Friday, September 04, 2015

In The News (14)





०३६ सालमा पञ्चायत विरुद्ध आगो ओकल्ने बलरामको यो हालत …..
‘उफ! म बेलाबखत सम्झन्थें, कहाँ होलान ती भाषणमा आगो ओकल्ने

बलराम समाल

भनेर ।’ ...... उनी अर्थात ०३६ सालको आन्दोलनका एक योद्धा, नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति बलराम समाल । उनलाई चिनी जान्नेका कुरा मान्ने हो भने उनी लिलामणि पोखरेल र टंक कार्कीलाई समेत भाषणमा माथ गर्थे । ..... उनी आफ्ना भाषणमा मेहनतकश वर्गको हित र अधिकारकोृ कुरा गर्थे, नागरिक स्वतन्त्रताको कुरा गर्थे, निरंकुश पञ्चायती व्यवस्था ढाल्ने कुरा गर्थे र समग्रमा गरीबको राज्य सत्ता ल्याउने कुरा गर्थे । बलराम समाल हिजो वर्ग मुक्तिका कुरा पूर्ण चेतनामा गर्थे, आज मानसिक असन्तुलनका बीचमा गर्छन् । हो हिजोका बलराम र आजका बलराम समालबीच फरक छ ।हिजो उनी वर्ग मुक्तिका कुरा गर्दै हजारौं हज्जारलाई सम्बोधन गर्थे आज उनी त्यतिबेलाका सहपाठीले कल्पना गर्न नसकिने अवस्थामा भेटिन्छन–महोत्तरीको रामनगरस्थित आफ्नै घरमा । त्यतिबेलाका सहयात्री सूर्यप्रसाद शर्माले फेसबुकमा मानसिक रोगले ग्रस्त समालको फोटो राखेर उनको सम्मानमा फेसबुकमा कविता पोष्ट गरेपछि बलराम अहिले फेरि चर्चामा छन्, फरक यति मात्रै उनी हिजो क्षमताका कारण चर्चामा थिए, अहिले दयाका पात्र भएका छन् । ...... २०३७ सालको स्ववियु निर्वाचनमा उनी ल क्याम्पसमा अनेरास्ववियु र म आरआर क्याम्पसमा नेवि संघको तर्फबाट सभापतिमा उम्मेदवार थियौं समालजीको उत्कृष्ट भाषण कलाले उनका प्रतिद्वन्दीलाई मात्र हैन, छिमेकी क्याम्पसका मलाई पनि हरायो ,त्यतिखेर थोरै मतान्तरले म पराजित भए यता आरआरमा अहिलेसम्म नेवि संघले जित्न सकेको छैन ...... कानूनमा स्नातक बलराम अंग्रेजी, संस्कृतका साथै तराईमा बोलिने भाषा पनि फरर्र बोल्न सक्ने ..... ‘२०४७ सालमा सिन्धुली, भिमानमा तत्कालिन नेकपा मालेले आयोजना गरेको आमसभामा मोहनचन्द्र अधिकारी प्रमुख वक्ता हुनुहुन्थ्यो भने म उद्घोषक थिएँ । मलाई दिइएको वक्ताहरुको नाममा बलराम समाल पनि हुादा मैले मंचमा उहााई खोजेको थिएँ । तर, त्यस्तो कुनै मानिस नदेखेपछि पछि चिनिएला भनेर चुपचाप बसें ।’ आन्दोलनमा लागेर क्षमता भएर पनि उनी कति सामान्य जीवन बिताईरहेका थिए भन्ने संकेत गर्दै पत्रकार देवकोटा फेसबुकमा लेख्छन् –पछि उहाँको नाम बोलाउँदा कछाड लगाएको होचो, नपत्याउँदो मानिस माइकतर्फ गयो र बोल्न थाल्यो । तर….उहाँ बलराम समालले यस्तो बोल्नु भयो कि……कार्यक्रम सकिएपछि पनि सबैले उहाँकै बोलीको चर्चा गरिरहे । .......

‘तत्कालिन पंचायति व्यवस्थाको निर्देशनमा प्रहरीको यातनाका कारण उहाको यो अवस्था भएको हो । ’

..... राज्यले दिएको यातना र पार्टीले इतिहासमा योगदान गर्नेहरुलाई बिर्सिदाको परिणाम स्वरुप बलरामको यस्तो हालत भएको ठान्छन् । त्यसो त एमालेले बलरामलाई सहयोग नगरेको भनेर पत्रकार देवकोटा मान्दैनन, तर कहिँ न कहीँ पार्टीले आफ्नो वर्ग स्वार्थ भुल्दा बलरामहरुको यस्तो हालत भएको उनी बताउँछन् । ‘ जिल्ला तहबाट सहयोग भएको हो, केन्द्रबाट भएन, तर वर्ग भुल्दा बलरामहरु भुलिए ।’ ....... वर्ग मुक्तिका कुरा गर्ने समालले पञ्चायतकालमा प्रहरीको यातना पाए, उनलाई कुटपीट गरियो, करेन्ट लगाइएयो, त्यसैको परिणाम उनी मानसिक रोगी भएको ठान्ने धेरै छन् । धेरै पहिले देखि नै उनमा यो समस्या देखिएको थियो, उपचार गरेर उनले ०४९ सालमा एमालेको महाधिवेशनमा भाग लिएको ...... तर पनि उनलाई निको भएको छैन् । उनको उपचारमा खासै ध्यान नदिइएको गुनासो छ । ..... मानसिक रोग त्यो जाबो केइ होइन उपचार गरे, ओझेलमा परेर मान्छे हेर त जिउंदै मरे ।’

मदनको बाजे थ्यो बाबै दृष्टिकोण थियो सफा


पदको गरेन माग दृष्टिकोण अति सफा
पिटाइ चुटाइ खायो विद्युतीय करेन्ट पनि
बि यल पढेको मान्छे आज यो हालत छ नि

मगर जातिको सन्तान चुचेको हेलामा पर्यो रु


भो तेसो नभनम क्यारे गरिबको छोरो जो पर्यो
मानसिक रोग त्यो जाबो केइ होइन उपचार गरे
ओझेलमा परेर मान्छे हेर त जिउंदै मरे
०३६ सालको आन्दोलनका योद्धा बलराम समालको उपचारका लागि पहल शुरु
०३६ सालको आन्दोलनका एक जना योद्धा एवं नेपाल ल क्याम्पसका पूर्व सभापति बलराम समालको उपचारका लागि नेपाल ल क्याम्पसका पूर्व विद्यार्थी एवं स्ववियू पदाधिकारीले सक्रियता देखाएका छन् । ..... मानसिक अस्वस्थताको अवस्थामा रहेका समालका विषयमा एभरेष्ट दैनिक डटकममा समाचार प्रकाशित भएपछि उनको उपचारका लागि नेपाल ल क्याम्पसका पूर्व सभापति एवं अनेरास्ववियूका पूर्व अध्यक्ष हिक्मत कार्कीको अगुवाईमा ‘बलराम समाल उपचार समिति’ गठन गरी उपचार कोष खडा गर्ने निर्णय भएको छ । कोषका लागि नेता कार्कीले ३० हजार र आफूले १० हजार रुपैयाँ जम्मा गरेको नेपाल ल क्याम्पसका पूर्व स्ववियू उपसभापति टीकाध्वज खड्काले जानकारी दिए । ..... समालजीको जीवन यापनका लागि पनि सहज हुने गरी हामी अभियान चलाउँछौं ।’ ..... पढ्ने खर्च नभएर समालको छोरा मलेसिया गएको थाहा पाएँ ।
नेपाली काँग्रेसले सत्ता लम्बाउने खेल खेल्यो : नेकपा एमाले
काँग्रेसका केही सभासद्ले आन्दोलन हिंसात्मक बनाउने काम गर्दा पनि प्रधानमन्त्री सुशील कोइरालाले उनीहरुलाई कारबाही गर्न नसकेको पनि एमाले नेताले गुनासो गरे ।
हिंसा त्यागेर वार्ता थाल्न राष्ट्रसंघ महासचिवको आग्रह
डायवेटिजको बिरामीका लागि १० उत्कृष्ट शाकाहारी खाद्यान्न
उद्योग मन्त्री भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीबीच आवश्यक छलफल हुँदैन’
कांग्रेस–एमाले गठबन्धन : न विश्वास न त सम्बन्धविच्छेद
काठमाडौ आएर के–के गरेर फर्के उपेन्द्र र महन्थ ?
एमाओवादी नेताले भने, ‘मधेसमा सुनियोजित रुपमा दमन भयो’
बामदेव कड्किए, गच्छदारले भने, ‘प्रक्रिया रोक्नुपर्छ भनेका छैनौं’
बन्दले दैनिक दुई अर्बभन्दा बढी घाटा
संविधान निर्माणको प्रक्रिया नरोकी असन्तुष्टका आवाजलाई समेटिने : शीर्ष नेता बैठक
मधेसकेन्द्रित दलहरुबीच विवाद बल्झियोे, ठाकुर र यादव चाकडी गर्न काठमाण्डौं गएको महताेको आरोप
‘आन्दोलनमा दमन भयोे ’ भन्नेलाई प्रधानमन्त्रीको प्रश्न : तोडफोड भयो भने के गर्ने ?
ओलीले सभाषदलाई आदेश दिए–संविधानको विधेयकमा संशोधन नहाल
मानव अधिकारका छानबिन टोली वीरगन्जमा प्रहरी दोषी देखिएको ठहर
कांग्रेसको कार्यालयमा पेट्रोल छर्केर आगजनी
आन्दोनकारीलाई गृहमन्त्री गौतमको कडा चेतावनी-‘अब हामी चुप लागेर बस्दैनौं’
ओलीको निर्देशन लगत्तै युवा संघद्वारा बदलाको चेतावनी
पहारी भन्छन्-मधेशमा कार्यालय जलाउनेको हिसाब किताब हुन्छ



सामाजिक सञ्जालमा नेता
तराई-मधेसको आन्दोलनमा दमन भयो : आयोग
हिंसात्मक गतिविधि नगर्न आन्दोलनकारीलाई आग्रह
यहाका साशकहरु बहुलाहा कुकुर भई सकेका छन् – सभासद राजेन्द्र प्रसाद चौधरी
सेना परिचालनप्रति मधेशी कर्मचारीको आपत्ति (विज्ञप्तिसहित)
मधेसी मोर्चाका नेता आफ्नै कार्यकर्ताबाट लखेटिए, दुई नेता घाइते
कलैयामा गोली चल्यो, मोर्चाका केन्द्रीय नेताको हात भाँचियो
उपेन्द्र र राजेन्द्र महतोलाई कृष्ण सिटौलाको कडा जवाफः अब संविधान बनेपछि मात्रै वार्ता हुन्छ
'वार्तामा बोलाउँदा पनि नटेर्नेलाई अब पर्खिनुहँदैन्'
सिटौलाको भनाईमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि समर्थन जनाएका छन् । कसैले भन्दैमा र आन्दोलन गर्दैमा अब संविधानसभाको प्रक्रिया कुनै पनि हालतमा नरोकिने सिटौलाले बताए । महामन्त्री सिटौलाले भने, ‘संविधान हामी नेपालीले बनाउने हो, हामीले संविधान बनाइसकेपछि कसैले च्यात्न सक्दैन ।’
ओलीको बालकोट दरबार र राष्ट्रवादको पाइजामा
को हो राष्ट्रवादी ? को हो राष्ट्रघाती ?
सिरमुर बटालियनबाट शुरु भएको नेपाली नागरिकको लाहुरे यात्रा आज ७० लाखभन्दा बढीको संख्यामा जारी छ । नागरिकलाई बिदेशका रछ्यानदेखि अरबका बालुवा चाल्नेसम्मको काममा बेचेर आएको पैसामा मोज गरेर, राष्ट्रको धनले विदेशमा उपचार गरेर सत्ताधारीहरु राष्ट्रवादको जडौरी गफ बेच्न ब्यस्त छन् । राष्ट्रवादको गफ बेचेर लाखौंलाख मानिसहरुलाई नयाँ ‘सिरमुर’ बटालियनमा पठाउन उद्यत छन् । ...... देशका लागि लड्न पठाइएका अमरसिंहको उप्रान्त कुनै आवश्यकता थिएन । एउटा परित्यक्त दुखियाजस्तो भएर उनी भौतारिँदै गोसाइकुन्ड गए । उतै गुमनाम मृत्युवरण गरे । ....... ओलीले मात्रै हैन, पछिल्ला दिनहरुमा अलि चर्कै स्वरमा ‘राष्ट्रवादी’ र ‘राष्ट्रघाती’को पहेंलो सूची तयार गर्नेहरुको भीड बढ्न थालेको छ । पञ्चायतकालमा राजनीति, कर्मचारीतन्त्रमा प्रवेश गरेर राज्यको ढुकुटीबाट सात पुस्तालाई पुग्ने गरी कुम्ल्याएका मानिसहरुमा अलि बढी नै राष्ट्रवादी हुने जोश चढेजस्तो देखिन्छ । .....

ओली महोदयलाई नै हेरौं, झापाको गरिब परिवारबाट उठी आउनुभएको उहाँले शायद राष्ट्रलाई माया गरेर, यो देशका जनतालाई माया गरेर, देशको आय, ढुकुटीलाई माया गरेर नै जोड्नुभएको होला कि के होला उहाँको बालकोट दरबारको स्रोत ?

...... देश भनेको काठमाडौं, त्यसमा पनि सिंहदरवार हो र देशवासी भनेका सत्ताधारीहरु हुन्, केही लाख फौजी र गैरफौजी कर्मचारीतन्त्र हो । खुलेर प्रष्ट नभने पनि यताका दिनमा राष्ट्रवादी हुनका लागि केही पूर्वयोग्यताको भूमिगत सूची तयार गरिएको छ । हिन्दु हुनु, पहाडिया हुनु, गैह्र जनजाति हुनु, सत्ताधारी वर्गसँग स्वर मिलाउनु आजको दिनमा राष्ट्रवादी हुने न्यूनतम शर्त हो र यी शर्तको परिभाषामा नअट्ने अनुहारहरु राष्ट्रद्रोही हुन् । ...... राज्यमा लैंगिक समानताको माग गरिरहेका महिलाहरुलाई फर्मान गरिरहेछन्, आमाहरुका नाममा नागरिकता दिए यो देश टुक्रिन्छ, बेचिन्छ र धरापमा पर्छ राष्ट्रियता । ...... ओलीहरुलाई मै देश हुँ, मै राष्ट्रियता हुँ, मै अमरसिंह हुँ, मै बलभद्र हुँ, मै लुई चौधौं हुँ भन्ने भ्रमको च्यादरले न्यानो दिएजस्तो छ ...... गरिखाने भुइका मानिसहरु कि तिनको पसिना र मेहनत चुसेर राज्य कोषबाट करोडौं रकम लिएर विदेशी अस्पताल शयर गर्ने वाक्पटुहरु ? को हो राष्ट्रवादी ? ...... सत्तामा बसेर यो देशको मन्दिर, बन्यजन्तु, जवाहरत र सम्पति विदेश पुर्‍याउने, यो देशलाई चुसेर खोस्टा बनाउने को हो ? दूर मधेसको मुसहर ? चमार ? डुम ? पासवान ? दनुवार ? कि सत्तामा बस्ने शाह, राणा, थापा, कोइराला, दाहाल, नेपाल, भट्टराई, चन्द, खनाल, ओलीहरु ? ....... को होे राष्ट्रघाती ? गरिब जनताले तिरेको करको रकममा क्रुर भ्रष्टाचार गरेर जीवन सुधार्नेहरु कि सीमामा बसेर एसएसबीको लाती, लाठी र अपमानको भुक्तमान ब्यहोरेर बदलामा राज्यबाट सहानुभूति पनि नपाउने मधेसको भूमिपुत्र ? ...... को हो बलभद्र कुँवरहरुलाई अपमानित बनाउँदै पञ्जाबको फौजमा भर्ती हुन पठाउनेहरु ? को हुन् ‘अमरसिंह थापा’का लाखौंलाख ‘दरसन्तान’हरुलाई अरबको खाडीदेखि फोकल्याण्डको टापुसम्म पठाएर, आफ्नो देशको नागरिक विदेशीलाई बेचेर त्यसबापत आएको हण्डी खाएर मोटाउनेहरु ? के तिनै हुन् राष्ट्रवादी ? .........

राजा/महाराजाहरुलाई राष्ट्रवादी देख्ने ओलीहरुले असमानता र विभेदको राज्य प्रवर्द्धित परिपाटी फेरी माग्ने जनजातिहरुलाई राष्ट्रघाती भन्न थालेका छन् । नागरिक समानता र स्वतन्त्रताको गीत गाएवापत यज्ञबहादुर थापाहरुलाई अराष्ट्रिय तत्व भनेर गोली ठोक्नेहरुलाई राष्ट्रवादी मान्ने ओली कमरेडहरुलाई यो देशको माटोमा उभिएर समानता र समावेशिताको माग गर्ने दलित, जनजाति, महिला, मधेसीहरु देशद्रोही लाग्ने नै भयो ।

ISI, not Mumbai mafia, had a role in anit-Hrithik riots in Nepal
Kathmandu is an important transit point in the international drug trade. Gangsters who want to go to Pakistan from Mumbai, Delhi and other cities often use the Kathmandu-Karachi corridor. Many Mumbai gangsters are known to have Nepalese passports. .....

the anti-Indian movement was hijacked by the nine-party alliance of Leftists and dissidents within the ruling Nepali Congress (NC)

..... When we received the news in mid-December about a few students protesting against Hrithik in Narayangarh, about 150 km from Kathmandu, we found it to be so silly that we decided to spike it, a journalist of The Kathmandu Post said........ But over a period of two weeks, the controversy was systematically fanned into a violent anti-India campaign by the ISI and other agencies which have a substantial presence here. Later, the Leftist alliance and dissidents within the NC got into the act. The main opposition party, the Communist Party of Nepal (Unified Marxist-Leninist), which has 68 MPs in a house of 205, is not playing an activist role and prefers to let the NC crumble under the weight of its own contradictions. But the nine-party alliance, many of whose members have pro-China leanings, are trying to precipitate a crisis by actively exploiting the intra-party struggle in the NC. Many observers here point out that the intense power struggle within the NC, coupled with rampant corruption, high levels of unemployment and a highly-inept government, have provided the perfect setting for a political showdown.

No comments: