Tuesday, March 31, 2015

वार्ता र सहमतिको संभावना देखिएन अब





वार्ता र सहमतिको संभावना देखिएन अब। अब आन्दोलनलाई क्रांति मा लाने बेला आइसक्यो। यो सरकार र यो संविधान सभालाई फालेर एउटा अंतरिम सरकारको स्थापना गरेर यो आठ प्रदेशको नक्शा र प्रत्यक्ष निर्वाचित राष्ट्रपति अंतरिम संविधानमा नै लेख्ने बेला आइसक्यो। जेठ १५ मा त्यो क्रांतिकारी अंतरिम संविधान घोषणा गर्ने सुरसार गर्ने बेला आयो। सुशीलको यहाँ बहादुर शाह जफरको रोल देखियो। ३० दलले यो आठ प्रदेशको नक्शामा सहमति बनाउने। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दामा सहमति बनाउने। अनि क्रांतिमा होम्मिने। एक दुई दिन नेपाल बंद गरेर केही हुँदैन। सरकार र संविधान सभा नढलेसम्म देश ठप्प पार्ने क्रांति चाहियो। २००६ को अप्रिल क्रांति सड़क भर्ने किसिमको थियो। अहिलेको क्रांति सड़क सुनसान हुने हुन सक्छ। अंतरिम सरकार स्थापना भएको एक वर्ष भित्र भने संविधान सभाको निर्वाचन गराउनु पर्ने हुन्छ। संविधान लाई वैधानिकता एउटा संविधान सभाले मात्र दिन सक्छ।

अंतरिम संविधान नमान्ने, राज्य (state) सँग गरिएका पुराना सम्झौताहरु नमान्ने, आफ्नो पार्टीको महासमिति नमान्ने मान्छे प्रधान मंत्रीको कुर्सीमा बसदिएपछि क्रांति बाहेक अरु विकल्प बाँकी रहँदैन। अबको क्रांति समझौता विहीन हुनुपर्छ।

Nationalities And Citizenship
Nepal And The Industries Of Tomorrow

No comments: