Friday, September 04, 2015

मधेसी मोर्चा को नेतृत्व को कुरा

अहिले त मधेसी मोर्चा फैलिएर संघीय गठबंधन भैसक्यो। त्यसको नेतृत्व मा को छ? कि मान न मान मैं तेरा मेहमान पहिला को मधेसी मोर्चा मा थियो नि, कसैले उसलाई मधेसी मोर्चा को नेता बनाएको छैन गच्छेदार आफै सबै ठाउँ मा मधेसी मोर्चा को प्रतिनिधित्व गरेको भन्दै पुगेको हुन्थ्यो।

नेतृत्व लोकतान्त्रिक तरिका ले हुन्छ। तर बिना नेतृत्व को मोर्चा हुँदैन। नेतृत्व त चाहिन्छ।

संघीय गठबंधन को नेतृत्व को सबै भन्दा लोकतान्त्रिक तरिका सबै सदस्य पार्टी हरु को केंद्रीय संसद मा रहेका सांसद हरु समेटेर निर्वाचक मंडल बनाउने अनि त्यहाँ ५०% भन्दा बढ़ी मत बटुल्ने सांसद संघीय गठबंधन को नेता बन्ने भन्ने हुनु पर्छ। प्रतिनिधि सभा को म्याद सम्म।

अनि वास्तव मा ठोस संघीय गठबंधन बनाउने हो भने केंद्र, प्रदेश र स्थानीय सबै तहमा एक पद एक उम्मेदवार को अवधारणा मा जानु पर्ने हुन्छ।

यी दुई कुरा नगर्ने हो भने संघीय गठबंधन देशको राजनीति मा एउटा fringe element भएर रहन्छ।

फेरि थ्रेसहोल्ड को कुरा आई राखेको छ। संघीय गठबंधन का पार्टी हरुले एकीकरण को बारेमा सोँच्न बाध्य हुनुपर्ने छ।

अझ नंबर एक कुरा त हो राजनीतिक प्रोग्राम को। सीमांकन र नामांकन मा संघीय गठबंधन को देशव्यापी साझा अवधारणा के? Common Minimum Program के हो?

अहिले मधेसी नेता हरु ले आफु आफु बीच झगड़ा गरेर क्रांति को उत्कर्ष को संभावना लाई एक कदम तल ल्याएका छन। क्रांतिकारी सत्ता परिवर्तन को संभावना यस झगड़ा ले समाप्त पारेको छ। अब मधेसी दल ले आंदोलन गर्ने, काँग्रेस ले संसोधन गर्ने र जस लिने हुन्छ।

बिना संगठनात्मक स्ट्रक्चर, बिना नेतृत्व, बिना राजनीतिक कार्यक्रम को पनि गठबंधन हुन्छ?



मधेसी मोर्चा ले एकता प्रदर्शन गर्नै पर्छ

No comments: