Saturday, August 15, 2015

कर्णाली को जनसंख्या ४ लाख

Feeling Sorry For Province Two?
Why Does Karnali Want To Be Its Own State?
कञ्चनपुरदेखि चितवनसम्म थरुहट प्रदेश
मगरात को जायज माग: पहिचान बिनाको संघीयता नागरिक बिनाको लोकतंत्र जस्तो
लिम्बुवान नाम
ओली को नवराजा बोली
१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति

कर्णाली को जनसंख्या ४ लाख। देश को जनसंख्या को १%? लगभग। मेरो फोर्मुला मा जहाँ प्रत्येक प्रदेश ले प्रतिनिधि सभा र राज्य सभा मा जनसंख्या समानुपातिक सीट पाउने छ, राज्य सभा मा कर्णाली ले १ सीट पाउने भो, प्रतिनिधि सभा मा २ सीट। लगभग। प्रदेश सभा त उसले आफै निर्धारण गर्ने हो। अथवा अन्य समानुपातिक फोर्मुला तानतुन पारेर ५ सीट पनि हुन सक्छ।

अनि प्रति व्यक्ति आय का हिसाबले देश को सबै भन्दा पछाडि रहेका २५% प्रदेश मध्ये एक पर्ने भएको ले प्रत्येक वर्ष केंद्र बाट स्पेशल पैकेज पाउने भो।

अहिले को प्रहरी केंद्र ले फिर्ता लिनुपर्ने भो। स्थानीय ले प्रहरी मा जागीर पाउने भए। कर्णाली मा ५०% बढ़ी मत पाएको प्रत्यक्ष निर्वाचित मुख्य मंत्री कर्णाली प्रहरी को डायरेक्ट बॉस हुने भो।

केंद्र सरकार मा सबै तहमा १% पाउनु पर्ने भो। सेना देखि लिएर प्रशासन आदि। निजामती सेवा मा। राजदुत नियुक्ति मा।

यार्चागुम्बा मा प्रदेश को प्रमुख भाग रहने भो। स्थानीय पर्यटन मा त्यस्तै।

स्थानीय सरकार मा स्थानीय को सहभागिता ले गर्दा व्यापक विकास हुने भो।

प्रदेश सरकार ले FDI मा देश कै सबै भन्दा प्रगतिशील कानुन बनाएर यार्चागुम्बा processing गर्ने स्थानीय स्तर मा हुन थाल्यो। पर्यटन क्षेत्र मा व्यापक विदेशी लगानी भयो। रोजगारी का लागि अरु प्रदेश का मानिस को ओइरो लाग्यो।

कर्णाली का ५ सांसद ले केंद्र मा तर्क को आधारमा केंद्र को संसद मा बहुमत बटुलेर देश ले १०,००० मेगावाट बिजली उत्पादन गरेर कमाएको पैसा ले एउटा कर्णाली राजमार्ग बनाए र तिब्बत र सुर्खेत लाई जोड़े र मानसरोवर जाने थुप्रै भारतीय पर्यटक कर्णाली को बाटो जान थाले।

यस्तो हुन सक्छ।

यस्तो पनि हुन सक्छ कर्णाली को एक जना सांसद सारा देश को प्रधान मंत्री बन्यो। लोकतंत्र मा त्यस्तो हुने संभावना हुन्छ। उस्तै काबिल मान्छे हो भने बन्छ। अनि त्यो मान्छे ले कर्णाली मा आफ्नो ड्रीम प्रोजेक्ट एउटा बायोटेक इंडस्ट्री स्थापना गर्यो। अनि त्यसका आधारमा कर्णाली ले प्रति व्यक्ति आयमा सारा देश लाई उछिनयो।

यस्तो हुन सक्छ।



पहाडबाट अलग गरिएकोमा मधेसी समुदाय चिन्तित
पहाडविनाको प्रदेश विहारीकरणको संकेत : शत्रुघ्न महतो
आन्दोलनलाई साम्प्रदायिक बनाएर दमन गर्ने षडयन्त्र : यादव
‘कुनै समूदायविरुद्धको लडाई होइन, अधिकारको हो’

‘टिकापुरको आमसभा आमसञ्चारमाध्यमले ब्लाक आउट गरे ।

फेसबुकमा केही उरन्ठेउलाहरुले उपेन्द्र यादवलाई जनताले लखेटे भनेर गलत प्रचर गरे । यसरी साम्प्रदायिक बिद्धैष फैलाउने काम दुखद छ ।’ ......... ‘दलको हैकमको आडमा संविधानसभामा छलफल नै नगरी प्रतिवेदन संविधानसभामा बुझाईयो । यस्ले प्राप्त उपलब्धि उल्टाउने काम गरेको छ । समानुपातिक समावेशी, नागरिकता, राज्यपुर्नसंरचना समितिको प्रतिवेदन उल्टाउने काम भएको छ । संविधानसभाले स्वामित्व ग्रहण गरेको कुरा चार दलले स्विकार गरेनन ।’ ...... एक भाषे नीति लागु गर्दै ..... केपी ओलीले साम्प्रदायिक र विखण्डनकारी भनेको प्रति लक्षित गर्दै यादवले हिजोको आन्दोलनमा दुई चार जनाले आन्दोलन हुँदैन, राजसस्था हटाउनु भनेको बयल गाढा चढेर अमेरिका जानु जस्तो भनि अभिब्यक्ति दिने ओलीले अहिले प्रतिगमनको नेतृत्व गरिरहेको दावी गरे ।
काठमाडौंमै आएर भारतीय पूर्वजनरल अशोक मेहताले भने, लिपुलेक नेपालको भूभाग होइन (अन्तर्वार्ता)
चीनले पाकिस्तानलाई सहयोग गरिरहेको छ, जब कि पाकिस्तान भारतको दुश्मन हो । यसरी पाकिस्तान, चीन र भारतबीच त्रिकोणीय सम्बन्ध छ । भारतका लागि जुन सुरक्षा चासोको कुरा छ, यसमा नेपाल पनि जोडिएर आएको बुझिन्छ । चीनले नेपालमा गरेका गतिविधिबाट भारत असन्तुष्ट आउँछ । चीनसँग सीमा जोडिएकाले पनि भारतले नेपाललाई विशेष नजरले हेरेको पाइन्छ । यता, नेपालमा चीनको चासो बढ्दै गएको छ । नयाँ–नयाँ कुराको प्रवेश नेपालमा गराउँदै छ । खासगरी दशवर्षे जनयुद्ध ताकादेखि नै चीनले नेपालमा आर्थिक गतिविधि बढाएको छ । ३० भन्दा बढी चिनियाँ सेन्टर, ठमेलमा चिनियाँ रेस्टुरेन्टलगायत थुप्रै सञ्जाल नेपालमा रहेका छन् । यस्ता गतिविधिका कारण भारत नेपालप्रति सशंकित देखिएको छ । ........... नेपालले यो कुराको ख्याल गर्नुपर्छ कि चीनको गतविधिका कारण भारत असुरक्षित नहोस् । नेपालमा चीनको गतिविधिले भारतको सुरक्षामा असर नपरोस् ।

भारतमा जति पनि आतंककारी गतिविधि हुनेका गरेका छन्, यस्तोमा नेपाललाई नै माध्यम बनाएका हुन्छन् । चाहे कास्मिरी आतंकवादी होस्, पाकिस्तानी आतंकवादी होस्, या भारतीय जालीनोटको कारोबार होस्, सबैमा नेपाललाई सेन्टर प्वाइन्ट बनाइएको हुन्छ । पाकिस्तानी आतंकवादीले नेपालबाट भारतको प्लेन हाइज्याक (अपहरण) गरेकै हो नि । चीनले नेपालमा डेभलपमेन्टको नाममा आफ्नो ठाउँ बनाउँदै छ । ठाउँ बनाइसकेपछि उसले के गर्छ, सबैलाई थाह छ ।

चीनले पटकपटक नेपाललाई भन्दै आएको छ कि नेपालको पोलिटिक्समा हाम्रो केही इन्ट्रेस्ट छैन । तर हेर्नुस्, नेपालको पोलिटिक्समा चीनको कस्तो प्रभाव छ, छर्लंग देखिन्छ । राजा महेन्द्रको समयमा चीनले तराई मधेसमा कुनै पनि प्रोजेक्ट तथा अन्य कुनै पनि गतिविधि गर्न नपाउने भनी नेपाल र भारतको बीचमा सम्झौता भएको थियो । तर, अहिले हेर्नुस्, उनीहरू तराईमा छिरेर त्यहाँ एयरपोर्टहरू बनाउन थालेका छन्, बाटो बनाउन थालेका छन् । चाइना सेन्टर खुलेका छन् । ........... उसको मान्छे तराईमा आयो भने त्यो त भारत पसेजस्तो भयो नि । ....... चीनले काठमाडौंसम्म रेल ल्याउने कुरा गर्दै छ । .... विकासको नाममा सुरक्षा गर्ने भनी चीनका सुरक्षाकर्मी नेपाल आउँछन् । त्यसपछि सेना आउँछ । सेनालाई सुरक्षा दिन इन्टलिजेन्स आउँछ, सादा पोसाकका सुरक्षाकर्मी आउँछन् । यसरी विभिन्न किसिमका सुरक्षाकर्मीहरू नेपालमा आउँछन्, पछि यसले भारतलाई च्यालेन्ज गर्छ । .......... भारतले मात्र यो चाहन्छ कि अरु कुनै देशले नेपाललाई प्रयोग गरेर गलत गतिविधि नगरोस् । नेपाल त्यसमा सचेत रहोस् । .......

पहिला नेपाल आइएसआईको जड थियो । कर्णाली होटलमा आइएसआईको अखडा नै थियो ।

अप्रेसन टोफेल यहीँबाट खेलिरहेको थियो । हवाईजहाज यहीँबाट हाइज्याक भएको हो । जालीनोटको कारोबार यहीबाट हुन्थ्यो । अहिले आएर पाकिस्तानलाई लिएर नेपालले भारतसँग राम्रो सहकार्य गरेको छ । चीनका लागि पनि त्यस्तै होस् भन्ने चाहन्छ । ........ चीनले तिब्बतको कुरा गर्दाखेरी नेपाल एकदम एलर्ट हुन्छ । दलाई लामाका अफिसहरू बन्द गराउँछ । दलाई लामाका मान्छेलाई समाउँछ । उसको गतिविधिमा रोक लगाउँछ । तर, भारतले चीनबारे पटकपटक भन्दा पनि कुनै वास्ता गर्दैन । यसो किन हुन्छ ? हाम्रो चासो यति हो ।

सन् १९७७ मा खम्पा विद्रोह हुँदा चीनले त्यसलाई रोक भन्दा नेपालले रोकेको हो नि । तिमीले रोकेनौ भने हामी आएर रोक्छौं भनेर चीनले भनेकै हो ।

तपाईं नै भन्नुस्, भारतले त्यस्तो भन्न पाउँछ कि पाउँदैन ? ........... भारत यही चाहन्छ । तर, चीनले यहाँ के गरिरहेको छ ? पाकिस्तानले के गरिरहेको छ ? त्यो भारतको हितअनुकूल छ कि छैन ? भारतको चासो यसैमा हो । ........ लिपुलेक पनि नेपालको भूभाग होइन । .... यो क्षेत्र अहिले नेपालका लागि मात्र विवादित हो । यो विवाद त धेरै पहिले समाधान भइसकेको हो । यस विषयलाई

‘राजनीतिक भकुन्डो’ मात्र बनाउन खोजिएको हो ।

नत्र तपाईं आफैँ भन्नुस्, किन लिपुलेकको विषयमा नेपालका कम्युनिस्ट पार्टीले मात्र कुरा उठाउँछन् र नेपाली कांग्रेसले यसलाई उठाउँदैन । किन नेकपा (एमाले) वा नेकपा (माओवादी) मात्र लिपुलेक पहाड चढ्न खोज्छ ? पहिले वामदेव गौतमहरूले यो कुरा उठाए, अहिले आएर फेरि मोहन वैद्यको पार्टी त्यहाँ जान खोजिरहेको छ । ............. दुई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भारत भ्रमण र ६ प्रदेशमा भएको सहमतिबीच कुनै सम्बन्ध छैन । ......... अहिले ६ प्रदेशको विरोध सुरु भइसकेको छ । दलहरूले गरेको संघीय सीमांकनबारे विभिन्न सुझाव आइरहेका छन् । यसमा परिवर्तन पनि हुन सक्छ .......... अहिले नै नेपालमै ६ प्रदेशको विरोध सुरु भएको छ । .... संविधानका लागि २० वर्ष गुमाइसक्यो नेपालले, १० वर्ष सशस्त्र विद्रोह र झन्डै १० वर्ष संविधान लेखनमा । ..... ‘रअ’को काम भनेकै त्यस्ता गतिविधिमाथि नजर राख्नु हो । उसले त्यहाँ बसेर नियालिरहेको होला । तर, यत्तिमै भारतले हिन्दू राज्यको वकालत गर्छ भन्ने प्रमाणित हुँदैन । ...... मैले अहिलेसम्म कुनै पनि केन्द्रीय तहका नेताले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेको सुनेको छैन । .......

अहिले नेपालमा मात्र होइन, श्रीलंकामा पनि यस्ता धेरै नेता छन्, जो आफूलाई मोदीको विशेष दूत भन्दै घुम्छन् ।

....... नेपाललाई बाह्य सुरक्षा थ्रेट त्यति छैन । किनभने भारत वा चीनले नेपाललाई कहिल्यै आक्रमण गर्दैनन् । नेपालको प्रमुख चुनौती भनेको आन्तरिक सुरक्षा नै हो । अझै पनि एमाओवादीबाट टुक्रिएर रहेका मोहन वैद्य र नेत्र विक्रम चन्द राजनीतिक प्रक्रियाबाट बाहिर रहेका छन् । यो चुनौतीको विषय हो । .......

मधेसी जनताको जनसंख्याका आधारमा सेनामा प्रवेश पाएको राम्रो ।



शीतल निवासमा रात्रीभोजसहित शीर्ष नेताको छलफल हुँदै
चार राजनीतिक दलहरुबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमति प्रति राष्ट्रपति यादवले सार्वजनिक रुपमै असन्तिुष्टि जनाउँदै आएका थिए । उनले मधेशी दलको चासो सम्बोधन गर्न समेत प्रमुख दलका नेताहरुलाई आग्रह गरेका छन् ।


नेपाली समाज बाहुनवादका कारण पछाडि परेको हो : डोरबहादुर विष्ट

‘अहिलेका राजाका पुर्खा मगर हुन्’

....... त्यो अन्तर्वार्तामा उनले व्यक्त गरेका धारणा आफैंमा विस्फोटक छन् । ..... अन्तर्वार्ता दिएको केही दिनमै बेपत्ता भए वा पारिए । ....... ‘हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो’ ...... नेपालका दुई जाति खस र किराँतमध्ये खस बढी बसाइँ सरेको जाति हो । खस-आर्यहरू पशुपालन गर्ने घुमन्ते हुन् । उनीहरूले छिटो हिँड्ने गाई, घोडा, भेडाबाख्रा, कुकुरजस्ता जनावरहरू लिएर हिँड्दा घाँसेमैदानमा धेरै चाँडो हिँडे । ...... किराँत जातिहरू चाहिँ हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्डजस्तो बढी पानी पर्ने, घनाजंगल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवनशैली छिटो नहिँडेर ढिलो भयो । त्यही भएर उनीहरूले भैंसी, सुँगुरजस्ता छिटो नहिँड्ने जनावर पाले । किराँत वर्गको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ । खस पूर्वतिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग पर्‍यो । .........

युवा बाहुनहरूले बाहुनवादबारे बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु । मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्‍यो भन्ने अर्थ लगाए । अनि बाहुनलाई गाली गरेपछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो ।

...... ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ । अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन । ...... सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं । पौरख नगर्ने हामी कहिले खुसी हौंला तर अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसारभरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरखशून्य नेपाली भएकाले त्यसो भएको हो । ..... हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो । त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ । ‘बाहुनवाद’ नफालेसम्म देशले पौरख गर्दैन । पौरख गर्ने जनता नहुञ्जेल देशले उन्नति गर्दैन । ..... संस्कृतमा समाचार दिनुपर्ने बिल्कुलै आवश्यकता थिएन । गलत परम्परा तोड्ने मार्क्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो । केही अदूरदर्शी पण्डितहरूले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे र त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले । संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन । .......

खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो ।

आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन। त्यसकारण

आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने ?

....... अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो । अहिले पूर्वतिर धमाधम जनै लगाएर किराँतीलाई बाहुन बनाउने काम डा. प्रपन्नाचार्य र पं. छविलाल पोख्रेलजस्ता विद्वानहरूले गरिरहनुभएको छ । जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो । तर मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुँदेका छन् । आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनहरूलाई कस्तो भयो होला ? ........ पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई तिमी ठकुरी हौ भन्दै जनै लगाइदिँदा तिनै खस बडा सम्मानित भए । पछि बाँकी खसलाई शुद्र हौं भनिरहे । जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो । ........ बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन् । सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे ।

बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थे ।

भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं । बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो । त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन । त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो पर्योब । ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखिसकेपछि पूर्वतिर जाउँ कि भन्ने सोचें । तर पूर्वतिर एउटा सकसकी आइसकेको छ, किराँत वर्गमा । त्यसैले म खसान क्षेत्रतिर गएँ । मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढंगले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु । जबसम्म खसभित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिन्जेल नेपाल ज्यान गए पनि बन्ने छैन । बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ । मेरो उद्देश्य साम्प्रदायिक होइन । खसहरूलाई जनजाति बनाउनु हो । ............

नेपाल आदिकालदेखि गाईखाने देश पनि हो ।

अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन् । नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन । नेपाल हिन्दू अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्‍यो । ......... राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो । .....

पुरोहितका छोराहरूलाई भन्ने गरेको छु- तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन । त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक । पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुरुर्र उडेर स्वर्ग जान्छौ’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ ।



जुम्लामा आइतबारदेखि स्थानीय सरकार सञ्चालन गर्ने चेतावनी
कर्णाली आन्दोलनको आज सातौ दिन जुम्लाका नेताहरुले आइतबारेखि आफ्नो अनुकुलनको कर्णाली स्वायत्त प्रदेश सञ्चालन गर्ने चेतावनी दिएका छन । उनीहरुले स्थानीय स्तरबाट सञ्चालन हुने स्वायत्त सरकार माथि हस्तक्षेप भए राज्यका निकायालाई लखेट्ने चेतावनी दिएका छन्। ...... कर्णाली स्वायत्त प्रदेशका लागि सञ्चालन भएको आन्दोलनको सातौ दिन आयोजनामा गरिएको कोणसभामा यहाँका राजनैतिक दल, नागरिक समाज, युवा, महिला, विद्यार्थीहरुले आन्दोलन प्रति एक्यैवद्धता जनाउदै भोलि देखि आफ्नै प्रकारको स्थानीय शाससन सत्ता सञ्चालन गर्ने चेतावनी दिएका हुन् । ..... एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य गजेन्द्र बहादुर महत कार्माले भोलिदेखि कर्णालीले आफ्नै प्रकारको सरकार सञ्चालन गर्ने चेतावनी दिँदै पुरानो सत्ताका कागजात जलाउन निजामती कर्मचारीहरुलाई आग्रह गरेका छन । उनले प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षकलाई भोलिदेखि स्थानीय सरकार स्वीकारेर आन्दोलनमा उत्रन आग्रह गरेका छन ।'त्यो गर्न सक्नुहुन्न भने आफ्नो कुम्लो कुटीरो वोकेर शिर्ष नेताको शरणमा जानु होस,' उनले भने, ' नत्र कर्णालीसंगै तपाईहरु पनि जल्नु होला ।' ....... एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले कर्णाली जहिले पनि केन्द्रिकृत राज्यसत्तावाट उत्पीडित बनेको बताउदै संघीयतामा केही अधिकार पाउने आशा बोकेका कर्णालीवासी माथि फेरि केन्द्रका शीर्ष नेताले कुठाराघात गरेको आरोप लगाए । ......

नेकपा एमालेका सचिव आदी प्रसाद न्यौपानेले कर्णालीबासी अधिकारको लागि टाउकोमा कफन बाधेर आएको भन्दै यति गर्दा पनि कर्णाली संवोधन नभएमा सिंहदवार घेरेर आगो लगाउने चेतावनी दिए । अध्यक्ष केपी ओलीले कर्णाली आन्दोलन दवाउन हरियो घासमा लुकेका सर्प फयाक्ने भनेको प्रति आपत्ती जनाउदै दुध खाएर पालेका शीर्ष चार काला सर्पलाई सदाका लागि निकालेर फयाक्ने चेतावनी दिए ।

......... अधिकारका लागि कर्णालीमा चलेको आन्दोलन तुहाउन गृहको आडमा जुम्लामा शसस्त्र ओरालिएको तर्फ संकेत गर्दै उनले भने शसस्त्र आउँदैमा सुरक्षित महशुस गरेका सिडियो, डिएसपीलाई गलहत्याएर पठाउने चेतावनी दिए ।

No comments: