Wednesday, September 16, 2015

पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता



यो प्रतिक्रांति विरुद्ध को क्रांति हो। पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता। २००६ अप्रिल क्रांति का उपलब्धि लोकतंत्र, मानव अधिकार, गणतंत्र। मधेसी क्रांति का उपलब्धि संघीयता, समावेशीता। ती सबै माथि आक्रमण भएको अवस्था छ। राणा शासन १०४ वर्ष चल्यो। अर्को १०४ वर्ष का लागि खस/बाहुन शासन लाद्ने प्रपंच भइराखेको छ।

त्यसका विरुद्ध एउटा निर्णायक सड़क आंदोलन को आवश्यकता देखियो।

क्रांति कृष्ण हो।

यो मधेसी क्रांति ३ जस्तो लाग्यो शुरू मा। त्यस पछि मधेसी थारु क्रांति जस्तो लाग्यो। त्यस पछि मधेसी जनजाति क्रांति २०१५ जस्तो लाग्यो। तर यो त्यसभन्दा पनि व्यापक छ। यस क्रांति ले विगत शताब्दी का दुई प्रमुख आइडियोलॉजी कैपिटलिज्म र कम्युनिज्म को फ्यूज़न गर्ने छ। यो अहिंसात्मक तर आक्रामक क्रांति हो। यसले आमुल परिवर्तन खोजेको छ। यसले एउटा नया शुरुवात खोजेको छ। यसले नया दिशा खोजेको छ।

यो २०१५ मॉनसून क्रांति भनौं भने सितम्बर आइसक्यो। यो नेपाली क्रांति  २०१५ हो। यो सीमांकन बारे मात्र होइन। यो क्रांति लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता का लागि हो। पाँच पाण्डव माथि प्रहार भएको छ।

यो प्रतिक्रांति विरुद्ध को क्रांति हो।



No comments: