Sunday, September 06, 2015

क्रांति को रोडमैप

यो मधेसी क्रांति ३ होइन, यो मधेसी जनजाति क्रांति २०१५ हो। बहुदल ढालने, राजा ढालने, र अब यो एकात्मक व्यवस्था ढालने क्रांति हो। जाबो त्यो फासफुसे २०४६ को सान्तिनो आंदोलन ले त मरीच मान र राष्ट्रिय पंचायत ढाल्यो भने।

वार्ता को वातावरण बनाउ भनेको के? पुरानो समझौता कार्यान्वयन गर भनेको के? यहाँ स्पष्टता को व्यापक कमी देखियो। क्रांति को एक मात्र माग हो, सुशील बामे राजीनामा दे।

सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो

जब एउटा व्यवस्था ढल्छ, त्यस को प्रमुख हट्छ। यति त नेपाल को इतिहासले नै देखाएको छ।

अंतरिम संविधान रहन्छ। यो सरकार जान्छ। यो संविधान सभा जान्छ। उसै पनि दुई वर्ष उम्र को दुई वर्ष पुग्न लागि नै सक्यो।

क्रांतिकारी अंतरिम सरकार बन्छ। संघीय गठबंधन को नेतृत्व मा। क्रांतिकारी सीमांकन र नामांकन अंतरिम संविधान मैं थपिन्छ। चैत्र मा तेस्रो संविधान सभा को चुनाव हुन्छ। प्रस्तावित प्रतिनिधि सभा कै साइज को। पहिलो बैठक मा voice vote ले संविधान अनुमोदन हुन्छ। अनि सभा संसद बन्छ।

चैत्र को चुनाव मा मतदाता ले चार वटा बैलट पाऊँछ। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री, केंद्र को सांसद, प्रदेश को सांसद, स्थानीय चुनाव का लागि पनि। अझ पाँच वटा पो हो कि? स्थानीय मा दुई वटा। छ वटा। मुख्य मंत्री का लागि पनि।

मधेसी, जनजाति, दलित, महिला ले खोजेको अधिकांश अंतरिम संविधान मा नै छ।



No comments: