Monday, September 07, 2015

काँग्रेस एमाले र एमाओवादी पार्टी छोड्ने हरुको बाढ़ी

एमालेका मधेशी सभासद ले पार्टी छोड़
प्रचंड को बाहुन चरित्र
काँग्रेस पार्टी…… स्वाहा!

काँग्रेस एमाले र एमाओवादी पार्टी छोड्ने हरुको बाढ़ी चाँडै शुरू हुनेछ। त्यस का लागि संघीय गठबन्धनले उपयुक्त संरचना बनाउनु पर्ने भो।

संघीय गठबन्धन को संरचना प्रत्येक तह मा हुनुपर्छ। र आगंतुक लाई बजाप्ते सोध्ने, "तपाइँ संघीय गठबंधन को कुन पार्टी को सदस्य बन्न चाहनु हुन्छ" भनेर। अनि तिनलाई सम्मानजनक स्थान दिने चाँजोपाँजो मिलाउने।

कोही मान्छे सभासद छ अहिले भने उसलाई अर्को चुनाव मा उसको क्षेत्र बाट टिकट दिने आश्वासन का साथ भित्र्याउन सकिन्छ। कोही मान्छे जिल्ला सभापति छ भने उसलाई जिल्ला स्तर मा accommodate गर्नु पर्ने हुन्छ। त्यस्तै।

मुख्य रुपले सभासद हरु लाई टारगेट गर्नु पर्ने भो।

मधेस बाट त काँग्रेस अब गायब नै हुन्छ। त्यस का लागि संघीय गठबंधन ले दैनिक सदस्यता अभियान चलाउनै पर्छ स्थानीय स्तर मा, वडा वडा मा।


No comments: