Thursday, August 06, 2015

एमालेका ३८ जनजाति सभासद

एमाले मा ३८ मात्र जनजाति सभासद छन? अहिले नजागे कहिले जागने? १०० वर्ष पछि? दलित र थारु ले जस्तो सर्वदलीय जनजाति कॉकस बनाउने हो।



एमाले जनजाति सभासदले भने- गाईको विकल्प खोजौं, धर्म निरपेक्षता नछाडौं
ओलीलाई सम्बोधन गर्दै ३८ सभासदको हस्ताक्षर

एमालेका ३८ जनजाति सभासद

...... धर्म निरपेक्षता कायम राख्न .. राष्ट्रिय जनावर गाईको विकल्प खोज्नुपर्ने ..... अन्य जनजाति पार्टीहरुले यसका यसअघि देखि नै गाईको विरोध गर्दै आएको भए पनि

एमालेका जनजाति सभासदहरुले पहिलोपटक मुख खोलेका हुन् ।

...... एमालेका जनजाति सभासदहरुले राज्यका सबै अंग, निकाय र क्षेत्रहरुमा समानुपातिक समावेशी सुनिश्चित गर्नुपर्ने, स्थानीय समुदायको मातृभाषाहरुलाई स्थानीय तहको सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने मागसमेत गरेका छन् । ...... जिल्ला संयन्त्र वा तह राख्न नहुने, स्थानीय सरकार अधिकार सम्पन्न हुनुपर्ने र उसले नै नागरिकता, राहतदानी र जग्गा रजिस्ट्रेसन गर्न पाउनुपर्ने एमाले जनजाति सभासदहरुको माग छ । .... ‘यो मागमा पार्टीका अन्य सभासदहरुको पनि समर्थन छ, उहाँहरुको पनि हस्ताक्षर संकलन हुँदैछ ।’


‘दौपदी’लाई मधेसमै राख्न माओवादीका मधेसी नेताको माग नभए मधेस आन्दोलनलाई साथ दिन्छौं- रामकुमार शर्मा
एकीकृत नेकपा माओवादीका मधेसी नेताहरुले झापा, मोरङ र सुनसरीलाई मधेसमा बन्ने प्रदेशमै राख्न माग गरेका छन् । नभए त्यसविरुद्ध हुने आन्दोलनमा साथ दिने चेतावनी दिएका छन् । ...... पार्टी नेतृत्व झापा, मोरङ र सुनसरीलाई पूर्वी पहाडमा बन्ने प्रदेशमा राख्न तयार भएलगत्तै एमाओवादीका रामचन्द्र झा, प्रभु साह, विश्वनाथ साह, रामकुमार शर्मा, महेन्द्र पासवान, रामरिजन यादव लगायतका नेताहरुले त्यसलाई नमान्ने बताएका हुन् । ...... माओवादीका मधेसी नेताहरुले सकिन्छ भने मधेसमा दुई प्रदेश बनाउनुपर्ने बताएका छन् । त्यसो हुन नसके झापा, मोरङ र सुनसरीको छुट्टै प्रदेश बनाउनुपर्ने विकल्प दिएका छन् । ........ तर, मधेसी र माओवादी कमजोर भएको अवस्थाको ‘दुरुपयोग’ गर्दै पूर्वी पहाडमा बन्ने प्रदेशमा जोडे आफूहरलाई मान्य नहुने चेतावनी दिएका छन् । झापा, मोरङ र सुनसरीलाई महाभारतकी दौपदी जस्तो सबैले मन पराएको भन्दै एमाओवादी नेता रामकुमार शर्माले अनलाइनखबरसँग भने- ‘मधेसी, लिम्बुवान, किरात, केपी ओली सबैलाई तीन जिल्ला चाहिएको छ ।’ ....... ‘तर, अहिले जे हुँदैछ, त्यो आन्दोलन र जनताको माग होइन । बलजपफ्ती भयो भने जनता आन्दोलनमा उत्रँदा हामी साथ दिन्छौं ।’ ...... एमाओवादीका मधेसी नेताहरुले मधेस आन्दोलन र त्यसका जनताको माग विपरीत गएर कुनै जोखिम नलिनसमेत पार्टी नेतृत्वलाई सचेत गराएका छन् ।

‘खाए खा, नखाए घिच भनेजसरी उत्तर दक्षिण जोड्ने प्रदेश बनाइयो भने माओवादीको विरुद्धमा जनता आउँछन्’

शर्माले भने-‘त्यस्तो गल्ती नगरौं ।’ ...... कैलाली र कञ्चनपुर थारुहरुको भूगोल भएको भन्दै थारुवानलाई टुक्राउन नहुने शर्माको सुझाव छ । ....... एमाओवादीका मधेसी नेताहरुले समानुपातिक समावेशी सुनिश्चित गर्नुपर्ने, त्रिभाषा नीति हुनुपर्ने, न्यायपालिका संघीय ढाँचामा हुनु पर्ने लगायतका माग गरेका छन् । उनीहरुले नागरिकताको धारामा आमा र बाबुको सट्टा वा राख्न र नेपाली महिलासँग विवाह गर्ने विदेशीले कम्तिमा ५ वर्ष नेपालमा स्थायी बसोबास गरे नागरिकता पाउने व्यवस्था गर्न समेत माग गरेका छन् । ..... करसम्बन्धी अधिकार प्रदेशमा रहनुपर्ने, जनपथसँगै अर्धसैनिक बल हुनुपर्ने र मधेस, मुस्लिम तथा आदिवासीका संघीय आयोगहरु गठन गर्नु पर्ने माग पनि अघि सारेका छन् ।

‘हाम्रा संशोधन त धेरै छन् तर, यति सम्बोधन भयो भने दिवापली नै नगरे पनि मलामी जाने अवस्था हुँदैन’ शर्माले भने- ‘नभए मधेसमा आन्दोलन हुन्छ, हामी त्यसलाई साथ दिन्छौं ।’



प्रचण्ड रातारात किन ओर्लिए ६ प्रदेशमा?
बुधबार पनि दलहरुबीच सहमति भएन
‘हामीले पहिले पनि ६ प्रदेशमा जान सकिन्छ भनेकै हौं, तर योसँगै नागरिकता, धर्म निरपेक्षता र शासकीय स्वरुप लगायतका विषयमा समेत एकमुष्ट सहमति हुनुपर्छ ।’ ..... बुधबार नै एमालेले स्थायी कमिटीबाटै उत्तर दक्षिण हुने गरी पाँचदेखि ६ प्रदेश बनाउने प्रस्ताव गरेको छ ।

No comments: