Wednesday, December 30, 2015

सनातनी सोंच, सनातनी धर्म, सनातनी मानसिकता, सनातनी संकीर्णता

मान्छे लाई चाहिने जति ज्ञान सप्पै वेद पुराण उपनिषद् मा छ। त्यसमा थप्नु पर्ने केही पनि छैन। त्यो हो सनातनी सोंच, सनातनी धर्म, सनातनी मानसिकता, सनातनी संकीर्णता। त्यो सोंच कोही एक जनाले आफ्नो घर भित्र पुजा कोठा भित्र लागु गर्दा समस्या पर्दैन।  

तर सोंच लाई राज्य (state) मार्फ़त एउटा सिंगो देश माथि थोपर्ने प्रयासले त्यस देश लाई बंधक तुल्याउँछ र प्रगति का मार्ग जति सबै अवरुद्ध गर्ने हुन्छ। 

मान्छे लाई चाहिने जति ज्ञान सप्पै वेद पुराण उपनिषद् मा छ। त्यसमा थप्नु पर्ने केही पनि छैन। सनातनी ले त्यो भन्छ। अनि कोही बुद्ध ले नया ज्ञान भन्यो भने उसको शिष्य जति सबैलाई भौतिक रुपले नै सिध्याउनु पर्ने हुन्छ। सिध्याएको हो पनि।

रावण सनातनी। आफ्नो युगको नंबर एक सनातनी। 

गैलिलियो ले पृथ्वी गोलो छ भन्यो। कि पृथ्वी सुर्य को वरिपरि घुम्छ भन्यो। त्यस्तै के भन्यो। राज्य (state) आफ्नो पकड़मा राखेका रूढ़िवादी धार्मिक हरुले सातो लिए। जिंदगी बर्बाद गरे। पश्चिम देशमा भएको त्यो। भारतीय उपमहाद्वीप मा त्यो रोल अहिले सम्मै खेल्दै आएको सनातनी हो।

दलित भनेको रामभक्त हो। के छ हालत दलित को? राम लाई भगवान भन्नु समस्या हो सनातनी का लागि। रामले त रावण को वध गरेको। 

विज्ञानं र प्रविधि को यो समय, यो २१ औं शताब्दी। सनातनी stone age का मान्छे। भारतीय उपमहाद्वीप लाई सनातनी मुक्त क्षेत्र बनाउनु जरुरी छ। फेरि बुद्ध धर्म को प्रचार गर्नु जरुरी छ। 

बरु सनातनी हटाउ। धर्म निरपेक्षता मन परेन भने बुद्ध धर्म को देश भन। 


No comments: