Showing posts with label nijgadh. Show all posts
Showing posts with label nijgadh. Show all posts

Friday, September 21, 2018

निजगढ एयरपोर्ट ले भारत र चीन जोड्ने काम गर्छ

रेल बनाउन सकिन्छ भने बनाए हुन्छ, तर बेइजिंग अथवा शंघाई को मान्छे रेल को बाटो दिल्ली पुग्ने संभावना कति छ? चाहे त्यो बुलेट ट्रैन नै किन नहोस। दिल्ली तो दुर है। विशेष गरी त्यो अवस्थामा जब रेल भन्दा प्लेन सस्तो पर्न जान्छ। मनुष्य त मनुष्य कार्गो सुद्धा प्लेन चढ्न चाहने जमाना हो यो।

निजगढ एयरपोर्ट दक्षिण एशिया कै सबैभन्दा ठुलो एयरपोर्ट बन्न लागेको छ। अंतर्राष्ट्रीय फ्लाइट भन्ना ले युरोप, अमेरिका मात्र नबुझौं। भारत, चीन, दक्षिण पुर्व एशिया आफैमा अति ठुलो मार्केट हो। प्लेन १५ घंटा नै उड्नु पर्छ भन्ने के छ? दुई तीन घंटा उड्नु पनि उड्नु हो।

काठमांडु को एयरपोर्ट निजगढ भने पछि आधा राजधानी पहाड़मा, आधा मधेसमा। मधेस का लागि ख़ुशी को कुरा हो। पुर्व पश्चिम रेल बने पछि त मधेसको विकासमा चार चाँद लाग्छ।

फेरि यो BOOT कॉन्सेप्ट मा बन्न लागेको हो। अर्थात Build, Own, Operate, Transfer ---- अरुले नै बनाइदिने, अरुले नै चलाइदिने। पछि हैंडओवर पनि गरिदिने। त्यत्रो महंगा एयरपोर्ट बनाउनु अगाडि पहिला भोको जनता लाई खाना खुवाउ भन्ने ले बुझ्नु पर्छ, एयरपोर्ट मा लगानी गर्ने ले खाना मा लगानी गर्दैन। तर एयरपोर्ट ले देशको अर्थतंत्र लाई सघाउँदा थुप्रै भोका पेट भरिन पुग्छन।

छलफल हुनु राम्रो कुरा हो। तर्क वितर्क हुँदैन भने देश कम्युनिस्ट तानाशाही मा गएछ ए भन्ने चिन्ता हुन्छ।

बरु एउटा रुख काटेको २५ वटा रुख रोप्ने निर्णय मलाई बड़ा पसन्द भयो। रुख रोप्नु पर्छ। वन छ भने त वन जोगाउने। वन नै छैन भने कुन वन जोगाउने?

निजगढ एयरपोर्ट ले पर्यटन क्षेत्र लाई मात्र होइन प्रत्येक क्षेत्र लाई टेवा पुर्याउँछ। सिक्किम आर्गेनिक फार्मिंग गरेर भारत को प्रथम राज्य बन्यो प्रति व्यक्ति आय का हिसाबले। नेपाल ले आर्गेनिक फार्मिंग गरेर भारतको प्रत्येक ठुलो शहर पस्न सक्छ। भारतको, चीनको।

कृषि, उद्योग, सर्विस सेक्टर। ती तीन हुन। सर्विस सेक्टर का लागि त मान्छे ले मान्छे भेट्नु पर्ने हुन्छ। हवा को बाटो चाहिन्छ त्यसका लागि।

बरु त्यहीँ निजगढ कै छेउमा एउटा मेगासिटी बनाएर देशको कमसेकम एक तिहाई जनसँख्या त्यस मेगासिटी मा बस्ने बनाउन सके हुने। अनि देश भरि रुख रोप्ने। देशको ६०% वन।


Monday, August 24, 2015

काठमाण्डु त झिलिमिली हुने भो

मेलम्ची बाट खानेपानी। तराई सम्म फ़ास्ट ट्रैक। निजगढ़मा दोस्रो विमानस्थल। पेट्रोल पाइपलाइन। काठमाण्डु त झिलिमिली हुने भो त। बिहार को पटना मा पनि Service Sector बड़ो फस्टाई रहेको छ। वायु प्रदुषण तर tackle नगरे बिजोग छ।



जनजाति सभासदले नै मस्यौदा जलाउने
संविधानमा आदिवासी जनजातिका अधिकार समेट्न दवाव दिँदै आएका आदिवासी जनजातिले आज दिउँसो राजधानीको दुई मुख्य चोकमा संविधानको मस्यौदा जलाउने भएको छ । .... सात प्रदेशको सीमांकनमा आदिवासी जनजातिका अधिकार नसमटेटिएको भन्दै आदिवासी जनजाति महासंघको नेतृत्वमा आज दिउँसो ३ बजे चावहिल र कलंकी चोकमा मस्यौदा जलाउन लागेका हुन् । ...... आदिवासी जनजाति महासंघका अध्यक्ष तथा सभासद नगेन्द्र कुमाल र महासचिव तथा सभासद पेम्बा भोटेको नेतृत्वमा मस्यौदा जलाउन लागिएको हो ।
तराई दु्रतमार्गपछि पेट्रोलियम पाइपलाइन काठमाडौँसम्म विस्तार गरिने
गत वैशाखको ‘गोरखा भूकम्प’पछि ..... रक्सौलदेखि अमलेखगन्जसम्म निर्माण हुने पेट्रोलियम पाइप लाइनले नेपालको आर्थिक विकासलाई सघाउने उल्लेख गर्दै काठमाडौँ–तराई दु्रतमार्ग बनेपछि पेट्रोलियम पाइपलाइन काठमाडौँसम्म विस्तार गरिने

Wednesday, July 29, 2015

सुशील किंकर्तव्यविमूढ़ मान्छे



बिलियन डॉलर ले २,००० विद्यालय, २,००० स्वास्थ चौकी बनाउ। १०,००० शिक्षक, १०,००० स्वास्थ सेवक लाई ट्रेनिंग देउ। गाउँ गाउँ मा पठाउ। फास्ट ट्रैक भन्दा बढ़ी महत्वपुर्ण कुरो त्यो। ३% मा पाएको लोन २०-३० वर्ष पछि माफ़ नै पनि हुन सक्छ। भारत सँग राजनीतिक एकीकरण गर्ने हो भने अहिले माफ़ हुन्छ।

देशका सबै भूमिहीन लाई एक दुई सय डॉलर माइक्रो लोन दिएर सान्तिनो बिजनेस शुरू गर भने भो। यो पैसा बाँडेको होइन, लोन दिएको। वापस दिनु पर्ने।

18% Growth Rate For Bihar?

विकास भनेको भौतिक कुरा मात्र होइन। रोड एयरपोर्ट जस्ता कुरा मात्र होइन। शिक्षा स्वास्थ  विकास हो। शिक्षित र स्वस्थ जनता ले काम गर्छन, टैक्स तिर्ने भएर आउँछन्। आज को globalization को जमाना मा Human Capital भन्ने चलन छ। दैनिक विदेश जाने २,००० युवा प्रशिक्षित भएर जाने भए बढ़ी कमाउने हुन नि त।

माओवादी ले शिक्षा, स्वास्थ्य र रोजगार जस्ता concrete, measurable कुरामा फोकस गरे कति राम्रो हुन्थ्यो। काँग्रेस ले २,००० मात्र स्कुल बनाउँछ, हामीले त्यति नै पैसाले २५०० बनाई दिन्छौं भनेर प्रतिस्प्रधा गर्ने हो। फिडेल कास्ट्रो ले स्वास्थ र शिक्षा को क्षेत्रमा गरेको काम नेपालमा गर्न सकिन्छ?

बरु राजधानी सार्ने

आर्थिक क्रान्ति
Rudra Pandey Would Be An Excellent Directly Elected Prime Minister
बाबुराम ले नया पार्टी गठन गर्नु
सीके राउत को मधेसी जनता लाई प्रमुख योगदान: शायद संगठन
हिपत, जनकपुर, कोलकाता


Saturday, May 30, 2015

वन फंडानी नगरी बनाउनु पर्छ महानगर हिपत

नेपाल राज्यको संविधान 2015
१० लाख मानिस का लागि रोजगार
स्विट्ज़रलैंड मा पनि फ्रेंच, जर्मन, इटालियन जातका मानिस बस्छन्
विवेकशील पार्टी को बाटो जपानको हो
एउटा नया ठुलो महानगर बनाउन सकिन्छ
राष्ट्रियता भनेको के?

वन फंडानी नगरी बनाउनु पर्छ महानगर। वन जंगल भनेको चाहिने कुरा। त्यसै महानगर लाई स्वच्छ हावा (oxygen rich) चाहियो। सबै भन्दा उपयुक्त ठाउँ यो हुन्छ जस्तो लाग्छ मलाई। निजगढ़ विमानस्थल पनि बन्दैछ। यसलाई ठीक्क हुन्छ। पुरै पुर्वी तराई लाई फीडर को रुपमा विकास गर्ने। उत्तर मा छँदैछ राजमार्ग। बीचमा रेलमार्ग। दक्षिणमा हुलाकी राजमार्ग।

यस ग्रीड मा पर्ने खेत जति अधिग्रहण हुन्छ। तर पैसा दिने किसिमले होइन कि, त्यस जग्गा को नया शहर मा जे मुल्य आउँछ त्यस मुल्य बराबरको अपार्टमेंट हरु पाउने किसिमले। यस ग्रिड मा पर्ने गाउँ र शहर सबै जस्ता तस्तै छोड़ दिने। Tourist attraction पनि हुन्छ। महानगर बन्नु अगाडि मानिस यसरी बसथे भन्न लाई। होइन यदि ती गाउँ/शहर का मानिसले स्वेच्छाले ६५% मत का आधारमा आफ्नो घर जग्गा दिन चाहन्छन् भने तिनले पनि त्यसै अनुसारको मुआवजा पाउने।

एउटा नया ठुलो महानगर बनाउन सकिन्छ



Saturday, March 07, 2015

काठमांडु हेटौंडा फ़ास्ट ट्रैक र निजगढ़ अंतर्राष्ट्रीय विमानस्थल को महत्व

चार दिनदेखि अवरुद्ध विमानस्थल खुला

काठमांडु हेटौंडा फ़ास्ट ट्रैक र निजगढ़ अंतर्राष्ट्रीय विमानस्थल को महत्व देखियो। एउटा बिमान दुर्घटना नहुँदा देशै बंद हुने, देशै राणा कालमा पुग्ने ---- बाहिरी दुनिया बाट कट ऑफ हुने। काठमाण्डुमा ठुलो एयरपोर्ट बनाउने ठाउँ नै छैन। निजगढ़ मा जति पनि ठाउँ छ। काठमाण्डु एयरपोर्ट मा जे भयो त्यो निजगढ़ मा हुन्छ भने ठीक छ, एक लेन बंद गर्दिम भन्ने हुन्थ्यो, अरु लेन सुचारू रहन्थ्यो, पुरा एयरपोर्ट नै बंद हुने हुन्थेन।