Wednesday, September 16, 2015

दुर्योधन पनि यसरी नै गमक्क परेथ्यो

दुर्योधन पनि यसरी नै गमक्क परेथ्यो। जुन सेनाले चुनाव मा धाँधली गर्न मदत गर्यो, जुन पुलिस प्रशासन ले चुनाव मा धाँधली गर्न मदत गर्यो त्यसले यो कागजको खोस्टो देश माथि लादन पनि मदत गर्छ भन्ने छ। त्यो दुर्योधनीय दम्भ। हिटलर को संसद मा मनाइएको हर्षोल्लास हो यो।

राष्ट्रपतिले एक पटक हिम्मत गर्नै पर्छ।  एक अडान लिनैपर्छ। होइन भने अगाडि बाटो गार्हो छ। देश paralysis मा जान्छ।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता



अनि सभासदका मिले गाला (फोटो फिचर)



पारित भयो नेपालको संविधान
संविधानको पक्षमा ५०७ र विपक्षमा २५ मत परेको छ । संविधान पारित गर्ने दिन बुधबार ५३२ सभासद् उपस्थित थिए । .... सभाध्यक्षले संविधान जारी हुने औपचारिक समारोहका दिन आफ्नो संस्कृति झल्कने पोसाकमा संविधानसभामा आउन पनि सूचित गरेका छन् ।
संविधान घोषणाको अवसरमा असोज ३ र ४ मा सार्वजनिक बिदा



'प्रहरीको गोलीबाट मारिएका आन्दोलनकारी थिएनन्'
बेथरी घटना: मृत्यु भएका र घाइते सवै हाटबजारबाट फर्केका थिए
सुरक्षाकर्मीको गोली लागेर मंगलबार बालकसहित ४ जनाको मृत्यु भएको घटनापछि बुधबार घटनास्थल बेथरी पुग्दा त्यहाँ सन्नाटा छाएको थियो । मृतकका घर र आफन्तकोमा रुवावासी चलेको छ । मंगलवार साँझदेखि लागेको कर्फ्युका कारण स्थानीय घरबाट बाहिर निस्केका छैनन् । हाटबजारमा किनमेल गर्न आएका र आफ्नोमा उत्पादित वस्तु बेच्न आएका किसान कर्फ्युले घर जान नसकेर अलपत्र परेका छन् । तिजको दिन जताततै रमाइलो र नाचगान चलिरहेको बेला बेथरीमा भय र त्रास छाएको छ । ...... स्थानीय र मृतकका आफन्तले सुरक्षाकर्मीले हाटबजार लागेको ठाउँमा सिधै गोली हानेर ज्यादती गरेको आरोप लगाए । ...... 'तीज मनाउन मेरो नातिनी मामाघर आएकी थिई तर भित्रै बसेको अवस्थामा गोली लागेर ढली' सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएकी सिलौटिया ८ ओडवलियाकी १४ वषर्ीया रञ्जनासिंह क्षेत्रीकी हजुरआमा बुद्धकुमारीले रुँदै भनिन्, 'मेरो नातिनी न आन्दोलनमा लागेकी थिई, नत ट्रक तोडफोड गर्न गई ।' .... उनका अनुसार, बाहिर तोडफोड र गोली चलेर भागदौड मच्चिन थालेपछि उनकै घरमा सुरक्षित हुन भित्र बसेका नातिनीसहित अन्य तिनजनाको गोलीले एकै ठाउँमा ढले । जसमा, हाटबजारमा किनमेल गर्न आएकी आफ्नी आमाको काखमा आएका चार वर्षे चन्दन पटेल र गोनाहा ४ बेथरीका ४० वषर्ीय राजकुमार बरईको मृत्यु भयो । उनीहरु हाटबजारमा गोली चल्न थालेपछि भागेर उक्त घरमा लुकेर बसेका थिए । ....... नजिकैको अर्को छिमेकी घरमा पनि उस्तै घटना भयो । हाटबजारमा भागदौड मच्चिएपछि सुरक्षित हुन आफ्नै घरभित्र पसेका ४० वषर्ीय बिन्दु लाकौल पनि गोली लागेर त्यही ढलिन् । ..... प्रत्यक्षदर्शीका अनुसार, करिब डेढ सयजति ट्रक पार भइसकेर केही ट्रक बेथरी कट्नै लाग्दा आन्दोलनकारीले ट्रक र सुरक्षाकर्मीको गाडीमा धावा बोलेका थिए । तोडफोडमा संलग्न समूह हाटबजार लागेका स्थानमा छिरेर लुके । ........... आन्दोलनरत मोर्चाका जिल्ला संयोजक तथा संघिय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले एस्कर्टिङ्ग गरिएका ट्रक तथा सुरक्षाकर्मीको गाडीमाथि तोडफोड गर्ने निर्देशन मोर्चाले नदिएको र सवै आन्दोलित भइरहेको वेलामा यसको नैतिक जिम्मेवारी मोर्चाले लिने बताए । तर, ट्रक र सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दैमा सुरक्षाकर्मीले घर भित्र बसेकालाई गोली प्रहार गरिनु अति निन्दनीय भएको बताए । केही दिनअघि बेथरी प्रहरी चौकीमा कुनैपनि ट्रक एस्कर्टिङ्ग नगर्ने लिखित प्रतिबद्धता प्रहरीले गरेको तर कार्यान्वयन नगरी त्यसै गरेपछि घटना घटेको हो ।
बेलायतद्वारा संविधान निर्माण प्रक्रियाको समर्थन
पुरानो मित्र मुलुक बेलायतले नेपालको संविधानसभामा जारी संविधान निर्माण प्रक्रियाको समर्थन गरेको छ । भारत र अमेरिकाको स्वागत तथा समर्थनपछि बेलायतले नयाँ संविधान जारी प्रक्रियालाई आफूले नजिकबाट नियालिरहेको भन्दै समर्थन ब्यक्त गरेको हो । संविधान जारीको अन्तिम चरणको प्रक्रियालाई हेरिरहेको पनि बेलायतले उल्लेख गरेको छ । ..... 'नयाँ संविधान समावेशी, समानता, अधिकतम सहमति र मानव अधिकारका लागि अन्तर्राष्ट्रिय स्तरको हुनेमा हामी विश्वस्त छौ । यो दिगो शान्ति र विकासको जग निर्धारण गर्नेतर्फ उन्मुख हुनेछ ,' एसिया हेर्ने बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायरलाई उल्लेख गर्दै दूतावासले जनाएको छ ।
संविधान जारी हुने दिन घर घरमा दीपावली गर्न कांग्रेस-एमालेको आह्वान
बुधबार दुवै पार्टीले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै इतिहासकै सर्वाधिक महत्वपूर्ण र सफल दिनका रुपमा लिएको जनाएको छ । कांग्रसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तीमा मुलुकको सबै खाले राजनीतिक, आर्थिक, समाजिक तथा सांस्कृतिक द्वन्द्वलाई निकास दिने अवसर नयाँ संविधानले उपलब्ध गराएको दावी गरिएको छ । ..... एमालेले असोज-३ गते साँझ आ-आफ्ना घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दिपावली गर्न पार्टी पंक्ति र जनसमूदायमा आग्रह गरेको छ ।


प्रशासनको आदेश अबज्ञा गर्दे विराटनगरमा लाठी जुलुस
स्थानीय प्रशासनले लाठी जुलुस नगर्न गरेको आग्रहलाई बेवास्ता गर्दे बुधवार संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले विराटनगरमा बृहत लाठी जुलुस प्रर्दशन गरेको छ । प्रहरीले पटक पटक माइकिङ गरि लाठी जुलुस नगर्न र लाठी लिएर जुलुसमा सहभागी नहुन भनेपनि प्रर्दशनकारीहरू अधिकांशले हातमा लाठी बोकेर नगर क्षेत्रमा प्रर्दशन गरेका थिए । ....... स्थानीय रोडशेष चोकबाट सुरु भएको मोर्चाको लाठी जुलुसको अगाडि अगाडि रहेको प्रहरीले माइकिङ गर्दे लाठी फयाक्न आग्रह गरेका थिए । तर प्रर्दशनकारीले त्यसलाई बेवास्ता गर्दे आफुहरूको पुर्व निर्धारीत कार्यक्रम रहेकाले लाठी जुलुस गरेको बताए । लाठी जुलुसमा सहभागी हुन विराटनगर नगर क्षेत्र वाहेक जिल्लाका बिभिन्न गाबिसवाट मोर्चाले कार्यकर्तालाई विराटनगर ल्याएको थियो । ...... प्रहरीले विराटनगर प्रबेश गर्ने नाकामा ग्रामिण क्षेत्रवाट आएका मोर्चाका कार्यकर्तालाई लाठी लिएर जुलुसमा सहभागी हुन नदिने भन्दै रोकेका थिए । तर रोडशेष चौक स्थित संघिय समाजवादी फोरम नेपालको कार्यालय अगाडि सयौको संख्यामा राखिएको बासको भाटा लिएर प्रर्दसनकारीहरू सहभागी भएका थिए । जुलुसमा सहभागिता अत्यधिक भएपछि प्रहरीले पनि सोही अनुसार सुरक्षा ब्यबस्था बढाएको थियो । नगरको बिभिन्न भागको परिक्रमा गर्दे मोर्चाको जुलुस गुदरीको बी प्लटमा गइ कोण सभामा परिणत भएको थियो । कोणसभामा मधेशवादी दलका जिल्लास्तरका नेताहरूले

आफुहरूको माग सम्बोधन नगरि ल्याउन लागिएको संबिधानलाई जलाउने र च्यात्ने चेतावनी दिएका थिए ।

........ यसैबीच मधेशी जन अधिकार फोरम लोकतान्त्रिकको नेतृत्वमा रहेको संघीय समावेशी मोर्चाका कार्यकर्ताहरूले पनि बुधवार विराटनगरमा प्रदर्शन गरेको छ । स्थानीय शनीहाटवाट निस्केको उक्त मोर्चाको जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दे जन आन्दोलन चौकमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभाका बक्ताहरू

थरुहट र मधेश राज्य कायम नभए सम्म आन्दोलन जारी रहने बताए ।

...... यस्तै राजबंसीहरूले पनि विराटनगरमा बुधवार प्रदर्शन गरेका छन् । बीरेन्द्र सभागृह अगाडिबाट निस्केका राजबंसीहरूको जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दे ट्राफिक चौकमा पुगी कोण सभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरूले

सुनसरी, मोरङ र झापालाई मिलाएर विराट राज्य बनाउनुपर्ने माग गरे ।



सोनललाई सार्वजनिक अपराधको मुद्दा
आन्दोलनको क्रममा मंगलवार पक्राउ परेका तमलोपाका सह महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहमाथि प्रहरीले बुधवार सार्वजनिक अपराध मुद्दा लगाएको छ । जबर्जस्ती उद्योग बन्द गराउने, तोडफोड र आगजानीमा संलग्न भएको आरोपमा जिल्ला प्रशासन कार्यालयबाट बुधवार १५ दिनको म्याद थमाएर दुबैलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताए । आरोपीद्वयलाई इप्रका सिमरामा राखिएको छ । ...... 'पीडितको उजुरीसँगै प्रहरी प्रतिवेदनमा मुद्दा चलाइएको छ,' खड्काले भने, 'राजनीतिक मुद्दा छैन् ।' उता तमलोपा पार्टीलगायत आन्दोलनरत मोर्चाले आन्दोलनको शान्तिपुर्ण व्यवस्थापन गर्न नेताद्वय मोटरसाइकल र्यालीमा सहभागी भइरहँदा नितनपुरबाट प्रहरीले पक्राउ गरेकाले तत्काल छाड्न माग गरेको छ । ....

पक्राउको विरोधमा कलैया, जितपुर, प्रसौनी, परवानीपुरलगायतका ठाउँमा मोर्चाका कार्यकर्ताले दिनभर प्रदर्शन गरेका छन् ।

मंगलवार आन्दोलनरत मोर्चाले वीरगंज-पथलैया औद्योगिक करिडोरका उद्योग बन्द गराउन मोटरसाइकल र्याली गरेका थिए । र्यालीको क्रममा केही उद्योगमा पार्किङ गरी राखिएको केही ट्रकमा तोडफोड र एक वटा ट्रकमा आगजनी गर्दा समान्य क्षति पुगेको थियो ।
टीकापुर घटनामा लक्ष्मण थारुसहित २२ लाई ज्यान मुद्दा
१८ जना तारिखमा रिहा
भदौ ७ को टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४० जनालाई पक्राउ गरेको थियो । जसमध्ये १८ जनालाई प्रहरीले तारिखमा रिहा गरेको छ । अझै घटनामा संलग्न केही थारु कार्यकर्ता र नेतालाई फरारको सूचीमा राखिएको छ । ...... फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारुलाई प्रहरीले गएको बुधबार रुपन्देहीमा पक्राउ गरेको हो । कैलालीको फुलबारीका उनी संविधान सभा निर्वाचनमा फोरम लोकतान्त्रिकको तर्फबाट उम्मेदवार बनेका थिए । माओवादीबाट विद्रोह गरेका थारुले पछि छुट्टै संगठन बनाएका थिए । ...... थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरी र फोरम लोकतान्त्रिकका क्षेत्र नम्बर ३ का रामप्रसाद चौधरीविरुद्ध पनि प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।

मुद्दा दायर गरिएका मध्ये १९ जना थारु कल्याणकारी सभा र फोरम लोकतान्त्रिकका कार्यकर्ता हुन् ।

यस्ता छन् गच्छदारका चार पूर्वशर्त
सीमांकनमा फेरबदल गरी थारु बहुल क्षेत्रलाई राज्यका रुपमा स्वीकार गर्नुपर्ने, अन्तरिम संविाधनका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई यो संविधान विधेयकले पनि सुनिश्चित गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र प्रस्तावित संघीय प्रदेशमा बोलिने मातृभाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिलाइनुपर्ने गरी चार पूर्वशर्त अघि सारिएको ...... मंगलबार साझ र बुधबार बिहान फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसग प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा विशेष समिति संयोजक बाबुराम भट्टराईले टेलिफोनमा कुरा गरी प्रक्रियामा फर्कन आग्रह गरेसग गच्छदारले ती शर्तहरु राखेका हुन् । गच्छदारलाई उद्धृत गर्दै चौधरीले भने, ‘यी शर्त मान्न राजी भए हामी संविधान सभा फर्कन्छौं ।

तपाईंहरुले विधेयक संशोधन गरी हाम्रा आवाजहरु समेट्न तयार हुनुहोस् ।’

धनगढीमा २२ दिन पछि कर्फ्यु हट्यो
धनगढीमा जुलुस आमसभा लगायतका कार्यक्रम संचालन गर्न रोक लगाई जारी गरिएको निषेधित क्षेत्र घोषणालाई यथावत छ । ...... 'कर्फ्युले धनगढीको जनजीवन उकुसमुकुस बनाएको थियो र टिकापुरको घटनालाई स्मरण गराइ राख्थ्यो' ...... टिकापुरको हिंसात्मक घटनापछि स्थानिय प्रशासनले सदरमुकाम धनगढी र टिकापुरमा कफ्र्यु लगाउदै आएको हो ।
जलेश्वरमा कर्फ्यु खुकुलो
प्रशासनले बुधवार विहान ६ देखि राति ८ बजेसम्मका लागि कर्फ्यु हटाएको छ । यसअघि साँझ विहान २ देखि ३ घण्टा मात्र कर्फ्युमा छुट दिदै आएको थियो ।


तराई केही खुकुलो
महिनायता जारी बन्दका कारण कष्टकर बनेको पूर्वी तराईको जनजीवन मंगलबार आंशिक रूपमा सामान्य बनेको छ । मंगलबार केही स्थानमा प्रदर्शन भए पनि झडपका घटना भएनन् । सिरहा, महोत्तरी, धनुषालगायत जिल्लामा स्थानीय प्रशासनले लगाएको कफ्र्यु र निषेधाज्ञा केही समयसम्मका लागि हटाइएपछि सर्वसाधारणको चहलपहल बढेको थियो । ...... आन्दोलनको सुरुदेखि नै मोरङ शान्त रहेको बन्दकर्ताको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादवले बताए । एक महिनादेखिको बन्दले यहाँका अधिकांश विद्यालय बन्द छन् भने सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् । सुरक्षाकर्मीले विराटनगर भन्सार कार्यालयबाट दैनिक २ सयको हाराहारीमा मालवाहक साधन मोरङको सीमा कटाउने गरेको छ । ..... मधेसी मोर्चा र थरुहटको आन्दोलनका कारण बन्द हुँदै आएको सुनसरी सदरमुकाम इनरुवा केही दिनदेखि नियमित खुल्न थालेको छ । लामो समयको बन्द र हडतालका कारण उपभोग्य वस्तु किनेबेच गर्न असहज हुँदै गएपछि व्यापारीहरूले पनि आन्दोलनकारीका आँखा छल्दै पसल खोल्न थालेका हुन् । .... आन्दोलनकारीले पनि इनरुवाको बस चोकबाहेक खुलेका पसललाई खासै वास्ता नगरेपछि बिस्तारै दैनिक रूपमा इनरुवा खुला हुन थालेको हो । दंगाग्रस्त क्षेत्र घोषणा भएपछि आन्दोलनकारीले बजार पसल जबरजस्ती बन्द गराउन छाडे । इनरुवाको मुख्य बजार खुल्ने क्रम बढ्यो । उद्योग वाणिज्य संघ इनरुवाको पहलमा व्यापारी र आन्दोलनकारीबीच सद्भाव कायम गर्ने सहमति भएपछि आन्दोलन बिस्तारै शान्तिपूर्ण हुँदै गयो । ..... तीन घण्टा खुकुलो बनाएको दंगाग्रस्त क्षेत्र अहिले पाँच घण्टा खुकुलो बनाइएको छ । ...... नजिकिँदै गरेको चाडबाडका कारण सबै यतिबेला खेत खलियानमा रहेको बाली भित्र्याउने, धान गोड्ने र पटुवा काट्ने समय भएकाले पनि व्यस्त हुन थालेकाले ग्रामीण क्षेत्रका बासिन्दालाई आन्दोलनले तान्न नसकेको विश्लेषण अन्सारीको छ । हिंसात्मक नभई आफूहरूले शान्तिपूर्ण तरिकाले नै आन्दोलन गरिरहेको बृहत् मधेस संघर्ष समिति सुनसरीका संयोजक महिचन्द्र साहले आन्दोलन निरन्तर भइरहे पनि चाडबाडका कारणले केही खुकुलो बनाएको स्विकारे । ....... खम्बुवानले एमाले, कांग्रेस र एमाओवादीको निर्देशन र इसारामा किरात राई यायोख्खाले लिम्बुवान र खम्बुवानको राजनीतिक अस्तित्वलाई समाप्त पार्न किरात प्रदेशको धारणा ल्याएको जनाएको छ । ......

आफूहरूको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै मोरङका मुसहर समुदायले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । जुलुस प्रदर्शन गर्दै गएका उनीहरूले संविधानमा आफ्ना अधिकार सुनिश्चित गरिनुपर्ने माग गरे ।



[विचार] संविधानको सत्य
कुनै हुने–हुनामी, भवितव्य वा उपल्लै तहको राजनीतिक संकट आएन भने असोज ३ गते एकथान संविधान नेपाली जनताको हातमा पर्नेछ। राजनीतिक दलका नेताहरू संविधान निर्माणको प्रक्रियामा दिलोज्यानले लागेका छन्। ती दलका तर्फबाट जनताले चुनेर पठाएका प्रतिनिधि सभासदहरू हात उठाएर, ताली पिटेर, लयबद्ध ध्वनि निकालेर संविधानका धाराहरू निक्र्योल गर्दैछन्। राजनीतिक दलहरूले संविधान जारी भएको उपलक्ष्यमा दीपावली गरेर उत्सव मनाउन जनता–जनार्दनसँंग आह्ववान गरिसकेका छन्। उत्साहका साथ संविधानको स्वागत गर्ने तयारी हुनथालेका छन्। अहिले लेखिएको संविधानलाई निर्विकल्प सत्यका रूपमा स्थापित गर्ने आकांक्षा राखेका छन्, प्रमुख दलहरूले। दुई तिहाइको प्रक्रियाबाटै संविधान जारी गर्ने कांग्रेस र एमालेको राजनीतिक संकल्पमा सहयोगी बनेको छ– संविधानसभाबाट संविधान बनाउने लक्ष्यका साथ बाह्र वर्षसम्म देशमा हिंसात्मक विद्रोहको नेतृत्व गर्ने माओवादी। त्यति लामो संघर्षपछि चुनावी प्रक्रियाबाट सत्तामा आएर पनि आफ्नै नेतृत्वमा नयाँ नेपालका लागि गणतान्त्रिक संविधान बनाउन अयोग्य सावित हुनु, निश्चय नै माओवादीको दुर्भाग्य हो। २०४७ सालको संविधानलाई आधारभूत शब्दात्मक प्रशोधनका साथ नयाँ गणतान्त्रिक नेपालको संविधान बनाउन सक्नु कांग्रेस–एमालेको शौभाग्य र खुबी हो। योभन्दा पनि पर एक पाइला अघि बढेर,

गरुडको जस्तो वेगवान गतिले नेपालको राजनीतिक परिदृश्यमा अवतरण गरेको माओवादीलाई चिप्लेकिरा जस्तो घिसिँ्रदै—घिस्रिँदै प्रक्रियाको समर्थनमा आउन बाध्य पार्नु कांग्रेस–एमालेले रचना गरेको ठूलै सुनामी हो।

........ संविधान निर्माणको तीव्र गतिसँंगै मधेस, पहाड र हिमाल तीनैथरी भौगोलिक सीमाभित्र असन्तोषका सानातिना ज्वालामुखी देखिएका छन्। पहाडी भेगका भुइँचालो पीडित जनता संविधानको छानो हालेर घर बनाउने हो कि दैलोमा आउन लागेको जाडो मौसममा संविधानको सिरक ओढाएर बालबच्चा जोगाउने हो? अझै अलमलमा नै छन्।

मधेसको त कुरै नगरे भयो, असन्तोषको दावानलले पुरै मधेस भूमिलाई समेट्न थालेको छ।

मधेसका नेताहरू नेपाली राज्यबाट प्रताडित नेपालीहरूको जीवनरक्षाका लागि विहारमा शरणार्थी शिविरहरू खोलिएको खुलाशा गर्न थालेका छन्। उनका कुरामा विश्वास गर्ने हो भने देश साँच्चै द्वन्द्वको तातो तावामा भुटिने तयारीमा रहेको स्पष्ट आभास हुन्छ। तीन ठूला दलका तीन ठूला नेताले भनेजस्तो संविधान जारी भएपछि देश तत्काल संकटमुक्त हुने लक्षण देखिँदैन। संविधान विधेयकको प्रतिरक्षामा संविधानसभामा ती नेताद्वारा व्यक्त विचारका आधारमा पनि संविधानले पूर्णता नपाएको ज्ञान हुन्छ। नेताहरूले संविधानको अपूर्णतालाई स्वीकार गर्दै जनताका चाहनाअनुसार संविधानमा संशोधन हुँदै जाने बताएका छन्। यो आश्वासन वा विचार आफैंमा विसंगत छ। अहिलेका लागि त्यो विसंगतिको मुख्य भ्वाङ मधेस हो भने यस्तै अन्य भ्वाङहरू केही समयपछि देखिन थाल्नेछन्। ............. नेताहरूले आफ्नो मन—माफिक हिसाबले प्रदेशहरूको सीमांकन गरेपछि मध्यपहाडमा सुरु भएको असन्तोषलाई सम्बोधन गरे पनि त्यही सन्दर्भमा चुलिएको आदिवासी थारू र मधेसको आन्दोलनको उपेक्षा गरे। कैलालीको टीकापुरमा आन्दोलन हिंसात्मक भएपछि दलका नेताहरूमा यो उपेक्षाभाव बढी नै देखियो। त्यसपछि नै मधेसमा आन्दोलन उग्र हुँदै गएको हो। ....... यो संविधान नेपाली समाजको सामाजिक मनोविज्ञानका आधारमा तयार पारिएको होइन। यसमा संवैधानिक विज्ञता र विशेषज्ञताका त्यस्ता कुनै कुरा छैनन्, जसका लागि व्याख्याको जरुरत पर्छ। सामाजिक सञ्जालमा कसैले टिप्पणी गरेको थियो,

संविधानको स्वरूप मुलुकी ऐनजस्तो छ।

नवोदित गणतन्त्रको मूल कानुनका रूपमा निर्माणाधीन संविधानले समस्याहरू सुल्झाउने भन्दा उल्झाउने काम बढी गरेको टिप्पणी संविधानविदहरूले नै गर्न थालेका छन्। देशका ६०१ सभासदहरूको नाममा संविधानसभाका

जम्माजम्मी दुई दर्जन सभासदहरूको सक्रियतामा तयार भएको

यो संविधानलाई नेताहरूले नै दलहरूका बीच सम्झौताको दस्तावेज भनिसकेपछि अरू भन्ने कुरा केही बाँकी रहँदैन पनि। ...........

नेपालका नेताहरूले मधेस–तराईको मनोविज्ञान राम्ररी बुझ्नसकेका छैनन्।

हिमाल र पहाडको निकासका रूपमा रहेको मधेस आफैंमा एउटा यस्तो संसार हो, जहाँको सांस्कृतिक विविधता कुनै एक जाति र क्षेत्रसंँग मात्र सरोकार राख्दैनन्। मिथिला र अवध संस्कृतिको विश्वव्यापी आकर्षण छ। नेपाल राज्यको अन्तिम सीमाका रूपमा मधेसले २०४५ सालको भारतीय नाकाबन्दीको सामना गरेको छ र अनेकौं विदेशी आक्रमणको प्रतिरोधमा पनि त्यत्तिकै दृढतापूर्वक अडिएको छ। काठमाडौं केन्द्रित राज्यले मधेसका सामान्य मधेसीको पनि त्यसरी नै उपेक्षा गरेको छ, जसरी पहाडियाहरूको उपेक्षा गरेको छ। मधेसका राजा, जमिनदार, पटवारी लगायतका उच्च जातिका प्रभावशाली मानिसहरूलाई राज्यले उपयोगिता र स्वामिभक्तिका आधारमा सम्मान दिने गरेको छ। ....... मधेसका सामान्य जनता पीडित छन्, शोषित छन् र उपेक्षित छन्। त्यसको सम्बोधन गर्ने चासो संविधानसभामा उपस्थित मधेसका कुनै पनि नेताले देखाएका छैनन्। ती उपेक्षित जनता शोषणबाट मुक्तिको बाँसुरीको सुरिलो आवाज सुनेर आन्दोलनमा उठेका छन्। तर अहिलेसम्म तिनको सुन्दर भविष्य राज्य वा प्रतिपक्ष कतैबाट पनि प्रत्याभूत हुनसकेको छैन। ........ मधेसमा सुरु भएको विचलन स्थायी रहनु नेपालको भू–राजनीतिका लागि राम्रो लक्षण होइन। ...... नेपालको लोकतान्त्रिक राजनीति दिल्लीबाट सुरु भएको थियो र दिल्लीकै सहयोगमा भएको बाह्रबुँदे सहमतिपछि टुंगिने आशा राखिएको थियो। पछिल्लो दिल्ली सम्झौताको एक दशकपछि नेपालले बल्लतल्ल संविधानको निर्माण गर्दैछ। ......

संविधान बनाउन आठ वर्ष लाग्यो। यसको भविष्य थाहा पाउन आठ दिन पनि लाग्ने छैन। यही हो, संविधानको सत्य।

No comments: