Tuesday, September 08, 2015

चलू जनकपुर भरू जनकपुर




जनकपुरमा निषेधाज्ञा बिरुध्द शान्तपूर्ण जुलुसमाथि लाठी चार्ज २२ भाद्र २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रेस- विज्ञप्ति
२०७२ भाद्र २२ गते

आज जनकपुरको भानुचौकमा भएको शान्तिपूर्ण प्रदर्शन तथा निषेधज्ञा तोड्ने प्रयासको क्रममा प्रदर्शन गर्ने जनताको अधिकार भएकोले शान्तिपूर्ण जुलुसलाई अगाडि बढन दिन आग्रह गरिरहेको अवस्थामा एक्कासी प्रहरीले बर्बरतापूर्वक लाठी र अश्रु गैस प्रहार गरी सद्भावना पार्टीको के.स. लालकिशोर साह, संघिय समाजवादी पार्टीका के.स. अमरेश नारायण झा, संयुक्त लोकतान्त्रि मधेशी मोरचा धनुषाका संयोजक तथा तमलोपा धनुषाका अध्यक्ष परमेश्वर साह, सद्भावना पार्टी धनुषाका अध्यक्ष संजय सिंह, तमसपा धनुषाका अध्यक्ष रुपनारायण मण्डल, तमलोपाका रामबिनोद चौधरी, रेणू झा, ब्रजकिशोर सिंह, बिन्दु ठाकुर, धिरेन्द्र मिश्र, संघिय समाजवादी पार्टीका रामकुमार कापडी, अशोक यादव सद्भावना पार्टीका रामचन्द्र चौधरी, मनोहरकुमार मुखिया, रामबाबु साह, राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन, धनुषाकी शबनम खातुन लगायतका नेताहरू सहित ३७ जनालाई घाइते बनाइएको छ । यस अमानुषिक कार्यले यो सरकार र यिनका मतियारहरू मधेशीहरूको शान्तिपूर्ण भाषा बुझ्न असमर्थ रहेको र बल प्रयोगमाथि नै विश्वास गरेको स्पष्ट हुन्छ । हामी यसको घोर भर्त्सना गर्दै कडा प्रतिकारका निमित्त हामीलाई बाध्य पाडिंदै गएको स्पष्ट गर्न चाहन्छौं ।

शासकवर्गको मधेशलाई उपनिवेश बनाउने षडयन्त्र बिरुध्द हाम्रो आन्दोलन जारी रहने छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, धनुषा तथा नेकपा-मओवादी, धनुषा २०७२ भाद्र २३ देखि २५ गते सम्मको आन्दोलनको निम्नानुसारका कार्यक्रमहरूमा जिल्लाका सबै गाँउ र नगरबाट व्यापक सहभागिता तथा प्रतिकारका निमित्त संपूर्ण मधेशी समाज, राजनैतिक दलहरु, संघ, संस्था, वर्गीय संगठनहरु, युवा-विध्यार्थीहरु लगायत सबै संघर्ष समितिहरुसंग अपील गर्दछ ।

धनुषाको आन्दोलनको कार्यक्रम :
२०७२ भाद्र २३ गते बुधवार

• २ बजे जनकचौकमा जम्मा हुने
• ३ बजेदेखि ५ बजेसम्म सडकमा धर्ना दिने
१. २०७२ भाद्र २४ गते बृहस्पतिवार
• महिलाहरुको नेतृत्त्वमा झाढू-बुहारू जुलुस
२. २०७२ भाद्र २५ गते शुक्रवार
• चलू जनकपुर भरू जनकपुर (जिलाको हरेक घरबाट कम्तीमा एक जना गरी आउने)

No comments: