Tuesday, September 08, 2015

मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति को आवश्यकता

यो मधेसी क्रांति ३ होइन। यो मधेसी क्रांति ३ भएको भए देश दुई फ्याक् हुने। पाकिस्तान बंगलादेश हुने। तर यो मधेसी क्रांति ३ होइन। यो मधेसी जनजाति क्रांति २०१५ हो। यसलाई अब उत्सर्ग मा लानु पर्ने समय आउन लाग्यो।

उपेन्द्र यादव भन्दा बरु केपी ओली नै देशको प्रधान मंत्री भएको राम्रो भन्ने कुरा बोली ले नबोले पनि व्यवहार ले बोल्ने नेता का लागि यस क्रांति मा ठाउँ छैन। प्रचंड र विजय गद्दार को चरित्र चिन्न नसक्ने नेता का लागि यस क्रांति मा ठाउँ छैन। उपेन्द्र आफ्नो थर को बलमा संघीय गठबंधन को अध्यक्ष होइन। नेतृत्व को अंक गणित ले गर्दा उ अध्यक्ष हुने हो। संघीय गठबंधन को नेतृत्व को औपचारिक घोषणा नै हुनुपर्छ। त्यो स्पष्टता चाहिने हुन्छ।

जनता ले आहुति दिएको क्रांति मा नेता ले अनुशासन देखाउनै पर्छ।

यो संघीय गठबंधन ले शुरू गरेको क्रांति हो। नेतृत्व संघीय गठबंधन को हात मा छ। अहिले संघीय गठबंधन को सदस्यता ज्यूँ का त्यूँ राख्नु राम्रो हुन्छ। होइन भने कसलाई लिने कसलाई नलिने कुराले क्रांति मा confusion मात्र थपिन्छ। त्यस्तो घातक कुरा गर्नु हुँदैन। क्रांति ले गति लिनु भनेको बड़ो गार्हो काम हो। यस क्रांति लाई देशको अंतिम क्रांति बनाउनु पर्छ। आर्थिक क्रांति का आर्थिक मुद्दा बाहेक अरु सबै मुद्दा को छिनोफानो गर्ने मौका हो यो।

तर समेट्नु पर्ने अरु समुह पनि छन। बिभिन्न मधेसी जनजाति पार्टी र गठबंधन हरु अगाडि आएका छन। More the merrier. त्यस का लागि संघीय गठबंधन केंद्र मा रहने गरी एउटा बृहत्तर छाता संगठन बनाउनु जरुरी छ।

मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति को आवश्यकता देखियो। क्रांति ले अब सरकार ढाल्नु पर्छ। काँग्रेस पार्टी लाई ध्वस्त पार्नु पर्छ। संविधान जारी नै हुन नदिने। अनि काँग्रेस आफै ढल्यो। काठमाण्डु को १००% नाकाबंदी गरेर काठमाण्डु सम्म क्रांति पुर्याउनु पर्ने समय आयो।

संघीय गठबंधन लाई नेतृत्व को स्पष्टता चाहियो। संघीय गठबंधन लाई संगठनात्मक संरचना को स्पष्टता चाहियो। संघीय गठबंधन लाई राजनीतिक कार्यक्रम को स्पष्टता चाहियो।



No comments: