपनाउन पनि संविधानसभाका १० प्रतिशत सदस्यले मत जाहेर गर्नुपर्ने उपाय पनि षडयन्त्रकै उपज हो ।

हरेक संशोधन प्रस्तावमा भोटिङ विभाजन गरेर हस्ताक्षर गरी रेकर्ड गर्ने कार्यले संशोधन प्रस्तावको संख्या र धारा उपधारामा परेको संशोधन संख्या हेर्दा ती सबैको टुंगो लगाउन कम्तीमा २ महिनाभन्दा बढी लाग्छ ।

ब्राह्मणवादी जातिवादीहरुका सानो जत्था र तिनीहरुको नाइकेलाई २ महिनासम्म पर्खने धैर्य छैन ।


राष्ट्रपतिको छोरी अनिताले आन्दोलनबारे यसो भनिन
उनले भनेकी छिन ‘को कालो, को गोरो, को बाहुन, को कामी, को पहाडी को मधेसीः काटे रगत सबै को रातो आउँछ कसको को चाँही निलो , कालो, हरियो आएको छ र ? एक आपसमा लडाई (मारा–मार) यस्तो किन ? के मधेसी नेपाली होइन र ? के पहाडी नेपाली होइन र ? के थारु नेपाली होइन र ? व्यक्तिगत तथा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थको पक्षमा काम गर्नु पर्ने अहिलेको ऐतिहासिक आवश्यकता रहेको छ । अव जातीय र धार्मिक या जातीय युद्ध शान्ति र न्यायको लागी हुदैनन । केबल बदला लिनको लागी भएका छन । यो युद्धमा कोहि सहि या गलत हुदैन, केवल आफ्नो र पराई हुन्छ । धार्मिक युद्धको कुरा हैन सिङो नेपाल बनेर अगाडि बढौँ । कता कता मलाई लाग्छ हिजो हामीले तुलसी भनेर कतै धतुरोको बिउ त रोपेनौँ ? कतै हेर्दा हेर्दै, देख्दा देख्दै चार जात छत्तिस वर्णको एक साझा फुलबारी हाम्रो देश नेपाल उजाड त हुने होइन ?’

No comments: