Thursday, September 03, 2015

मधेसी मोर्चा ले एकता प्रदर्शन गर्नै पर्छ

मधेसी मोर्चा का चार शीर्ष नेता हरु ले एकता प्रदर्शन गर्नै पर्छ। जनता सड़क मा ज्यान को बाजी लगाएर आएका छन। यस्तो बेला मा तल्लो स्तर को राजनीतिक वक्तव्यबाजी सुहाउँदैन। एउटा रोडमैप छ त्यो फॉलो गर्ने हो।

पहिलो मधेसी क्रांति मा हामी सरकार छोडेर सड़क मा न आएकोले हामी सबै भन्दा पुरानो मधेसी पार्टी भए पनि सबै भन्दा ठुलो अर्कै भइदियो त्यसैले यस पटक शुरू मैं आएको भनेर राजेंद्र महतो ले भन्नु या भनेको समाचार आउनु, महन्थ ठाकुर ले महतो ले संविधान सभा छोडेको लाई "स्टंट" भन्नु, उपेन्द्र यादव ले पनि, महंथ र उपेन्द्र ले अमेरिकी र भारतीय राजदुत भेटेको हो कि किन काठमाण्डु गयेको त्यो राजेन्द्र लाई थाहा नभए जस्तो समाचार आउनु। यी सही यस मानेमा होइनन् कि जनता ले सड़क मा गरिरहेको त्याग लाई नेता ले नै हलुका ढंग ले लिए जस्तो इम्प्रैशन पर्छ। त्यो ठीक होइन।

एउटा स्पष्ट एजेंडा का साथ, एउटा स्पष्ट रोडमैप का साथ मधेसी मोर्चा बनेको छ। अझ संघीय गठबंधन नै बनेको छ। यो त एक रहे देश कब्ज़ा गर्ने गठबंधन हो। एकता र जीवंत र कायम राख्नु पर्छ। यस संघीय गठबंधन को आवश्यकता १० वर्ष रहि रहनेछ। Common Minimum Program को कुरा आउँछ।

हतार हतार महंथ ले उपेन्द्र भन्दा अगाडि प्रचंड लाई भेटे मधेसी मोर्चा को नेता महंथ हुने होइन। संघीय गठबंधन को सबै भन्दा ठुलो घटक अहिले उपेन्द्र को पार्टी हो। ७५ जिल्ला मा पुगेको पार्टी। लिम्बु, तामांग, मगर, शेर्पा आदि पार्टी लाई संघीय गठबंधन मा ल्याएकै उपेन्द्र को पार्टी ले। लोकतंत्र मा नेतृत्व को चयन अंक गणित ले गर्छ।

भोलि पर्सी गएर जब देश मा नया चुनाव हुन्छ, अनि संघीय गठबंधन का सदस्य पार्टी हरु का सबै सांसद हरुको एउटा निर्वाचक मंडल बनने अनि त्यसले गठबंधन अध्यक्ष चुनने गर्न सकिन्छ। उपेन्द्र को पार्टी सबै भन्दा ठुलो भए पनि बहुमत सम्म नपुग्न पनि सक्छ। तर त्यो पानीमा रहेको माछा हो। अहिले क्रांति को समय छ। अहिले क्रांति को जिम्मेवारी वहन गर्ने समय हो।

एकता प्रदर्शन गर्ने कुरा हाम्रो एकता छ त भन्ने सोंचेर मात्र हुँदैन। मीडिया मा मनगढंत कुरा हरु आईदिएको बेल त्यसको खंडन पनि गर्नु पर्छ।



No comments: