आनंद विष्ट लाई जवाफ

प्रवासी ‘पहाडे थारू’ को पीडा
थारूको घरमा केही पर्दा सहयोग गर्ने हातहरू पहाडियाकै हुन्थे । अनि पहाडियाहरू मर्दा काँध थाप्ने पनि थारू दाजुहरू नै हुन्थे । कोही थारू थिएन, कोही पहाडिया थिएन । सबै एक थिए, सबै नेपाली थिए । ...... नेपालीले चाहेको हिंसा होइन । सद्भाव, मेलमिलाप र एकता हो । जात—जातका बीच झगडाको बीउ रोपेर मलजल गर्न खोज्नेहरू, निर्दोष मारिँदा रमिते बन्नेहरूले बेलैमा सोचे हुन्छ, यस्तो हिंसा भोलि बिहान आफ्नै घरमा पनि छिर्नेछ । ...... शदियौंदेखि एकापसमा सामाजिक रूपमा अत्यन्त सद्भाव र आपसी सहिष्णुता अवलम्बन गरेर ...... यस्तो बेला आपसी सद्भाव खल्बलिन नदिन मुलुकका सबै राजनीतिक दल एवं नागरिक समाजले एकताबद्ध भएर सद्भाव कायम गर्ने पहल गर्नुपर्छ । नकि थप हिंसालाई मलजल गर्ने किसिमका अभिव्यक्ति दिएर आगो झोस्न उक्साउने कार्य । हिंसाले निम्त्याउने परिणाम प्रतिहिंसा र प्रतिशोध नै हो । जब देश रहन्छ, तबमात्र हामीले खेल्ने आँगन रहन्छ । जब देश नै रहन्न, तब हामीसँग न रह्यो बाँस, नत बज्यो बाँसुरी भनेजस्तै हुनेछ । नेपाल सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदायको साझा बगैंचा हो । ...... साम्प्रदायिक हिंसाको परिणाम के हुनसक्ला भनेर अध्ययन गर्न इराकको शिया र सुन्नी समुदायबीचको जातीय हिंसासम्म पुग्नै पर्दैन । नजिकैको छिमेक श्रीलंकाकै घटना हेरे पुग्छ । श्रीलंकामा भएको तामिल र सिंहाली बीचको साम्प्रदायिक र जातीय युद्धले आज पनि श्रीलंका बाहिर निस्कन सकेको छैन । अझ नजिक आउँदा भुटान पनि यसको अर्को उदाहरण हो । जसको प्रत्यक्ष असर हाम्रा नेपालीभाषी भुटानी दाजुभाइले देश निकाला भएर भोगिरहेका छन् । ......

म सुदूर पश्चिमको डोटीमा जन्मेर कैलालीमा हुर्केको एक पहाडे थारू हुँ ।

पहाडे थारू यस अर्थमा कि मेरो जन्ममात्र पहाडमा भयो, तर सामाजिक चेतना र शिक्षा ग्रहण गर्दै आज न्युयोर्कको रैथाने बन्ने अवसर सिक्ने भूमि मेरो कैलालीको थारू बहुल बस्ती नै हो । यसर्थ म पहाडे थारू हुँ । ........ म देवरियाका तिनै थारूहरूको घर, आँगनमा खेलेर हुर्किएँ । राना थारूहरूको बाहुल्य रहेको देवरियामा हुर्केको मैले कहिल्यै कुनै पनि कुरामा पहाडिया हुनुको विभेदको महसुस गर्नुपरेन । सधैं हामी पहाडिया र थारूहरू ‘मनुवा’कै रूपमा रमाएर एकै थालमा खाएर हिँड्यौं, एकै खोलामा खेल्यौं र एकै नहरको पानीले सिंचाइ गर्‍यौं । स्नेह र सद्भावको व्यावहारिक शिक्षा मैले यिनै देवरियाका राना थारूहरूको पाठशालाबाट ग्रहण गरेको हुँ । थारूको घरमा केही पर्दा सहयोग गर्ने हातहरू पहाडियाकै हुन्थे । अनि पहाडियाहरू मर्दा काँध थाप्ने पनि थारू दाजुहरू नै हुन्थे । कोही थारू थिएन, कोही पहाडिया थिएन । सबै एक थिए, सबै नेपाली थिए । ....... शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीत्वकालमा आफ्नो देशको भूगोलको एक कुनाबाट अर्को कुनामा अर्कै देश भएर पुग्नुपर्ने नियतिको ढोका बन्द गराइदिए कर्णाली लगायत अन्यत्र दुई दर्जन ठूला पुल निर्माण, सडक विस्तार र शैक्षिक विकासका लागि विश्वविद्यालय खोलेर । अनि समाजको कालो धब्बाको रूपमा रहेको कमलरी प्रथाको अन्त्य गरे र वर्षौंदेखि दासत्वका सिकार बनाइएका थारूहरूलाई कमैया प्रथाको उन्मूलनसहित जग्गाको स्वामित्वसमेत दिलाएर सामाजिक न्यायको काम पनि तिनै पहाडियाका सन्तान देउवाले नै गराए ।



टीकापुर को दुःखद घटना का अगाडि का तीन हप्ता दुनिया कहाँ थियो? आनंद विष्ट कहाँ थिए? टीकापुर को दुःखद घटना का पछाडि को थियो? एउटा सानो माओवादी समुह ले त जिम्मेवारी पनि लियो, "ऐक्यबद्धता जनाएको" भन्यो। तर ती समतियेनन। जो ८-१० समतिये, जसलाई यातना दिईयो, ती थारु को थिए? ८-१० जनाको अपराध को दोष दसों हजार थारु लाई किन दिइयो? सेना ले कर्फ्यु लगाएको, अखंड आतंकवादी लाई त्यो कर्फ्यु लागेन। जसले घर का घर जलाए। उद्दंड मच्चाए। ती मध्ये आनंद विष्ट ले चिनेका आनंद विष्ट का पार्टी का कोही कार्यकर्ता थिए कि? बीरगंज र जलेश्वर मा प्रहरी ले देश को र अंतर्राष्ट्रीय कानुन तोड्दै टाउको ताकी ताकी गोली हानी मान्छे मारेको बारे मुटु छत विछत भएको शायद आनंद जी ले अर्को लेखमा लेख्ने होला।

२००६ अप्रिल क्रांति को पूर्वार्ध मा आनंद विष्ट को न्यु यॉर्क नेपाली समुदाय मा राम्रो रोल रह्यो। मैले पनि त्यति बेला त्यस का लागि फुल टाइम खटेको। तर त्यस पछि बाटो अलग भयो। संघीयता र समावेशीता को मुद्दा मा पार्टी लाइन मा गफ गर्ने मान्छे आनंद विष्ट। त्यसैले जवाफ दिन जरुरी ठानेको।

कैलाली मा हुर्केर आनंद विष्ट थारु हुन्छ भने न्यु यॉर्क मा बसेर Hispanic भएको हो कि गोरे कि काले? छिमेकी छिमेकी बीच राम्रो व्यक्तिगत सम्बन्ध राम्रो कुरो हो। मसँग पनि जनकपुर का पहाड़ी छिमेकी का कथा हरु छन। कथा त के, अहिले पनि छिमेकी नै छन, अहिले पनि सम्बन्ध राम्रो छिमेकी को छ। तर त्यो वास्तवमा राम्रो सम्बन्ध थियो त आनंद विष्ट को? तिनै थारु छिमेकी ले आज समानता माग्दा, संघीयता र समावेशीता माग्दा, आनंद विष्ट लाई सामाजिक सद्भाव खल्बलिये जस्तो लाग्दैछ। त्यो राम्रो सम्बन्ध हो? त्यो त अन्यायपूर्ण सम्बन्ध हो। कि म संघीयता, समावेशीता र समानता को कुरा गरेर आफु ले चिनेका पहाड़ी हरु सँग सम्बन्ध ख़राब गर्न खोजेको bad mannered मान्छे हो?

देउबा ले भन्दा राजा महेंद्र ले बढ़ी बाटो र पुल बनाए। अनि देउबा ले बहुदल बहुदल किन भन्नु परेको? देउबा लाई थाहै भएन, उनी त एकात्मक व्यवस्था का महेंद्र नै भइ सकेका रहेछन्।

यो मुख्य मुद्दा गौण गर्ने प्रयास हो। आखिर थरुहट प्रदेश मा नेपाली कामकाज को भाषा रहिरहन्छ त। आनंद विष्ट जस्ता अखंड आतंकवादी हरुले आफ्नो अधिकार का लागि अखंड अखंड भनेको होइन। थारु ले अधिकार पाऊँछ भन्ने भय हो त्यो। बाहुन को केही नगुमने तर थारु ले पनि बराबरी पाउने: थरुहट को आईडिया त्यो हो।

समानता ले सामाजिक सद्भाव बिथोल्छ भन्ने कस्तो गलत सोंच हो यो! यो त लोकतंत्र मा विश्वास गर्ने मान्छे ले भन्न सकने कुरै होइन। संघीयता ले देश को पहिलो पटक एकीकरण गर्ने हो। यथार्थ त्यो हो। तर संघीयता लाई देश बिखंडन को रुपमा बुझ्ने/बुझ पचाउने आनंद बिष्ट र उनका पार्टी का मानिस हरु एकात्मक व्यवस्था का पंचे हरु नै हुन। संघीयता/समावेशीता विरोधी हरु देश को आर्थिक क्रांति का दुश्मन हुन। किनभने लोकतंत्र र संघियता बिना आर्थिक क्रांति संभव छैन।

कमल थापा लाई convince गरिएको होइन, परास्त गरिएको हो। काँग्रेसी हरु लाई पनि संघीयता वादी ले परास्त गर्नु पर्छ। संघीयता लोकतंत्र कै उत्कृष्ट रूप हो। मधेसी जनजाति एक भएर देश लाई संघीय बनाउनु पर्छ। संघीयता भनेको सुधारिएको एकात्मक व्यवस्था होइन। भलै आनंद विष्ट को बुझाइ त्यो होस्। सात अंचल लाई संघीयता भनिँदैन।

आफुले पाउँदै आएको अधिकार अरु समुदाय का ले नपाओस् भन्ने हठ मा पुग्नु भएछ आनंदजी। ओरालो लागेको हो कि मैले वहाँ को यथार्थ २००६ मा नदेखेको हो? संघीयता नबुझ्नु नपचाउनु भनेको लोकतंत्र नै नबुझ्नु नपचाउनु हो। समावेशीता नबुझ्नु नपचाउनु भनेको लोकतंत्र नै नबुझ्नु नपचाउनु हो।

लोकतंत्र र संघीयता
विचार र शक्ति
कर्णाली ले पैसा पाउने कुरा
लोकतंत्र, बीपी, संघीयता, गजेन्द्र नारायण सिंह
कर्णाली र महोत्तरी: गरीब बनाइएका दुबै
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति
नंबर एक कुरा शिक्षा हो
संघीयता र आरक्षण बारे भ्रम हरु


Comments