Wednesday, September 09, 2015

मधेसी मोर्चा फुटेको हो भने घोषणा हुनुपर्यो

महंथ ठाकुर ले एक्लै वक्तव्य निकालेर जनता लाई सड़क मा आउन आह्वान गर्ने, राजेंद्र महतो ले एक्लै तीन दिन मेची देखि महाकाली बंद को घोषणा गर्ने, उपेन्द्र यादव ले एक्लै बान कि मुन लाई पत्र लेख्ने।

यो के हो यस्तो?

मधेसी पार्टी फोडेर मंत्री बन्ने खेल भन्दा केही फरक होइन यो। जनता सड़क मा आए, अब त म एक्लै ठुलो पार्टी भएँ भन्ने दम्भ मा मधेसी नेता हरु नफँसने। त्यो दगाबाजी हुन्छ। यो क्रांति महंथ अथवा राजेंद्र अथवा उपेन्द्र लाई ठुलो नेता बनाउन का लागि भएको होइन।

यो अधिकार को क्रांति हो। यो मधेसी जनता को अधिकार को क्रांति हो।

आफ्नो एकता कायम राख्न नसक्नु मानसिक दासता हो। त्यसै मानसिक दासता लाई आधार बनाएर त हो पहाड़ी ले मधेसी माथि राज गरेको।

आफु आफुमा फेरि गफ हुन छोडेको हो कि के हो यी तीन जनाको?

पहिले मधेसी मोर्चा बन्यो। त्यो अझ ठुलो भएर संघीय गठबंधन बन्यो। त्यसलाई अझ ठुलो बनाएर मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति बनाउनु पर्छ। होइन भने क्रांति प्रति दगाबाजी हुनेछ।

आफु आफुमा फ़ोन मा गफ गर्ने, अनि काठमाण्डु मा बसेका आफ्ना प्रतिनिधि मार्फ़त वक्तव्य निकाल्ने। सामुहिक। संघीय गठबंधन को नाम मा। एक्ला एक्लै वक्तव्य निकाल्ने काम तत्काल रोक्ने। यार, यो तिम्रो पार्टी को आधार ठुलो बनाउने क्रांति थोड़े हो!

क्रांति उत्सर्ग मा पुर्याउने समय आउन लाग्यो। एकता लाई झन बलियो पार्ने। छिन्नभिन्न नपारने।

मधेसी नेता त्रय ले बदमाशी गरे मधेसी जनता ले वडा वडा बाट संगठन को काम शुरू गर्दै एउटा नया पार्टी खोल्नु पर्छ। मधेस स्वराज पार्टी।

भारत मा काँग्रेस पार्टी ले ब्रिटिश शासन मा चुनाव हरु लड्दै गरेको हो, प्रदेश सरकार हरु बनाउने गरेको हो। एकै पटक आजादी मा पुगेको होइन। सीके राउत ले १० वर्ष को रोडमैप दिन सक्नु पर्छ। अहिले (१) एक मधेस दो प्रदेश (२) आत्म निर्णय को अधिकार सहित को संघीयता (३) १० वर्ष भित्र राज्य (state) मा मधेसी को समानुपातिक सहभागिता (४) होइन भने अलग देश।

सीके राउत यस किसिमको कार्यतालिका मा आउनुपर्छ।

मधेसी क्रांति ले अब सीके लाई उसको गैर कानुनी हाउस अरेस्ट बाट मुक्त गर्ने बेला आइसके जस्तो लाग्यो।

सीके लाई मुक्त गर्ने र गाउँ गाउँ शहर शहर वड़ा वडा मा मधेस स्वराज पार्टी को कमिटी बनाउने। जंगल को आगो जस्तो संगठन विस्तार गर्ने।

मधेस स्वराज पार्टी ले स्थानीय स्तर मा, प्रदेश स्तर मा सरकार चलाएर देखाउन सक्नुपर्छ। Short Term मा।

अहिले सीके ले बाहिर आएर मधेस अलग देश को नारा दिनु हुँदैन। यो १० वर्षे रोडमैप मा आउनै पर्दछ। जनता सडक मा आएको संघीयता, समावेशीता र समानता को लागि हो। अहिले सीके ले बाहिर आएर मधेस अलग देश को नारा दिनु बंद घड़ी व्यवहार हुनेछ। बंद घडी ले दिन मा दुई पटक सही समय दिराखेको हुन्छ।

लोकतंत्र ले सेना लाई संसद को अधीन मा ल्याउँछ। मधेसी जनजाति एकता ले संसद लाई आफ्नो अधीन मा ल्याउँछ। अनि सेना लाई समावेशी बन भनेर order दिने हो, आदेश।

मधेसी क्रांति ले सीके राउत लाई मुक्त गर्ने बेला आयो। सीके राउत ले मधेस स्वराज पार्टी को घोषणा गर्ने बेला आयो।

एकता का मतलब दो और दो पाँच, पाँच और पाँच पन्द्रह।

सत्ता आफ्नो हात मा लिन नचाहने क्रांति मानसिक दासता हो। मालिक लाई झन ठुलो बलियो मालिक बनाउने तरिका र सोंच हो। शोसक सँग भिख माग्ने होइन, शोसक लाई सत्ता बाट फाल्ने हो। त्यो रोडमैप मा जानुपर्छ।

सीके राउत यस १० वर्षे रोडमैप मा आउनै पर्छ। क्रांति को सीके राउत की जरुरत पड़ गयी है।


































मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति को आवश्यकता
काठमाण्डु को 24/7 नाकाबंदी गरौं
यो टुटने होइन कब्ज़ा हुने देश हो
महोत्तरी का एमाओवादी ले २२ जिल्ला का ३ पार्टी लाई देखाएको बाटो
मधेसी को नेपाल सेनामा समूहगत प्रवेश किन हुन सक्दैन
देशमा राजतन्त्र फर्कने संभावना शुन्य छ
चलू जनकपुर भरू जनकपुर
सुशील ले गर्न सक्ने काम मात्र उसलाई गर्न लगाउ
प्रचण्ड समाधान होइन समस्या हो
काँग्रेस एमाले र एमाओवादी पार्टी छोड्ने हरुको बाढ़ी
संघीय गठबंधन का तीन खम्बा: संघीयता, समावेशीता र आर्थिक क्रांति
वीर जनता, भिखमंगा नेता
क्रांति को रोडमैप
बामे, तिमी झस्केको
पंचायत ढल्यो, राजा ढल्यो, अब ढलने पालो एकात्मक व्यवस्था को
१ मत को ५० रुपया
१ मत को ५० रुपया को अर्को पक्ष: जल बिद्युत
खोला र सुरक्षा बाहेक केही नदिने
कोशी, गण्डकी, कर्णाली, चुरिया र मधेसमा सिँचाई

No comments: