Saturday, September 12, 2015

सुनसान प्रवास

speaking during an interview in July 1, 1983.
speaking during an interview in July 1, 1983. (Photo credit: Wikipedia)
अस्ति मैले आनन्द विष्ट लाई जवाफ फरकाएं। आज रूद्र पाण्डे लाई जवाफ लेखें

आनन्द विष्ट २००५-०६ ताका न्यु यॉर्क मा नेपाल को लोकतान्त्रिक आंदोलन का लागि तांगा को घोडा जस्तो खटेको मान्छे। लोकतंत्र र मानव अधिकार का लागि खट्ने मान्छे त जोसुकै मलाई घतलाग्ने हो। भने पछि कुरा कहाँ गएर बल्झिने रहेछ? रूद्र पाण्डे मुखमा चाँदी को चम्चा लिएर जन्मेको मान्छे होइन। अहिले अमेरिका को सबै भन्दा धनाढ्य नेपाली छन। अमेरिकन ले नै पनि सुपर रिच भन्नुपर्ने मान्छे। आफ्नो बलबुता मा। म एक चोटि भेट्न बोस्टन पुगेको थिएँ। ऑफिस मैं गएर भेटें। बोस्टन भित्रै लामो ट्रैन र बस यात्रा गरेर पुग्नुपर्ने।

हाम्रो कुरा कहाँ मिलेको छैन? मैले चाहेको संवाद हो।

अमेरिका मा काला हरुले गरेको civil rights movement जस्तो तराई मधेस मा जन प्रलय उरलेको छ। तर नेपाली प्रवास चुपचाप छ। प्रवासी नेपाली आ आफ्ना ethnic ओढ़ार मा लुकेर बसेका छन। संवेदनहीनता देखिन्छ। What is going on? हामी टूटनै पर्ने देश पो हो कि जस्तो लाग्छ कहिले काहीं। 

No comments: