Thursday, September 10, 2015

In The News (54)

ओलीलाई गच्छदारको सुझाव- ‘प्रधानमन्त्री बन्ने भए हाम्रो माग पूरा गर’
गच्छदारले तीन दलले बहुमतको आधारमा संविधान जारी गरे मुलुक गृहयुद्धमा प्रवेश गर्ने बताएका छन् ।
काँग्रेस पार्टी कार्यालयमा तोडफोड
लिम्बुवानको बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित



जबरजस्ती संविधान ल्याए हतियार उठाउँछौं : लेखी
मधेसी र थारुहरु एउटै आन्दोलनको तयारीमा रहेको जानकारी दिँदै उनले अब तराई-मधेसका घर घरका जनता आन्दोलनमा होमिने उनको दाबी थियो। ...... मधेसी, थारु, आदिवासी जनजातिहरुको आन्दोलन सफल नहुनुको मुख्य दोषी सञ्चार माध्यम रहेको उनले आरोप लगाए। ‘सञ्चारमाध्यम पनि सत्ताको भजनकीर्तन गाउने काममा मात्र समिति भएका छन्’, उनले आक्रोश पोखे।
सेना र पुलिस लगाएर संविधान जारी हुँदैन:कांग्रेस सभासद् सुरेन्द्र चौधरी
पार्टीको रणनीति भन्दा, हामीले पनि त आफ्नो क्षेत्र र राजनीति जोगाउनुपर्‍यो ।कहिलेकाँही त जोगाउनु पर्‍यो नि । जनताको पपुलर लेजिटिमेसी त हामीले पाएका छौँ। डेलिगेटेट लेजिटिमेसी त जनताले हामीलाई दिएको छ नि। त्यसैले हाम्रो पनि जनता प्रतिको जिम्मेवारी हुन्छ। उनीहरुप्रतिको जिम्मेवारीलाई ओभर रुल्ड गरेर हामी त चल्न सक्दैनौँ।
‘ओलीलाई प्रधानमन्त्री बनाउनका निम्ति नरसंहार निम्त्याउने !’
उहाँहरुले अहिलेको परिस्थितीको गम्भीरतालाई बुझ्न सक्नु भएको छैन । मुलुक गृहयुद्धको सँघारमा उभिइरहेको छ । ..... यो मुलुकमा १० वर्ष जनयुद्ध भयो । त्यो ‘अन–सिभिल वार’ थियो । ‘अन–सिभिल वार’पछि पनि संघर्ष हुने हो भने त्यो ‘सिभिल वार’ हुन्छ, अर्थात् गृहयुद्ध । ..... संविधान समस्या भइदिएको भए मुलुकमा ६ पटक संविधान आइसक्यो । संविधानसभाबाट बन्ने संविधानले नै सबै कुरा समाधान गर्ने भए फ्रान्समा त्यहाँका जनताले संविधानसभाबाट बनेको संविधानलाई धोती किन लगाइदिन्थे ? जर्मनीमा पनि संविधानसभाले बनाएको संविधान किन जनताले धोती लगाइदिए ? केन्यामा संविधानसभाले दिएको संविधान किन टिकेन ? ..... दुई–तीन जना नेताहरु आफैं सीमांकनविद हुनु भएको छ, उहाँहरु नै संविधानविद हुनु भएको छ । उहाँहरु नै आफूलाई समाजशास्त्री, राजनीतिशास्त्री, दर्शनशास्त्री ठान्नु हुन्छ । ...... आदिवासी–जनजाति, थरुहट, मधेसी समुदाय आन्दोलित छन् । यसको अर्थ मुलुकको आधा जनसंख्या आन्दोलित छ । सडकमा उत्रिएको आधा जनसंख्यालाई नजरअन्दाज गर्न सकिदैंन । ..... पार्टी भनेको ‘पार्ट’ हो, राजनीतिशास्त्रको भाषा बुझ्नुस् । पार्टी भनेको पुरा वा पुर्ण होइन । यो त ‘पार्ट’ मात्र हो, समग्र होइन । त्यसकारण कुनै पनि पार्टीले सारा संसार मैले नै बुझेको छु, मैले नै जानेको छु, मैले भनेअनुसार नै गर्नुपर्छ भन्न मिल्दैन । पार्टीको दृष्टिकोण एउटा कुरा हो तर उसकै दृष्टिकोण सबैका लागि स्वीकार्य हुन्छ भन्ने होइन । पार्टीभन्दा ठूलो समाज हो, समाजभन्दा ठूलो देश र जनता हो । हामी सार्वभौम जनताको कुरा गरिरहेका छौं । सार्वभौम जनताका असन्तुष्टिलाई कहीँ न कहीँ सम्बोधन गर्नुपर्छ भनिरहेका छौं । ......... राजनीतिक दलका ‘सिन्डिकेट’ हरुले जनतामाथि घोकाको राजनीति गरिरहेका छन् । यही नेतृत्वले मधेसीसँग सम्झौता गरेको छ, कहिले थरुहटसँग सम्झौता गरेको छ । यही नेतृत्वले आदिवासी–जनजाति, दलितसँग सम्झौता गरेको छ । आफैं सम्झौता गर्ने अनि सम्झौता कार्यान्वयन नगरी भागेर हिँड्ने ? यो पनि त भएन । अहिले राजनीतिक कट्टरता बढिरहेको छ । यसका निम्ति कोही जिम्मेवार छ भने त्यो अहिलेको नेतृत्व नै हो । जनतालाई कट्टर बनाउने काम यही काठमाडौंमा बस्दै आएका टाठा–बाठा नेताहरुले नै गरेका हुन् । .......

जनताले देशभर दीपावली गर्ने किसिमले संविधान निर्माण गरौं भन्ने हाम्रो प्राथमिकता हुनु पर्दछ ।

..... भूगोलको मात्र कुरा होइन, अधिकारका कुरा पनि आउँछन् । प्रदेशको आफ्नो प्रशासन हुन्छ, प्रदेशको आफ्नो प्रहरी, न्यायालय हुन्छ । श्रोतको कुरा आउँछ । जनसंख्याको आधारमा समानुपातिक र समावेशी हुनु पर्‍यो ।

नेपाली कांग्रेसकै त्रिवेणीमा भएको महाधिवेशनले पारित गरेको छ, ‘तराई मधेस र भित्री मधेस मिलाएर तीन राज्य बनाउने ।’ त्यो बेलाको मोटामोटी लेखाजोखा के थियो भने तराईमा तीनवटा र पहाडमा तीनवटा राज्य बनाउने ।

.... हेरौं, नेताहरुको घैंटोमा घाम लाग्यो भने ‘यु–टर्न’ पनि हुन सक्छ । नेपालमा त हरेक महत्वपूर्ण निर्णय आधा रातमा हुन्छ । ..... अहिले हाम्रो कुरामा कांग्रेसका नेताहरु लचक देखिनु भएको छ । माओवादी नेताहरु पनि सकारात्मक नै हुनुहुन्छ । तर एमालेका नेताहरु भने कट्टर देखिएका छन् । उनीहरु संविधानको विधेयकमा व्याकरणका सानो चिन्ह पनि परिवर्तन गर्नुहुँदैन भन्ने पक्षमा छन् । सेना, प्रहरीलाई लगाएर भए पनि संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा एमालेका नेताहरु छन् । अब केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनका निम्ति नरसंहार नै हुने परिस्थिती निर्माण गर्नु कति राजनीतिक हो भन्ने पनि बिचारणीय छ ।


संघको अहवान काठमाण्ढौ तेल नलगने चालको समर्थन भोली देखि सयै गाडी साउको घरमा
वीरगन्ज २५ भदौ ट्यांकर चालक संघ पर्साले हक अधिकारका निम्ति मधेशमा जारी आन्दोलन प्रति समर्थन जनाउदै चालकहरुले ट्याङकर नचलाउन अव्हान गरेको छ । संघका अध्यक्ष बिनोद मानन्धरले बिहिबार एक प्रेस विज्ञप्ती जारी गरी मधेशको हक अधिकारका निम्ति विगत २७ दिन देखि जारी शान्तिपूर्ण आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै ट्यांकर चालक वर्गमा आन्दोलनलाई समर्थन गर्न अव्हान गरेका हुन् । अध्यक्ष मानन्धरद्धारा जारी विज्ञप्तीमा स्थानीय प्रशासनले दमनको नीति अवलम्बन गरी सरकारको नीति नियम विपरित शान्तिपूर्ण आन्दोलनलाई उग्र भएको नाममा कप्mर्यू, निषेधित क्षेत्र र दंगाग्रस्त क्षेत्र घोषण गरी सुनियोजित आन्दोलनकारीका साथै सर्वसाधारणमाथि अन्धाधुन्द गोली प्रहार गरी पर्सेली जनतालाई आतंकित बनाएको र त्यस क्रममा सहादत प्राप्त गर्ने महान शहिदहरु प्रति संघ श्रद्धाञ्जली एवं घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको उल्लेख छ । राज्यले पुरै शक्ति लगाएर मानवअधिकारको मापदण्डको खिल्ली उडाउदै प्रदर्शन गरेको बर्बताको नांगो प्रदर्शनले ५ बिर मधेशीले पर्सा जिल्लामा सहादत प्राप्त गरेका छन् भने दर्जनँैं मधेशी अंगभंग भई घाइते भएको प्रति संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।


पक्राउ पर्नु अघि लक्ष्मण थारुले के भने ?
राज्य थारुहरु थाकून् भन्ने रणनीतिमा लागेको छ । राज्य अहिले पनि राजनैतिक आन्दोलन गर्न चाहँदैन । अहिले आएर एमाओवादी पनि आफ्नो मुद्धाबाट पछाडि हटेको छ । ......

२०१७ देखि २०४६ सालसम्म सत्तामा क्षेत्रीहरु थिए । त्यो पनि जातीय सत्ता हो । ४६ सालको परिवर्तपछि बाहुनहरु सत्तामा आए । ८० प्रतिशत बाहुनहरुको हातमा देशको सत्ता छ ।

..... अब कैलालीमा नेपालको जम्मै आर्मी लगे पनि थारुले तोड्छ । ...... टीकापुर घटनामा पुलिसलाई थारुले मारेकै होइनन् । भीडले प्रहरी कुल्चेर मरेका हुन् । ५० हजारको भीडलाई रोक्न सक्छ प्रहरीले ? त्यहाँ कुनै घुसपैठ थिएन । त्यसको जिम्मेवारी म लिन्छु । टीकापुरमा मिडियामा आए जसरी गाउँ गाउँमा पलायन पनि छैनन् । सत्य हो त्यहाँका युवा पलायन भएका छन् । जातीय सद्भाव बिगार्ने काम थारुले होइन, राज्यले गरिररहेको छ ।


लक्ष्मण थारु भैरहवामा पक्राउ
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु पक्राउ परेका छन् । भदौ २३ गते बुधबार भैरहवाबाट बिहान ९ बजेतिर उनलाई भैरहवाबाट पक्राउ गरिएको फोरम लोकतान्त्रिकका एक केन्द्रिय सदस्यले इण्डिजिनियस भ्वाइसलाई बताए । उनलाई हिरासतमा राखिएको छ । ...... उनले टीकापुरको भदौ ७ को घटनाको केहि दिनपछि सोझासाझा सर्वसाधारण र थारुको घरमा आगजनी गरेकोमा आपत्ति जनाउँदै सक्छन् भने आफूलाई मार्न चेतावनी दिदै भनेका थिए टीकापुरमा छु, सक्छौं भने हामीलाई मार । किन थारुको घरमा आगो लगाउँछौं ? साथै, उनले आफ्नो फेसबुकमा स्ट्याटस टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको प्रतिरोध भएको उल्लेख गरेका थिए ।
खगेन्द्र संगौलाको नजरमा थारु जाति ज्याद्रो
नागरिकहरुको न्यायको आवाजलाई राज्यले जब सुन्दैन, अनि टीकापुरको घटना हुन्छ । टीकापुरको घटना कसले घटाएको हो ? यो राज्यले घटाएको हो । थारु समुदायमाथि ऐतिहासिक कालदेखि उपेक्षा, अन्याय, अपमान उत्पीडनको एकमुस्ट अभिब्यक्ति बनेको हो टीकापुर घटना । ....... यदि राज्यले थारु समुदायका आकांक्षालाई संविधानमा संशोधन गरेन भने अरु टीकापुर घटना दोहोरिन्छ कैलाली मात्र होइन, समग्र तराइ मधेसमा त्यस्ता घटना घटनेछन् । तराइ मधेसमा थारुहरु बसेका छन् । नेपालको आदिवासी को को हुन्, मलाई थाहा छैन । तर मैले सजिलोसँग आदिवासी भन्न सक्ने भनेको थारु समुदाय नै हो । ....... थारुले वन फँडानी गयो । औंलो पचायो । पहाडबाट आएका टाठाबाठाले उसको सर्वस्व लुटे । राज्यले दमन गयो । पहाडीले दमन गयो । तै पनि उ सहिरहेको छ, बाँचिरहेको छ । थारु जाति अलि ज्याद्रो हुन्छ, सारा जहर पचाएर थारु बाँचिरहेका छन् । यो धेरै ठूलो कुरा हो । यसको सहनशक्ति, यसको सौर्य, यसको संवेग हेर्दा योसंग धेरै चीज छ । ...... सभासद्हरु जुनसुकै पार्टीको भए पनि त्यो थारु समुदायको सदस्य हो । त्यसको इतिहास, त्यसको समवेदना, त्यसको भविष्य, त्यसको अस्तित्व, त्यो समुदायसँग जोडिएको हुन्छ । त्यसैले थारुको लागि पार्टी भनेको गौण कुरा हो । कांग्रेस, एमाले, माओवादी, राप्रपा, खाओवादी जे छ, त्यो तपाईको निम्ति दुइ नम्बरको कुरा हो । प्राथमिक कुरा भनेको आफू हो, आफ्नो समुदाय, त्यसको आकंक्षा, त्यसको मुक्ति हो । त्यसैले

संविधानसभामा जति पनि थारु सभासद्हरु छन्, सबै एक हुनुपर्छ ।

........ हाम्रो आन्दोलन टापुहरुजस्तो भएको छ । पूर्वमा लिम्बुवान टापु, मधेसी टापु, थारु टापु, मुस्लिम टापु इत्यादि । टापुमा भइरहेका जति आन्दोलन छन् । ती सब उत्पीडनबाट उठेका आवाज हुन् । तिनका पीडा साझा छन् । तिनका बीचमा नमिल्दा कुरा धेरै होलान, दर्शनका कुरा होलान्, संस्कृतिका कुरा होलान् । तर एउटा कुरा के मिल्छ भने ती ती सबै यो राज्यबाट उत्पीडत छन् । उत्पीडितहरुका टापुका रुपमा जे जति छरिएका आन्दोलन छन्, ती सबैलाई एकीकृत गर्नुपर्छ ।
मगरात प्रदेशको माग गर्दै आन्दोलन चर्काउने
समितिले भदौ २८ गतेसम्म भित्तेलेखन, पत्रकार सम्मेलन, मगरात प्रदेशको सीमामा बोर्ड राख्ने जनाएको छ । यस्तै भदौ २९ गते पाल्पा, तनहुँ, बाग्लुङ र रोल्पाको जिल्ला सदरमुकाममा बृहत बिरोध सभा गर्ने

त्यसपछि माग सुनुवाइ नभए अनिश्चितकालीन आम हडताल गर्ने जनाएको छ ।

..... मगर संघमा दुई दशकदेखि नेतृत्व गर्दै आएका नेपाली कांग्रेस र एमाले निकटका नेताहरु पार्टीले कारबाही गर्ने निर्देशन दिएपछि आन्दोलनमा देखिएका छैनन् । .....

‘आन्दोलनमा हाम्रो नैतिक र आर्थिक सहयोग छ,’ कांग्रेस निकट मगर संघका एक नेताले भने, ‘भौतिक रुपमा बाहिर देखिन मिल्ने अवस्था छैन ।’

..... संघर्ष समितिका नेता केहरसिंह रानाले पनि कांग्रेस र एमाले नजिकमा आस्था राख्ने नेताहरु मगरात प्राप्तिको संघर्षमा नदेखिएको बताए ।

No comments: