Monday, March 16, 2015

मधेसमा काँग्रेसको जग बलियो रहेन अब

नेपाली काँग्रेस महासमितिको मधेसमा बसेको बैठकले एक मधेस तीन प्रदेश को नक्शा पारित गरे पछि त्यो नक्शा को आधारमा काँग्रेस चुनावमा गयो र राम्रै नतिजा ल्यायो। देशको स्थायी सरकार (पुलिस, प्रहरी, प्रशासन) ले उसको पक्षमा धाँधली गर्यो, त्यो आफ्नो ठाउँमा छ।

एक मधेस भनेको झापा बाट चितवन हुँदै कंचनपुर सम्म हो। काँग्रेसको त्यो आधिकारिक अडान हो। त्यो अडानलाई उल्ट्याउन कि त महासमितिको अर्को बैठक डाक्नुपर्यो कि महाधिवेशन डाक्नु पर्यो। त्यस्तो केही गरिएको छैन। मधेसी जनता को मा जाँदा एक मधेस भन्ने अनि चुनाव जिते पछि सुशीलले त्यस मधेस बाट झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर झिक्ने कुरा गर्ने!?

मधेसी क्रांति पछि मधेसमा निकै कमजोर हुन पुगेको काँग्रेसले एक मौका पायो त्यस पछि पनि। तर अब मधेसमा काँग्रेसको जग बलियो रहेन। जनताको मैंडेट नमान्ने काँग्रेसका सभापति। आफ्नो पार्टीको महासमिति लाई नमान्ने काँग्रेसका सभापति।


No comments: