Monday, September 07, 2015

संघीय गठबंधन का तीन खम्बा: संघीयता, समावेशीता र आर्थिक क्रांति

नेपाली काँग्रेस ले राष्ट्रियता, प्रजातंत्र, समाजवाद भने जस्तै संघीय गठबंधन का तीन खम्बा: संघीयता, समावेशीता र आर्थिक क्रांति गरिनु पर्दछ। संघीयता संविधान मा लेख्नु घर को नक्शा पास गर्नु मात्र हो। सिंगो घर बनाउने काम बाँकी नै हुन्छ। नक्शा बनाउने काम मा भन्दा घर बनाउने काम मा बेईमानी गर्ने ठाउँ निकै बढ़ी हुन्छ। त्यसैले संघीय गठबंधन सँग लगातार १० वर्ष देश माथि शासन गर्ने रोडमैप हुनै पर्छ। होइन भने संघीयता संघीयता भन्दै जनता लाई गुमराह गर्ने काम गर्न छोड्ने।

संघीयता भनेको सीमांकन र नामांकन मात्र होइन। स्रोत  बाँडफाँड को फोर्मुला पनि चाहियो र त्यसको execution पनि चाहियो। संघीय गठबंधन ले त्यो स्पष्टता दिनै पर्छ। संघीयता नामको घर बनाउने काम का लागि ५ वर्ष शायद प्रयाप्त समय हो। समावेशीता को एजेंडा का लागि १० वर्ष प्रयाप्त समय हो।

आर्थिक क्रांति किन र के? आर्थिक क्रांति को परिभाषा बड़ो सजिलो छ। लगातार ३० वर्ष सम्म एक वर्ष पनि नबिराई देशको आर्थिक वृद्धि दर १०% अथवा सोभन्दा माथि हुनु देश मा आर्थिक क्रांति हो। नेपाल का लागि के सजिलो छ भने कुनै ठुलो हाइड्रो प्रोजेक्ट गर्यो भने कुनै वर्ष आर्थिक वृद्धि दर ५०% पनि पुग्न सक्छ। एकात्मक व्यवस्था ले देश लाई दुनिया को सबैभन्दा गरीब देश बनाएको हो भने संघीय गठबंधन को नंबर एक एजेंडा नै आर्थिक क्रांति हो।

संघीय गठबंधन का तीन खम्बा: संघीयता, समावेशीता र आर्थिक क्रांति।

संघीय गठबंधन का तीन आधार चाहिं (१) स्पष्ट संगठन संरचना र नेतृत्व, (२) स्पष्ट राजनीतिक कार्यक्रम, (३) व्यापक सहभागिता र पारदर्शिता।

स्पष्ट संगठन संरचना र नेतृत्व भनेको केंद्र, प्रदेश र स्थानीय तीन तह मा नै एक पद एक उम्मेदवार।  स्पष्ट नेतृत्व भनेको केंद्र मा संघीय गठबंधन का सांसद हरु रहेको एक निर्वाचक मंडल हुने, त्यहाँ ५०% बढ़ी मत बटुल्ने व्यक्ति संघीय गठबंधन को राष्ट्रिय अध्यक्ष हुने। त्यस्तै प्रत्येक तहमा निर्वाचित नेता हरुको निर्वाचक मंडल ले नेतृत्व निर्धारण गर्ने।

संघीय गठबंधन को नीति र संगठन संरचना मानने देश भित्र का इच्छुक पार्टी हरुले संघीय गठबंधन को सदस्यता का लागि लिखित आवेदन दिए पछि संघीय गठबंधन ले आतंरिक छलफल र निर्णय बाट त्यसको छिनोफानो गर्नेछ।



No comments: