Tuesday, August 18, 2015

सुशील कोइराला को नाम इतिहास को पाना मा सुनको अक्षरले लेखिने छ

काँग्रेस पार्टी को रजिस्ट्रेशन समाप्त हुन लागेको छ

नेपाल को राजनीति बाट सदा सदा का लागि काँग्रेस पार्टी लाई पटाक्षेप गराउने काम जुन सुशील कोइराला ले गर्न लाग्नु भएको छ, यो सुशील जी को नेपालको जनता लाई गरिने सबै भन्दा ठुलो योगदान हुनेछ र वहाँ को नाम इतिहास को पाना मा सुनको अक्षरले लेखिने छ। वहाँ गिरिजा लाई उछिनेर बीपी को लेवल मा पुग्न पुग्न लाग्नु भएको छ।

भन्दै मा एमाले एमाओवादी का बाहुन दंग नपरे हुन्छ। तिनी हरु पनि अब ओरालो लाग्ने नै हुन। अब एक पीढ़ि मधेसी र जनजाति ले मिलेर शासन गर्छन। देश मा आर्थिक क्रांति गर्ने जिम्मेवारी मधेसी र जनजाति को काँधमा आएको छ।


सुशील छुपे रुस्तम जस्तो देखियो। नेपाली काँग्रेस को बहादुर शाह जफ्फर। कसिंगर हावा ले उड़ाई दियो भने जस्तो।

आवश्यक परे दल त्याग गरेर पनि एक हुनु आवश्यक : एआइपीपीकी महासचिव कार्लिङ
हालसम्म विश्वभर मै आदिवासी जनजातिको अवस्था नाजुक रहेको छ । उनीहरु अझै पनि विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको अवस्था छ । चाहे त्यो विकसित मुलुकमा होस् या गरिब र पिछडिएको, उनीहरुको अवस्था उस्तै छ । पश्चिमी मुलुकमा पनि आदिवासी जनजातिहरुले अझै धेरै अधिकार पाउन सकेका छैनन् । तर उनीहरूको अवस्था तुलनात्मक रूपमा केही फरक भने अवश्य छ । तर पनि विश्वभर आदिवासीहरु पछाडि पारिएका छन् । उनीहरुका आफ्नै जीवनशैली र संस्कृति छन्, तर उनीहरुका भाषा, संस्कार र संस्कृति भने उपेक्षित छन् । ........ आदिवासी जनजातिहरु भूमिपुत्र हुन् । उनीहरुको उत्पति त्यही भयो जहाँ उनीहरु अहिले बसोबास गरिरहेका छन् । उनीहरु अरुजस्तो बसाइँसराइ गरेर आएका होइनन् । त्यसैले त्यो उनीहरुको प्रकृतिसँग मिल्ने आफ्नै जीवनशैली भाषा, भेष र संस्कृति छ । जब समाज विकासस“गै राज्यको उत्पति भयो, आदिवासीहरुका भाषा, भेष र संस्कृतिलाई उपेक्षा गरियो । नया“ राज्य संयन्त्रमा उनीहरुको सहभागिता गराइएन । यसरी विश्वभर उनीहरुलाई बहिष्करणमा पार्ने काम गरियो । ......... आदिवासी भएकै कारण महिला र पुरुष दुवैमाथि भेदभाव र उत्पीडन छ । तर महिला भएकै कारण आदिवासी महिलाहरु भmन् दोहोरो उत्पीडनमा छन् ।

आदिवासी भएकैले राज्य संयन्त्रको संरचनागत उत्पीडन त छँदैछ, त्यसमाथि झन पुरुषहरुबाट उत्पीडन पनि छ । गरिब महिला, एकल महिला, अपांग भएकाहरुले दोहोरो र तेहोरो उत्पीडन पनि भोगिरहनु परेको छ ।

....... पहाडका आदिवासी समस्या र उत्पीडनको रुप फरक छ । ...... अन्तरिम संविधानले सुरक्षित गरेको र संवैधानिक राजनीति संवाद र सहमति समितिले पनि निर्णय गरेको आदिवासी जनजातिका कतिपय अधिकार मस्यौदा समितिले हटाउने काम गरेको छ । यो बेइमानी हो । आदिवासीहरुको आर्थिक, सामाजिक र राजनीतिक अधिकारको संवैधानिक सुनिश्चितताकोे विकल्प छैन । ....... आदिवासी अगुवाहरु विभिन्न दलमा आबद्ध छन् । उनीहरुमध्ये केही अगुवा विभिन्न दलबाट सभासद भएका छन् । तर म

आदिवासीहरुको मुद्दामा दलभन्दा माथि उठेर एकताबद्ध हुन आदिवासी जनजातिका नेताहरुलाई आग्रह गर्छु । आवश्यक परे दल त्याग गरेर पनि एक हुनु आवश्यक छ ।

......... दलले बनाएको भन्दैमा सभासद पदमा बसिरहनु भन्दा आदिवासीको पक्षमा एकजुट हुनु अहिलेको आवश्यकता हो । ...... अन्तरिम संविधानले व्यवस्था गरेको धर्म निरपेक्षता उल्टाउने प्रयास राम्रो होइन । धर्म निरपक्षेता आदिवासीहरुका लागि त झन् आवश्यक छ । राज्यले सबै धर्मलाई समान व्यवहार गर्नैपर्छ । ......

एकलाई अधिकार दिँदा अर्कोको अधिकार खोसिँदैन ।


No comments: